आर्थिक 📈

बढाइयो एसएलआरको सीमा, कति पुग्यो?

काठमाडौं, ६ साउन । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९/८० आज जारी मौद्रिक नीतिमार्फत वैधानिक तरलता अनुपात अर्थात् एसएलआरको सीमा बढाएको छ। राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आज चालु आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति सार्वजनिक गर्दै एसएलआरको सीमा बढाइएको बताएका हुन्। गभर्नर अधिकारीका अनुसार नयाँ व्यवस्था अनुरुप वाणिज्य बैंकले १२% तथा विकास बैंक र फाइनान्स कम्पनीले १०% एसएलआर कायम गर्नुपर्ने छ। हालसम्म वाणिज्य बैंकले आफ्नो कुल निक्षेप दायित्वको १०%, विकास बैंकले ८% तथा वित्त कम्पनीहरुले ७ प्रतिशतसम्मको वैधानिक… पुरा पढौ

वित्तीय संस्थाले मर्जरसम्बन्धी छुट पाउन आगामी पुस मसान्तभित्र एकीकृत कारोबार सञ्चालन गर्नुपर्ने

काठमाडौं, ६ साउन । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंक तथा लघुवित्त वित्तीय संस्थाहरु एक आपसमा आफ्नै वर्गभित्र गाभिएमा वा प्राप्तिमा गएमा मर्जर तथा प्राप्तिसम्बन्धी छुट तथा सुविधा पाउन २०७९ पुस मसान्तभित्र एकीकृत कारोबार गर्नुपर्ने प्रावधान ल्याएको छ। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आज चालु आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकबाट प्रदान गर्दै आएको मर्जर तथा प्राप्तिसम्बन्धी छुट तथा सुविधा प्राप्त गर्नका लागि २०७९ पुस मसान्तभित्र एकीकृत कारोबार सञ्चालन गर्नुपर्ने अन्यथा यो सुविधा नपाइने जानकारी दिएका… पुरा पढौ

सेयर धितोमार्फत् एकै वित्तीय संस्थाबाट १२ करोडसम्म कर्जा लिन सकिने

काठमाडौं, ६ साउन । सेयर धितो कर्जामा लगाइँदै आएको प्रतिव्यक्ति प्रतिबैंकको सीमामा केही संशोधन गरिएको छ। नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीतिमा राखेको मार्जिन प्रकृतिको सेयर धितो कर्जामा लगाइएको ४/१२ क्यापको प्रावधानको ४ करोडको सीमा हटाएको हो। चालु आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिमार्फत् न्यूनतम ४ करोडको सीमा हटाइएको तर अधिकतम १२ करोडको सीमा भने जस्ताको तस्तै राखिएको छ । राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारीले आज चालु आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति प्रस्तुत गर्दै यस्तो प्रावधान… पुरा पढौ

आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति (लाइभ)

काठमाडौं, ६ साउन । नेपाल राष्ट्र बैकका गभर्नर महाप्रसाद अधिकारीले चालु आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति प्रस्तुत गरिरहेका छन्। कोभिडका कारण मौद्रिक नीति भर्चुअल माध्यम (अनलनाइन) बाट सार्वजनिक भइरहेको छ। बिहीबार साँझ गभर्नर महाप्रसाद अधिकारीले प्रधानमन्त्री शेरबहादुर देउवालाई मौद्रिक नीतिको ब्रिफिङ गरेपछि आज सार्वजनिक गर्ने सुनिश्चित भएको थियो । साँझ ५ बजे मौद्रिक नीतिबारे पत्रकारहरुसँग जूममार्फत् अन्तरक्रिया हुने राष्ट्र बैंकले जनाएको छ। मौद्रिक नीतिको प्रत्यक्ष प्रसारणका लागि सफलआवाज डटकमको फेसबुक पेज हेर्नुहोस्: लिंक : मौद्रिक नीति २०७९/८० प्रत्यक्ष प्रसारण पुरा पढौ

बजेटमा छुट र विशेष व्यवस्थाका कारण गाडी उत्पादन गर्ने उद्योग थपिँदै

काठमाडौं, ६ साउन । सरकारले चालु आर्थिक वर्षको बजेटमा दिएको छुट तथा विशेष व्यवस्थाका कारण स्वदेशमा नै ‘एसेम्बलिङ’ उद्योग स्थापना हुन थालेका छन् । सरकारले बजेटमा नै त्यस्ता उद्योग सञ्चालन गर्नेलाई भन्सार तथा अन्तशुल्कमा छुट दिएको छ । पछिल्लो समय ठूला व्यावसायिक घरानाको ध्यान एसेम्बलिङ उद्योगमा बढेको छ । गत आर्थिक वर्षको बजेटमार्फत सरकारले नेपालमा नै ‘एसेम्बलिङ’ उद्योग सञ्चालन गर्ने उद्योगलाई आवश्यक पर्ने ‘पार्टस्’ तथा आवश्यक उपकरण आयातमा भन्सार तथा अन्तशुल्कमा छुटको घोषणा गरेको थियो । बजेटमार्फत नै छुट पाउने… पुरा पढौ

