आर्थिक 📈

एकैदिन सुनमा रु ८०० ले बृद्धि, चाँदीको स्थिर

काठमाडौं, १९ साउन । साताको सुनचाँदी कारोबार हुने पाँचौ दिन बिहिबार नेपाली बजारमा सुनचाँदीको भाउमा सुनकाे बढ्ने र चाँदीकाे स्थिर रहेको छ । यसदिन छापावाल सुनमा एकैदिन रुपैयाँ ८०० ले बढेको छ भने चाँदी बुधबारकै भाउमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार एकैदिन छापावाल सुनमा रुपैयाँ ८०० ले बढेर तोलाको ९६ हजार १०० रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि बुधबार छापावाल सुनको भाउ तोलाको ९५ हजार ३०० रुपैयाँ कायम भएको थियो । तेजाबी सुन तोलाको ९५ हजार… पुरा पढौ

थाइल्याण्डमा नेपाल प्रवर्धन, नेपाल सेल्स मिशन २०२२ सम्पन्न

काठमाडौं, १९ साउन । प्यासिफिक एसिया ट्राभल एशोसिएशन (पाटा) नेपाल च्याप्टरले थाइल्याण्डमा ‘नेपाल सेल्स मिशन २०२२’ मार्फत नेपालको गन्तव्यको प्रवर्धन गरेको छ । थाइल्याण्डको राजधानी बैंककमा आयोजित कार्यक्रममा नेपालका ११ बिक्रेता पर्यटन व्यावसायिक कम्पनी र थाइल्याडका ४५ भन्दा बढी टुर अपरेटरलगायत करिब ८० जना सरोकारवालाको सहभागिता रहेको थियो । ‘बीटुबी शत्र’ औपचारिक समारोह र नेटवर्किङ डिनर रिसेप्सन भव्यताका साथ सम्पन्न भएको पाटा नेपालले विज्ञप्तिमार्फत जनाएको छ । पाटा नेपालले थाइल्यान्डस्थित नेपाली राजदूतावास, नेपाल एयरलाइन्स, पाटा अन्तर्राष्ट्रिय र पाटा थाइल्याण्ड च्याप्टर,… पुरा पढौ

मुक्तिनाथ विकास बैंककाे खुद नाफामा १८.४७ प्रतिशतकाे बृद्धिसंगै ईपिएस पनि बढ्याे

काठमाडाैं, १९ साउन । मुक्तिनाथ विकास बैंकले १ अर्ब ३७ करोड रुपैयाँ खुद नाफा कमाउन सफल भएकाे छ । बैंककाे सार्वजनिक भएकाे गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण अनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिकोभन्दा अन्य सूचकहरूमा पनि निकै सुधार देखिएकाे छ। बैंकले कमाएकाे रू १ अर्ब ३७ करोड रुपैयाँ खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिकोभन्दा १८.४७ प्रतिशतले बढी भएकाे छ । अघिल्लो आर्थिक वर्षमा बैंकले रू १ अर्ब १५ करोड रुपैयाँ खुद नाफा कमाएको थियो। यसपटक बैंककाे अघिल्लाे… पुरा पढौ

इन्फिनिटी लघुवित्तले कमायाे रू १५ करोड २ लाख खुद नाफा

काठमाडाैं, १९ साउन । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाकाे नाफा बढेकाे छ। संस्थाले १५ करोड २ लाख रुपैयाँ खुद नाफा कमाएकाे छ । संस्थाकाे सार्वजनिक भएकाे गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण अनुसार अघिल्लो आर्थिक वर्षकोभन्दा खुद नाफामा बृद्धि भएकाे हाे । संस्थाले असार मसान्तसम्म १५ करोड २ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हाे। यो नाफा अघिल्लो आर्थिक वर्षकोभन्दा १९.१४ प्रतिशतले बढी पाइएकाे छ । अघिल्लो आर्थिक वर्षमा खुद नाफा रू १२ करोड ६० लाख थियो। इन्फिनिटीकाे खुद ब्याज… पुरा पढौ

अब लघुवित्त वित्तीय संस्थाहरुले ऋणपत्र जारी गर्न पाउने

काठमाडौं, १८ साउन । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरुले ऋणपत्र जारी गर्न पाउने व्यवस्था गरेको छ। बैंकले जारी गरेको आर्थिक वर्ष २०७९-८० को मौद्रिक नीतिमा राखिएको व्यवस्थाहरुको कार्यान्वयनको लागि जारी गरिएको एकिकृत निर्देशनमा लघुवित्त वित्तीय संस्थाहरुले सहायक आवधिक ऋणपत्र जारी पाउने व्यवस्था गरिएको छ । संचित नोक्सानी बाँकी नरहेका लघुवित्त वित्तीय संस्थाले आफ्नो प्राथमिक पूँजीको बढीमा शत प्रतिशतले हुने रकमसम्म सहायक आवधिक ऋणपत्र जारी गर्नका लागि स्वीकृतिको लागि राष्ट्र बैंकमा आवेदन दिन सकिने भएको छ । यसअघि चुक्ता पूँजीको… पुरा पढौ

