आर्थिक 📈

भदौ ७ गतेदेखि सेयर निष्काशन गर्दै इष्टर्न हाइड्रोपावर

काठमाडौं, २९ साउन । इष्टर्न हाइड्रोपावर लिमिटेडले भदौ ७ गतेदेखि सेयर निष्काशन तथा बिक्रिमा ल्याउने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि ६ लाख २० हजार कित्ता सेयर निष्काशन गर्ने भएकाे हो। सेयरमा लगानी गर्न चाहने लगानीकर्ताले घटिमा १० कित्ता तथा बढीमा १ लाख कित्ता सेयरका लागि आवेदन दिन पाउनेछन्। सेयरमा भदौ २१ गतेसम्मआवेदन दिन सकिनेछ । साे मितिसम्म माग अनुसारकाे आवेदन नपरेकाे खण्डमा असोज ५ गतेसम्म आवेदन दिन सकिने छ। लगानीकर्ताले एनएमबि बैंक, ग्लोबल आइएमई बैंक, प्रभु बैंक… पुरा पढौ

अभियान लघुवित्तकाे सेयर बाँडफाँड साउन ३० गते, साडे १९ लाख बढीकाे हात रित्तै हुने

काठमाडौं, २८ साउन । अभियान लघुवित्त वित्तीय संस्थाकाे सेयर साउन ३० गते बाँडफाँड हुने भएकाे छ । संस्थाले साउन १८ गतेदेखि साउन २२ गतेसम्म ९ करोड ७५ लाख रुपैयाँ बराबरको सेयर निष्कासन तथा बिक्रीमा ल्याएकाे थियाे ।  प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ९ करोड ७५ लाख रुपैयाँ बराबरको ९ लाख ७५ हजार कित्ता सेयर निष्कासन गरिएकाे थियाे । जसबाट ४८ हजार ७५० कित्ता सेयर सामूहिक लगानी कोषका लागि रहेकाे छ । १२ हजार ५०० कित्ता कर्मचारीका लागि छुट्याइएकाे छ । बाँकी… पुरा पढौ

रासायनिक मल लागि छुट्याइएको रु १६ अर्ब अनुदान रकमबाट मलकाे खरिद प्रक्रिया शुरु

रुपन्देही, २८ साउन  । गृहमन्त्री बालकृष्ण खाणले कृषि उत्पादनलाई प्राथमिकता दिँदै सरकारले झण्डै रु १६ अर्ब रासायनिक मलमा अनुदान छुट्याएको बताएका छन् । शुद्धोधन गाउँपालिका–५ मा निर्मित शुद्धोधन उद्यानको आज उद्घाटन गर्दै उनले कोरोना सङ्क्रमणका कारण अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको मूल्य धेरै पर्ने भएकाले अनुदान छुट्याएको स्पष्ट पारे। “रासायनिक मल खरिदका लागि प्रक्रिया अघि बढेको छ । अन्तर्राष्ट्रिय बजारमा जति मूल्य छ त्यसैमा किन्ने हो किसानलाई महँगो पर्छ । हामी पनि किसानकै सन्तान भएकाले कृषकले उत्पादनमा अवरोध झेल्न नपरोस् भनेर… पुरा पढौ

मधेसका ३९ स्थानीय तहले बुझाएनन् बजेट विवरण

वीरगञ्ज, २८ साउन । आर्थिक वर्ष २०७९/८० का लागि मधेस प्रदेशका ३९ वटा स्थानीय तहले बजेट विवरण पेश गरेका छैनन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मत्रालयका अनुसार मधेस प्रदेशमा कुल एक सय ३६ पालिका रहेकामा सो सङ्ख्यामा स्थानीय तहले बजेट विवरण पेश नगरेका पाइएको हो । मन्त्रालयका अनुसार हालसम्म बजेट विवरण प्रविष्ट नगरेका स्थानीय तहमध्ये प्रदेश नं १ मा तीन, बागमतीमा चार, लुम्बिनीमा १०, कर्णालीमा तीन र सुदूरपश्चिम प्रदेशमा चार स्थानीय तह छन् । गण्डकी प्रदेशका सबै पालिकाले बजेट… पुरा पढौ

बहाना नगरी नयाँ ब्रोकर लाइसेन्स वितरणकाे निर्णय कार्यान्वयनमा ल्याउन लगानीकर्ताकाे माग

काठमाडाैं, २८ साउन । नेपाली सेयर बजारका तीन अलग अलग संस्थाहरूले नयाँ ब्रोकर लाइसेन्स वितरण कार्यलाई छिटाेभन्दा छिटाे अगाडी बढाउन नियामक निकायसँग माग गरेका छन् । उनीहरूले यसका बारेमा नेपाल धितोपत्र बोर्डको ध्यानाकर्षण गराएका छन् । नेपाल इन्भेष्टर्स फोरम, शेयर लगानीकर्ता संघ र नेपाल पूँजीबजार लगानीकर्ता संघले संयुक्त रुपमा विज्ञप्ती निकालेर बोर्डलाई छिटाे नयाँ ब्रोकर लाइसेन्स वितरण कार्यलाई अगाडी बढाउन ध्यानाकर्षण गराएका हुन् ।  यसका बारेमा धेरै बहानावाजि नगराैं। उनीहरूले नयाँ ब्रोकर लाईसेन्स वितरण सम्बन्धी कार्यलाई ढिलासुस्ति वा बाहानाबाजी नगरी… पुरा पढौ

