आर्थिक 📈

वरिष्ठ उपाध्यक्ष ढकालद्वारा जलविद्युत्, सूचना प्रविधि र पर्यटन क्षेत्रमा लगानी गर्न आह्वान

काठमाडौं, २ भदाै‌ । नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल भ्रमणमा रहेका भारतीय व्यवसायी प्रतिनिधिलाई नेपालको जलविद्युत् र पर्यटन पूर्वाधारको विकासमा लगानी गर्न आग्रह गरेका छन् । आज आयोजित एक कार्यक्रममा नेपाल भ्रमणमा आएका चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री, उडिसाका प्रतिनिधि र नेपाली उद्योगी÷व्यवसायीबीचको अन्तक्र्रियालाई सम्बोधन गर्दै महासङ्घका कार्यवाहक अध्यक्षसमेत रहेका ढकालले नेपालको जलविद्युत्, सूचना प्रविधि र पर्यटन क्षेत्रमा लगानी गर्न आह्वान गरे। उनले नेपाल दुई ठूला र उदीयमान अर्थतन्त्रको बीचमा रहेको हुनाले नेपालको रणनीतिक स्थानले पर्याप्त… पुरा पढौ

नेप्सेमा छायो हरियाली, बजार सकारात्मक लयमा फर्कियाे

काठमाडौं, २ भदौ । साताको सेयर कारोबार हुने पाँचौ दिन बिहिबार नेपाली सेयर बजारमा हरियाली छाएको छ । यसरी नेप्सेमा छाएको हरियाली वातावरणले अब बजार ठिक दिशातिर हुँईकिने अपेक्षा गरिएको छ । नेप्से परिसूचकसंगै कारोबार रकममा पनि अघिल्लो दिनको तुलनामा सुधार भएको छ । नेपाल स्टक एक्सचेन्ज नेप्सेका अनुसार नेप्से परिसूचक २७.७२ अंकले बढेर २०६८.४२ विन्दुमा उक्लिएको छ । नेप्सेमा १.३६ प्रतिशतले बृद्धि भएको छ । सेन्सेटिभ इण्डेक्स ५.४१ अंकले बढेर ४००.०८ विन्दुमा पुगेको छ । कुल २२० कम्पनीको सेयर… पुरा पढौ

विदेशमा आर्जन गरेको ज्ञान, सीप र पूँजी नेपाल भित्र्यान वरिष्ठ उपाध्यक्ष ढकालकाे आग्रह

काठमाडौं, ११ भदौ । नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले गैरआवासीय नेपालीहरूलाई उनीहरूले विदेशी भूमिमा आर्जन गरेको ज्ञान, सीप र पूँजी नेपाल भित्र्याउन आग्रह गरेका छन् । गैरआवासीय नेपाली सङ्घ, एनआरएनएको बैंककमा आज आयोजित एसिया प्यासिफिक क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै उनले सो आग्रह गरेका उनको सचिवालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । “नेपालको विकासका लागि संसारभर छरिएर रहेका नेपालीहरुले आफू रहेका स्थानमा आर्जन गरेका ज्ञान, सीप र पूँजी स्वदेश भित्र्याउन जरुरी छ । यसो गर्न सकियो भने हाम्रो देशमा… पुरा पढौ

विन्दुगत उपभोक्ता मुद्रास्फीति ३.८९ प्रतिशतले बढ्यो

काठमाडौं, २ भदौ । गत आर्थिक वर्ष २०७८/२०७९ को चौथो त्रैमास अर्थात् असार मसान्तसम्म वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ८.०८ प्रतिशत पुगेको छ । २०७७/७८ को असार मसान्तसम्म वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ४.१९ रहेको थियो । हालै नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको समग्र वित्तीय विवरणमा यो तथ्याङ्क समावेश गरिएको छ । यो आँकडा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३.८९ प्रतिशतले बढी हो । विश्वव्यापी रुपमा भएको इन्धन तथा खाद्य वस्तुको मूल्यवृद्धि, आपूर्ति प्रणालीमा आएको व्यवधान तथा नेपाली… पुरा पढौ

विद्युत् वितरणमा हुने चुहावट रोक्नु मुख्य चुनौती : मन्त्री भुसाल

काठमाडौ, २ भदाै । उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले विद्युत् वितरण क्षेत्रको चुहावट रोक्नु चुनौतीको विषय रहेको बताएकी छन् । नेपल विद्युत् प्राधिकरणको ३७औँ वार्षिकोत्सवकाे अवसरमा मन्त्री भुसालले आगामी दिनमा वितरणतर्फको चुहावट घटाउनका लागि अन्तर्राष्ट्रिय मापदण्ड कार्यान्वयन गर्न जरुरी रहेको र यसका लागि वितरण संरचना सुधारमा ध्यान दिन आवश्यक रहेको बताइन। अघिल्लो वर्ष विद्युत् चुहावट नियन्त्रणबाट करिब २ अर्ब आम्दानी भएको पनि उनले स्मरण गराइन । देश विकासका लागि ऊर्जा क्षेत्रको थप विकास नभएसम्म आर्थिक फड्को मार्न कठिन हुने… पुरा पढौ

