आर्थिक 📈

मन्दाकिनी हाइड्रोकाे सेयर बुधबारदेखि काराेबारमा आउदै, ओपनिङ रेन्ज कति ?

काठमाडौं, ३१ साउन । मन्दाकिनी हाइड्रोपावरकाे सेयर बुधबार भदाै १ गतेबाट दोस्रो बजारमा कारोबारमा आउने भएको छ। नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज सेयर सूचीकरण भएपछि बुधबारबाट दाेश्राे बजारमा काराेबारमा आउने बाटाे खुलेकाे हाे । अहिलेसम्मकाे चलन अनुसार सेयर नेप्सेमा सूचीकरणमा परेकाे भाेलिपल्टबाट दाेश्राे बजारमा सेयर काराेबारमा आउने गरेकाेले मन्दाकिनी हाइड्राेकाे सेयर पनि बुधबारबाट काराेबारमा आउनेछ। कम्पनीकाे ५८ लाख ८० हजार ३६९ कित्ता सेयर नेप्सेमा सूचीकरण भएको हो । नेप्सेले ओपनिङ रेन्ज पनि तोकेको छ । पहिलो कारोबार न्यूनतम १०२ रुपैयाँदेखि अधिकतम… पुरा पढौ

राष्ट्रिय बीमा कम्पनीकाे खुद नाफामा ३१.४१ प्रतिशतले वृद्धि

काठमाडौं, ३१ साउन । राष्ट्रिय बीमा कम्पनीले रु ४७ करोड ३४ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएकाे छ । याे नाफा अघिल्लाे वर्षकाे तुलनामा ३१.४१ प्रतिशतले बढी हाे । कम्पनीकाे सार्वजनिक भएकाे गत आर्थिक वर्षको चौथो त्रैमाससम्मकाे वित्तीय विवरण अनुसार खुद नाफा अघिल्लो आर्थिक वर्षको साेहि अवधिकोभन्दा ३१.४१ प्रतिशतले बढी भएकाे हाे। अघिल्लो आर्थिक वर्षमा कम्पनीकाे खुद नाफा रु ३६ करोड ३ लाख रहेकाे थियाे । कम्पनीको खुद बीमाशुल्क ५२.१५ प्रतिशतले बढेकाे छ । जाे बढेर रु ३४ करोड… पुरा पढौ

नेप्से २४.८३ अंकले घट्यो, रिडि पावरको कारोबार करिब ४१ करोड

काठमाडौं, ३१ साउन । बैंकहरुले ब्याज घटाएको, भाद्र महिनामा निक्षेपमा ब्याज नबढाउने र संस्थागत ब्याजदर घटाउने सुखद् खबरले बजारको माहोल सकारात्मक लयमा जान्छ भन्ने अपेक्षा आज पनि पूरा भएन । साताको सेयर कारोबार हुने तेश्रो दिन मसेयर बजार पुनः राताम्मै भएको छ । सेयर बजारमा करिब २५ अंकको गिरावट भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार नेप्से परिसूचक २४.८३ अंकले घटेर २०४१.०६ विन्दुमा झरेको छ । नेप्सेमा १.२० प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स ३.७५ अंकले घटेर ३९४.३९ विन्दुमा रहेको… पुरा पढौ

आईओसीबाट तेस्रो पटक घटेर आयो इन्धनको मूल्य, नेपालमा घट्ला?

काठमाडौं, ३१ साउन । भारतीय आयल कर्पोरेसन (आईओसी)बाट फेरि पेट्रोलियम पदार्थको घटेको मूल्य सूची आयल निगमलाई प्राप्त भएको छ । नयाँ आएको सूचीअनुसार अनुसार पेट्रोलमा प्रतिलिटर मूल्य १ रुपैयाँ ८० पैसा र डिजेलमा प्रतिलिटर ४ रुपैयाँ ८० पैसाले घटेको नेपाल आयल निगमले स्रोतले जनाएको छ । हवाई इन्धनको मूल्य पनि लिटरमा ५ रुपैयाँले सस्तो भएको छ । यसअघि दुई पटक डिजेल/पेट्रोलको मूल्य उल्लेख्य घटेर आएको थियो । तेस्रो पटकको सूचीमा भने अघिल्ला दुई पटकका तुलनामा प्रतिलटर थोरै रकम मात्र घटेको… पुरा पढौ

नागरिक लगानी कोषले कमायाे ८८ करोड ७८ लाख

काठमाडौं, ३१ साउन । नागरिक लगानी कोषले ८८ करोड ७८ लाख ६ हजार खुद नाफा कमाउन सफल भएकाे छ । काेषले गत आर्थिक वर्षको चौथो त्रैमासम्म उक्त नाफा कमाएकाे हाे । कोषकाे खुद नाफा अघिल्लो वर्षको तुलनामा १४.२९% ले वृद्धि भएकाे हाे । काेषले यसअघि रु ७७ करोड ६८ लाख १६ हजार खुद नाफा कमाएको थियो । कोषको ब्याज आम्दानी र कमिसन आम्दानीमा बृद्धि भएपछि खुद नाफामा बढेकाे पाइएकाे छ । ब्याज आम्दानी बढेर रु २२ करोड ५० लाख रुपैयाँ… पुरा पढौ

