आर्थिक 📈

एभरेष्ट बैंककाे नाफा बढ्याे, यस्ताे छ वितरणयोग्य मुनाफा

काठमाडौं, १२ साउन । एभरेष्ट बैंकले गत आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमास अर्थात् असार मसान्तसम्म २ अर्ब ५४ करोड ६० लाख रुपैयाँ खुद नाफा कमाएको छ। बैंकले यो अवधिमा ५ अर्ब ४२ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ।  बैंकको सञ्चालन मुनाफामा आएको वृद्धिले खुद नाफा बढाएको बुझिएको छ । अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा २ अर्ब ५४ करोड ८४ लाख रूपैयाँ रहेको बैंकको सञ्चालन मुनाफा समीक्षा अवधिसम्म ४२.८२ प्रतिशतले बढेर ३ अर्ब ६३ करोड ९६ लाख रूपैयाँभन्दा बढी… पुरा पढौ

एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड-२ साउन २६ गतेबाट निष्काशन हुने

काठमाडाैं, १२ साउन । एनएमबि क्यापिटल लिमिटेडले साउन २६ गतेबाट एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड २ नाममा म्युचुअल फण्ड निष्काशन गर्न लागेको जनाएकाे छ । प्रति इकाई १० रुपैयाँ दरको कुल इकाईमध्ये १ करोड ८६ लाख इकाई कोष प्रबर्धक रहेकाे एनएमबि बैंकका लागि रहेकाे छ । १२ लाख इकाई योजना व्यवस्थापक रहेकाे एनएमबि क्यापिटलका लागि रहेकाे छ। बाँकी रहने १० करोड २० लाख इकाईका लागि लगानीकर्ताले आवेदन दिन पाउनेछन्। यस योजनाका लगानीकर्ताले साउन ३१ गतेसम्म आवेदन दिन सक्नेछन् । ताेकिएकाे म्यादसम्म… पुरा पढौ

मन्दाकिनी हाइड्रोकाे सेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडाैं, १२ साउन । मन्दाकिनी हाइड्रोपावरकाे सेयरमा आवेदन दिने आज अन्तिम दिन बाँकी रहेकाे छ । कम्पनीले साउन ९ गतेदेखि सर्वसाधारणाका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरकाे ११ लाख ७६ हजार ७३ कित्ता साधारण शेयर निष्काशन तथा बिक्रीमा ल्याएकाे थियाे । निष्काशित कुल सेयरबाट २३ हजार ५२१ कित्ता कर्मचारीहरुका लागि रहेकाे छ । ५८ हजार ८०३ कित्ता सामूहिक लगानी कोषको लागि रहेकाे छ। सेयरमा लगानी गर्न चाहने लगानीकर्ताले बाँकी रहेकाे १० लाख ९३ हजार ७४८ कित्ताका लागि आवेदन दिन पाउनेछन्। लगानीकर्ताले… पुरा पढौ

ठूला आयोजनाको निर्माण निर्धारित समयमा सम्पन्न गर्न मन्त्री चौधरीले दिए निर्देशन

काठमाडौं, ११ साउन । सहरी विकासमन्त्री मेटमणि चौधरीले ठूला र विशेष आयोजनाको निर्माण कार्य निर्धारित समयमा नै सम्पन्न गर्न निर्देशन दिएका छन् । कार्यभार सम्हालेको एक महिना पुगेको अवसरमा मन्त्री चौधरीले निर्माणको काम समयमा नै सम्पन्न गर्न कार्ययोजना बनाएर अघि बढ्नुपर्ने बताए। कार्यभार सम्हालेको यस अवधिमा नयाँ सहरतर्फ ११ वटा भवन निर्माण, चार सय सडक बत्ती जडान, पाँच हाटबजार, दुई बसपार्क, पाँच खेल मैदान, पाँच पार्क निर्माण, तीन खानेपानी आयोजना निर्माण र तीन वटा जग्गा एकीकरण आयोजनाको सुरुआत गरेको पनि… पुरा पढौ

राष्ट्र बैंकले १ अर्ब २० कराेड मुद्दती निक्षेपमा लगानी गर्दै

काठमाडौं, ११ साउन । नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको १ अर्ब २० कराेड रुपैयाँ बराबरकाे रकम मुद्दती निक्षेपमा लगानी गर्ने जानकारी दिएकाे छ । राष्ट्र बैंकले एक सूचना प्रकाशित गरेर इजाजत प्राप्त बैंक, बित्तीय संस्थाहरुले कुल लगानी याेग्य रकममध्ये २०७९ भदाै २ गतेदेखि २०८० भदाै २ गतेसम्म ३६७ दिनकाे निक्षेपकाे लागि आव्हान गरेकाे हाे ।   राष्ट्र बैंकले ‘क’ वर्गका वाणिज्य बैंकमा ९६ कराेड रुपैयाँ लगानी गर्नेछ । ‘ख’ वर्गका राष्ट्रिय स्तरका विकास बैंकहरुमा १८ करोड रुपैयाँ र ‘ग’ वर्गका राष्ट्रिय… पुरा पढौ

