आर्थिक 📈

गरिमा विकास बैंकको मोबाइल बैकिङ्ग एप अब ‘डिजि बटुवा’

काठमाडौं, ८ साउन । गरिमा विकास बैंकले पुरानो मोबाइल बैकिङ एपलाई नयाँ ओम्नी च्यानल डिजिटलमा स्तरोन्नति गरेको छ । प्रविधिको विकास र ग्राहकको आवश्यकतालाई मध्यनजर गर्दै थप सेवा सुविधा सहित स्तरोन्नति गरिएपछि यो एपको नाम अब ‘गरिमा स्मार्ट’बाट परिवर्तन भई ‘डिजि बटुवा’ भएको बैंकले जनाएको छ । बैंकका अनुसार ‘डिजि बटुवा’ अन्तर्गत गरिमा विकास बैंकका ग्राहकहरुले ‘एपमा पनि, अनि वेबमा पनि’ एउटै यूजरनेम र पासवर्ड प्रयोग गरी सजिलै पैसा ट्रान्सफर, बिजुली, टेलिफोन, इन्टरनेटको बिल तथा ट्राफिक चिटजस्ता विभिन्न बिल भुक्तानीहरु… पुरा पढौ

मौद्रिक नीति सकारात्मक: घरेलु तथा साना उद्योग महासङ्घ

काठमाडौं, ८ साउन । नेपाल घरेलु तथा साना उद्योग महासङ्घले चालु आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति स्वागतयोग्य रहेको टिप्पणी गरेको छ। महासङ्घले स्वदेशी वस्तुको प्रवर्द्धनका लागि कर्जालाई उत्पादनशील क्षेत्रमा लगाउने गरी आएकोले मौद्रिक नीति सकारात्मक रहेको बताएको हो । महासङ्घ आफैं स्वदेशी वस्तुको प्रवर्द्धन र विकासका लागि बहस पैरवी गर्दै आएकाले माग सम्बोधन हुनेगरी स्वदेशी वस्तुको प्रवर्द्धनका लागि कर्जालाई उत्पादनशील क्षेत्रमा लगाउने विशेषता समेटिएकोमा नीतिको स्वागत गरेको हो । महासङ्घका अध्यक्ष उमेशप्रसाद सिंहका अनुसार कोभिड–१९ महामारीबाट प्रभावित लघु, घरेलु,… पुरा पढौ

माैद्रिक नीतिपछि नेप्सेमा उछाल, बढ्याे लगानीकर्ताकाे मनाेबल

काठमाडौं, ८ साउन । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गरेपछिको पहिलो कारोबारको दिन आइतबार सेयर बजारमा उछाल आएकाे छ । यो दिन सेयर कारोबार हुने साताको पहिलो दिन पनि हो । माैद्रिक नीति आएपछि यसलाई अर्थव्यवस्था सुधारको कडीको रुपमा लिइएको प्रारम्भिक प्रतिक्रिया आइरहँदा सेयर बजारमा पनि यसको प्रभाव परेको छ । लामो समयसम्म लगानीकर्ताहरुले राष्ट्र बैंकले सेयर धितो कर्जामा लगाएको ४/१२ को क्यापको विरोध गर्दै आएका थिए । नियमनकारी निकाय सेबोनसँग भएको १९ बुँदे सहमतिपछि उनीहरुले आन्दोलनलाई रोकेका थिए… पुरा पढौ

राजापुर नगरको बजेट १ अर्ब तीन करोड

बाँके, ८ साउन । बर्दिया–राजापुर नगरपालिकाको नवौँ नगरसभाले रु एक अर्ब तीन करोड ७४ लाख ५३ हजारको बजेट प्रस्तुत गरेको छ । नगरपालिकाका उपप्रमुख मनकलाकुमारी चौधरीले आजको नगरसभामा आव २०७९/८० का लागि बजेट प्रस्तुत गरेकि हुन्। प्रस्तुत बजेटले शिक्षा र स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेको उपप्रमुख चौधरीले बताइन। उनका अनुसार शिक्षाका लागि रु सात करोड नौ लाख विनियोजन गरिएको छ । भौतिक पूर्वाधारको विकास, युवालाई तालिम, कृषि एम्बुलेन्स, पशुबाली बिमा, तरकारी सङ्कलन केन्द्र, कोल्डस्टोर, विशेषज्ञ डा, द्वन्द्वपीडितलाई तालिम, बेपत्ताका पत्नीलाई सामाजिक सुरक्षाभत्ता,… पुरा पढौ

मुक्तिनाथ विकास बैंक नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था आईक्यानद्वारा पुरस्कृत

काठमाडौं, ८ साउन । मुक्तिनाथ विकास बैंक नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान)बाट पुरस्कृत भएको छ। संस्थाले हरेक वर्ष नेपाल वित्तीय प्रतिवेदन मान (एनएफआरएस) प्रणाली मार्फत वित्तीय विवरण प्रकाशन गर्ने उत्कृष्ट संस्थाहरुलाई प्रदान गर्दै आएको विभिन्न विधाहरुमध्ये वित्तीय क्षेत्रतर्फ आर्थिक वर्ष २०७७-०७८ को लागि उत्कृष्ट वार्षिक प्रतिवेदन प्रस्तुत पुरस्कार (बेस्ट प्रेजेन्टेड अनुयल रिपोर्ट अवार्ड, २०२१) मुक्तिनाथ विकास बैंकलाई प्रदान गरेको हो । बैंकका प्रमुख सूचना अधिकारी तिल बहादुर गुरुङका अनुसार यो पुरस्कारबाट मुक्तिनाथ बैंक यसअघि आर्थिक वर्ष २०७५-०७६ र  २०७६-०७७  पुरस्कृत… पुरा पढौ

