आर्थिक 📈

अन्तिम कारोबारको दिन सेयर बजार राताम्मै, अब लगानीकर्ता मौद्रिक नीतिको पखाईमा

काठमाडौं, २४ असार । साताको सेयर कारोबार हुने अन्तिम दिन शुक्रबार पनि नेपाली सेयर बजारको ओरालोमा गएकाे यात्रामा ब्रेक लाग्न सकेन । सेयर राताम्मै हुँदा के हुने हाे साेचमग्न भएका छन् । लगानीकर्ताहरुका लागि बजारमा सुधार आउलाका कि भन्ने अपेक्षा अब मौद्रिक नीति रहेको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति निकट दिनहरूमै ल्याउने तयारी गरिरहेकोले लगानीकर्ताहरु त्यसैको पखाईमा रहेका छन् । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ३४.७० अंकले बढेर १९९२.६२ विन्दुमा झरेको छ । नेप्से १.७१ प्रतिशतले घट्दा… पुरा पढौ

सुनको भाउ स्थिर, चाँदीको घट्यो

काठमाडौं, २४ असार । साताको सुनचाँदीको अन्तिम कारोबार हुने दिन शुक्रबार नेपाली बजारमा सुनको भाउ स्थिर रहेकाे छ । चाँदीमा भने यसदिन रुपैयाँ १० ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा यसदिन कुनै परिवर्तन भएको छैन । सुनको भाउ स्थिर रहेर तोलाको ९४ हजार ६०० रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि बिहिबार पनि छापावाल सुनको भाउ तोलाको ९४ हजार ६०० रुपैयाँ कायम भई कारोबार भएको थियो । तेजाबी सुन तोलाको ९४ हजार १०० रुपैयाँमा कारोबार भईरहेको… पुरा पढौ

तरलता व्यवस्थापन गर्न उद्योग परिसंघले गरायो प्रधानमन्त्रीको ध्यानाकर्षण, दियो यस्तो सुझाव

काठमाडौं, २४ असार । नेपाल उद्योग परिसंघ र प्रधानमन्त्री शेरबहादुर देउवाबीच मुलुकको आर्थिक अवस्था, बजेट कार्यान्वयन, मौद्रिक नीति, नव प्रवर्तन उद्यम प्रोत्साहनलगायतका विषयमा छलफल भएको छ । परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल नेतृत्वको टोलीले प्रधानमन्त्री देउवासँग बिहीवार प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता गरेको हो । भेटवार्ताका क्रममा परिसंघले मुलुकको पछिल्लो आर्थिक अवस्था र सुधार्न चालिनुपर्ने कदम, बजेटको सफल कार्यान्वयनका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ । यस्तै लगानीयोग्य रकमको अभाव र समाधानका लागि आगामी मौद्रिक नीतिमार्फत सम्बोधन गर्न चालिनुपर्ने विषय, विदेशी विनिमय संचिती,… पुरा पढौ

लगानी सम्मेलनका लागि सहयोग गर्न चीनका लागि नेपाली राजदूत श्रेष्ठलाई महासंघको आग्रह

काठमाडौं, २४ असार । नेपाल उद्योग वाणिज्य महासंघका कार्यवाहक अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपाल चीन लगानी सम्मेलन गर्ने योजनामा महासंघ रहेकाले बेइजिङस्थित नेपाली दूतावासले यसमा सहयोग गर्न आग्रह गरेका छन् । कार्यवाहक अध्यक्ष ढकाल र जनवादी गणतन्त्र चीनका लागि नवनियुक्त नेपाली राजदूत विष्णु पुकार श्रेष्ठबीच बिहीवार महासंघ सचिवालयमा भएको औपचारिक भेटवार्तामा सो आग्रह गरेका हुन् । 'महासंघले सम्मेलनलाई प्रमुख प्राथमिकतामा राखी आयोजना गर्न चाहेकाले त्यहाँ रहेर आवश्यक सहयोग गरिदिने कार्यमा राजदूतबाट नेतृत्वदायी भूमिकाको हामीले अपेक्षा गरेका छौं,' कार्यवाहक अध्यक्ष ढकालले… पुरा पढौ

रुपन्देहीमा कारबाही गरेबापतको राजस्व सङ्कलनमा कमी

भैरहवा, २४ असार । जिल्ला ट्राफिक कार्यालय रुपन्देहीको राजस्व असुलीमा कमी आएको छ । कार्यालयले अत्यधिक भार बोक्दै आएका ट्रक चालकलाई कारबाही गरेबापतको राजस्व घट्दो क्रममा छ । आर्थिक वर्ष २०७८÷७९ को साउनदेखि जेठसम्मको तथ्याङ्क हेर्दा औषतमा प्रत्येक महिना ट्राफिक राजस्व घट्दो देखिएको हो । गत वैशाखको तुलनामा जेठमा रु २२ हजार राजस्व सङ्कलनमा कमी आएको कार्यालयले जनाएको छ । जेठमा कार्यालयले रु ५३ लाख २५ हजार राजस्व सङ्कलन गरेको थियो । गत वैशाखमा रु ५३ लाख ४८ हजार राजस्व सङ्कलन… पुरा पढौ