१ अर्ब ३० करोड लागतकाे रुकुमगाड विद्युत् आयोजना अन्तिम चरणमा

रुकुमपूर्व, २८ साउन । रुकुमपूर्वमा निर्माण भइरहेको जिल्लाकै ठूलो विद्युत् आयोजनाको अधिकांश काम सम्पन्न भएको छ । जिल्लाको सिस्ने र भूमे गाउँपालिकाको सिमाना धौलापहिरामा निर्माण भइरहेको आयोजनाको अहिलेसम्म ८९ प्रतिशत काम सम्पन्न भएको हो । रुकुमगाड खोलाबाट पाँच मेगावाट विद्युत् उत्पादन गरिँदै छ । विद्युत् आयोजना निर्माणको काम राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्शन लिमिटेडले लिएको छ । अहिलेसम्म जलविद्युत संरचना निर्माणको सबै काम सकिएको छ भने पाइपलाइन विस्तारको काम ९५ प्रतिशत सकिएको छ । प्रसारणको काम करिब अन्तिम चरणमा रहेको… पुरा पढौ

स्वावलम्बन लघुवित्तले कमायाे ७० करोड, ईपिएस कति ?

काठमाडौं, २७ साउन । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले ७० करोड ६ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएकाे छ । संस्थाकाे गत आर्थिक वर्षको चौथो त्रैमाससम्मकाे सार्वजनिक भएकाे वित्तीय विवरण अनुसार संस्थाले साे नाफा कमाएकाे हाे । अघिल्लो आर्थिक वर्षमा लघुवित्तले ६१ करोड ९४ लाख रुपैयाँ नाफा आर्जन गरेकाे थियाे । जाे १३.०९% धेरै हो । असार महिनाकाे अन्त्यसम्म संस्थाकाे खुद ब्याज आम्दानी १४.९०% ले बढेको देखिएकाे छ । संस्थाकाे सञ्चालन मुनाफा १४.६१% ले बढेको छ । सञ्चालन मुनाफा र… पुरा पढौ

सुन तोलाको ९७ हजार ३०० पुग्यो, चाँदीको भने स्थिर

काठमाडौं, २७ साउन । पहेंलो तथा सेतो धातुमा दैनिक मूल्य बढेको, घटेको वा स्थिर रहने कुनै अवस्था देखिईरहन्छ । सुनचाँदी दुबैको बढ्ने वा दुबैको घट्ने वा स्थिर भएर कारोबार हुन्छ । एउटाको घट्ने र अर्को बढ्ने प्रबृत्ति पनि देखि निरन्तर भईनै रहेको हुन्छ । यसरी सुनचाँदीको भाउमा दैनिक रुपमा तलमाथि हुन वा स्थिर रहनुको कारण अन्तराष्ट्रि बजार भाउमा भएको परिवर्तनको कारणले नै हो । जसको प्रभाव नेपाली बजारमा पनि परेकै हुन्छ । साताको अन्तिम कारोबार हुने दिन शुक्रबार नेपाली बजारमा… पुरा पढौ

माउन्टेन हाइड्रोकाे खुद नाफामा छलाङ, अन्य विवरण कस्ता छन् ?

काठमाडौं, २७ साउन । माउन्टेन हाइड्रो नेपालकाे खुद नाफाले छलाङ मारेकाे छ । हाइड्रोले १४ करोड ४७ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएकाे छ । कम्पनीकाे सार्वजनिक भएकाे गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण अनुसार साे नाफा कमाएकाे देखिएकाे हाे । अघिल्लो वर्ष साेहि अवधिमा कम्पनीकाे खुद नाड्फा १ करोड ८६ लाख रुपैयाँ रहेकाे थियो। यो नाफा ६७७.७३ प्रतिशतले बढी हाे ।   कम्पनीको विद्युत बिक्री आम्दानी बढेकाे छ । याे १४.२० प्रतिशतले बढेर ६० करोड ८१ लाख रुपैयाँ… पुरा पढौ

जनकपुर भन्सारकाे राजस्व सङ्कलन ५४ प्रतिशत

जनकपुरधाम, २७ साउन । जनकपुर भन्सार कार्यालयले आर्थिक वर्ष २०७८-७९ मा लक्ष्यको ५४ प्रतिशत मात्र राजस्व सङ्कलन गर्न सकेको छ । सो कार्यालयले आव २०७८-७९ मा रु ४८ करोड ५५ लाख ९२ हजार राजस्व सङ्कलनको लक्ष्य लिएकामा ५४ दशमलव ३० प्रतिशत अर्थात रु २६ करोड ३६ लाख ७९ हजार राजस्व सङ्कलन गरेको छ । जनकपुर भन्सार कार्यालयका प्रमुख प्रमोद दासका अनुसार आव २०७८-७९ मा भन्सार महसुलतर्फ रु १६ करोड १७ लाख ७७ हजार, मूल्य अभिवृद्धि करतर्फ रु नौ करोड ७४… पुरा पढौ