आर्थिक 📈

अर्थतन्त्रका सूचकलाई बलियो बनाउनुपर्छ : न्यायाधीश सिन्हा

काठमाडौं, २७ भदौ । सर्वोच्च अदालतका न्यायाधीश अनिलकुमार सिन्हाले देश विकासका लागि अर्थतन्त्रका साना–साना सूचकलाई बलियो बनाउँदै जानुपर्ने बताएका छन् । नेपाल बार एशोसिएशन र नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आर्थिक पत्रकारलाई दिएको साताव्यापी व्यावसायिक कानुनसम्बन्धी तालिमको समापनमा उनले नेपालले खुला अर्थतन्त्रको नीति अवलम्बन गरेको स्मरण गराउँदै देशलाई दिगो विकासमा लैजान अर्थतन्त्रलाई थप चलायमान बनाउनुपर्ने धारणा राखे। अर्थतन्त्रका स–साना विषयले देश, समाज विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने भएकाले यस विषयमा सबै सचेत हुनुपर्ने आवश्यकता न्यायाधीश सिन्हाले औँल्याए। अर्थतन्त्रमा हरेक शब्द–शब्दको… पुरा पढौ

कृषकलाई सहुलियत ऋण: दूध, अण्डालगायतको उत्पादन बढ्यो

दमौली, २६ भदौ । सहुलियत ब्याजदरमा ऋण लगानीबाट तनहुँका चार सय ३० पशुपालक कृषक लाभान्वित भएका छन्् । जिल्लास्थित विभिन्न बैङ्कले उपलब्ध गराएको सहुलियत ब्याजदरमा ऋण लगानीबाट चार सय ३० पशुपालक कृषक लाभान्वित भएका हुन् । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँको तथ्याङ्कअनुसार जिल्लाका १४ बैङ्कले पशुपालक कृषकलाई सहुलियत ब्याजदरमा ऋण लगानी गरेका छन्। सरकारको निर्णय बमोजिम ती बैङ्कले पशुपालक कृषकलाई सहुलित ब्याजदरमा पशुपालन गर्नका लागि ऋण उपलब्ध गराएको विज्ञ केन्द्रका प्रमुख डा बालकुमार श्रेष्ठले जानकारी दिए। पशुपालनमा… पुरा पढौ

बाँकी जीवन आर्थिक क्रान्तिका लागि समर्पण गर्छु : अध्यक्ष दाहाल

काठमाडौं, २६ भदौ । नेकपा (माओावदी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक परिवर्तनका लागि लामो सङ्घर्ष गरेको स्मरण गर्दै अबको बाँकी जीवन राजनीतिक स्थायित्व, शान्ति, विकास र समृद्धिका लागि लगाउने बताएका छन् । बागमती प्रदेशको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, राष्ट्रिय युवा परिषद् र विशाल मिडिया ग्रुपको संयुक्त आयोजनामा आज काठमाडौँमा भएको ‘युवा उद्यमशीलता सम्मेलन’को उद्घाटन गर्दै अध्यक्ष दाहालले मुलुकको स्थायित्व, विकास र समृद्धिको वातावरण तयार पारे विदेशिएका युवा आफैँ फर्किएर आउने विश्वास व्यक्त गरे। अध्यक्ष दाहालले लामो सङ्घर्षका… पुरा पढौ

१९२६.२८ विन्दुमा झर्यो नेप्से, कारोबार ७५ करोडमा सीमित

काठमाडौं, २६ भदौ । साताको सेयर कारोबार हुने पहिलो दिन नेपाली सेयर बजारले ओरालाको यात्रा तय गरेको छ । खरिदबिक्री रहेका सेयर संख्या तथा कारोबार रकममा निकै गिरावट देखिएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ११.४७ अंकले घटेर १९२६.२८ विन्दुमा झरेको छ । नेप्सेमा ०.५९ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स २.०६ अंकले घटेर ३७४.७८ विन्दुमा रहेको छ । आज कुल २२१ कम्पनीको सेयर कारोबार भएको छ । २५ लाख २४ हजार २२४ कित्ता सेयरको खरिदबिक्रीबाट ७४ करोड ७२… पुरा पढौ

तरकारी खेतीबाट झापाका कृषकले गरे मनग्य आम्दानी

झापा, २६ भदौ। झापाकाे उत्तरी भेगका कृषकले तरकारी खेतीबाट मनग्य आम्दानी गर्दै आएका छन् । बुद्धशान्तिको वडा न १, ६ र ७ कृषकले व्यावसायिक तरकारी खेतीबाट नगद आम्दानी गर्दै आएका हुन् । यहाँका कृषकले खुर्सानी, गोलभेँडा, घिरौँला, बन्दा, करेला, धनियाँ, काँक्रो, सिमी, बोडी, कोपी, सागजस्ता तरकारीबाट राम्रो आम्दानी गर्न सफल भएका हुन् । टनेल विधिबाट खेती गर्दा मौसमी र बेमौसमी तरकारी दोब्बर उत्पादन हुने भएपछि किसान यसतर्फ आकर्षित भएका छन् । पहिले खुला स्थानमा तरकारी फलाउन नसकेका कृषकले टनेल प्रविधिमा… पुरा पढौ