अध्ययनको दाबी : व्यापार घाटा बढ्नुको प्रमुख कारण बैंक कर्जा र रेमिट्यान्स

काठमाडौं, २४ असार । बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कर्जाले व्यापार घाटा बढाएको एक अध्ययनले जनाएको छ । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीवीफीन) ले त्रिभुवन विश्वविद्यालय केन्द्रीय अर्थशास्त्र विभागसँगको सहकार्यमा गरेको अध्ययन प्रतिवेदनका अनुसार व्यापार घाटा बढ्नुको प्रमुख कारण रेमिट्यान्स र बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाह हुने कर्जा हो । रेमिट्यान्सले बैंकमा निक्षेप बढाएको र बैंकले कर्जा लगानीको हिसाबले व्यापार घाटा बढाएको अध्ययनले देखाएको छ । व्यापार घाटाको सम्बन्ध रेमिट्यान्ससँग ७५ प्रतिशत, बैंकको कर्जामा ८५… पुरा पढौ

अपर हेवाखोला हाइड्रोपावरकाे सेयर खुल्याे, कहिलेसम्म दिने आवेदन ?

काठमाडौं, २४ असार । अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडले आजदेखि सेयर निष्काशन तथा बिक्री खुला गरेकाे छ। कम्पनीले सर्वसाधारणका लागि १५ लाख कित्ता साधारण सेयर निष्काशन तथा बिक्री खुल्ला गरेकाे हो। प्रतिसेयर १०० अंकित दरकाे १५ लाख कित्ता साधारण सेयरमध्ये २ प्रतिशत अर्थात ३० हजार कित्ता सेयर कर्मचारीहरुका लागि रहेकाे छ । यस्तै ७५ हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि रहेकाे छ। त्यसबाट बाँकी रहने १३ लाख ९५ हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन पाउनेछन् । लगानीकर्ताले असार २८… पुरा पढौ

बजार मूल्य नियन्त्रण गर्न उपभोक्ता जागरण अभियान नेपालकाे ध्यानाकर्षण

काठमाडौं, २४ असार । उपभोक्ता अधिकारका क्षेत्रमा कार्यरत उपभोक्ता जागरण अभियान नेपालले मूल्यवृद्धि नियन्त्रणका विषयमा नेपाल सरकारको ध्यानाकर्षण गराएको छ । अभियानका पदाधिकारीले सरकारका मुख्यसचिव शङ्करदास वैरागीसहित उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका अधिकारीलाई भेटेर मूल्यवृद्धि नियन्त्रणका लागि चाल्नुपर्ने कदमका विषयमा ज्ञापनपत्रमार्फत ध्यानाकर्षण गराएका हुन् । ज्ञापनपत्रमा बजारमा एकाधिकारपूर्ण, अनुचित र कानुनद्वारा निषेधित ब्यापारिक कार्यहरू हुने गरेको उल्लेख छ । हरेक क्षेत्रमा सेटिङमा काम भइरहेको भन्दै ज्ञापनपत्रमा बजार अनुगमन सार्थक एवं प्रभावकारी हुन नसकेको गुनासो… पुरा पढौ

सयपत्री हाइड्रोपावरकाे सेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडाै‌, २४ असार । सयपत्री हाइड्रोपावरकाे सेयरमा आवेदन दिने आज अन्तिम दिन बाँकी रहेको छ। कम्पनीले असार २ गतेदेखि आयोजना प्रभावित क्षेत्रका जनताका लागि सेयर निष्काशन गरेको थियो। कम्पनीका अनुसार प्रतिसेयर १०० अंकित दरकाे ३ लाख कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्र बाग्लुङ्गकाे ताराखोला गाउँपालिका र गल्कोट नगरपालिकाका स्थायी जनताका लागि सेयर निष्काशन गरिएकाे हो। लगानीकर्ताले प्रभु बैंकको ताराखोला र गल्कोट शाखा, ग्लोबल आइएमई बैंकको गल्कोट शाखा, कामना सेवा विकास बैंकको गल्कोट हाखा र एनआईबिएल एस क्यापिटल लिमिटेड, काठमाडौँबाट आवेदन… पुरा पढौ

उपभोक्ता जागरण अभियानद्वारा मूल्यवृद्धि नियन्त्रण गर्न सरकारकाे ध्यानाकर्षण

काठमाडौं, २३ असार । उपभोक्ता अधिकारका क्षेत्रमा कार्यरत उपभोक्ता जागरण अभियान नेपालले मूल्यवृद्धि नियन्त्रणका विषयमा नेपाल सरकारको ध्यानाकर्षण गराएको छ । सरकारका मुख्यसचिव, बजार अनुगमनको मुख्य जिम्मेवारी पाएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, त्यसअन्तर्गतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागलाई भेटेर जागरण अभियानका पदाधिकारीले मूल्यवृद्धि नियन्त्रणका लागि चाल्नुपर्ने कदमका विषयमा ज्ञापनपत्रमार्फत सरकारको ध्यानाकर्षण गराएका हुन् । जागरण अभियानले बुझाएको ज्ञापनपत्रमा बजारमा एकाधिकारपूर्ण, अनुचित र कानूनद्वारा निषेधित व्यापारिक कार्यहरु हुनेगरेको उल्लेख छ । हरेक क्षेत्रमा सेटिङमा काम भैरहेको भन्दै ज्ञापनपत्रमा बजार… पुरा पढौ