आर्थिक 📈

नागरिक उड्डयन प्राधिकरणले गत आर्थिक वर्षमा आम्दानी बढायाे, विमानस्थल शुल्ककाे आम्दानी साढे ७ अर्ब हाराहारी

काठमाडौं, १६ साउन। नेपाल नागरिक उड्डयन प्राधिकरणले आर्थिक वर्ष २०७८/७९ मा १६.६७ प्रतिशतले आम्दानी बढाएको छ । प्राधिकरणले विमानस्थल शुल्कको आम्दानीमा वृद्धि गर्दै ७ अर्ब ४४ करोड ७१ लाख आम्दानी गरेको हो । प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले अघिल्लो वर्ष प्राधिकरणले विमानस्थल शुल्कवापतको ल्याण्डिङ पार्किङ, नेभिगेशन, भाडा आदिबाट आम्दानी गर्न सफल भएको जानकारी दिए। उनका अनुसार प्राधिकरणले गतवर्ष ६ अर्ब ६८ करोड २९ लाख आम्दानी प्रक्षेपण गरेकामा ७ अर्ब ४४ करोड ७१ लाख आम्दानी भएको छ । प्राधिकरणले अघिल्लो आर्थिक वर्ष… पुरा पढौ

आईओसीले घटायाे पेट्रोलियमको भाउ, घट्ला त नेपालमा ?

काठमाडौँ, १६ साउन । इण्डियन आयल कर्पोरेशन (आईओसी)ले पेट्रोलियम पदार्थको घटेको मूल्य सूची नेपाल आयल निगमलाई पठाएको छ । आईओसीले सोमबार पठाएको सूचीमा डिजेलमा प्रतिलिटर १२ रुपैयाँ ४५ पैसा र पेट्रोल प्रतिलिटर १६ रुपैयाँ ८० पैसा घटेको छ । नयाँ मूल्यसूचीमा पेट्रोलियमको भाउ अघिल्लो पटकको जस्तै घटेर आएको खबरले उपभोक्तामा अब भने पेट्रोलियम पदार्थको भाउ घट्ला भन्ने आशा पलाएको छ। यसअघि पनि आईओसीले नेपाल आयल निगमलाई डिजेल र पेट्रोलमा १६ रुपैयाँ ५० पैसा घटाएको सूची पठाएको थियो। त्यति बेलै नेपालमा पेट्रोलियम पदार्थको… पुरा पढौ

२१९६‍‍‍.२५ विन्दुमा उक्लियो नेप्से, साढे ४ अर्ब बढीको कारोबार

काठमाडौं, १६ साउन । सेयर बजारको उकालोको यात्रा कायमै रहेको छ । साताको सेयर कारोबार हुने दोश्रो दिन सोमबार पनि नेपाली सेयर बजारमा सकारात्मक माहोल देखिएपछि लगानीकर्ताहरु उत्साहित भएका छन् । कारोबार रकम पनि साढे ४ अर्ब माथि भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १.१५ अंकले बढेर २१९६ विन्दुमा उक्लिएको छ । नेप्सेमा ०.०५ प्रतिशतको बृद्धि भएको छ भने सेन्सेटिभ इण्डेक्स १.९४ अंकले बढेर ४२१.१४ विन्दुमा पुगेको छ । यसदिन कुल २१७ कम्पनीको सेयर कारोबार भएको छ… पुरा पढौ

१ अर्बको ऋणपत्र निष्कासन गर्दै महालक्ष्मी विकास बैंक, बिक्री प्रबन्धकमा एन आई सी एशिया क्यापिटल नियुक्त

काठमाडौं, १६ साउन । महालक्ष्मी विकास बैंककाे ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एन आई सी एशिया क्यापिटल लिमिटेडलाई नियुक्त गरिएकाे छ । साे ऋणपत्र १ अर्ब रुपैंया मूल्य बराबरको १० लाख कित्ता रहेकाे छ । दश वर्ष अवधिकाे लागि प्रति ऋणपत्र १ हजारकाे दरले बिक्री गरिने भएकाे हाे । यसैकाे प्रयाेजनका लागि ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एन आई सी एशिया क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरिएकाे हाे । सोमबार बैंकको केन्द्रीय कार्यालय दरबारमार्ग, काठमाण्डौमा एक समाराेहबीच महालक्ष्मी विकास बैंक… पुरा पढौ

गत आर्थिक वर्षमा चितवनमा २७ करोडमाथि विकास बजेट ‘फ्रिज’

चितवन, १६ साउन । चितवनमा गत आर्थिक वर्ष २०७८/७९ मा विकास निर्माणका लागि विनियोजन भएको बजेटको ५३ प्रतिशतमात्रै खर्च भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालय चितवनको वार्षिक प्रतिवेदनले सङ्घ र प्रदेशको पुँजीगत बजेटमा झण्डै आधा रकम खर्च हुन नसकेको देखाएको छ । उक्त अवधिमा जिल्लामा भौतिक पूर्वाधार तथा विकास निर्माणका लागि रु १३ अर्ब ३९ करोड ६२ लाख १५ हजार बजेट विनियोजन भएकामा रु सात अर्ब १३ करोड २८ लाख ६८ हजार मात्र खर्च भएको प्रतिवेदनमा उल्लेख छ… पुरा पढौ

