आर्थिक 📈

स्ट्याण्डर्ड चार्टर्ड बैंककाे खुद नाफा २ अर्ब २६ करोड बढी

काठमाडाैं, ११ साउन । स्ट्याण्डर्ड चार्टर्ड बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म २ अर्ब २६ करोड ९८ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएकाे छ। बैंककाे प्रकाशित अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकको खुद नाफामा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६२.२७ प्रतिशतले बढी भएकाे छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब ३९ करोड ८८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। बैंककाे खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेकाे र इम्पेरमेन्ट जरिवाना घटेपछि नाफा बढेकाे हो। खुद ब्याज आम्दानी… पुरा पढौ

स्थानीय तह निर्वाचमा तोकिएभन्दा साढे ३ अर्ब कम खर्च

काठमाडौं, ११ साउन । निर्वाचन आयोगले ‘स्मार्ट र मितव्ययी’ निर्वाचन गराउन सङ्कल्प गरेअनुसार गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचन, २०७९ मा लक्षित गरिएको रकममा रु तीन अर्ब ६९ करोड ६० लाख रकम नेपाल सरकारमा फिर्ता भएको जनाएको छ । निर्वाचनका लागि नेपाल सरकारबाट रु आठ अर्ब ११ करोड निकासा भएकामा आयोगको सचिवालयबाट रु एक अर्ब २६ करोड ३१ लाख, मुख्य÷निर्वाचन अधिकृतको कार्यालय (सात सय ५३) बाट रु ३५ अर्ब ४१ करोड २७ लाख, निर्वाचन कार्यालय (७७) बाट रु… पुरा पढौ

नयाँ व्यवस्थापन आएपछि नेपाल एयरलाइन्स आम्दानीतर्फ

काठमाडौं, १० साउन । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले ओभर ड्राफ्ट सीमाबाट गरिएको खर्च पुरै भुक्तानी गरेको छ । आर्थिक रुपमा कमजोर अवस्थामा रहेको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले व्यवस्थापनमा नयाँ नेतृत्व आउनेबित्तिकै आफूलाई सक्षम बनाउँदै लगेको देखिएको छ । निगम व्यवस्थापनले आवश्यक परेका बेला ओभरड्राफ्ट सीमाभित्र रहेर वित्तीय सुविधा लिन सक्ने अवस्था रहेको बताएको छ । हाल निगमले ३ अर्ब २७ करोड रुपैयाँ आवश्यक पर्दा तत्कालै उपयोग गर्न सक्ने बुझिएको छ । निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी प्रवेश… पुरा पढौ

दुई दिनकाे उछालपछि नेप्सेमा करेक्सन, २०८८ विन्दुमा झर्याे

काठमाडौं, १० साउन । दुई दिनकाे उछालपछि सेयर बजारमा मंगलबार भने करेक्सन देखिएको छ । सम्पूर्ण सूचकहरु राताम्मै भएका छन् । कारोबार रकम सन्तोषजनक रहेता पनि अघिल्लो दिनको तुलनामा केही कमि भएको छ । सोमबार कुल कारोबार ४ अर्ब १० करोड बढीको भएको थियो । यसदिन कारोबार सोमबारकोभन्दा ४० लाखले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ४४.८० अंकले घटेर २०८८.१६ विन्दुमा झरेको छ । नेप्सेमा २.१० प्रतिशतको गिरावट भएको छ । सेन्सेटिभ इण्डेक्स ८.९९ अंकले घटेर ३९८.३९… पुरा पढौ

महाकाली भन्सारबाट लक्ष्यभन्दा आधामात्र राजस्व सङ्कलन

बैतडी, १० साउन । सुदूरपश्चिम प्रदेशको झुलाघाटस्थित महाकाली भन्सार कार्यालयले गत वर्ष लक्ष्यभन्दा आधामात्र राजस्व सं‌कलन गरेको छ। साथै त्यस अवधिमा उक्त नाकाबाट कुनै सामान निर्यात नभएको पाइएको छ । गत आर्थिक वर्ष २०७८/७९ मा चिनी, दाल, भाँडाकुँडा, कपडा, बिँडी, चप्पललगायत ८१ लाख २१ हजार ३१४ रुपैयाँ बराबरको सामान भित्रिएका तर कुनै सामान निर्यात नगरिएको कार्यालयका नायब सुब्बा प्रेमप्रसाद काफ्लेले जानकारी दिए । कार्यालयका अनुसार साउन महिनामा भारतबाट ८ लाख ५५ हजार ५२०,  भदौमा १० लाख ५३ हजार ९०३ असोजमा,… पुरा पढौ