आइतबार सुनचाँदीको भाउ यथावत्

काठमाडौं, २६ भदौ । साताको सुनचाँदीको कारोबार हुने पहिलो दिन आईतबार नेपाली बजारमा सुनचाँदीको भाउ स्थिर रहि कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसदिन छापावाल सुन तोलाको ९३ हजार ९०० रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो कारोबार भएको दिन शुक्रबार पनि छापावाल सुनको भाउ ९३ हजार ९०० रुपैयाँ नै कायम भएको थियो । तेजाबी सुन तोलाको ९३ हजार ४०० रुपैयाँमा कारोबार भईरहेको छ । शुक्रबार पनि तेजाबी सुन तोलाको ९३ हजार ४०० रुपैयाँमा नै कारोबार भएको थियो… पुरा पढौ

साढे १२ लाख कित्ता सेयर बिक्री गर्दै ङादी ग्रुप पावर

काठमाडौं, २६ भदाै । ङादी ग्रुप पावरले १२ लाख ५७ हजार २९० कित्ता सेयर लिलामी बिक्री खुला गर्न लागेकाे छ । कम्पनीले असोज २ गतेदेखि सर्वसाधारण समूहको साे सेयर लीलामी बिक्रीमा ल्याउन लागेकाे हाे । सेयर खिरद गर्नका लागि लगानीकर्ताले घटीमा १०० रुपैयाँलाई आधार बनाए त्याेभन्दा बढी मूल्य राखेर बोलकबोलकाे आवेदन दिन सक्नेछन् । यसका लागि असोज १३ गतेसम्म आवेदन दिन सकिने छ । लगानीकर्ताले घटीमा १०० बढीमा सबै कित्ताका लागि आवेदन दिन पाउनेछन् । यसअघि कम्पनीले साउन १८ गतेदेखि… पुरा पढौ

तनहुँमा राहदानीबाट ४ करोड ४२ लाख राजस्व सङ्कलन

दमौली, २६ भदौ । तनहुँमा राहदानी वितरणबाट आर्थिक वर्ष २०७८/७९ मा करोड ४२ लाख राजस्व सङ्कलन भएको छ । सो आवमा जिल्लाबाट छ हजार छ सय १९ राहदानी वितरण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैह्रेले जानकारी दिए। त्यस्तै आठ हजार आठ सय ५४ जनाको राहदानीका लागि जिल्लाबाट सिफारिस गरिएको छ भने ८ सय ७२ द्रुत सेवाका लागि सिफारिस गरिएको छ । कार्यालयले एक वर्षको अवधिमा विभिन्न शीर्षकबाट रु चार करोड ८० लाख राजस्व सङ्कलन गरेको छ । संस्था दर्ता, हातहतियार,… पुरा पढौ

उखु किसानले अझै पाएनन् अनुदान रकम, मिलकाे भुक्तानी पनि बाँकी

सर्लाही, २५ भदौ। सर्लाहीका उखु किसानले समयमै अनुदानको रकम पाउन नसक्दा मर्कामा परेका छन् । जिल्लामा एकमात्र नगदे बालीको उखुखेती लामो समयदेखि गर्दै आएका किसानलाई सरकारले अनुदान दिने घोषणा गरे पनि राज्यबाट पाउनुपर्ने अनुदान रकम समयमा सरकारले भुक्तानी नपठाउँदा किसान मर्कामा परेका हुन् । जिल्लामा सञ्चालित केही उद्योगले किसानलाई उखु खरिद गरेको रकम भुक्तानी दिएको भए पनि केही उद्योगले किसानको उखु खरिदवापतको रकम नदिएको भन्दै जिल्लाका किसान आन्दोलनमा जानुपरेको थियो । आन्दोलित किसानका माग पूरा गर्न प्रशासनको पहलमा केही रकम… पुरा पढौ

बागलुङ माछा, मासु र दूधमा आत्मनिर्भर, वार्षिक साडे १ करोड लिटर दूध उत्पादन

बलेवा, २५ भदौ । व्यावसायिक किसानको सङ्ख्या बढेसँगै बागलुङ माछा, मासु र दूधमा आत्मनिर्भर भएको छ । जिल्लामा पछिल्लो केही वर्ष यता व्यावसायिक पशुपालन तथा माछापालनमा किसान आकर्षित भएका छन् । जिल्लाभर वार्षिक एक करोड ५५ लाख ९९ हजार दुई सय तीन लिटर दूध उत्पादन हुने गरेको हो । विश्व खाद्य सङ्गठनको मापदण्डअनुसार एक जना व्यक्तिका लागि वार्षिक ९१ लिटर दूध आवश्यकता हुन्छ । एक लाख ६८ हजार सात सय १३ जनसङ्ख्या रहेको जिल्लामा वार्षिक एक करोड ५३ लाख ५२… पुरा पढौ