आर्थिक 📈

अलैँचीको घरेलु खपत न्यून: ‘ब्रान्ड एम्बेसडर’ मास्टर सेफ साह चिन्तित

झापा, ३ भदौ। ‘वाह अलैँची’ अभियानका ‘ब्रान्ड एम्बेसडर’ मास्टर सेफ सन्तोष साहले स्वदेशमै उत्पादित बहुउपयोगी अलैँचीको घरेलु उपभोग र बजार प्रवर्धन हुन नसकेकाेमा चिन्ता व्यक्त गरेका छन् । पूर्वी नेपालको पहाडी जिल्ला इलाम, पाँचथर, ताप्लेजुङलगायत दर्जनौँ जिल्लामा अलैँचीको उत्पादन हुँदै आएको छ । खानेकुरालाई स्वस्थ र स्वादिलो बनाउन अलैँचीको विश्वभर व्यापक प्रयोग भइरहे तापनि उद्गमथलो नेपालमै यसको उपभोग न्यून भएको उनले बताए। विश्वचर्चित ‘बिबिसी मास्टर सेफ प्रतियोगिता’का विजेता साह अलैँचीको घरेलु खपत बढाउने अभियानका क्रममा झापा र इलामका अलैँची कृषक,… पुरा पढौ

इन्धनको मूल्य नघटाएकोमा आयल निगमविरुद्ध उजुरी

काठमाडौं, ३ भदौ । पेट्रोलियम पदार्थको मूल्य नघटाएको बारे नेपाल आयल निगम विरुद्ध  संसदीय समितिमा उजुरी परेको छ । राष्ट्रिय उपभोक्ता मञ्चले पेट्रोलियम पदार्थको मूल्य नघटाएको भन्दै आयल निगमविरुद्ध संसदीय समितिमा निवेदन दिएको हो । मञ्चका अध्यक्ष प्रेमलाल मर्हजनले तत्काल इन्धनको मूल्य घटाउन माग गर्दै प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा निवेदन दिएका हुन् । मञ्चले उक्त उजुरीमा अन्तर्राष्ट्रिय बजारमा पट्रोलियम पदार्थको मूल्य ३ महिनादेखि लगातार घट्दै आएको र इन्डियन आयल कर्पोरेसनले समेत विगत २… पुरा पढौ

अमलेखगञ्जमा शुरु भयो पेट्रोल भण्डारण गृह निर्माणको काम

बारा, ३ भदौ । अमलेखगञ्जमा पेट्रोल भण्डारण गृह निर्माणको काम शुरु भएको छ । विहारको मोतिहारीदेखि अमलेखगञ्जसम्म पाइपलाइनबाट पेट्रोल आयात गर्ने दोस्रो चरणको परियोजनाअन्तर्गत पूर्वाधार निर्माण कार्य अन्तर्गत दोस्रो चरणको कामका रुपमा आइओसीको प्राविधिक सहयोगमा अमलेखगञ्ज डिपोको हाताभित्र पेट्रोल भण्डारण गृह (ट्याङ्क) निर्माण सुरु भएको हो । मोतिहारीबाट पाइपलाइनमार्फत डिजेल आयात गर्ने पहिलो चरणको परियोजना सम्पन्न भएपछि पाइपलाइनबाट पेट्रोल  आयात गर्न दोस्रो चरणको कार्य सुरु भएको नेपाल आयल निगमको अमलेखगञ्ज डिपोले जनाएको छ । मोतिहारीदेखि अमलेशगञ्ज ७६ किमीको दूरी रहेको… पुरा पढौ

शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्दै राधी विद्युत, बुक क्लोज कहिले ?

काठमाडौं, ३ भदाै । राधी विद्युत कम्पनी लिमिटेडले १०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने बताएकाे छ । यसका लागि कम्पनीले भदौ १२ गते १ दिनका लागी बुकक्लोज गर्ने निर्णय गरेको छ। साउन ९ गते बसेको कम्पनीकाे सञ्चालक समितिकाे बैठकले सेयरधनीहरुका लागि १०० प्रतिशत हकप्रद सेयर निष्कासनकाे निर्णय गरेकाे थियो। नेपाल धिताेपत्र बाेर्ड (सेबोन)ले हकप्रद सेयर निष्कासनकाे अनुमति दिएपछि कम्पनीकाे १४७ रुपैयाँ अंकित मूल्यकाे ९५ लाख ३५ हजार ७६०‍‍.९९ कित्ता हकप्रद सेयर निष्काशन गर्ने बाटाे खुलेकाे छ। हकप्रद सेयरमा भदौ ११… पुरा पढौ

मलेसियन कम्पनीले यसरी लाँदैछ शून्य लागतमा नेपाली श्रमिक

काठमाडौं, ३ भदौ । वैदेशिक रोजगारीका लागि नेपाली युवा लाखौँ खर्चन बाध्य रहेको अवस्थामा मलेसियामा रहेको एक कम्पनीले शून्य लागतमा नेपाली श्रमिक लैजाने भएको छ । मलेसियन कम्पनी माइटेक एण्ड एसेम्ब्ली एसडिएन बिएचडीले शून्य लागतमा नेपाली कामदार लैजानका लागि काठमाडौँस्थित ह्वाइट हर्स रिक्रुटमेन्ट प्रालिसँग सम्झौता गरेको हो । सम्झौतापत्रमा माइटेकका तर्फबाट मानव संशाधन निर्देशक माइकल ली र ह्वाइट हर्सका तर्फबाट प्रमुख राजन श्रेष्ठले हस्ताक्षर गरे। सम्झौताअनुसार माइटेक कम्पनीमा जाने नेपाली श्रमिकले उक्त मेनपावर कम्पनीमार्फत शून्य लागतमा मलेसिया जान पाउनेछन् ।… पुरा पढौ

