आर्थिक 📈

फेरि नेप्सेमा गिरावट, लगानीकर्ता मौद्रिक नीति पर्खिँदै

काठमाडौं, ५ साउन । नेपाल राष्ट्र बैंकले शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्ने बताएको अघिल्लो दिनमै सेयर बजार ओरालो लागेको छ। लगातार हप्ता दिन बढी उकालो लागेको सेयर बजार बिहिबार पुनः ओरालो लागेको हो । गएको मंगलबारदेखि नेपाली सेयर बजार सकारात्मक लयमा जाँदा लगानीकर्ताहरु उत्साहित भएका थिए। विभिन्न घटनाक्रमहरुका चरणहरु पार गरिसकेका लगानीकर्ताहरु मौद्रिक नीति आउनु अघिकाे दिनमा केही हच्किएका छन् । फेरि उनीहरु नेपाल राष्ट्र बैंकले कस्तो मौद्रिक नीति ल्याउने हो भनेर त्यसको पखाईमा रहेका छन्। नेपाल स्टक एक्सचेन्जका अनुसार… पुरा पढौ

मौद्रिक नीति छिट्टै आउने संकेत, प्रधानमन्त्रीसमक्ष आज ब्रिफिङ

काठमाडाैं, ५ साउन । नेपाल राष्ट्र बैंकले मस्यौदा गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिको ब्रिफिङ प्रधानमन्त्रीसमक्ष आज हुने भएको छ। राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई अर्थ मन्त्रालयको समेत कार्यभार सम्हालिरहेका प्रधानमन्त्री शेरबहादुर देउबाले मौद्रिक नीतिको ब्रिफिङका लागि आजको समय दिएकाे बुझिएको छ। साउनको शुरुमै सार्वजनिक हुने भनिएको मौद्रिक नीति ब्रिफिङका लागि प्रधानमन्त्री देउबाले समय नदिएकाले अगाडि बढ्न सकेको थिएन। राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले केही दिन अघि मौद्रिक नीति तयारीको अवस्थामा रहेको तर ब्रिफिङको समय नमिलेकाले कहिले सार्वजनिक हुन्छ भन्ने… पुरा पढौ

शेयर बजार विस्तार हुँदै, ७ अर्ब २० करोडको आइपिओ बिक्री, ७ अर्बकै प्रतीक्षा

काठमाडाैं, ५ साउन । पछिल्ला दिनमा शेयर बजार क्रमशः विस्तार हुँदै गइरहेको पाइएको छ । साधारण शेयर बिक्रीमा भएको उल्लेख्य वृद्धि, हितग्राही खाता खोल्ने क्रममा भएको वृद्धिलगायतका कारणले पनि बजार विस्तार भएको पाइएको छ । सरकारले वास्तविक क्षेत्रका कम्पनीलाई पनि साधारण शेयर बिक्रीका लागि अभिप्रेरित गरेको छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार ५२ लाख ६० हजार २५१ वटा हितग्राही खाता खुलेका छन् । त्यस्तै ४३ लाख ६८ हजार ६३९ मेरो शेयरको अकाण्ट खुलेको छ । कूल ८ अर्ब ५८… पुरा पढौ

बागलुङमा एक वर्षमा सवा १ अर्ब राजस्व सङ्कलन

बलेवा, ५ साउन । गत आर्थिक वर्षमा बागलुङमा झण्डै रु सवा एक अर्ब राजस्व सङ्कलन भएको छ । सङ्घीय तथा प्रदेश सरकार माताहतका कार्यालयले मात्रै उक्त राजस्व सङ्कलन गरेका हुन् । बागलुङमा रहेको आन्तरिक राजस्व कार्यालयसहितका कार्यालयले विभिन्न शीर्षकमा रु एक अर्ब २१ करोड छ लाख १७ हजार ९७७ राजस्व सङ्कलन गरेका छन् । असार मासन्तमा मात्रै यहाँका कार्यालयमा रु २२ करोड ५७ लाख ८२ हजार ८४२ राजस्व सङ्कलन भएको थियो । आर्थिक वर्ष २०७८÷७९ मा सङ्घीय सरकार मातहतका ४२… पुरा पढौ

मेची भन्सारबाट १ करोड ८७ लाख असूल गर्नू: महालेखा

काठमाडौं, ५ साउन । मेची भन्सार कार्यालयबाट राजस्व छली गरिएको एक करोड ८७ लाख ८० हजार रुपैयाँ उठाउन महालेखाले सुझाव दिएको छ। कार्यालयबाट विभिन्न सामानको आयातमा कम मूल्य र फरक शीर्षक देखाएर छली गरिएको उक्त रकम भन्सारमा दाखिला गर्न महालेखा परीक्षकको कार्यालयले सुझाव दिएको हो । महालेखा परीक्षकको ५९औँ वार्षिक प्रतिवेदनअनुसार मेची भन्सार कार्यालय र सुक्खा बन्दरगाहबाट मिलेमतोमा दाना आयात गर्दै आएका पैठारीकर्ताहरुले राजस्व छली गरेको रु ८२ लाख ११ हजार भन्सार महसुल रकम असुल गर्न निर्देशन दिइएको छ ।… पुरा पढौ

