आर्थिक 📈

अदालतबाट १२ लाख जरिवाना ठहर भएका थापा पक्राउ

काठमाडौं, ६ भदौ । नेपाल प्रहरीले अदालतबाट रु १२ लाख जरिवना ठहर भएका एक जनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले उच्च अदालत पाटनबाट रु १२ लाख जरिवना र तीन दिन कैद सजाय भएका सिन्धुपाल्चोक चौतारा नगरपालिका–१ घर भई भक्तपुरको मध्यपुर ठिमी नगरपालिका बस्ने २६ वर्षीय सविना थापालाई पक्राउ गरी सार्वजनिक गरेको हो । उच्च अदालत पाटनको विसं २०७९ असार ७ गतेको फैसलाअनुसार बैंकिङ कसुर मुद्दामा फरार थापालाई काठमाडौँको धुम्बाराहीबाट पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ… पुरा पढौ

महिला चेम्बरको आयोजनामा डिजिटल मार्केटिङ तालिम

काठमाडौं, ५ भदौ । नेपाल महिला चेम्बरको आयोजनामा डिजिटल मार्केटिङ तालिम सम्पन्न भएको छ । सूचना प्रविधिको विकाससँगै वस्तुहरुको उत्पादन प्रर्वद्धन एवं बजारीकरणमा सहयोग गर्ने उद्देश्यले नेपाल चेम्बर अफ कमर्स अन्तर्गतको महिला चेम्बरले डिजिटल मार्केटिङको तालिम आयोजना गरेको हो । करिब १ साता चलेको डिजिटल मार्केटिङको तालिममा ३४ जना महिला एवं युवतीहरुले सहभागिता जनाएका थिए । तालिमको समापन अवसरमा नेपाल महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठले नेपाली महिलाहरुलाई मुलुकको आर्थिक क्रियाकलापमा सहभागी गराउन तालिमको आयोजना गरिएको बताइन् । चेम्बर महिलाले विभिन्न… पुरा पढौ

धौलागिरी लघुवित्तकाे सेयर बाँडफाँड साेमबार

काठमाडौं, ५ भदाै । धौलागिरी लघुवित्त वित्तीय संस्थाले बिक्रीमा ल्याएकाे सेयर साेमबार बाँडफाँड गरिने संस्थाले जानकारी दिएकाे छ। कम्पनीले साउन २४ गतेदेखि २९ गतेसम्म २ कराेड १७ लाख बढीकाे सेयर निष्काशन गरेको थियाे । साे सेयर कमलपाेखरीस्थित बिक्री प्रबन्धक सनराईज क्यापिटलको कार्यालयमा बाँडफाँड गरिने बताइएकाे छ। धौलागिरी लघुवित्तको सेयरमा १९ लाख ५२ हजार ४६० जनाले २ अर्ब १७ करोड २१ लाख ५७ हजार रुपैयाँ बराबरको २ करोड १७ लाख २१ हजार ५७० कित्ता सेयरकाे लागि आवेदन दिएका थिए । जाे… पुरा पढौ

नेप्सेमा दोहोरो अंकको गिरावट, २ अर्बको कारोबार

काठमाडौं, ५ भदौ । साताको सेयर कारोबार हुने पहिलो दिन आईतबार नेपाली सेयर बजार ओरालो लागेको छ । बजार बन्द हुनु अघिको समयमा केहिबेर अडिएको भएपनि बन्द हुँदाको अवस्थामा आउँदा नेप्सेमा दोहोरो अंकको गिरावट भएको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ७.७६ अंकले घटेर २०६०.५१ विन्दुमा झरेको छ । नेप्सेमा ०.३८ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स १.४९ अंकले घटेर ३९८.५८ विन्दुमा झरेको छ। यसदिन कारोबारमा उल्लेखनिय प्रगति नभए पनि २ अर्ब भने नाघेको छ। ४ वटा उपसमूहमा मात्रै… पुरा पढौ

मानुषि लघुवित्तमा रोजगारीको अवसर

काठमाडौं, ५ भदौ । काभ्रेको बनेपा-१३ भैंसेपाटीमा केन्द्रीय कार्यालय रहेको मानुषि लघुवित्त वित्तीय संस्था लिमिटेडमा कनिष्ठ सहायक पदमा जागिर खुलेको छ । सहायक श्रेणीको कनिष्ठ सहायक प्रशिक्षार्थी तहमा केही सङ्ख्यामा कर्मचारी नियुक्त गर्नुपर्ने भएकाले सूचना जारी गरिएको लघुवित्तले जनाएको छ । गत भदौ ३ गते शुक्रबार सूचना प्रकाशित गरी कम्पनीले १५ दिनभित्र आवेदन दिन आग्रह गर्दै छोटो सूचीमा परेकाहरुलाई अन्तर्वार्ताका माध्यमबाट छनोट गरिने बताएको छ । यसका लागि उमेरको हद पुरुषका लागि १८ वर्ष पूरार भई ३५ वर्ष ननाघेको हुनुपर्ने… पुरा पढौ

सुनको भाउ स्थिर, चाँदीमा गिरावट, कतिमा हुदैछ कारोबार ?