फेरि नेप्सेको उकालोको यात्रा शुरु, फाइनान्सतिर देखियो लगानीर्ताको झुकाव

काठमाडौं, ११ साउन । साताको सेयर कारोबार हुने दोश्रो दिन नेपाली सेयर बजारमा दोहोरो अंकको बृद्धि भएको छ । दुई दिन लगातार उकालो लागेर अघिल्लो दिन ओरालो लागेको नेप्सेमा आजको सकारात्मक माहोलले लगानीकर्तालाई उत्साही बनाएको छ । नेपाल स्टक एक्सचन्जका अनुसार नेप्से परिसूचक २३.८३ अंकले बढेर २१११.९९ विन्दुमा उक्लिएको छ । नेप्सेमा १.१४ प्रतिशतले बृद्धि भएको छ भने सेन्सेटिभ इण्डेक्स ४.५३ अंकले बढेर ४०२.९२ विन्दुमा पुगेको छ । यसदिन कुल २२७ कम्पनीको सेयर खरिदबिक्री भएको छ । ७५ लाख ८… पुरा पढौ

रसुवागढीको आईपीओमा साउन ३१ गतेसम्म आवेदन दिन सकिने

काठमाडौं, ११ साउन । रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले आईपीओमा आवेदन दिने म्याद २१ दिन थप गरेको छ । कम्पनीले गत असार १३ गतेदेखि निष्कासन गरेको आईपीओमा माग गरेजति आवेदन नपरेकाले म्याद थप गरिएको बुझिएको छ। कम्पनीले गत असार १३ गते खुलाएको आईपीओको समयसीमा शुरुमा असार २७ गतेसम्म तोकेको थियो तर उक्त समयसम्म मागअनुसारको आवेदन नपरेमा साउन १० गतेसम्म समय थप गर्न सकिने व्यवस्था थियो। साउन १० गतेसम्म लम्ब्याइएको म्यादभित्र पनि माग बमोजिम आवेदन नपर्ने देखिएकोले कम्पनीले २१ दिन थप गरेको… पुरा पढौ

व्यावसायिक सोचलाई मूर्त रुप दिन नबिल इन्भेस्टमेन्टको पिच-नीक सेवा

काठमाडौं, ११ साउन । नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडले प्रत्येक नेपाली महिनाको अन्तिम शुक्रबारका दिन पिच–नीक सेवा शुरु गरेको छ । उक्त सेवा अन्तर्गत प्रत्येक उद्यमी तथा उद्यमी बन्न चाहनेहरुबाट उनीहरुको उत्तम व्यावसायिक विचारहरुलाई छनोट गरी वास्तविकतामा बदल्न मद्दत गरिने कम्पनीले जनाएको छ । यसबाहेक कम्पनीले भविष्यमा सञ्चालनमा ल्याउन लागेको विशिष्टकृत लगानी कोष अन्तर्गतको प्राइभेट इक्विटी र भेन्चर क्यापिटल कोषहरु मार्फत पनि उत्तम व्यावसायिक विचार र नवीतम सोच भएका उद्यमीहरुको नयाँ क्षेत्रको व्यवसाय आरम्भ वा भएको व्यवसायको सिर्जनात्मक र गुणात्मक विस्तार… पुरा पढौ

घट्यो सुनको भाउ, चाँदीको बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, ११ साउन । साताको सुनचाँदीको कारोबार हुने चौथो दिन बुधबार सुनचाँदीको भाउ तलमाथि भएको छ । छापावाल सुनको भाउमा यसदिन रुपैयाँ २०० ले गिरावट भएको छ । चाँदीमा भने रुपैयाँ ५ ले बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा रुपैयाँ २०० घटेर तोलाको ९४ हजार रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार छापावाल सुन तोलाको ९४ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुन तोलाको ९३ हजार ५०० रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार तेजाबी… पुरा पढौ

मदिरा तस्करी बढ्न थालेपछि व्यवसायी चिन्तित, प्रतिबन्ध हटाउन माग

काठमाडौं, ११ साउन । पछिल्लो समय मदिरा तस्करको घटना बढ्न थालेको छ । सरकारले मदिरा आयातमा प्रतिबन्ध लगाएपछि तस्करी बढ्न थालेको सरोकारवालाहरूले बताएका छन् । सरकारले नेपाल मदिरा पैठारीकर्ता संघले सरकारले मदिरा आयातमा प्रतिबन्ध गर्दा नेपालमा तस्करी बढेको बताएको छ ।कार, मदिरा, सुर्तिजन्य तथा अन्य विलासी वस्तुको आयातमा लगाएको प्रतिबन्ध साउन १ गतेबाट ४५ दिनका लागि थप गरेको छ । जसमा मदिरा आयात पनि प्रतिबन्ध भएको छ । मदिरा आयात प्रतिबन्ध हुँदा भारतको उत्तरप्रदेश र पश्चिम बंगाल हुँदै सीमापारीबाट लोकप्रिय… पुरा पढौ