आर्थिक 📈

नागरिकता विधेयक पारित भएकाेमा एनआरएनएले गर्याे स्वागत

लन्डन, ८ साउन । प्रतिनिधिसभाद्वारा ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ परित भएकोमा गैरआवासीय नेपाली सङ्घले स्वागत गरेको छ । सदनले गत शुक्रबार बहुप्रतिक्षित सो बिधेयकलाई पारित गरेको थियो । गैरआवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद्का कार्यकारी अध्यक्ष कुल आचार्यले विधेयक पारित भएसंगै विश्वभर रहेका नेपालीहरूलाई मातृभूमिसँग जोड्ने र नेपालमा विदेशी लगानी भित्र्याउन सहज हुने बताए। सङ्घको स्थापनाकालदेखि नै गैरआवासीय नेपाली सङ्घले प्रवासी नेपालीहरूसँग रहेको सीप, स्रोत र पूँजी नेपालको हित र उन्नतिमा परिचालन गर्न जोड दिँदै आएको स्मरण गरे।… पुरा पढौ

सामाजिक सुरक्षा कोषद्वारा व्याज र प्रतिफल योगदानकर्ताको खातामा जम्मा

काठमाडाैं, ७ साउन । सामाजिक सुरक्षा कोषले आर्थिक वर्ष २०७७÷७८ को योगदान रकमबाट प्राप्त व्याजका साथै एक प्रतिशत प्रतिफल रकम योगदानकर्ताको खातामा जम्मा गरेको छ । कोष सञ्चालक समितिको बैठकले वृद्धावस्था सुरक्षा योजनामा योगदान गर्ने योगदानकर्ताको अघिल्लो आवको योगदान रकमको ६.७५ प्रतिशत व्याज र थप एक प्रतिशत प्रतिफल थप गर्ने निर्णय गरेको थियो । कोषले कोरोना महामारीको समयमा सरकारका तर्फबाट योगदानकर्ताको खातामा जम्मा गर्नुपर्ने योगदान रकमको बाँकी अंशसमेत जम्मा गरिदिएको छ । योगदानकर्ताको खातमा बाँकी १६ प्रतिशत रकम जम्मा गरिएको कोषका… पुरा पढौ

प्रभु बैंककाे नाफा २ अर्ब ६० करोड बढी, वितरण योग्य मुनाफा कति ?

काठमाडाैं, ७ साउन । प्रभु बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म २ अर्ब ६० करोड ३ लाख रुपैयाँ खुद नाफा कमाएको छ। बैंकले प्रकाशन गरेकाे अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकले गत आर्थिक वर्षको सोही अवधिकोभन्दा खुद नाफा कमाएकाे हाे । बैंकले गएकाे असार अन्तिमसम्ममा २ अर्ब ६० करोड ३ लाख रुपैयाँ खुद नाफा कमाएकोमा याे नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिकोभन्दा ५१.११ प्रतिशत बढी हो। पहिलेकाे आर्थिक वर्षको सोही अवधिमा बैंककाे खुद नाफा १ अर्ब ४८ करोड २४ लाख रहेकाे… पुरा पढौ

सेयर बजारका नीतिगत व्यवस्था लगानीकर्ताका लागि सुखद्, कारोबार बढ्ने संकेत

काठमाडौ, ७ साउन । शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिले सेयर कर्जामा रहेको ४/१२ को क्यापमा केही परिमार्जन गरेको छ। केन्द्रीय बैंकले मौद्रिक नीतिमार्फत सेयर बजारसम्बन्धी ४/१२ बाहेक पनि लगानीकर्ताका लागि सकारात्मक हुने अन्य थुप्रै नीतिगत व्यवस्था गरेको छ । ती नीतिगत व्यवस्थामा सेयर धितो कर्जामा न्यूनतम सीमा खारेजी, बैंक तथा वित्तीय संस्थाको मर्जर तथा प्राप्तिको समयमा सेयर कारोबार नरोकिनेसम्मका रहेका छन्। विषम परिस्थितिमा कस्तो मौद्रिक नीति आउला भनेर पर्खिरहेका लगानीकर्ताहरुमा यी व्यवस्थाहरुले सकारात्मकता छाएको देखिन्छ… पुरा पढौ

राजविराज भन्सारबाट रु चार करोड बढी राजस्व सङ्कलन, लक्ष्यभन्दा ३९ प्रतिशत कम

सप्तरी, ७ साउन । राजविराज भन्सार कार्यालयले गत आर्थिक वर्ष लक्ष्यको ६१.०४ प्रतिशत राजस्व सङ्कलन गरेको छ । तिलाठी कोइलाडी गाउँपालिका–१ बेल्हीस्थित भन्सार कार्यालयले आव २०७८÷०७९ मा रु चार करोड १७ लाख ६४ हजार ९२ राजस्व सङ्कलन गरेको जनाएको छ । कार्यालयले रु छ करोड ८४ लाख २० हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो । यो राजस्व लक्ष्यभन्दा करिब ३९ प्रतिशत कम हो । भन्सार कार्यालयको तथ्याङ्कले सबैभन्दा बढी असोजमा रु ५७ लाख ९६ हजार र सबैभन्दा कम चैतमा… पुरा पढौ

बैंकरहरुको नजरमा मौद्रिक नीति: के भन्छन् सरोकारवालाहरु?