कठमाडौं, ५ भदौ। साताको सुनचाँदीको कारोबार हुने पहिलो दिन आईतबार नेपाली बजारमा सुनको भाउ स्थिर रहेको छ । चाँदीको भाउमा रुपैयाँ १५ ले गिरावट भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ स्थिर रहि तोलाको ९५ हजार ५०० रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि शुक्रबार पनि सुनचाँदीको भाउ तोलाको ९५ हजार ५०० रुपैयाँमा नै कारोबार भएको थियो । तेजाबी सुन तोलाको ९५ हजार रुपैयाँमा कारोबार भइरहेकाे छ । शुक्रबार पनि तेजाबी सुन तोलाको ९५ हजार रुपैयाँमा कारोबार… पुरा पढौ

साहसिक खेल पर्यटनकाे ‘हब’ बन्दैछ काभ्रेको फुल्चोकी क्षेत्र

काभ्रेपलाञ्चोक, ५ भदौ । गत शुक्रबार पनौती नगरपालिका–२ फुल्चोकी क्षेत्रमा ३५ साइक्लिङ खेलाडीले ‘मड्डी हिल डाउनिङ साइक्लिङ’ प्रतियोगितामा सहभागिता जनाए । नेपालमै पहिलो मानिएको उच्च पहाडी क्षेत्रअन्तर्गत काभ्रेतर्फको फुल्चोकी जङ्गलको हिलो बाटोमा नगरको संयोजनमा आयोजित प्रतियोगितामा १२ वर्षीय बालकसमेतको सहभागिता थियो । पनौती नगरपालिकाको आर्थिक सहयोगमा गतवर्ष उक्त क्षेत्रमा साइकल मार्ग निर्माण गरिएको थियो । गत वर्षकै चैतबाट त्यस मार्गमा पर्यटन प्रवद्र्धनार्थ पर्यटकीय क्षेत्र फुल्चोकी र नागीडाँडामा साहसिक खेल साइक्लिङ आयोजना गर्न थालिएको हो । उक्त साहसिक खेल नगरको १… पुरा पढौ

दोर्दी करिडोरको बिजुली जोड्ने वैकल्पिक प्रसारण तयार

काठमाडौं, ५ भदौ । लमजुङको दोर्दी करिडोरमा निर्माणाधीन जलविद्युत् आयोजनाको बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा जोड्नका लागि वैकल्पिक व्यवस्थासहितको प्रसारण लाइन तयार भएको छ । सो करिडोरमा निर्माणाधीन जलविद्युत् आयोजनाको बिजुली उदीपुर हुँदै मध्यमस्र्याङदीको स्वीचयार्ड सिउँडीबारमा जोड्ने गरी वैकल्पिक व्यवस्था गरिएको छ । नेपाल विद्युत् प्राधिकरणले कूल छ किलोमिटर लामो प्रसारण लाइनमार्फत बिजुली जोड्न सकिने गरी नयाँ व्यवस्था गरिएको मस्र्याङदी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाका प्रमुख चिरन्तनविक्रम राणाले राससलाई जानकारी दिए। “हामीले सबै परीक्षणको काम सम्पन्न गरिसकेका छौं, प्रवद्र्धकले चाहेको… पुरा पढौ

बेनीका व्यवसायीकाे चिन्ता: बजार बढ्यो ब्यापार बढेन

म्याग्दी, ४ भदौ । कुनै समय ग्राहकको चापले खाना खाने समय नपाउने बेनी नगरपलिका–७ शान्तिटोलका व्यापारी भद्रबहादुर केसी अहिले फुर्सदिला छन्। विसं २०५० मा पर्वतको धाइरीङबाट बसाइँसराइ गरेर आएका केसी पछिल्लो समय बेनीमा खुद्रा ब्यापार खस्किदै गएको अनुभव सुनाउछन्। “बेनीमा केही सरकारी अड्डा र थोरै मात्र घर थिए । अहिले घरैघरले भरिएको ठाउँ उ बेला बारी, झाडी र चरन क्षेत्र थियो”, उनले विगत सम्झिए, “बिहानैदेखि पसलमा ग्राहकको लस्कर लाग्दथ्यो । उनीहरुलाई सामान दिँदादिँदै बिहानको खाना खाने फुर्सदै पाइँदैनथ्यो । अहिले… पुरा पढौ

स्वदेशी उत्पादनलाई प्रवर्धन गर्न १५ दिने दशैं मेला भाेलि देखि

काठमाडौं, ४ भदाै । स्वदेशी उत्पादनलाई प्रवर्धन गर्न पाँचाै दशैँ जुत्ताचप्पल व्यापार प्रवर्धन मेला भाेलिदेखि शुरु हुने भएको छ । स्वदेशमा उत्पादित जुत्ताचप्पल, छालाका वस्तु तथा सामग्री प्रदर्शन गर्ने उद्देश्यले फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएशन अफ नेपालको आयोजनामा यही भदौ ५ गतेदेखि २० गतेसम्म पाँचाै व्यापार प्रवद्र्धन मेला काठमाडौँको भृकुटीमण्डपमा हुन लागेको हो । मेलाका संयोजक सुरज बन्जाडेले आयात प्रतिस्थापन गरी जुत्ताचप्पल तथा छालाका वस्तु उत्पादनको क्षेत्रमा मुलुकलाई आत्मनिर्भर बनाउन मेलाको आयोजना गर्न लागेको जानकारी दिए। मेलाले एक अर्का उद्यमीबीच स्वच्छ र… पुरा पढौ