बढ्दै सुनको भाउ, चाँदीमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, ३१ साउन । साताको सुनचाँदीको कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली बजारमा सुनचाँदीको भाउ तलमाथि भएको छ । छापावाल सुनमा रुपैयाँ ३०० ले बढेको छ । चाँदीमा रुपैयाँ १५ ले गिरावट भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा रुपैयाँ ३०० ले बढेर तोलाको ९७ हजार ७०० रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि सोमबार छापावाल सुन तोलाको ९७ हजार ४०० रुपैयाँ कायम भई कारोबार भएको थियो । तेजाबी सुनमा पनि रुपैयाँ ३०० ले बढेर तोलाको ९६ हजार… पुरा पढौ

अब नेपाली चिया चिनिया बजारमा निर्यात हुने

काठमाडौं, ३१ साउन । चीनले नेपालमा उत्पादन हुने चियालाई चिनिया बजार खुला गर्ने भएको छ । नेपालका परराष्ट्र मन्त्रीको चीन भ्रमणका बेला चीन नेपाल चियालाई आफ्नो बजार खुला गर्न सहमत भएको हो । चीनले नेपाली चियाका लागि आफ्नो बजार खुला गर्ने बताएको परराष्ट्र मन्त्रालयले जनाएको छ । भारततर्फ चिया निर्यातमा व्यवसायीलाई अवरोधको गुनासो आइरहँदा चीनले बजार खुला गर्नु सकारात्मक भएको मन्त्रालयले जनाएको छ । नेपाल चिया तथा कफी विकास बोर्डकाअनुसार नेपालले दुई वर्षदेखि नेपाली चियाका लागि चिनियाँ बजार खुल्ला गर्न… पुरा पढौ

रसुवागढी हाइड्रोकाे सेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं ३१ साउन । रसुवागढी हाइड्रोपावर कम्पनीले असार १३ गतेदेखि निष्काशन गरेकाे सेयरमा आवेदन दिने आज अन्तिम दिन बाँकी रहेको छ। स्थानिय जनताका लागि छुट्याइएको ६८ लाख ४२ हजार १०० कित्ता साधारण सेयर बिक्रीमा ल्याइएकाे हाे। आयाेजनाबाट अति प्रभावित गोसाइकुण्ड, वडा नं. १ थुमन र वडा नं. २ टिमेरे, प्रसारण लाइनबाट प्रभावित हुने आमाछोदिङमो गाउँपालिका वडा नं. ४ गोल्जुङ र वडा नं. ५ चिलिमे रहेका छन् । गोसाइ कुण्ड गाउँपालिकाका बाँकी वडाहरु, वडा नं. ४ लाङटाङ, वडा नं. ५ स्याफ्रुबेशी… पुरा पढौ

१० वर्षदेखि अलपत्र तल्लो इन्द्रावती जलविद्युत् आयोजनाको निर्माण प्रक्रिया पुन: शुरू

सिन्धुपाल्चोक, ३१ साउन । १० वर्षभन्दा लामो समयदेखि अलपत्र परेको सिन्धुपाल्चोकको तल्लो इन्द्रावती जलविद्युत् आयोजनाको निर्माण प्रक्रिया पुनः अघि बढेको छ । विसं २०६७ देखि बन्द भएर खारेज भएको सो आयोजनालाई नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडले लिलामीमा सकारेपछि पुनः निर्माण प्रक्रिया थालिएको हो । चार दशमलव पाँच मेगावाट क्षमताको सो आयोजना निर्माणका लागि कम्पनीले प्रारम्भिक वातावरणीय प्रभाव मूल्याङ्कन गरी सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा मेलम्ची नगरपालिकाका प्रमुख, उपप्रमुखलगायत आयोजनाबाट प्रभावित हुने ७, ८, ९, १० र ११ का… पुरा पढौ

नेप्सेमा छायो हरियाली, २ अर्ब ४३ करोड बढीको कारोबार

काठमाडौं, ३० साउन । लगातार ओरालोको यात्रामा गएको नेपाली सेयर बजार साताको सेयर कारोबार हुने दोश्रो दिन सोमबार सकारात्मक लयमा फर्किएकाे छ । नेप्से परिसूचकले अर्ध शतक पार गर्दा लगानीकर्तामा उत्साह थपिएको छ । कारोबार रकममा पनि सुधार भएको छ । नेप्सेमा छाएको हरियालीले अबको बाटाे सकारात्मक हुने अपेक्षा बढाएकाे छ । भदौ महिनाका लागि बैंकहरुले ब्याजदर नबढाउने कुरा बाहिर आएपछि लगानीकर्ताहरुको बनोबल बढेको हो । एक हप्तासम्म सहि निर्णयमा पुग्न नसकेका लगानीकर्ताले यसदिन बैंकहरुले ब्याजदर नबढाउने निर्णय गरेपछि त्यसको… पुरा पढौ