आर्थिक 📈

सर्लाहीमा थपिए दुई हजार नयाँ उद्योग

सर्लाही, २७ साउन । घरेलु तथा साना उद्योग कार्यालय सर्लाहीमा आर्थिक वर्ष २०७८÷७९ मा दुई हजार एक सय ८७ नयाँ उद्योग दर्ता भएका छन् । ती मध्ये एक हजार पाँच सय ४१ कृषिजन्य उद्योग दर्ता भएका छन् । आव २०७८÷७९ मा सेवामूलक चार सय १५, उत्पादनमूलक दुई सय ३१ र कृषिजन्य एक हजार पाँच सय ४१ उद्योग दर्ता भएका घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख जीतेन्द्रकिशोर गुप्ताले जानकारी दिए । उनका अनुसार आव २०७७÷७८ मा एक हजार नौ सय ४३… पुरा पढौ

मानुषी लघुवित्तकाे खुद नाफामा १०१.९२ प्रतिशतले वृद्धि

काठमाडौं, २७ साउन । मानुषी लघुवित्त वित्तीय संस्थाले २ करोड ४० लाख रुपैयाँ खुद नाफा कमाएकाे छ । संस्थाकाे सार्वजिनक भएकाे गत आर्थिक वर्षको चौथो त्रैमाससम्मकाे वित्तीय विवरण अनुसार साे नाफा भएकाे देखिएकाे छ। संस्थाले कमाएकाे २ करोड ४० लाख रुपैयाँ खुद नाफा अघिल्लो वर्षको तुलनामा १०१.९२ प्रतिशतले बढी हो। अघिल्लो वर्ष संस्थाले १ करोड १९ लाख रुपैयाँ खुद नाफा कमाएकाे थियो।  समीक्षा अवधिमा संस्थाले ९ करोड ७४ लाख रुपैयाँ सञ्चालन घाटा भएको छ। अघिल्लो वर्ष संस्थाले १ करोड ७९… पुरा पढौ

नेपाल लाइफ: खुद बीमा शुल्क बढ्यो, ३५ करोडमाथि घाटा

काठमाडौं, २७ साउन । खुद बीमा शुल्कमा बृद्धि भएपनि नेपाल लाइफ इन्स्योरेन्सलाई ३५ करोड २७ लाख रुपैयाँ घाटा भएकाे छ । इन्स्योरेन्सकाे गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको सार्वजनिक वित्तीय विवरण अनुसार साे घाटा भएकाे देखिएकाे छ। अघिल्लो आर्थिक वर्षमा इन्स्योरेन्सले ५३ करोड ५९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। आर्थिक वर्षको अवधिमा भने ३५ करोड २७ लाख रुपैयाँ नोक्सानी व्यहोरेको हाे । इन्स्योरेन्सको खुद बीमा शुल्कमा ९.४४ प्रतिशत बढेको देखिन्छ। जीवन बीमा धितोमा २४ अर्ब ७६ करोड ९६ लाख रुपैयाँ… पुरा पढौ

अर्थ सचिवको जिम्मेवारी पुष्करलाई, राजश्वमा ज्ञवाली

काठमाडौं, २७ साउन । सरकारले अर्थ मन्त्रालयको सचिवको जिम्मेवारी कृष्णहरि पुष्करलाई दिएको छ । बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले उनलाई सचिवको जिम्मेवारी दिएको हो । यसअघिका अर्थ सचिव मधु मरासिनीलाई प्रधानमन्त्री कार्यालयमा सरुवापछि रिक्त पदमा तत्कालका लागि पुष्करलाई अर्थ सचिवको जिम्मेवारी दिएको थियो । त्यसैगरी बैठकले राजस्व सचिवको जिम्मेवारी भने रामेश्वर दंगाललाई दिएको छ । अर्थमन्त्री जनार्दन शर्मामाथि चालु आवको बजेटमा अनधिकृत व्यक्तिको प्रवेश गराइ करका दर हेरफेर गरेको आरोप लागेपछि सचिव मरासिनी विदामा बसेका थिए । तर अर्थमन्त्री शर्माले राजीनामा… पुरा पढौ

आर्थिक रूपान्तरणका लागि सरकार र महासंघको साझेदारी अभियान सुरु

काठमाडौं, २७ साउन । नेपाल सरकार र नेपाल उद्योग वाणिज्य महासङ्घको सहकार्यमा आर्थिक रूपान्तरणका लागि सरकार निजी क्षेत्र साझेदारी अभियान सुरु भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र महासङ्घद्वारा आयोजित कार्यक्रममा मन्त्रालयका तर्फबाट सहसचिव नारायणप्रसाद दवाडी र महासङ्घका अध्यक्ष शेखर गोल्छाले सो साझेदारीपत्रमा हस्ताक्षर गरेसँगै अभियान सुरु भएको हो । सो अभियानअन्तर्गत उद्योग वाणिज्य क्षेत्रमा नेपाल सरकारले अवलम्बन गरेका नीति तथा कार्यक्रम र महासङ्घले सार्वजनिक गरेको राष्ट्रिय आर्थिक रूपान्तरण, २०३० कार्यान्वयन पक्षलाई समेटिएको छ । अभियान कार्यान्वयनका क्रममा उद्योग… पुरा पढौ

