आर्थिक 📈

अब शून्य लागतमा नेपाली स्वास्थ्यकर्मी बेलायत जान पाउने

काठमाडौं, ६ भदौ । श्रम गन्तव्यको विविधीकरण र नेपाली युवालाई उच्च पारिश्रमिक भएको मुलुकमा रोजगारीका अवसर उपलब्ध गराउने ध्येयका साथ सरकारले बेलायतसँग द्विपक्षीय श्रम समझदारी गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरको उपस्थितिमा आज नेपाल र बेलायतबीच बेलायतको स्वास्थ्य क्षेत्रमा नेपाली स्वास्थ्यकर्मीलाई रोजगारी प्रदान गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा श्रम सचिव एकनारायण अर्याल र नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले हस्ताक्षर गरे। समझदारीबाट नेपाली स्वास्थ्यकर्मीलाई बेलायतको स्वास्थ्य क्षेत्रमा रोजगारीमा संलग्न हुने अवसर मिलेको छ… पुरा पढौ

रोकिएन नेप्सेको ओरालो यात्रा, कारोबार रकम पनि घट्यो

काठमाडौं, ६ भदौ । साताको सेयर कारोबार हुने दोश्रो दिन सोमबार सेयरबजार नकारात्मक लयमा गएको छ । म्युचुअल फण्ड बाहेक १२ वटै उपसमूहहरु राताम्मै भएका छन् । उनीहरु सबैको सेयरमूल्य घटेको छ । यसदिन कारोबार रकममा पनि कमि आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ७.४१ अंकले घटेर २०५३.१३ विन्दुमा झरेको छ । नेप्सेमा ०.३६ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स १.४७ अंकले घटेर ३९७.११ विन्दुमा पुगेको छ । कुल २२२ कम्पनीको सेयर कारोबार भएको छ । ५२ लाख… पुरा पढौ

पवन प्रजापतिद्वारा पोउवाको ३४औं महधिवेशनमा पदाधिकारीसहित उम्मेदवारी घोषणा

पोखरा, ६ भदौ । पोखरा उद्योग वाणिज्य संघको आगामी कार्यकालका लागि अध्यक्षका प्रत्यासी पवन प्रजापतिले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । सोमबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रजापतिले पदाधिकारीसहित उम्मेदवारी घोषणा गरेका हुन । भाद्र २४ र २५ गते हुने पोखरा उद्योग वाणिज्य संघको ३४औं महाधिवेशनबाट २ वर्षको कार्यकालको लागि म नेतृत्व गर्न सक्षम रहेको जानकारी गराउँछु । प्रजापतिले भने, कार्यसमितिमा २ कार्यकाल, कोषाध्यक्ष, उपाध्यक्ष र परिष्ठ उपाध्यक्षको रुपमा एक एक कार्यकाल काम गरेर अनुभव बटुलेको छु । मलाई संघका… पुरा पढौ

सात अर्ब लागत रहेकाे सुपर न्यादीको सुरुङ मार्ग ’ब्रेक थ्रु’

लमजुङ, ६ भदौ । पहाडी जिल्ला लमजुङमा निर्माणाधीन ४२ दशमलव ६० मेगावाटको जलविद्युत् आयोजनाको विद्यृत् गृह पुग्ने पहुँच सुरुङ मार्गको ‘ब्रेक थ्रु’ भएको छ । रु सात अर्बको लागतमा निर्माण सम्पन्न गर्ने लक्ष्य रहेकाे आयोजनाको हुँच सुरुङ मार्गको ‘ब्रेक थ्रु’ भएको हाे । सिउरी न्यादी हाइड्रो पावर कम्पनीद्वारा मस्र्याङ्दी गाउँपालिका– ६ स्थित ङादीखोलामा निर्माणाधीन सुपर न्यादी आयोजनाले केही दिनअघि ‘ब्रेक थ्रु’ गर्न सफल भएको हो । आयोजनाका प्रबन्ध निर्देशक दिनेश गुरुङका अनुसार विद्युत्गृह निर्माणका लागि आयोजनाले ३८७ मिटर सुरुङ मार्ग निर्माण… पुरा पढौ

सी-आस्वा शुल्क घट्दै, अधिकतम ५ रुपैयाँमा सीमित हुने

काठमाडौं, ६ भदौ । अबदेखि सेयर कारोबारका लागि प्रयोग हुने सी-आस्वा शुल्क ५ रुपैयाँभन्दा बढी लिन नपाइने भएको छ । नेपाल धितोपत्र बोर्डको आइतबार बसेको बैठकमा उक्त प्रस्ताव लगिएको र केही समयमा कार्यान्वयनमा आउने बताइएको छ । यो प्रस्ताव पारित भएपछि सी-आस्वा शुल्क ५ रुपैयाँभन्दा बढी लिन पाइने छैन । बोर्डका अनुसार यो निर्णय छिटै कार्यान्वयनमा ल्याइने तयारी भइरहेको छ । बोर्डले यसलाई कार्यान्वपयनमा ल्याउनका लागि आवश्यक संशोधन र नियमावलीमा काम गरिरहेको बुझिएको छ । बोर्ड अध्यक्ष रमेश हमालका अनुसार… पुरा पढौ

