आर्थिक 📈

मुस्ताङको स्याउ बजारसम्म पुर्याउन समझदारी

मुस्ताङ, २२ भदौ । स्याउको राजधानीका रूपमा परिचित मुस्ताङको स्याउ यस पटक भने असोजको पहिलो सातामै बजार झर्ने भएको छ । सरोकारवाला निकाय र स्थानीय कृषकबीच समझदारी गरी यसै महिनाको २५ गतेदेखि स्याउ टिप्न र बिक्री वितरण गर्न खुला गरिएको हो । स्याउ यतिबेला बोटमा राताम्मै भएका छन् । सडक सञ्जालले छोएको र बेनी–जोमसोम सडक हुँदै मुस्ताङको थासाङ गाउँपालिका–२ कोबाङदेखि उकालो लागेपछि बाटो आसपासमा राताम्मे स्याउ अवलोकन गर्न पाइन्छ । मुस्ताङ घुम्न आएका पर्यटकले गाडी रोकेर सेल्फी खिच्ने, भिडियो बनाउनेसँगै… पुरा पढौ

अबको नेतृत्व क्षमतावान युवालाई : व्यवसायी

पोखरा, भदौ २१ । पोखराका उद्योगी व्यवसायीलाई निर्वाचनले छपक्कै छोपेको छ । उम्मेद्वारहरु समूह बनाएर निर्वाचनमा होमिएका छन् । मतदाता रिझाउने, आफ्ना एजेण्डा सुनाउने र मत माग्ने अभियानमा उम्मेद्वारलाई चटारो छ । मतदाताहरु पनि आफुलाई मन पर्ने उम्मेद्वारको पक्षमा मत माग्न हिडिरहेका छन् । पोखरा १७ का व्यवसायी राजेन्द्रबहादुर थापा पोखरा उद्योग वाणिज्य संघमा युवा नेतृत्व अपरिहार्य रहेको बताउँछन् । ‘अग्रजलाई सम्मान गर्ने र क्षमतावान युवालाई नेतृत्वमा पु¥याए संघको गरिमा उचो हुन्छ,’ उनले भने, ‘अबको नेतृत्वमा अर्जुन पोखरेललाई पठाउनुपर्छ ।… पुरा पढौ

बस्तुगत संघहरुलाई भेट्दै प्रजापति समूह, ‘बालहठ’का कारण चुनाव भएको प्रजुको दाबी

पोखरा, २१ भदौ । पवनकुमार प्रजापति समूहले विभिन्न व्यवसायिक संगठनहरुसँग भेटघाट शुरु गरेको छ । बस्तुगत व्यवसायीहरुको संगठनमा आबद्ध व्यवसायीहरुलाई एकमुस्ट रुपमा भेटेर समूहले आफ्नो पक्षमा मत मागिरहेको छ । सोमबार भाँडा व्यवसायी संघ पोखरामा आबद्ध व्यवसायीहरुलाई संस्थागत रुपमा भेटेर पवनकुमार प्रजापति समूहले आफ्नो पक्षमा मत माग्यो । भेटको क्रममा संघमा आबद्ध उद्योगी व्यवसायीहरुलाई संस्थागत रुपमै सहयोग गर्ने वचन समेत दिएको थियो । भाँडा व्यवसायी संघ पोखराका अध्यक्ष कविन्द्रमान पालिखेले संस्थागत रुपमै अध्यक्षमा पवनकुमार प्रजापति र उनको समूहलाई संघले सघाउने प्रस्ट… पुरा पढौ

सार्वजनिक ऋण व्यवस्थापन विधेयक स्वीकृत

काठमाडौं, २१ भदौ । सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६ राष्ट्रियसभाले स्वीकृत गरेको छ । राष्ट्रियससभाको आजको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले पेश गरेको प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त उक्त विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावलाई राष्ट्रिय सभाले सर्वसम्मत रुपमा स्वीकृत गरेको हो । विधेयकको  विविध विषयमा सांसद जीतेन्द्रनारायण देव र देवेन्द्र दाहालले जिज्ञासा राखेका थिए । छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले प्रतिनिधिसभाको आर्थिक समितिमा सरोकारवालासँग छलफल भई पारित भएको र प्रतिनिधिसभाले पनि पारित गरेको यो विधेयकलाई बढी व्यावहारिक र समयसापेक्ष बनाउने गरी ल्याइएको… पुरा पढौ

अघि बढ्यो अमलेखगञ्जमा पेट्रोल भण्डारण गृह निर्माणको काम

बारा, २१ भदौ । नेपाल आयल निगमले अमलेखगञ्जमा दुई वटा पेट्रोल भण्डारण गृह निर्माण गर्ने भएको छ । निगमले पाइपलाइनमार्फत पेट्रोलसमेत नेपाल आयातका लागि बाराको अमलेखगञ्जस्थित निगमको प्रादेशिक कार्यालयमा पेट्रोल भण्डारण गर्न दुई वटा पेट्रोल भण्डारण गृह निर्माणको काम अघि बढाएको हो । हाल निगमले भारतको विहारस्थित मोतिहारीदेखि नेपालको बारास्थित अमलेखगञ्जसम्म पाइपलाइनमार्फत डिजेल मात्र आयात गर्दै आएको थियो । अब भने उक्त पाइपलाइनबाटै पेट्रोलसमेत आयात गर्न निगमको अमलेखगञ्जस्थित डिपो परिसरमा दुई वटा भण्डारण ट्याङ्की निर्माणको काम अघि बढाएको हो ।… पुरा पढौ