टान निर्वाचनमा तीन व्यवसायी समूहबीच प्रतिस्पर्धा

काठमाडौं, २७ साउन । पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)को यही साउन ३० गते हुने निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता भएको छ । टान नेतृत्वका लागि दुई प्यानलसहितको व्यवसायी समूह र एक स्वतन्त्र समूहले उम्मेदवारी दर्ता गराएको हो । टानको अध्यक्ष पदमा नीलहरि बास्तोला र कमल सापकोटाले प्यानलसहित उम्मेदवारी मनोनयन गराएको टान सचिवालयले जनाएको छ । बोधराज भण्डारीको स्वतन्त्र समूहले अध्यक्ष र उपाध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दिए । बास्तोला प्यानलबाट अध्यक्षमा बास्तोला वरिष्ठ उपाध्यक्षमा कृष्णप्रसाद… पुरा पढौ

नेप्सेको वेबसाइट ह्याक गर्ने प्रयास, कानूनी कारबाहीमा जान सक्ने संस्थाको चेतावनी

काठमाडौं, २६ साउन । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) को आधिकारिक वेबपेजमा आज अनधिकृत पहुँचको प्रयास भएको छ । नेप्सेको कारोबार सम्बन्धी विवरणमा अनधिकृत तरिकाले पहुँचको प्रयास भएपछि संस्थाले यस्तो कार्य नगर्न नगराउन चेतावनी सहितको विज्ञप्ति जारी गरेको छ । संस्थाको www.nepalstock.com.np तथा www.nepalstock.com बाट विभिन्न कोड प्रयोग गरी अनधिकृत रुपमा ठूलो परिमाणको डाटा तान्ने प्रयास भएको र ती वेबसाइटमा कारोबारको विवरण हेर्न खोज्नेको सङ्ख्या कृत्रिम रूपमा अत्यधिक बढेको नेपाल स्टक एक्सचेञ्जका प्रवक्ता मुराहरि पराजुलीजे जानकारी दिए । ‘आगामी दिनमा… पुरा पढौ

यस्ताे छ सेबोनले जारी गरेकाे मर्जर निर्देशिका (पूर्णपाठ)

काठमाडौं, २६ साउन । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले संगठित संस्था एकआपसमा गाभ्ने, गाभिने तथा प्राप्तिसम्बन्धी निर्देशिका, २०७९ (प्रारम्भिक मस्यौदा) जारी गरेको छ।  धितोपत्र ऐन, २०६३ को दफा ११८ ले दिएको अधिकार प्रयोग गरी धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३ को नियम ४३ कको प्रयोजनका लागि निर्देशिका तयार पारेको जनाइएकाे छ ।   निर्देशिकामा बोर्डबाट गाभ्ने गाभिने वा प्राप्तिका लागि स्वीकृति प्राप्त गरेका संगठित संस्थाले प्रचलित कम्पनी सम्बन्धी कानून बमोजिम एकीकृत व्यवसायिक कारोवारको स्वीकृति प्राप्त गरेपश्चात् सो को जानकारीसहित एकीकृत व्यवसायिक… पुरा पढौ

अभियान लघुवित्तकाे सेयर साउन ३० गते बाँडफाँड गरिने

काठमाडौं, २६ साउन । अभियान लघुवित्त वित्तीय संस्थाले निष्काशन तथा बिक्रीमा ल्याएकाे सेयर साउन ३० गते बाँडफाँड गरिने भएकाे छ । कम्पनीले साउन १८ गतेदेखि २२ गतेसम्म कुल ९ लाख ७५ हजार कित्ता सेयर निष्काशन गरेको थियाे । सेयर बाँडफाँड नक्सालमा रहेकाे बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिलटको कार्यलयमा गरिने भएकाे छ। संस्थाकाे सेयर खरिदका लागि २० लाख ४३ हजार २० जना आवेदककाे २ अर्ब ३१ करोड १६ लाख १९ हजार रुपैयाँ बराबरको २ करोड ३१ लाख १६ हजार १९० कित्ता सेयरका… पुरा पढौ

झन् घट्दै सेयर बजार, १ अर्ब ७६ करोडमा कारोबार सीमित

काठमाडौं, २६ साउन । लगातार सेयर बजार ओरालो लागिरहेको छ । साताको सेयर कारोबार हुने पाँचौ दिन पनि सेयर बजारको ओरालोको यात्राले निरन्तरता पाएको छ । १३ उपसमूहमध्येमा एक बाहेक सबैमा रातो लागेको छ । उनीहरु सबैले गुमाएका छन् । उनीहरुमध्ये हरियो लागेको म्युचुअल फण्डतर्फ सामान्य बृद्धि भएको छ । सकारात्मक बन्न नसेकोको सेयर बजारको गिर्दो अवस्था लगानीकर्ताको मनोबल उच्च बनाउन बाधा उत्पन्न गराएको छ । उनीहरुकोएउटै बिकल्प बजार सकारात्मक हुनु बाहेक अर्को छैन । यसमा ठस्ला लगानीकर्ताहरु, नियनकारी निकाय… पुरा पढौ