अपर तामाकोशी हाइड्रोको साधारण सभामा हकप्रद सेयर निष्काशनकाे प्रस्ताव पारित हुँदै

काठमाडौं, ३ भदाै । अपर तामाकोशी हाइड्रोपावरको साधारण सभा आज हुँदैछ । साधारण सभाले कम्पनीकाे १००% हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पारित गर्ने लगायतका साधारण सभाका एजेण्डाहरु रहेका छन् । साधारण सभा नेपाल प्रज्ञा प्रतिष्ठानकाे सभाहलमा पूर्वान्ह बिहान ११ बजे बाट हुँदैछ। यसैकाे प्रयोजनार्थ कम्पनीले साउन १८ गते बुक क्लोज गरेकाे थियाे । साउन १७ गतेसम्म नेप्सेमा सेयर काराेबार गरेर कायम भएका सेयरधनीले साधारण सभामा भाग लिन पाउनेछन् ।   यस्तै सञ्चालक समितिमा प्रतिनिधित्व गर्नका लागि संस्थापक सेयरधनीकाे समूहबाट एक महिलासहित… पुरा पढौ

घट्यो सुनचाँदी दुबैको भाउ, कति पर्छ तोलाको ?

काठमाडौं, ३ भदौ । लगातार सुनचाँदीको भाउमा गिरावट आएको छ । साताको सुनचाँदीको कारोबार हुने छैंटौं दिन शुक्रबार नेपाली बजारमा सुनकाे भाउ रुपैयाँ ४०० तथा चाँदीमा रुपैयाँ १० ले गिरावट भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन रुपैयाँ ४०० ले घटेर तोलाको ९५ हजार ५०० रुपैयाँमा कारोबार भईरहेको छ । बिहिबार छापावाल सुनमा रुपैयाँ ३०० ले घटेर तोलाको ९५ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुनमा पनि रुपैयाँ ४०० ले गिरावट भई तोलाको तोलाको ९५… पुरा पढौ

साेल्टी होटलकाे खुद नाफा १ अर्ब ३७ करोड नाघ्याे

काठमाडौं, ३ भदाै । प्रख्यात पाँच तारे साेल्टी होटलले १ अर्ब ३७ करोड १५ लाख खुद नाफा कमाएकाे छ । हाेटलले सार्वजनिक गरेकाे गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण अनुसार साे खुद नाफा कमाउन सफल भएकाे हाे । चौथो त्रैमाससम्म आउदा अघिल्लो आर्थिक वर्षको सोही अवधिकोभन्दा २०२.१६ प्रतिशतले बढी नाफा देखिएकाे छ । अघिल्लो आर्थिक वर्षमा होटलकाे कमाइ ४५ करोड ३९ लाख रुपैयाँ रहेकाे थियाे । होटलकाे आम्दानी बढेपछि नाफामा पनि बृद्धि भएकाे छ। गएकाे असार मसान्तसम्ममा हाेटल २२… पुरा पढौ

व्यापारघाटा कम गर्न निर्यातका नयाँ सम्भावना खोजी गर्नु पर्नेमा उद्योग वाणिज्य महासङ्घकाे जाेड

विराटनगर, ३ भदौ । भारतसँगको बढ्दो व्यापारघाटा न्यूनीकरणका लागि नेपालले निर्यातजन्य वस्तुको नयाँ सम्भावना खोजी गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घ प्रदेश नं १ समितिले विराटनगरमा आयोजना गरेको सीमावर्ती भारतीय क्षेत्रसितको व्यापार सम्भावनासम्बन्धी छलफल कार्यक्रममा कृषिलगायतका निर्यातजन्य नयाँ वस्तुलाई भारतीय बजारमा पु¥याएर व्यापारघाटा कम गर्न सरकारले सम्भावना खोज्नुपर्ने बताइएको हो । नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य अविनाश बोहराले अन्तरदेशीय व्यापारमा नेपालको सबैभन्दा सम्भावना रहेको नै भारतीय बजार हो भने। अहिले भारतसँग ठूलो अन्तरमा व्यापार घाटा… पुरा पढौ

कुल वस्तु निर्यातमा वार्षिक २.७ प्रतिशतको गिरावट

काठमाडौं, ३ भदौ । गत आर्थिक वर्ष २०७८/७९ मा कुल वस्तु निर्यात अघिल्लो आर्थिक वर्ष २०७७/७८ को तुलनामा २.७ प्रतिशतले  घटेको छ । अघिल्लो आर्थिक वर्षमा कुल निर्यात ४४.४ प्रतिशतले वृद्धि भएकामा गत आर्थिक वर्षभरी ४१.७ प्रतिशतले वृद्धि भएर २०० अर्ब ३ करोड रुपैयाँ पुगेको छ । यो तथ्याङ्क हालै नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०७७/७९ को असार मसान्तसम्मको प्रतिवेदनमा उल्लेख छ । गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्फ भएको निर्यात क्रमशः ४५.९ प्रतिशत र ३०.४ प्रतिशतले वृद्धि… पुरा पढौ