एनआईसी एशिया बैंकले साढे ४ अर्ब खुद नाफा कमायाे

काठमाडाैं, ५ साउन । एनआईसी एशिया बैंककाे खुद नाफा र ईपीएस दुबैमा वृद्धि भएकाे छ । बैंककाे प्रकाशित गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको खुद नाफा र ईपीएस दुवैमा वृद्धि भएकाे हाे । गएकाे आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले ४ अर्ब ५२ करोड ५४ लाख रुपैयाँ खुद नाफा कमाएकाे छ। यो नाफा अघिल्लो वर्षको सोही अवधिकोभन्दा ३८.८६ प्रतिशतले बढी हो। अघिल्लो आर्थिक वर्षमा बैंकले ३ अर्ब २५ करोड ८९ लाख रुपैयाँ… पुरा पढौ

ताेलाकाे ९३ हजारमा झर्याे सुनको मूल्य, चाँदीमा पनि गिरावट

काठमाडाैं, ५ साउन । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक हजारले ओरालो लागेर रु ९३ हजार तोकिएको छ । उक्त सुन अघिल्लो दिन प्रतितोला रु ९४ हजारमा कारोबार भएका थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९२ हजार ५०० छ । उक्त सुनको मूल्य अघिल्लो दिन प्रतितोला रु ९३ हजार ५०० थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला रु १० ले घटेर रु एक हजार… पुरा पढौ

पूर्वअर्थमन्त्रीकाे छानबिन पूरा नहुँदै सकिदैछ संसदीय समितिको समय

काठमाडौं, ५ साउन । बजेटमा करको दर हेरफेरबारे छानबिन गर्न बनेको संसदीय विशेष समितिको समय छानबिन नसकिँदै सकिने भएको छ । दिइएको समयमा छानबिन नसकिएपछि समितिले थप समय माग्ने तयारी गरेको छ । समितिले अर्थ मन्त्रालयको सीसीटीभीको हार्डडिक्स रिकभर गर्न नेपाल प्रहरीको फरेन्सिक ल्याबमा पठाएको छ । त्यसको रिपोर्ट आउन १० दिन समय लाग्ने भनेकाले समय नपुग्ने देखिएको एक सदस्यले बताए । ती सदस्यले भने, ‘कम्तीमा १० दिन समय मागेर भोलि पत्र पठाउँछौं, कति दिन थप हुन्छ थाहा छैन ।’… पुरा पढौ

पिपुल्स पावरकाे सेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडाैं, ५ साउन । पिपुल्स पावरले निष्काशन तथा बिक्रीमा ल्याएकाे ६ लाख ३२ हजार ६०० कित्ता सेयरमा आवेदन दिने आज बिहिबार अन्तिम दिन रहेको छ । कम्पनीले असार ८ गतेदेखि आयोजना प्रभावित क्षेत्रका जनताका लागि साे सेयर निष्काशन गरेकाे थियाे । पिपुल्स पावरले जारी पूँजी ६३ करोड २६ लाख रुपैयाँको १० प्रतिशतले हुने प्रतिकित्ता १०० अंकित दरकाे ६ लाख ३२ हजार ६०० कित्ता शेयर निष्काशन गरेको हो। इलामकाे इलाम नगरपालिका वडा नं. १ र ४ तथा आयोजनाबाट अति प्रभावित क्षेत्रका… पुरा पढौ

अब विदेश यात्रा गर्दा २ सय डलरभन्दा बढि लान नपाइने

काठमाडौं, ४ साउन । अबदेखि विदेश यात्रा गर्दा २ सय डलरभन्दा बढी सटही गर्न नपाइने भएको छ । नेपाल राष्ट्र बैंकले आज एउटा निर्देशन जारी गर्दै विदेश भ्रमणमा जाने नेपाली नागरिकलाई राहदानी बापत् अधिकतम २ सय अमेरिकी डलरसम्मको मात्रै सटही सुविधा प्रदान गर्ने व्यवस्था गरेको हो । राष्ट्र बैंकले विदेशी विनिमय कारोबार गर्न इजाजत प्राप्त निकायलाई एकीकृत परिपत्र जारी गरेको छ । 'नेपाल राष्ट्र बैंक मनिचेञ्जर इजाजतपत्र तथा निरीक्षण नियमावली, २०७७ को विनियम ९ को उपविनियम (४) को खण्ड (घ)… पुरा पढौ