आर्थिक 📈

रोकिएन नेप्सेको ओरालोको यात्रा, कारोबारमा झिनो सुधार

काठमाडौं, २३ भदौ । लगातार नेप्सेमा गिरावट हुने क्रम रोकिएको छैन । साताको सेयर कारोबार हुने पाँचौ दिन बिहिबार नेपाली सेयर बजारमा दोहोरो अंकको गिरावट भएको छ । यसदिन १३ उपसमूहरुमध्ये ७ वटामा रातोको लागेको छ । उनीहरको सेयरमूल्य घटेको छ । ६ वटा उपसमूहहरुमा हरियो लागेको छ । उनीहरुको सेयरमूल्य बढेको छ । अघिल्लो दिनको तुलनामा कारोबारमा केही सुधार भएको छ । बुधबार ८२ करोडमा सिमित भएको कारोबार यसदिन अर्ब नाघेको छ । लगातारको नेप्सेको ओरोलाेको यात्राले लगानीकर्तामा भने… पुरा पढौ

हरेक थोपा पानी बिजुलीको युनिट हो: मन्त्री भुसाल

काठमाडौं, २३ भदौ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले जलाशयुक्त आयोजनाबाट प्राप्त हुने तल्लो तटीय लाभसहित बहुआयामिक फाइदाका विषयलाई सरकारले विशेष ध्यान दिने बताएकी छिन् । जलाशययुक्त आयोजना रणनीतिक तवरले अगाडि बढाउने बताउँदै उनले पानीको अधिकारका विषयमा कुनै आशङ्का नगर्न आग्रहसमेत गरिन् । जलस्रोत विकास संस्थाले जलविद्युतको विकासका रणनीतिक आयामबारे आज आयोजना गरेको छलफलमा मन्त्री भुसालले भनिन्, 'पानीको तल्लो तटीय अधिकारको विषयलाई कसैले पनि छोडेको छैन, पानीको हरेक अधिकारका लागि हामी सचेत छौँ । यसमा कसैले पनि शङ्का नगरौँ… पुरा पढौ

तनहुँ हाइड्रो प्रसारण लाइनको ९४ मध्ये २५ टावर तयार

दमौली, २३ भदौ । जलविद्युत आयोजनाको प्रसारण लाइन निर्माणका लागि २५ वटा टावरको निर्माण सम्पन्न भएको छ । तनहुँमा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको उक्त आयोजनाको तेस्रो प्याकेजअन्तर्गत प्रसारण लाइन निर्माणका लागि हालसम्म २५ टावर तयार गरिएका हुन् । आयोजनाका इन्जिनियरिङ तथा प्राविधिक महाशाखा प्रमुख श्यामजी भण्डारीका अनुसार हालसम्म ४८ वटा फाउण्डेशन कार्य सम्पन्न भइसकेको छ । प्रसारण लाइन निर्माणका लागि टावर राख्ने जग्गामध्ये तनहुँतर्फको भूभाग प्राप्ति गर्न मुआब्जा वितरण भइरहेको छ भने चितवनतर्फको जग्गा अधिग्रहण गर्ने प्रक्रिया चलिरहेको… पुरा पढौ

२० अर्ब रुपैयाँको रिपो जारी गर्दै राष्ट्र बैंक, के हो रिपो ?

काठमाडौं, २३ भदाै । नेपाल राष्ट्र बैंकले आज २० अर्ब रुपैयाँ बराबरको रिपो जारी गर्ने भएकाे छ । यसका लागि बैंकले आजै रिपोको बोलकबोल गर्नेछ । रिपोमा सहभागी हुन चाहने बैंक तथा वित्तीय संस्थाहरुले दिउँसो ३ बजेसम्म बिडिङ गर्नुपर्ने बैंकले जनाएकाे छ । बैंकका अनुसार रिपो आज नै जारी हुनेछ । राष्ट्र बैंकले दुई हप्ता अर्थात १४ दिनका लागि वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरुका लागि रिपो जारी गर्न लागेको हो ।यो असोज ६ गते परिपक्क हुने भएकाे छ… पुरा पढौ

सिवाईसी र आँधिखोला लघुवित्तद्वारा विशेष साधारण सभा आह्वान

काठमाडौं, २३ भदाै । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था र आँधिखोला लघुवित्त वित्तीय संस्थाले असोज ७ गते विशेष साधारण सभा बाेलाएका छन् । दुबै संस्थाले मर्जरकाे प्रस्तावलाई पारित गर्नका लागि विशेष साधारण सभा बाेलाएका हुन्। सिवाईसी नेपालकाे साधारण सभा पाेखरा सभागृह चाेमा रहेकाे केन्द्रिय कार्यालयमा बाेलाईएकाे छ । आँधिखोला लघुवित्त वित्तीय संस्थाले स्याङ्जा वालिङस्थित होटल गाँउवेशीको सभाहलमा बाेलाईएकाे छ । साधारण सभा पूर्वान्ह ११ बजे बाेलाईएकाे हाे । साधारण सभामा मर्जर प्रयोजनका लागि तयार भएकाे सेयर स्वाप रेसियाेलाई पारित गरिनेछ… पुरा पढौ