काठमाडौं, ६ साउन । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आज चालु आर्थिक वर्ष २०७९/८०को मौद्रिक नीति सार्वजनिक गरेका छन्। उक्त मौद्रिक नीतिमाथि व्यवसायीलगायत सरोकारवालाहरूले फरक फरक प्रतिक्रिया दिएका छन् । अर्थतन्त्र धान्ने निजी क्षेत्रका व्यवसायी विषम परिस्थिति भए पनि मौद्रिक नीति आएकामा खुशी हुन परेको महसुस गर्दैछन् भने बैंकरहरुले भने राष्ट्र बैंकले आउँदो निर्वाचनलाई मध्यनजर गर्दै मौद्रिक नीति जारी गरिएको टिप्पणी गरेका छन् । कसिलो नीति ल्याउने संकेत गर्दै आएको केन्द्रीय बैंकले बैंकिङ क्षेत्रमा तरलता अभाव, डलर सञ्चितिमा चाप… पुरा पढौ

आर्थिक वृद्धिमा सहयोग पुर्याउनु मौद्रिक नीतिको कार्यदिशा 

काठमाडौं, ६ साउन । नेपाल राष्ट्र बैंकले शुक्रबार मौद्रिक नीति सार्वजनिक गरेको छ । बैंकहरुमा लामो समयदेखि लगानीयोग्य रकमको अभाव भइरहेको र विदेशी मुद्रा सञ्चितिमा कमी भइरहेको छ । शेयर बजार पनि घटिरहेको अवस्थामा कसिलो मौद्रिक नीति ल्याउने अपेक्षा बिचमा आएको मौद्रिक नीतिले मूल्य र बाह्य क्षेत्र स्थायित्व कायम राख्दै, उत्पादनशील क्षेत्रमा प्रवाह गराई आर्थिक वृद्धिमा सहयोग पुर्याउनु मौद्रिक नीतिको कार्यदिशा राखेको छ । मौद्रिक नीतिको सारांश १.    निजी क्षेत्रतर्फ जाने कर्जाको वृद्धिदर १२.६ प्रतिशत रहने प्रक्षेपण ।२.  ७ महिनासम्मको… पुरा पढौ

४/१२ काे नीतिमा संशाेधन-१२ कायमै, बैंकदर बढाएर ८.५ प्रतिशत पुर्याइयाे(पूर्णपाठ)

काठमाडौं, ६ साउन । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आज आर्थिक वर्ष २०७९/०८० को मौद्रिक नीति सार्वजनिक गरेका छन् । लगानीकर्ताहरुले लामाे समयसम्म असन्तुष्टि जनाइरहेकाे विषय सेयर धिताे कर्जामा आधा संवाेधन गरिएकाे छ । राष्ट्र बैंकले सेयर धितो कर्जामा लगाइएको ४/१२ को क्यापमा संशोधन गरेको छ । यस अनुसार सेयर धितो कर्जामा जम्मा १२ करोड मात्र लिन सकिने भएकाे छ। यसअघिकाे एउटा बैंकबाट ४ करोड मात्र लिने व्यवस्थालाइ खारेज गरिएकाे छ  । लगानीकर्ताले भने ४/१२ काे क्यापलाइ नै खारेजिकाे माग गर्दै… पुरा पढौ

अब विदेशी कार्डबाट नेपाली बैंकको कार्डमा सोझै रेमिटेन्स पठाउन सकिने

काठमाडौं, ६ साउन । अबदेखि अन्तर्राष्ट्रिय डिजिटल कार्डबाट नेपाली बैंकले जारी गरेका कार्डहरुमा सोझै रेमिटेन्स रकम पठाउन सकिने भएको छ। आज चालु आर्थिक वर्ष २०७९र८० को मौद्रिक नीति सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले यस्तो गरेका हुन्। 'बैंकिङ्ग भुक्तानी उपकरणमा विद्यमान विभिन्न विद्युतीय तथा डिजिटल घोषणा कार्ड धारकले विदेशी बैंकबाट जारी यस्तै कार्डबाट नेपाली बैंक तथा वित्तीय संस्थाले जारी गरेको कार्डमा (कार्ड टू कार्ड) विप्रेषण प्राप्त गर्नसक्ने गरी आवश्यक नीतिगत व्यवस्था गरिनेछ', मौद्रिक नीतिको विदेशी विनिमय व्यवस्थापन अन्तर्गत… पुरा पढौ

अबदेखि लघुवित्तले पनि ऋणपत्र जारी गर्न पाउने

काठमाडौं,६ साउन । अबदेखि लघुवित्तहरुले पनि ऋणपत्र जारी गर्न पाउने भएका छन्। आज जारी गरिएको चालु आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिमा बजेट वक्तव्यमा उल्ल्ख भए बमोजिम लघुवित्त वित्तीय संस्थालाई सामाजिक बैंकिङ्ग अवधारणाअनुरुप दुर्गम तथा पिछडिएको क्षेत्रमा वित्तीय सेवा प्रवाह गर्न प्रोत्साहन गरिने उल्लेख गरिएको छ। राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आज चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै यस्तो प्रावधान गरिएको प्रस्ट पारेका हुन्। 'लघुवित्त वित्तीय संस्थाहरुले आफ्नो पुँजीकोष बराबरको ऋणपत्र जारी गरी स्रोत परिचालन गर्न सक्ने व्यवस्था गरिएको… पुरा पढौ