आर्थिक 📈

ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ काे आवेदन म्याद थपियाे

काठमाडौं, २६ असार । ग्लोबल आइएमई क्यापिटलले बिक्रीमा ल्याएकाे ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ काे इकाईको लागि आवेदन दिने म्याद थप गरिएकाे छ । क्यापिटलले असार २२ गतेदेखि साे फण्ड निष्काशन तथा बिक्रीमा ल्याएकाेमा अब आवेदन दिने म्याद साउन ४ गतेसम्म सारिएकाे छ। क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यमा एक अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड इकाई निष्काशन तथा बिक्रीमा ल्याएको थियाे । कुल इकाईबाट १८ लाख इकाई ग्लोलब आइएमई क्यापिटलका लागि रहेकाे छ । १ करोड ६२ लाख… पुरा पढौ

पनौती उद्योग वाणिज्य सङ्घको अध्यक्षमा थापा निर्वाचित

काभ्रे, २६ असार । पनौती नगर क्षेत्रभित्रका उद्योगी व्यवसायीहरूको साझा संस्था पनौती उद्योग वाणिज्य सङ्घको अध्यक्षमा भोला थापा निर्वाचित भएका छन् । पनौतीमा सम्पन्न भएको पहिलो अधिवेशनले थापाको अध्यक्षतामा नयाँ नेतृत्व निर्वाचित गरेको हो । सङ्घको वरिष्ठ उपाध्यक्षमा सुदर्शन सुवेदी, उपाध्यक्षद्वय अञ्जु रञ्जित केसी र पुनम लामा जङ्गम, सचिवमा महेशराज पौडेल, सहसचिवमा इञ्जीनियर सीतु सैँजु, कोषाध्यक्षमा सुभाषराज बञ्जारा रहेका छन् । त्यस्तै सदस्यमा क्रमशः राजेशकुमार श्रेष्ठ, उत्तम फाँछी श्रेष्ठ, ज्ञानबहादुर लामा, पुरुषोत्तम कर्माचार्य, ममता भारती, विमला श्रेष्ठ र रवीन्द्र हुमागाईँ… पुरा पढौ

विराटनगर महानगरको साडे तीन अर्ब बढीकाे बजेट पारित

मोरङ, २६ असार । विराटनगर महानगरपालिकाको आगामी आर्थिक वर्षको बजेट सर्वसम्मतिले पारित भएको छ । महानगरको १०औँ नगरसभाको दोस्रो बैठकले आगामी आर्थिक वर्षको बजेटसँगै नीति तथा कार्यक्रम पारित गरेको हो । महानगरले यही असार १० गते आगामी आवका लागि रु तीन अर्ब ६२ करोड ५५ लाख ६७ हजारको बजेट सार्वजनिक गरेको थियो । बैठकमा महानगर उपप्रमुख शिल्पा निराला कार्कीले प्रस्तुत गर्नुभएको आगामी आवको आर्थिक विधेयक, विनियोजन विधेयक र महानगर खेलकुद विकास विधेयक पनि सर्वसम्मतिले पारित गरिएको छ । त्यसैगरी बैठकले… पुरा पढौ

साना किसान विकास लघुवित्तले मनायाे २१औं स्थापना दिवस, उत्पादनमा किसानलाई सबल बनाउन जोड

काठमाडाैं, २५ असार। कृषि अर्थतन्त्र सुधारका लागि कृषि पेसामा आबद्ध साना किसानलाई सबल बनाउनुपर्नेमा जोड दिइएको छ । साना किसान विकास लघुवित्त वित्तीय संस्थाको २१औँ स्थापना दिवसमा आयोजित कार्यक्रमा राउटे, वनकरिया, मुसहर, चेपाङ, दलित, जनजाति, महिलालगायतलाई सूसुचित गरी उत्पादनमा लगाउन विज्ञहरुले जोड दिएका हुन् । कार्यक्रममा पूर्वगभर्नर तथा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष दीपेन्द्रबहादुर क्षेत्रीले गरिबी निवारण, अर्थतन्त्रको सुधार, भोकमरीको अन्त्य र दिगो विकास लक्ष्य पूरा गर्न कृषि तथा पशुजन्य उत्पादन, प्रशोधन र बजारीकरणमा साना किसानको योगदान रहेको चर्चा गरे ।… पुरा पढौ

ब्लुप्रिन्ट ट्रेडिङले सेनेटरी प्याड आयात गर्दैन : बजगाईं

काठमाडाैं, २५ असार । ब्लुप्रिन्ट ट्रेडिङ प्रालिले केही सञ्चारमाध्यममा आफ्नो प्रालीले ‘सेनेटरी प्याड’ आयात गरेको भनेर आएका समाचार तथ्यहीन, भ्रामक र गलत भएको स्पष्ट पारेको छ । केही सञ्चारमाध्यमले ब्लुप्रिन्ट ट्रेडिङले सेनेटरी प्याड आयात गरेको भनेर समाचार प्रकाशित गरेपछि आज कम्पनीले प्रेस विज्ञप्ति जारी गर्दै आफूहरुले बालबालिकाका लागि डाइपर मात्रै आयात गर्ने गरेको स्पष्ट पारेको हो । “सञ्चारमाध्याममा ब्लुप्रिन्ट ट्रेडिङ प्रालीका विषयमा बिनाआधार र प्रमाण प्रकाशित भएका समाचारप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । ब्लुप्रिन्ट ट्रेडिङ नेपालमा बालबालिकाका लागि प्रयोग… पुरा पढौ