सुन तोलाको रु ९५ हजार ३०० मा झर्यो, चाँदीमा पनि गिरावट

काठमाडौं, ६ भदाै । साताको सुनचाँदीको कारोबार हुने दोश्रो दिन सोमबार नेपाली बजारमा सुनचाँदीको भाउ ओरालो लागेको छ । छापावाल सुनमा रुपैयाँ २०० तथा चाँदीमा रुपैयाँ ५ ले गिरावट भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाल सुनको भाउ तोलाको ९५ हजार ३०० तोकिएको जनाएको छ । अघिल्लो दिन आईतबार छापावाल सुन तोलाको ९५ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुनमा पनि रुपैयाँ २०० ले गिरावाट भई तोलाको ९४ हजार ८०० रुपैयाँमा कारोबार भईरहेको छ ।… पुरा पढौ

तुलसादेवी हरिहर फाउन्डेसनद्वारा अनाथ आश्रमलाई आर्थिक सहयोग

काठमाडौं, ६ भदौ । समाजसेवी एवं महिला उद्यमी सविता ढुङ्गानाले तुलसादेवी हरिहर फाउन्डेसनद्वारा सञ्चालित तुलसालय अनाथ आश्रमलाई रु एक लाख आर्थिक सहयोग उपलब्ध गराएका छन् । उनले सो आश्रमलाई प्रत्येक वर्ष रु एक लाख आर्थिक सहयोग गर्ने घोषणा पनि गरे। चाँगुनारायण नगरपालिका–४ साङदह भक्तपुरस्थित तुलसालय आश्रममा आयोजित एक समारोहमा समाजसेवी ढुङ्गानाले तुलसालय आश्रम सञ्चालक संस्था तुलसादेवी हरिहर फाउन्डेसनकी अध्यक्ष सरु सुवेदीलाई सो रकमको चेक हस्तान्तरण गरे। समाजसेवी ढुङ्गानाले उक्त तुलसालय आश्रमले अनाथ एवं अपाङ्गता भएका बालबालिकाका साथै ज्येष्ठ नागरिक र… पुरा पढौ

नागरिक लगानी कोषकाे साधारणसभा आज

काठमाडौं, ६ भदाै । नागरिक लगानी कोष (सीआईटी)को २७ औँ वार्षिक साधारणसभा आज अपराह्न ३ बजे बाेलाइएकाे छ। साधारणसभा काठमाडाै वानेश्वरस्थित काेषाकाे केन्द्रीय कार्यालयमा बाेलाइएकाे हाे। काेषकाे साधारणा सभाले आर्थिक वर्ष २०७७–७८ काे लागि सेयरधनीहरुलाइ वितरण गरिने प्रस्तावित कुल ३१.५७८९ प्रतिशत लाभांशकाे प्रस्ताव पारित गर्नेछ। साे प्रस्ताव ३० प्रतिशत बोनस सेयर र करकाे प्रयोजनार्थ १.५७८९ प्रतिशत नगद लाभांश रहेकाे छ। यस्तै साधारण सभाबाट काेषकाे आर्थिक तथा वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनलगायतका एजेण्डाहरमाथि छलफल गरी पारित गर्ने कार्यक्रम रहेकाे छ।  काेषले साधारण… पुरा पढौ

बरुण हाइड्रोद्वारा करिब २७ कराेडको हकप्रद सेयर निष्काशन

काठमाडौं, ६ भदाै‌। बरुण हाइड्रोपावरले आजबाट २६ करोड ७९ लाख ७ हजार ५०० रुपैयाँ बराबरको हकप्रद सेयर निष्काशन गरेकाे छ। कम्पनीले १ कित्ता सेयर बराबर नयाँ १ काे रेसियाेमा हकप्रद सेयर जारि गरेकाे हो। कम्पनीले रु १०० रुपैयाँ अंकित दरकाे २६ करोड ७९ लाख ७ हजार ५०० रुपैयाँ बराबरको २६ लाख ७९ हजार ७५ कित्ता हकप्रद सेयर निष्काशन गरेकाे हो। हकप्रद सेयर निष्काशनकाे प्रयाेजनका लागि कम्पनीले साउन २ गते बुकक्लोज गरेको थियो। नेपाल स्टक एक्सचेन्जमा साउन १ गतेसम्म काराेबार गरी… पुरा पढौ

धौलागिरी लघुवित्त वित्तीय संस्थाको सेयर बाँडफाँड आज, कतिले पाउलान् सेयर ?

काठमाडौं, ६ भदाै । धौलागिरी लघुवित्त वित्तीय संस्थाले बिक्रीमा ल्याएकाे सेयर आज बाँडफाँड गर्न लागकाे संस्थाले जानकारी दिएकाे छ। कम्पनीले साउन २४ गतेदेखि २९ गतेसम्म २ कराेड १७ लाख बढीकाे सेयर निष्काशन गरेको थियाे । साे सेयर कमलपाेखरीस्थित बिक्री प्रबन्धक सनराईज क्यापिटलको कार्यालयमा बाँडफाँड गर्न लागिएकाे हाे । सेयरमा १९ लाख ५२ हजार ४६० जनाले २ अर्ब १७ करोड २१ लाख ५७ हजार रुपैयाँ बराबरको २ करोड १७ लाख २१ हजार ५७० कित्ता सेयरकाे लागि आवेदन दिएका थिए । साे… पुरा पढौ