२१८६ विन्दुमा झर्याे नेप्से परिसूचक, कारोबार रकम ४ अर्ब माथि

काठमाडौं, १८ साउन । साताको सेयर कारोबार हुने चौथो दिन बुधबार नेपाली सेयर बजारमा गिरावट भएको छ । नेप्से परिसूचक घटेता पनि कारोबार रकमले भने ४ अर्ब पार गरेको छ । यो कारोबार अघिल्लो दिनको तुलनामा बढी हो । नेप्सेमा नकारात्मक प्रभावले फेरि बजार असन्तुलनको मार्गमा जाने त होईन भन्ने संकोच उत्पन्न गराएको छ । यसले लगानीकर्ताको उत्साहलाई बढाएको छैन । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ६.७२ अंकले घटेर २१८६.७६ विन्दुमा झरेको छ । नेप्सेमा ०.३१ प्रतिशतले गिरावट हुँदा… पुरा पढौ

राष्ट्र बैंकले दिएको ग्रेस अवधि थपकाे सुविधा हट्यो

काठमाडौं, १८ साउन । नेपाल राष्ट्र बैंकले कोरोना महामारीका कारण उद्योग वा परियोजना निर्माण सम्पन्न/सञ्चालन हुन नसकेको खण्डमा ग्रेस अवधि थप गर्न सकिने सुविधा हटाएको छ । राष्ट्र बैंकले आज बुधबार चालु आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिको कार्यान्वयन गर्न बैंक तथा वित्तीय संस्थालाई जारी गरेको एकीकृत निर्देशन २०७८ को संशोधन जारी गर्दै यस्तो प्रावधान खारेज गरेको हो । विगतमा कोभिड-१९ का कारणले विगतमा कायम गरिएको ग्रेस अवधि भित्र उद्योग वा परियोजना निर्माण सम्पन्न/सञ्चालन हुन नसकेको अवस्थामा निर्माण सम्पन्न हुन/सञ्चालनमा… पुरा पढौ

२ अर्बकाे ‘एभरेष्ट बैंक ऋणपत्र-२०८५’ मा आजदेखि आवेदन खुल्ला

काठमाडौं, १८ साउन । एभरेष्ट बैंककाे २ अर्ब बराबरको ऋणपत्र बिक्रीका लागि आजदेखि आवेदन खुल्ला गरिएकाे छ।  बैंकले ६ वर्ष अवधिकाे ‘एभरेष्ट बैंक लिमिटेड ऋणपत्र–२०८५’ नामकाे ऋणपत्र बिक्रीमा ल्याएकाे हाे । याे सेयरबाट लगानीकर्ताले वार्षिक १०.५० प्रतिशत ब्याज पाउनेछन्।  १ हजार अंकित मूल्यकाे २० लाख इकाइकाे बिक्री खुल्ला गरिएकाे हो। यसबाट १२ लाख इकाइ व्यक्तिगत किसिमले बिक्री गरिने भएकाे भने बाँकी रहने ८ लाख इकाइ सर्वसाधारणका लागि रहेकाे छ । ४० लाख इकाइ सामूहिक लागानी कोषका लागि छुट्याइएकाेले सर्वसाधारणले ७… पुरा पढौ

घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, १८ साउन । साताको सुनचाँदीको कारोबार हुने चौथो दिन बुधबार नेपाली बजारमा सुनचाँदीको भाउ ओरालो लागेको छ । छापावाल सुनमा रुपैयाँ ३०० तथा चाँदीमा रुपैयाँ १० ले गिरावट भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसदिन छापावाल सुनमा रुपैयाँ ३०० ले घटेर तोलाको ९५ हजार ३०० रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार छापावाल सुन तोलाको ९५ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुन तोलाको ९४ हजार ८०० रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार तेजाबी सुन तोलाको… पुरा पढौ

श्वेतगंगा हाइड्रोपावरको सेयर बाँडफाँड सम्पन्न, ५ जनाले पाए जनहि ११ कित्ता

काठमाडौं, १८ साउन । श्वेतगंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडको सेयर बाँडफाँड आज बिहान सम्पन्न भएको छ। निष्काशन गरिएकाे २३ लाख ८९ हजार ५०० कित्ता साधारण सेयर बिक्री प्रबन्धक रहेकाे सानिमा क्यापिटलको कार्यालयमा बाँडफाँड गरिएकाे हाे । जारी पूँजी १ अर्ब ५९ करोड ३० लाख रुपैयाँ बराबरको १५ प्रतिशतले हुने रु १०० अंकित दरकाे २३ लाख ८९ हजार ५०० कित्ता सेयर साउन ४ गतेदेखि बिक्रीमा ल्याइएकाे थियाे । कुल सेयरबा६ ५ प्रतिशत सामूहिक लगानी कोषका बाँडिएकाे छ। बाँकी हुन आएकाे २२… पुरा पढौ