प्राइम कमर्सियल बैंककाे ५० लाख कित्ता ऋणपत्र सूचीकृत 

काठमाडौं, २१ भदौ । प्राइम कमर्सियल बैंकको बैंकको ५० लाख कित्ता ऋणपत्र नेप्सेमा सूचिकृत भएको छ । “५ वर्ष, “१०.१५ प्रतिशत डिबेन्चर २०८४” मंगलबार नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएको हाे। नेप्सेले बैंकलाई दोश्रो बजारको कारोबार संकेत PBD84 दिएको छ । नेप्से र प्राइम कमर्सियल बैंकबीच ५ वर्षे अवधि र बार्षिक १०.१५ प्रतिशत ब्याजदर भएको “५ वर्ष, १०.१५ प्रतिशत प्राइम डिबेन्चर, २०८४” नामक ऋणपत्र PBD84 को क्रम संख्या १ देखि ५० लाख सम्मको अंकित तथा चुक्ता मूल्य रुपैयाँ १००० कायम भएको… पुरा पढौ

अर्थमन्त्रीद्वारा पेश भएको बीमा विधेयक राष्ट्रिय सभाद्वारा स्वीकृत

काठमाडौं, २१ भदौ । अर्थमन्त्री जनार्दन शर्माले आज पेश गरेको बीमा विधेयक राष्ट्रिय सभाबाट स्वीकृत भएको छ । आज अर्थमन्त्री शर्माले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त विधेयक माथि विचार गरियोस् भनेर प्रस्ताव राष्ट्रिय सभामा पेश गरेका थिए । उक्त विधेयक माथि छलफल गरेर सभाले सर्वसम्मत स्वीकृत गरेको हो । गत साउन २९ गते अर्थ समितिले पेश गरेको प्रतिवेदन सहित छलफल गरेर संसदबाट बीमा विधेयक पारित गरिएको थियो । अर्थमन्त्री शर्माले हाल विद्यमान बीमा ऐन २०४९ ले बीमाका सबै विषय नसमेटेकले निकै… पुरा पढौ

रोकिएन नेप्सेको ओरालो यात्रा, कारोबार १ अर्बमा सीमित

काठमाडौं, २१ भदौ । लगातार भइरहेको नेप्सेको ओरालो लागेको यात्रा रोकिएको छैन । केही दिन अर्ध हरियालीको संकेत गरेको यो यात्रा त्यसपछि दुई दिन नटिकी सोमबार पुनः ओरालो लागेको थियो । आज पनि नेप्सेमा सोही प्रवृत्ति दोहोरिएको छ । साताको सेयर कारोबार हुने तेश्रो दिन मंगलबार एउटा उपसमूह म्युचुअल फण्डबाहेक बाँकी १२ वटै उपसमूहहरु राताम्मै भएका छन् । म्युचुअल फण्डको झिनो ०.०४ अंकको वृद्धि भए पनि १२ वटा उपसमूहहरु राताम्मै भएका हुन् । उनीहरु सबैको सेयरमूल्य घटेको छ । नेपाल… पुरा पढौ

भट्ट फाँटका कुमाल १२ राेपनीमा फैलिएको ड्रागन फ्रुट खेतीमा सक्रिय

पाेखरा, २१ भदौ । एक दशकअघिसम्म लटरम्म भट्ट फल्ने भएकाले गोरखाको पालुङटार नगरपालिका– ७ च्याङ्ली भट्ट फाँटका रुपमा परिचित थियो । समयक्रमसँगै कृषिप्रतिको अनिइच्छाका कारण यतिखेर यो गाउँमा पहिलेको जस्तो भट्ट पाइँदैन । च्याङ्लीको कालो भट्टको बजारमा राम्रो माग भए पनि अहिले उक्त भट्ट नै लोपोन्मुख अवस्थामा पुगेको छ । त्यही भट्ट फाँटमा युवा केबी कुमालले यतिखेर १२ रोपनी क्षेत्रफलमा ड्रागनखेती गरेका छन् । एक वर्षअघिदेखि चार हजार बिरुवा लगाएका उनको गण्डकी ड्रागन फ्रुट तथा कृषि फार्ममा एक वर्षमा नै… पुरा पढौ

राष्ट्र बैंकले फेरि किन्यो आफैंले जारी गरेको डेढ अर्बको ट्रेजरी बिल

काठमाडौं, २१ भदौ । नेपाल राष्ट्र बैंकले आफैंले जारी गरेको डेढ अर्बभन्दा बढीको ट्रेजरी बिल आफैंले खरिद गरेको छ । केन्द्रीय बैंकले ट्रेजरी बिल आफैंले खरिद गरेको यो छैटौं पटक हो । राष्ट्र बैंकले लगभग ९ प्रतिशत ब्याजदर बोलकबोल गर्ने बैंकलाई मात्रै ट्रेजरी बिल बिक्री गर्ने र त्योभन्दा बढी ब्याजदर प्रस्ताव गरेका बैंकहरुलाई बिक्री नगरी बरु आफैँले खरिद गरेको हो । सोमबार ९१ र ३६४ दिन अवधिको ४ अर्ब २६ करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गरेको बैंकले उक्त परिमाणमध्ये ३६४… पुरा पढौ