मौद्रिक नीति भर्चुअल माध्यमबाट: ४ बजे सार्वजनिक गरिँदै

काठमाडौं, ६ साउन । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति भर्चुअल माध्यम (अनलनाइन) बाट सार्वजनिक गर्ने भएको छ। कोभिड सङ्क्रमण बढ्न थालेको तथ्यलाई मध्यनजर गर्दै चालु आर्थिक वर्षको मौद्रिक नीति भर्चुअल माध्यमबाट सार्वजनिक गर्न लागिएको राष्ट्र बैंक स्रोतले जनाएको छ। स्रोतका अनुसार गभर्नर महाप्रसाद अधिकारीले अपराह्न ४ बजे भर्चुअल माध्यमबाट मौद्रिक नीति पढ्ने कार्यक्रम रहेको छ । उक्त कार्यक्रम विभिन्न टेलिभिजन तथा बैंकको आधिकारिक वेबसाइटमार्फत् प्रत्यक्ष प्रासारण हुनेछ। कोभिड जोखिमकै कारण मौद्रिक नीतिका विषयमा सञ्चारकर्मीहरुसँग गरिने अन्तरक्रिया कार्यक्रम पनि… पुरा पढौ

सुनको भाउमा रु १००० ले वृद्धि, चाँदीकाे पनि बढ्याे

काठमाडौं, ६ साउन । साताको सुनचाँदीको कारोबार हुने छैटौं दिन शुक्रबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ । यसदिन छापावाल सुनमा रुपैयाँ १००० र चाँदीमा रुपैयाँ १० ले वृद्धि भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा रुपैयाँ १००० ले बढेर तोलाको ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बिहीबार छापावाल सुन तोलाको ९३ हजार रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुन तोलाको ९३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार तेजाबी सुन तोलाको ९२ हजार… पुरा पढौ

सिक्लेस हाइड्रोकाे सेयर आवेदन आजदेखि खुल्ला

काठमाडौं, ६ साउन । सिक्लेस हाइड्रोले आजदेखि ६ लाख १२ हजार ७९३ कित्ता साधारण सेयर निष्काशन तथा बिक्री खुल्ला गरेकाे जनाएकाे छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका जनताका लागि साधारण सेयर जारी गरेकाे हाे । कम्पनीकाे जारी पूँजी रु ८५ करोडको १० प्रतिशतले हुने प्रतिसेयर रु १०० अंकित दरमा ६ लाख १२ हजार ७९३ कित्ता साधारण सेयर बिक्रीमा ल्याइएकाे हाे । सेयरमा आयोजना प्रभावित क्षेत्रका कास्कीकाे मादी गाउँपालिका वडा नं. १, २ र ३ का जनताले आवेदन दिन सक्नेछन् ।… पुरा पढौ

नेपाल इन्फ्रास्ट्रक्चर बैंककाे खुद नाफा रु १ अर्ब २ करोड बढी

काठमाडौं, ६ साउन । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म १ अर्ब २ करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले प्रकाशन गरेकाे अपरिष्कृत वित्तीय विवरण अनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिकोभन्दा खुद नाफामा बृद्धि भएकाे पाइएकाे छ। याे नाफा २२.५३ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्ष बैंकले ८३ करोड ७४ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएकाे थियो। बैंककाे खुद ब्याज आम्दानीमा सुधार तथा कमिशन रकममा बृद्धि भएपछि नाफामा बृद्धि भएकाे हाे । बैंकको प्रतिसेयर… पुरा पढौ

ग्लोबल आइएमई बैंकले कमायाे सवा ५ अर्ब खुद नाफा

काठमाडौं, ६ साउन । ग्लोबल आइएमई बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अवधिमा सवा ५ अर्ब खुद नाफा कमाउन सफल भएकाे छ । बैंककाे प्रकाशित अपरिष्कृत वित्तीय विवरणका अनुसार गत आर्थिक वर्षको असार मसान्तसम्ममा ५ अर्ब २० करोड ६४ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएकाे हाे । यो नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिकोभन्दा २५ प्रतिशतले बढी हो। अघिल्लो आर्थिक वर्षमा बैंकले ४ अर्ब १६ करोड ५१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। बैंकको खुद ब्याज आम्दानी र सञ्चालन… पुरा पढौ