अर्थ मन्त्रालयको सीसीटीभी फुटेज ‘रिकभर’, फरेन्सिक विज्ञसँग परामर्श गरिने

काठमाडौं, १० साउन । अर्थ मन्त्रालयको डिलिट भएको गत जेठ १४ गतेको सीसीटीभी फुटेज ‘रिकभर’ गरिएको छ । नेपाल प्रहरीको विज्ञ टोलीले जेठ १४ गतेको ५१ वटा भिडियो फुटेज रिकभर गरेर संसदीय विशेष छानविन समितिमा बुझाएको हो । तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि गत जेठ १४ गते राति बजेट निर्माणको क्रममा अनधिकृत व्यक्तिलाई संलग्न गराएको आरोप लागेको थियो भने उनले सीसीटीभी फुटेज १३ दिनपछि आफैं डिलिट हुने प्रविधि रहेको जवाफ दिएका थिए। सीसीटीभी फुटेज आफैं डिलिट भएको जवाफ गैरजिम्मेवार भएको भन्दै… पुरा पढौ

२ अर्बको ऋणपत्र जारी गर्दै एभरेष्ट बैंक, १०.५ प्रतिशत ब्याज पाइने

काठमाडौं, १० साउन । एभरेष्ट बैंक लिमिटेडले १०.५ प्रतिशत ब्याजदरयुक्त २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने भएको छ। बैंकले आगामी साउन १८ गते ‘एभरेष्ट बैंक लिमिटेड ऋणपत्र, २०८६’ नामक ऋणपत्र निष्कासन गर्ने भएको हो। उक्त ऋणपत्र निष्कासनका लागि नेपाल धितोपत्र बोर्ड सेबोनले गत श्रावण २ गते अनुमति प्रदान गरेको हो। बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल २ लाख इकाई भएको ऋणपत्र निष्कासन गर्ने र यसको अवधि ६  वर्षको हुने बुझिएको छ। 'बैंकले यो ऋणपत्र जारी गर्नका लागि लक्ष्मी… पुरा पढौ

जनकपुर यातायात कार्यालयबाट २२ करोड ३० राजस्व सङ्कलन

जनकपुरधाम, १० साउन । मधेस प्रदेश सरकारले सवारी करमा लाग्ने जरिवाना छुट गरेपछि जनकपुरधामस्थित यातायात व्यवस्था कार्यालयले आर्थिक वर्ष २०७८÷७९ मा रु २२ करोड ३० लाखभन्दा बढी राजस्व सङ्कलन गरेको छ । कार्यालयका अनुसार आव २०७८÷७९ रु ५५ करोड ५६ लाख ६८ राजस्व सङ्कलन भएको हो । सवारी करबाट रु ४२ करोड २२ लाख ३४ हजार ८७, सवारीचालक अनुमतिपत्र तथा नवीकरणबाट रु १२ लाख एक हजार १६१ तथा नयाँ सवारी दर्ता र रुट परमिटबाट रु एक करोड ३२ लाख चार… पुरा पढौ

ग्लोबल आइएमई लघुवित्तकाे खुद नाफा २५ करोड नाघ्याे

काठमाडाैं, १० साउन । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म २५ करोड ५ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे छ । संस्थाकाे गत आर्थिक वर्षको असार मसान्तसम्ममा प्रकाशित अपरिष्कृत वित्तीय विवरण अनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा लघुवित्तको अधिकांश सूचकहरूकाे सुधारसंगै साे नाफा गर्न सफल भएकाे हाे । लघुवित्तकाे याे २५ करोड ५ लाख रुपैयाँ खुद नाफा आर्जन अघिल्लो आर्थिक वर्षको सोही अवधिकोभन्दा १०.०५ प्रतिशत बढी देखिएकाे छ । अघिल्लो वर्ष साेहि अवधिमा… पुरा पढौ

घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, १० साउन । साताको सुनचाँदीको कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ । आज छापावाल र तेजाबी सुनको मूल्यमा २-२ सय रुपैयाँ तथा चाँदीको मूल्यमा ५ रुपैयाँले गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यसदिनका लागि छापावाल सुनको भाउ २०० रुपैयाँले घटेर तोलाको ९४ हजार २०० रुपैयाँ तोकिएको जनाएको छ । यसअघि सोमबार छापावाल सुन तोलाको ९४ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी तेजाबी सुन तोलाको ९३ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको… पुरा पढौ