लाभांश पारित गर्न एशियन लाइफ इन्स्योरेन्सले डाक्याे साधारण सभा

काठमाडौं, २३ भदाै । एशियन लाइफ इन्स्योरेन्सले १५‍.२६ प्रतिशत लाभांश वितरणकाे प्रस्ताव पारित गर्नका लागि असोज १३ गते १४ औँ वार्षिक साधारण सभा बाेलाएकाे छ । इन्स्योरेन्सले प्रस्तावित लाभांश वितरणका लागि बाराकाे सिमरामा रहेकाे होटल क्लासिकमा पूर्वान्ह ११ बजे साधारण सभा बाेलाएकाे हाे । सभा अनलाइनमार्फत बाेलाइएकाे छ। अनलाइन सहभागिताका लागि यूजर नेम तथा पासवर्ड इमेलबाट उपलव्ध गराइने इन्स्योरेन्सले जानकारी दिएकाे छ। सभामा आर्थिक वर्ष २०७७/७८ काे सञ्चित मुनाफाबाट चुक्ता पूँजीको १४.५० प्रतिशत बोनस सेयर र त्यसकाे कर प्रयोजनका लागि… पुरा पढौ

प्रि-ओपन सेसन : नेप्से परिसूचक १९४०.१९ विन्दुमा उक्लियाे

काठमाडौं, २३ भदाै । साताकाे सेयर काराेबार हुने पाँचाै दिन बिहिबार आज प्रि-ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेको छ। अघिल्लो कारोबार भएकाे दिन बुधबार नेप्से परिसूचक ११.९७ अंक घटेर १९३९.८८ विन्दुमा बन्द भएको थियाे । तर आज प्रि-ओपन सेसनमा नेप्से परिसूचक ०.३१ अंकले बढेर १९४०.१९ विन्दुमा उक्लिएकाे छ। सेन्सेटिभ इण्डेक्स ०.०८ अंकले बढेको छ। आज प्रि-ओपन सेसनमा नेप्से परिसूचक हेर्दा ८ कम्पनीकाे ४७ हजार १८५ रुपैयाँ बराबरको ८० कित्ता सेयर खरिदबिक्री भएको छ। ६ वटा कम्पनीकाे सेयरमूल्य बढेको पाइएकाे छ । २… पुरा पढौ

सुन तोलाको ९३ हजार ८ सय रुपैयाँ पुग्यो, चाँदीको भाउ पनि बढ्यो

काठमाडौं, २३ भदौ । साताको सुनचाँदीको कारोबार हुने पाँचौ दिन बिहिबार सुनचाँदीको भाउ बढेको छ । छापावाल सुनमा रुपैयाँ ८०० तथा चाँदीमा रुपैयाँ २५ ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा यसदिन रुपैयाँ ८०० ले बढेर तोलाको ९३ हजार ८०० रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि बुधबार छापावाल सुन तोलाको रुपैयाँ १००० ले गिरावट भई तोलाको ९३ हजार रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुनमा रुपैयाँ ८०० ले बढेर तोलाको ९३ हजार ३०० रुपैयाँमा कारोबार भईरहेको… पुरा पढौ

पोखरेल प्यानलको प्रतिबद्धताः ‘संघलाई मजबुत बनाउछौं, उद्योगी व्यवसायीको हितमा काम गर्छौं’

पोखरा, २२ भदौ । पोखरेली उद्योगी व्यवसायीका छाता संस्था हो, पोखरा उद्योग वाणिज्य संघ । भदौ २४ र २५ गते संघको नयाँ नेतृत्वका लागि ३४ औं महाधिवेशन हुँदैछ । नयाँ नेतृत्वका लागि अर्जुन पोखरेल प्यानल चुनाव प्रचार गर्न घरदैलोमा छ । शुक्रबार र शनिबार अधिवेसन हुँदैछ । उद्योग वाणिज्य संघले बुधबार उम्मेद्वार परिचय कार्यक्रम राखेको थियो । उम्मेद्वार परिचय कार्यक्रममा पोखरेल प्यानलका सबै उम्मेद्वारले आफ्नो प्रतिबद्धता सुनाए । अध्यक्षका उम्मेद्वार अर्जुन पोखरेलले आफू निर्वाचित भए उद्योगी व्यावसायीको समस्या समाधानका लागि… पुरा पढौ

१७ बुंदे घोषणापत्र हुबहु कार्यान्वयनमा ल्याउँछाै : पवनकुमार प्रजापति समूह

पोखरा, २२ भदौ । पवनकुमार प्रजापति समूहले उद्योगी व्यवसायीहरुको लागि समर्पित भएर लाग्ने प्रतिबद्धता जनाएको छ । बुधबार पोखरा उद्योग वाणिज्य संघको आयोजनामा भएको उम्मेदवार परिचय कार्यक्रममा बोल्दै अध्यक्ष प्रत्यासी पवनकुमार प्रजापतिसहित सम्पूर्ण पदाधिकारी र सदस्यहरुले आफ्नो प्रतिबद्धता सुनाएका हुन् । परिचय कार्यक्रममा उनीहरुले संघको गरिमा र उद्योगी व्यवसायीहरुको समस्या समाधानमा सदैव लाग्ने भन्दै आफ्नो समूहको पक्षमा मत मागेका थिए । पोखरा उद्योग वाणिज्य संघको आसन्न ३४ औँ महाधिवेशनमा आफ्नो प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका अध्यक्ष प्रत्यासी पवनकुमार प्रजापतिले १७ बुंदे घोषणापत्रमा… पुरा पढौ