सुनको भाउ तोलाको रु ९५ हजार ९०० मा झर्यो, चाँदीमा पनि गिरावट

काठमाडौं, २ भदौ । साताको सुनचाँदीको कारोबार हुने पाँचौ दिन बिहिबार नेपाली बजारमा सुनचाँदीको भाउ ओरालो लागेको छ । छापावाल सुनमा रुपैयाँ ३०० तथा चाँदीमा रुपैयाँ १५ ले गिरावट भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा रुपैयाँ ३०० ले घटेर तोलाको ९५ हजार ९०० रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि बुधबार छापावाल सुन तोलाको ९६ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुन तोलाको ९५ हजार ४०० रुपेयाँमा कारोबार भईरहेको छ । बुधबार तेजाबी सुन तोलाको… पुरा पढौ

शुभ लक्ष्मी कोषको इकाईमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं, २ भदाै। लक्ष्मी क्यापिटल बिक्रीमा ल्याएकाे खुलामुखी म्युचुअल फण्डको इकाईमा आवेदन दिने आज अन्तिम दिन बाँकी रहेकाे छ । कम्पनीले साउन १९ गतेदेखि क्यापिटलले लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत रहेकाे शुभ लक्ष्मी कोष जारि गरेकाे थियाे । बिक्रीमा ल्याइएकाे प्रतिइकाई १० रुपैयाँ दरको ५ करोड इकाईमध्ये न्यूनतम ७५ लाख इकाई कोष प्रबद्र्धक लक्ष्मी बैंकका लागि सुरक्षित गरि ४ करोड २५ लाख इकाई जारि गरेकाे हो। पहिलो चरणमा सर्वसाधारणका लागि १ करोड ७५ लाख इकाई निष्काशन गरिएकाे हो। इच्छुक लगानीकर्ताले घटिमा… पुरा पढौ

पशुआहारका लागि पोषिलो ‘साइलेज’ काे ब्यापार बढ्याे

पाल्पा, २ भदौ । सीताराम गौतमले पहिलो पटक गाउँकै उद्योगमा उत्पादन भएको ‘साइलेज’ बाख्रालाई खुवाउन सुरु गरे । साइलेज (मकै र घाँसलाई मेसिनबाट गुन्द्रुक बनाइएको पशुआहार) खुवाउन सुरु गरेपछि बाख्रा हृष्टपुष्ट हुँदै गए । रामपुर नगरपालिका–७ का गौतमले सुरुमा करिब तीन क्विन्टल साइलेज खरिद गरे। बाख्रालाई पोषिलो आहार अति उत्तम ठानेपछि पुनः दोस्रो पटक दोब्बर खरिद गरे। अहिले उनले नियमितरुपमा आफ्ना फार्ममा रहेका ७० बाख्रालाई साइलेज खुवाउछन्। “गत वर्षदेखि नियमितरुपमा बाख्रालाई साइलेज खुवाउने गरेको छु, बाख्राको तौल बढ्दै गएको छ,… पुरा पढौ

नेपाल सिमेन्ट उद्योगीका जायज माग सम्बोधन गर्छु : मन्त्री यादव

काठमाडौ‌, २ भदौ । वन तथा वातावरणमन्त्री प्रदीप यादवले नेपाल सिमेन्ट उद्योगीका जायज मागलाई सम्बोधन गरिने बताएका छन् । नेपाल सिमेन्ट उत्पादक सङ्घका प्रतिनिधिसँगको छलफलका क्रममा मन्त्री यादवले नेपाली सिमेन्टलाई प्रोत्साहन गर्नका लागि भए पनि सिमेन्ट उत्पादकका जायज मागलाई सम्बोधन गरिने बताए। उनले भने, “नेपाली सिमेन्टलाई प्राथमिकता दिनु सरकारको दायित्व हो, तपाईंहरुलाई परेका समस्या समाधानका लागि मसहित मन्त्रालय पहल गर्नेछ ।” मन्त्री यादवसँगको भेटघाट तथा छलफलका क्रममा सिमेन्ट उत्पादक सङ्घका अध्यक्ष धु्रवराज थापासहितका प्रतिनिधिले वन नियमावलीका केही प्रावधानका कारण सिमेन्ट… पुरा पढौ

रिडी हाइड्रोपावरकाे नाफा ५४ करोड बढी, कालिकाकाे १.०४ प्रतिशतले घट्याे

काठमाडौं, १ भदाै । रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले रु ५४ करोड ४४ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएकाे छ । कम्पनीकाे सार्वजनिक गरिएकाे वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको चौथो त्रैमाससम्म कम्पनीले साे नाफा कमाएकाे हाे । याे नाफा गत वर्षको तुलानामा ६४७.०४% बढी हाे । अघिल्लो वर्ष यस्ताे नाफा रु ७ करोड २८ लाख रहेकाे थियो । समिक्षा अवधिमा अन्य स्रोतबाट हुने आम्दानी बढेर १ अर्ब १ करोड रुपैयाँ पुगेकाे छ । यसमा भएकाे बृद्धिले खुद नाफामा बृद्धि… पुरा पढौ