नेपालमा पहिलो पटक ‘सेफ नेपाल’ रियालिटी शो सञ्चालन हुने

काठमाडौं, २५ असार । नेपालमा पहिलो पटक खाना पकाउने कलासम्बन्धी रियालिटी शो ‘सेफ नेपाल’ सञ्चालन हुने भएको छ । नेपाली खानाको प्रवद्र्धन र खाना पकाउने कलाको विकासका लागि पाककलासम्बन्धी रियालिटी शो सञ्चालनमा ल्याउन लागिएको निर्माता धर्मराज पाण्डेले जानकारी दिए। उनले भने, “नेपाली खानाको प्रवद्र्धनका लागि एउटा प्लेटफर्म क्रियट गरौँ भनेर यो अभियान चलाइएको हो । हामीसँग नेपाली खाना र मिडिया हुनुहुन्छ, आफूले पुलका रुपमा काम गर्न लागेको हुँ ।” धर्म पिक्चर्सको प्रस्तुति रहेको सेफ नेपालको निर्देशन सिमोस सुनारले गर्नेछन् ।… पुरा पढौ

बेतबास उद्योग चलाएका सागरले वार्षिक रु ३० लाखको कारोबार गर्दै

महेन्द्रनगर, २५ असार । कञ्चनपुर महेन्द्रनगरका ३१ वर्षीय सागर क्षेत्रीले युएईको अवुदाबीमा तीन वर्ष पेट्रोलपम्पमा काम गरे। त्यहाँ हुँदा मासिक रु डेढ लाखको कमाइ हुन्थ्यो । त्यो काम छाडेर स्वदेशमै काम गर्ने इच्छा शक्तिले उनी अहिले बेताबासको उद्योग चलाउँदै छन् । चार वर्षअघि बुबाको प्रेरणाबाट भीमदत्त नगरपालिका–१८ जानकी टोलमा बिन्ध्यावासिनी बेतबास लघु उद्योग स्थापना गरेका क्षेत्री अहिले वार्षिक रु ३० लाखको कारोबार गर्छन् । “रु ५० को झाडुदेखि ८५ हजारको स्तरीय सोफासेटसम्म उत्पादन गर्छु”, सागरले भने, “अहिले विदेशको काम छाडेकोमा… पुरा पढौ

मुख्यमन्त्री रोजगार कार्यक्रममा दुराशयकाे कुनै नियत छैन : मुख्यमन्त्री शाही

कर्णाली, २५ असार । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले ‘मुख्यमन्त्री रोजगार कार्यक्रम’ मा कुनै दुराशय नियत नभएको बताएका को छ । प्रदेशसभाको बसेको दशौँ अधिवेशनको १९औँ बैठकमा सरकारको तर्फबाट जवाफ दिँदै मुख्यमन्त्री शाहीले सरकारले राम्रा र नराम्रा सबै कुराको जिम्मेवारी लिँदै आएको बताए। उनले भने, “हामी प्रतिपक्षीसँग भएका सहमतिअनुसार अगाडि बढेका छौँ । मुख्यमन्त्रीले रोजगार कार्यक्रमको बजेट कार्यकर्तामुखी बनायो भन्ने अब्जसले मन दुखाएको छ ।” उनले कर्णाली विकासका लागि सबैको उत्तिकै दायित्व भएको भन्दै राम्रो काममा प्रशंसा र नराम्रो… पुरा पढौ

राष्ट्रपति भण्डारीद्वारा तीन देशका लागि राजदूत नियुक्त, काे कहाँ ?

काठमाडाैं, २४ असार । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा विभिन्न तीन देशका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरेकि छन् । राष्ट्रपति भण्डारीले ओमन, साउदी अरेबिया र श्रीलङ्काका लागि आवासीय राजदूत नियुक्त गरेकि हुन् । उनले डोरनाथ अर्याललाई ओमन, नवराज सुवेदीलाई साउदी अरेबिया र वासुदेव मिश्रलाई श्रीलङ्काका लागि आज राजदूत नियुक्त गरेकाे राष्ट्रपति कार्यालयले विज्ञप्तिमार्फत जनाएको छ । नेपालको संविधानबमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा राजदूत नियुक्त गरिएको हो । पुरा पढौ

सरकारी जग्गा ४० वर्षसम्म भाडामा दिन नयाँ कानुनी प्रबन्ध, के के छन् प्रावधान ?

काठमाडाैं, २४ असार । सरकारले सरकारी स्वामित्वमा रहेका जग्गा ४० वर्षसम्म लिज (भाडा)मा उपलब्ध गराउन सक्ने नयाँ कानुनी प्रबन्ध गरेको छ । राजपत्रका सूचना प्रकाशित गरेर ‘सरकारी जग्गा दर्ता, उपयोग तथा लिजमा उपलब्ध गराउने सम्बन्धी कार्यनीति, २०७९’ जारी गर्दै विभिन्न चार तहमा त्यस्तो जग्गा उपलब्ध गराउन लागिएको हो । कार्यनीतिअनुसार विदेशी कूटनीतिक नियोग तथा संयुक्त राष्ट्र सङ्घका निकाय, नेपाल पक्ष रहेका अन्तर सरकारी सङ्गठन, प्रदेश सरकार वा स्थानीय तहअन्तर्गत स्थापना भएका विश्वविद्यालय, बोर्ड समिति वा अन्य स्वायत्त संस्था, प्रचलित कानुनबमोजिम… पुरा पढौ