आर्थिक 📈

पेट्रोलियम पदार्थ आयातमा मात्रै साढे ३ खर्ब रकम बाहिरियाे

 काठमाडौं, १ भदाै । नेपाल आयल निगमले गत आर्थिक वर्षमा ३ खर्ब ३४ अर्ब ३४ करोड रुपैयाँ बढीको पेट्रोलियम पदार्थ आयात गरेको देखिएकाे छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७८/७९ काे आर्थिक विवरणमा अघिल्लो आर्थिक वर्षकोभन्दा यस वर्ष पेट्रोलियम पदार्थको आयातमा भएकाे खर्च करिब दुइ अर्ब दोब्बर भएकाे उल्लेख छ। निगमले अघिल्लो आर्थिक वर्षमा १ खर्ब ७५ अर्ब ७१ करोड रुपैयाँ बढीको पेट्रोलियम पदार्थ नेपालमा आयात गरेकाे थियो । याे बृद्धि ९०.४% ले वृद्धि भएको देखिन्छ… पुरा पढौ

अब सामाजिक सुरक्षा कोषबाट पनि सापटी पाइने

काठमाडौं, १ भदौ ।  सामाजिक सुरक्षा कोष (एसएसएफ) ले विशेष सापटी सेवा सुरु गरेको छ । एसएसएफमा आवद्ध सेवाग्राहीले आफ्नो योगदानको आधारमा विशेष सापटी लिन सक्ने कोषले जनाएको छ ।  कोषका अनुसार कोषमा आवद्ध कुनै पनि सेवाग्राहीले आफूले जम्मा गरेको रकमको ८० प्रतिशतसम्म सापटी लिन सक्नेछन् । यो सापटी लिनका लागि ३६ महिनासम्म कोषमा योगदान गरेको हुनुपर्ने प्रावधान राखिएको छ । सामाजिक सुरक्षा कोषबाट घर सापटी, शिक्षा सापटी र सामाजिक सापटी गरी तीन प्रकारका सापटी लिन सकिने व्यवस्था छ । यसैगरी… पुरा पढौ

०.३६ अंकले घट्यो नेप्से, कारोबार रकम पनि खुम्चियाे

काठमाडौं, १ भदौ । भदौ महिनाको पहिलो कारोबारको दिनमा पनि सेयर बजारले उल्लासमय गति लिन सकेन । साताको सेयर कारोबार हुने चौथो दिन बुधबार नेपाली सेयरबजार झिनो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज नेप्सेका अनुसार नेप्से परिसूचक झिनो ०.३६ अंकले घटेर २०४०.७० विन्दुमा झरेको छ । नेप्सेमा यसदिन ०.०२ प्रतिशितले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स भने ०.२८ अंकले बढेर ३९४.६७ विन्दुमा पुगेको छ । ७ उपसमूहहरुमा हरियो लागेको भए पनि कारोबार रकममा उल्लेखनिय बढोत्तरी हुन सकेन । अाज ६ वटा… पुरा पढौ

अवैध मोबाइल भदौ ३० देखि नचल्ने: एमडीएमएस प्रणाली शुरु गर्दै दूरसञ्चार प्राधिकरण

काठमाडौं, १ भदौ । दूरसञ्चार क्षेत्रको नियामक संस्था नेपाल दूरसञ्चार प्राधिकरण (एनटीए)ले आगामी भदौ ३० गतेदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) औपचारिक रूपमा शुरु गर्ने भएको छ । यसका बारेमा हालै प्राधिकरण तथा मोबाइल फोन इम्पोर्टर्स एसोसियसनको संयुक्त आयोजनामा भएको मोबाइल डिभाइस म्यानेजमेण्ट सिस्टम (एमडीएमएस) सम्बन्धी कार्यशालामा जानकारी दिइएको हो । कार्यक्रममा प्राधिकरणका अध्यक्ष पुरूषोत्तम खनालले भदौ ३० गतेबाट एमडीएमएस सिस्टम लागू गर्ने प्रतिबद्धता जनाए । यसअघि एमडीएमएस सेवा लागू गर्ने घोषणा थुप्रैपटक भए पनि विभिन्न कारण देखाउँदै पटक पटक… पुरा पढौ

‘एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०८५’ का लागि आवेदन दिने आज अन्तिम दिन

काठमाडौं, १ भदाै । रु २ अर्बको ‘एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०८५’ का लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ। एभरेष्ट बैंक लिमिटेडले निष्काशन तथा बिक्रीका ल्याएकाे वार्षिक १०.५० प्रतिशत ब्याजदर रहेकाे ऋणपत्रमा साउन १८ गतेदेखि आवेदन माग गरिएकाे थियाे । यसकाे अवधि ६ वर्षका लागि रहेकाे छ। प्रतिकित्ता १ हजार रुपैयाँ अंकित दरकाे २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता ऋणपत्र निष्काशन गरिएकाे हाे । यसमा २० करोड रुपैयाँ बराबरको ८० लाख कित्ता सर्वसाधारणका लागि बिक्री गरिनेछ ।… पुरा पढौ

घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, १ भदौ । साताको सुनचाँदीको कारोबार हुने चौथो दिन बुधबार नेपाली सुनचाँदी बजारमा सुनचाँदीको भाउ घटेको छ । छापावाल सुनमा रुपैयाँ ५०० तथा चाँदीमा रुपैयाँ १० ले गिरावट भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाल सुनमा रुपैयाँ ५०० ले घटेर तोलाको ९६ हजार २०० रुपैयाँमा कारोबार भईरहेको जनाएको छ । यसअघि मंगलबार छापावाल सुन तोलाको ९६ हजार ७०० रुपैयाँ कायम भई कारोबार भएको थियो । तेजाबी सुनमा रुपैयाँ ५०० ले घटेर तोलाको ९५ हजार ७०० रुपैयाँमा… पुरा पढौ

मंसिरभित्रै कृषि र गैरकृषि जग्गाको वर्गीकरण गर्नुपर्ने

काठमाडौं, १ भदौ । हरेक स्थानीय तहले आगामी २३ मंसिरभित्रै जग्गाको वर्गीकरण गर्नुपर्ने भएको छ । सरकारले पछिल्लोपटक जारी गरेको भूउपयोग नीति २०७९ अनुसार हरेक स्थानीय तहबाट कृषि र गैरकृषि गरी जग्गालाई २ वटा वर्गमा वर्गीकरण गर्नुपर्ने भएको छ । उक्त व्यवस्था लागू गर्न सरकारले २७ जेठमै सम्बन्धित स्थानीय तहलाई परिपत्रसमेत गरिसकेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले जग्गाको वर्गीकरण गर्न निर्देशन दिइसकेपछि पनि स्थानीय तहहरूले आफ्नो कार्यक्षेत्र भित्रका जग्गालाई वर्गीकरण नगरेको, परिपत्रविपरीत जग्गा छुट्याउने काम भएको… पुरा पढौ

मन्दाकिनी हाइड्रोकाे सेयर आजदेखि काराेबारमा आउँदै

काठमाडौं, १ भदाै । मन्दाकिनी हाइड्रोपावरकाे सेयर भदाै १ गते आजबाट दोस्रो बजारमा कारोबारमा आउदैछ। नेपाल स्टक एक्सचेन्ज नेप्सेमा मंगलबार सेयर सूचीकृत भएपछि आजबाट दाेश्राे बजारमा काराेबारमा आउने बाटाे खुलेकाे हाे । अहिलेसम्मकाे चलन अनुसार सेयर नेप्सेमा सूचीकरणमा परेकाे भाेलिपल्टबाट दाेश्राे बजारमा सेयर काराेबारमा आउने गरेकाेले मन्दाकिनी हाइड्राेकाे सेयर पनि काराेबारमा आउने भएकाे हाे। कम्पनीकाे ५८ लाख ८० हजार ३६९ कित्ता सेयर नेप्सेमा सूचीकरण भएको हो । नेप्सेले ओपनिङ रेन्ज पनि तोकेको छ । पहिलो कारोबार न्यूनतम १०२ रुपैयाँदेखि अधिकतम ३०६… पुरा पढौ

१० खर्ब विप्रेषण आयाे, ३ लाख ५४ हजारले लिए श्रम स्वीकृति

काठमाडौं, १ भदाै । आर्थिक वर्ष २०७८-७९ मा रु १० खर्ब सात अर्ब ३१ करोड बराबरको विप्रेषण आप्रवाह भएको छ । यो कूल चार दशमलव आठ प्रतिशत बराबरको वृद्धि भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । केन्द्रीय बैंकले सो आवको सार्वजनिक गरेको विवरणअनुसार अपेक्षितरुपमा नै विप्रेषण आप्रवाह भएको हो । अघिल्लो वर्ष विप्रेषण आप्रवाह नौ दशमलव आठ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह दुई दशमलव दुई प्रतिशतले वृद्धि भई आठ अर्ब ३३ करोड पुगेको छ । अघिल्लो आवमा… पुरा पढौ

उच्च आयात भएकाे कारण शोधानान्तर घाटा दुई खर्ब ५५ अर्ब

काठमाडौं, १ भदाै । देशभित्र भित्रिनेभन्दा बाहिरिने रकमको मात्रामा वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८÷७९ मा रु दुई खर्ब ५५ अर्बले शोधानान्तर घाटामा गएको जनाएकाे हाे । अघिल्लो आव असार मसान्तमा रु एक अर्ब २३ करोडले शोधानान्तर बचतमा थियो । कोरोना कहर सामान्य भएपछि हरेक क्षेत्रमा उच्च आयात भएका कारण गत आव शोधानान्तर रु दुई खर्ब ५५ अर्बले घाटामा गएको हो । यस्तै, गत जेठको तुलनामा गत असारमा विदेशी मुद्राको सञ्चितिमा सुधार भएको छ । केन्द्रीय… पुरा पढौ