आईएमई पेबाट अरुको मोबाइलमा रिचार्ज गरिदिँदा २ प्रतिशत क्यासब्याक पाइने

काठमाडौं, १६ साउन । आईएमई पेमार्फत् मोबाइल रिचार्ज गर्दा थप २ प्रतिशत क्यासब्याक पाइने भएको छ। यसअघि आईएमई पे एपमा दर्ता भएको आफ्नै मोबाइल नम्बरमा टपअप गर्दा ५ प्रतिशत क्यासब्याक पाइने सुविधा उपलब्ध थियो। अब भने कम्पनीले आफ्नो बाहेक अन्य कुनै पनि मोबाइल नम्बरमा रिचार्ज गर्दा पनि थप २ प्रतिशत क्यासब्याक दिने अफर ल्याएको हो । कम्पनीले एक प्रेस विज्ञप्ति जारी गर्दै सेवाग्राहीहरुले आईएमई एपबाट कुनै पनि मोबाईल नम्बरमा टपअप गरिदिँदा २ प्रतिशत क्यासब्याक पाउने उल्लेख गरेको छ। यो योजना… पुरा पढौ

घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार?

काठमाडौं, १६ साउन । साताको सुनचाँदीको कारोबार हुने दोस्रो दिन सोमबार नेपाली सुनचाँदी बजारमा सुनचाँदीको भाउमा गिरावट आएको छ । आज सुन तोलामा रुपैयाँ ४०० र चाँदीमा रुपैयाँ १० ले कमी आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन तोलामा रुपैयाँ ४०० ले घटेर तोलाको ९५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार छापावाल सुन तोलाको ९५ हजार ८०० रुपैयाँमा कायम भएर कारोबार भएको थियो । यसैगरी आज तेजाबी सुन पनि तोलामा ४०० रुपैयाँले घटेर तोलाको ९४… पुरा पढौ

नेपालको आर्थिक वृद्धिदर ४.१ प्रतिशत मात्रै

काठमाडौं, १६ साउन । आर्थिक वर्ष २०७८/७९ मा नेपालको आर्थिक वृद्धिदर ४.१ प्रतिशत मात्र पुग्ने सरकारले जनाएको छ । आर्थिक वृद्धिको अघिल्लो लक्ष्यमा संशोधन गर्दै अर्थ मन्त्रालयले वृद्धिदर ४.१ प्रतिशतमा मात्र सिमित राखेको हो । यसअघि वैशाखमा केन्द्रीय तथ्याङ्क विभागले आर्थिक वृद्धिदर ५.८४ प्रतिशत पुग्ने प्रक्षेपण गरेको थियो तर त्यसमा पनि संशोधन गर्दै वृद्धिदरमा १.७४ प्रतिशतको सङ्कुचन हुने प्रक्षेपण मन्त्रालयले गरेको हो । गत आर्थिक वर्षको वृद्धिदरमा गरिएको पछिल्लो प्रक्षेपण दोस्रो संशोधन हो। पहिलो पटक सरकारले गत वर्षको बजेटमार्फत ७… पुरा पढौ

साउन १५ मा दूधको माग उच्च, ५० लाख लिटर खपत

काठमाडाैं, १५ साउन । आज साउन १५ गते खीर खाने परम्पराका कारण मुलुकभर दूधको उच्च माग भएको छ । आज करिब ५० लाख लिटर दूध खपत भएको छ । मुलुकमा दूधको उत्पादनअनुसार माग धेरै भएको अवस्थामा आज झन् धेरै माग भएको हो । नेपाल डेरी एसोसिएशनका अध्यक्ष प्रह्लाद दाहालका अनुसार साउन १५ गते खीर खाने दिनका लागि बजारको मागअनुसार पु¥याउनका लागि दुग्ध उद्योगहरुलाई धेरै गाह्रो भयाे। उनले अन्य दुग्ध पदार्थ उत्पादन नगरी आजको दिन दूधको माग धान्नुपर्ने बाध्यता रहेको बताए।… पुरा पढौ

शर्मालाई पुनः अर्थमन्त्रीमा ल्याउने दिनमै सेयर बजारमा उछाल, ४ अर्ब ६० करोड बढीको कारोबार

काठमाडौं, १५ साउन । अर्थमन्त्री पदबाट राजिनामा दिएका जनार्दन शर्मालाई पुनः पदबहाली गर्ने कुरा बाहिर आएकै दिन सेयर बजारमा पुनः उछाल आएको छ । नेप्सेले अर्धशतक पार गरेको छ । अर्थमन्त्रालयमा सरोकार नराख्ने मानिसलाई प्रवेश गराएको आरोप लागेपछि नैतिक रुपमा पदबाट राजिनामा दिएका जनार्दन शर्मालाई संसदीय छानबिन समितिले सफाई दिएपछि शर्मालाई अर्थमन्त्रीमा पुन: सपथ ग्रहण गराउने कुरा बाहिरीएकै दिन आज सेयर बजारमा उछाल आएको हो । साताको सेयर कारोबार हुने पहिलो दिन आईतबार सेयर बजारमा एउटा उपसमूहबाहेक सबैमा हरियो भएका… पुरा पढौ