अपाङ्गता भएकालाई समान रोजगारीको अवसर दिनु हाम्राे जिम्मेवारी हाे : अध्यक्ष गाेल्छा

काठमाडौं, ८ साउन । फरक क्षमता भएका ऊर्जावान व्यक्तिलाई रोजगारको अवसर दिलाउने उद्देश्यले त्यस्ता अपाङ्गता भएका व्यक्ति र रोजगारदातालाई एकै थलोमा भेला गराउन रोजगार सम्मेलन (इम्प्ल्यायरर्स मिट) २०२२ को आयोजना गरिएको छ । अपाङ्गता सुनिश्चित रोजगार अभियानअन्र्तगत ‘अपाङ्गता समावेशी रोजगारका लागि सँगसँगै’ भन्ने नाराका साथ सो सम्मेलन आयोजना गरिएको हो । द लेप्रोसी मिशन नेपालको प्राविधिक तथा आर्थिक सहयोगमा राष्ट्रिय अपाङ्ग महासङ्घ र नेपाल उद्योग वाणिज्य महासङ्घसँगको सहकार्यमा सञ्चालित रोजगारबिहिन अपाङ्गता भएका व्यक्तिका लागि ऊर्जाशील अवसर (फाउण्ड) परियोजनाको आयोजनामा भएको… पुरा पढौ

अभियान लघुवित्तको आईपीओ साउन १८ गतेदेखि आउँदै

काठमाडौं, ८ साउन । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ आगामी साउन १८ गतेदेखि निष्कासन तथा बिक्री खुला हुने भएको छ। उक्त लघुवित्तद्वारा प्रति सेयर १०० रुपैयाँ अंकित मूल्य भएका ९ करोड ७५ लाख रुपैयाँ बराबरको ९ लाख ७५ हजार कित्ता आईपीओ जारी गर्न लागिएको हो। कुल ९ लाख ७५ हजार कित्ता सेयरमध्ये ०.५ प्रतिशतले हुन आउने १२ हजार ५०० कित्ता संस्थाकै कर्मचारीहरुका लागि तथा ५ प्रतिशतले हुन आउने ४८ हजार ७५० कित्ता सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ ।… पुरा पढौ

सुनको भाउ तोलाको रू ९४ हजार ५००, चाँदीको घट्यो

काठमाडौं, ८ साउन । साताको सुनचाँदीको कारोबार हुने पहिलो दिन आईतबार नेपाली बजारमा सुनचाँदीको भाउमा तलमाथि भएको छ । छापावाल सुनमा रुपैयाँ ५०० ले बढेको छ । चाँदीमा भने रुपैयाँ १० ले गिरावट भएको छ । शुक्रबार छापावाल सुन रुपैयाँ १००० ले बढेर तोलाको ९४ हजार रुपैयाँमा कारोबार भएकोमा यसदिन रुपैयाँ ५०० ले बढेर तोलाको ९४ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसदिन तेजाबी सुन तोलाको ९४ हजार रुपैयाँमा कारोबार भईरहेको छ । शुक्रबार… पुरा पढौ

श्वेत गंगा हाइड्रोपावरकाे सेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडाैं, ८ साउन । श्वेत गंगा हाइड्रोपावरले निष्काशन गरेकाे सेयरमा आवेदन दिने आज अन्तिम दिन बाँकी रहेको छ। कम्पनीले साउन ४ गतेदेखि २३ लाख ८९ हजार ५०० कित्ता साधारण सेयर निष्काशन गरेको थियाे । कम्पनीले आयोजना प्रभावित क्षेत्रका जनताका लागि सेयर जारी गरेकाे हाे । कम्पनीकाे जारी पूँजी १ अर्ब ५९ करोड ३० लाख रुपैयाँ बराबरको १५ प्रतिशतले हुने प्रतिशेयर रू १०० अंकित दरकाे २३ लाख ८९ हजार ५०० कित्ता साधारण बिक्रिमा ल्याइएकाे हाे । कुल सेयरबाट ५ प्रतिशतले १… पुरा पढौ

धौलागिरी लघुवित्तले साउन २४ देखि सेयर निष्काशन गर्ने

काठमाडौं, ८ साउन । धौलागिरी लघुवित्त वित्तीय संस्थाले साउन २४ गतेदेखि सेयर निष्काशन तथा बिक्री खुला गर्ने भएकाे छ। संस्थाले जारी पूँजी १० करोड ३१ लाख रुपैयाँको ३२.१० प्रतिशतले हुन आउने ३ करोड ३१ लाख रुपैयाँ बराबरको ३ लाख ३१ हजार कित्ता सेयर निष्काशन गर्न लागेको छ। कुल सेयरमध्ये ०.५ प्रतिशत अर्थात ५ हजार १५५ कित्ता कर्मचारीहरुका लागि रहेकाे छ । ५ प्रतिशत अर्थात १६ हजार ५५० कित्ता सामूहिक लगानी कोषका लागि रहेकाे छ। बाँकी रहने ३ लाख ८ हजार… पुरा पढौ