आर्थिक 📈

श्वेत गंगा हाइड्रोपावरले साउन ४ गतेदेखि सेयर निश्कासन गर्दै

काठमाडाैं, २७ असार । श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले साउन ४ गतेदेखि २३ लाख ८९ हजार ५०० कित्ता साधारण सेयर निष्काशन तथf बिक्रीमा ल्याउन लागेकाे छ। कम्पनीले प्रतिशेयर १०० अंकित दरमा २३ लाख ८९ हजार ५०० कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो। जसबाट १ लाख १९ हजार ४७५ कित्ता सेयर सामूहिक लगानी कोषका लागि रहेकाे छ । बाँकी रहेकाे २२ लाख ७० हजार २५ कित्ता साधारण सेयरमा सर्व साधारण जनताले आवेदन दिन पाउने छन् । लगानीकर्ताले साउन ८… पुरा पढौ

बजेट त्रुटिपूर्ण नभएको अर्थमन्त्री बरालको स्पष्टोक्ति

पाेखरा, २७ असार । गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बराल (जीवन)ले बजेटका सम्बन्धमा सभाको बैठकमा उठेका प्रश्नको जवाफ दिँदै बजेट त्रुटिपूर्ण नभएको स्पष्ट पारेका छन् । गण्डकी प्रदेशसभाको बैठकमा उनले संविधानको धारा ५९ को उपधारा १ ले प्रदेश सरकारले आफ्नो अधिकार क्षेत्रभित्रको आर्थिक अधिकारसम्बन्धी विषयमा कानून बनाउने, वार्षिक बजेट ल्याउने, निर्णय गर्ने र नीति योजना तयार गर्ने र कार्यान्वयन गर्ने अधिकारका साथै धारा ५९ को उपधारा ७ ले घाटा बजेट बनाउन सक्ने अधिकार प्रदान गरेको बताए । संविधानको धारा २०३ को… पुरा पढौ

पोखरा महानगरको रु आठ अर्ब ७७ करोड बजेट पारित

पाेखरा, २७ असार । पोखरा महानगरपालिकाको नगरसभाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि रु आठ अर्ब ७७ करोड ७५ लाख ५५ हजार बराबरको बजेट पारित गरेको छ । गत असार १० गते उपप्रमुख मञ्जुदेवी गुरुङले ११औँ नगरसभामा प्रस्तुत गरेको बजेट कार्यक्रम सभामा छलफलपछि सर्वसम्मत पारित गरिएको महानगर प्रमुख धनराज आचार्यले बताए । महानगरपालिकाले आगामी वर्ष चालु वर्षको भन्दा रु दुई अर्ब ३६ करोड ६५ लाख ५५ हजार बढी बजेट ल्याएको छ । चालु आवमा महानगरको बजेट रु छ अर्ब ४१… पुरा पढौ

मधेस प्रदेशको ४६ अर्ब ८८ करोड बजेट सर्वसम्मतले पारित

धनुषा, २७ असार । मधेस प्रदेश आर्थिक वर्ष २०७९/०८० को बजेट सर्वसम्मतले पारित भएको छ । आइतबार बसेको प्रदेशसभा बैठकबाट आगामी आर्थिक वर्षको बजेट सर्वसम्मतले पारित भएको हो । प्रदेशसभाको बैठकमा अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले पेस गरेकाे आर्थिक विधेयक, २०७९ र कर तथा गैरकर राजश्व लगाउने तथा उठाउने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मतले पारित भएपछि बजेट पारित भएको हो । यसअघि शनिबार प्रदेशसभाबाट विनियोजन विधेयक पारित भएको थियो । यही असार १ गते मधेस प्रदेशका अर्थमन्त्री साहले आव २०७९/०८० का… पुरा पढौ

मौद्रिक नीतिका लागि राष्ट्र बैंकले माग्याे सरोकारवालासँग रायसुझाव

काठमाडौं, २६ असार । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिका लागि रायसुझाव माग गरेको छ । नेपाल राष्ट्र बैंक ऐन २०५८ मा भएको व्यवस्थाअनुसार बैंकले आर्थिक वर्ष २०७९-८० को मौद्रिक नीति सार्वजनिक गर्नका लागि सम्बन्धित सरोकारवालासँग राय सुझाव माग गरेको हो । उक्त ऐनको परिच्छेद–५ को दफा ४४ ले मौद्रिक नीति निर्माण तथा कार्यान्वयन गर्ने पूर्ण अधिकार राष्ट्र बैंकलाई दिएको छ । राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले इमेल monetarypolicy@nrb.org.np मा रायसुझाव उपलब्ध गराउन सूचित गरेको छ । राष्ट्र बैंकले यसअघि आर्थिक… पुरा पढौ

डेढ करोड राजस्व दाखिला नगरेपछि मकवानपुरका ५ क्रसर उद्योगमा तालाबन्दी

काठमाडौं, २६ असार । पटकपटक ताकेता गर्दा पनि तोकिएको राजस्व नबुझाउने मकवानपुरमा सञ्चालित ५ क्रसर उद्योगमा आजदेखि तालाबन्दी गरिएको छ । लिखित र मौखिकरुपमा पटकपटक जानकारी गराएको तर राजस्व नबुझाएकाले तालाबन्दी गरिएको मकवानपुरगढी गाउँपालिकाले जनाएको छ । सो गाउँपालिकाका विभिन्न स्थानमा सञ्चालित क्रसर उद्योगमा गाउँपालिका उपाध्यक्ष मनकुमारी नेपालीको नेतृत्वमा गएको टोलीले तालाबन्दी गरेको बताइएको छ । ती उद्योगले गाउँपालिकालाई रु एक करोड ५४ लाख राजस्व दाखिला गर्नुपर्ने भएको तर दाखिला नगरेकाले तालाबन्दी गर्नुपरेको उपाध्यक्ष नेपालीले जानकारी दिए। मकवानपुरगढी गाउँपालिका–५ स्थित… पुरा पढौ

बढ्यो सुनको मूल्यः चाँदीको स्थिर

काठमाडौं, २६ असार । नेपाली सुनचाँदी बजारमा साताको पहिलो कारोबारकाे दिन आज छापावाल सुनको मूल्य प्रतितोला रु ९४ हजार ८०० तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु ९४ हजार ६०० मा कारोबार भएको पहेँलो धातुको कारोबार मूल्य आज प्रतितोला रु २०० ले बढेर काराेबार भएकाे हाे । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९४ हजार ३०० कायम भइ काराेबार भएकाे छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९४ हजार १०० रहेकाे थियो । महासङ्घले आज… पुरा पढौ

कावासोती नगरपालिकाले दियाे दुग्ध उत्पादक किसानलाई अनुदान

कावासोती, २६ असार । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिकाले दुग्ध उत्पादक किसानलाई अनुदान उपलब्ध गराएको छ । नगरपालिकाले चालु आर्थिक वर्षमा नगरभित्रका दुग्ध उत्पादक किसानलाई रु २७ लाख ६९ हजार अनुदानस्वरुप प्रदान गरेको हो । कावासोती नगरपालिका कृषि तथा पशुपक्षी विकास शाखाका शाखा प्रमुख डा टेकराज पौडेलका अनुसार नगरपालिकाले हाल नगरभित्रका दुग्ध उत्पादक किसानलाई दूधमा प्रतिलिटर रु १.२५ पैसा अनुदान उपलब्ध गराउँदै आएको छ । चालु आर्थिक वर्षमा नगरभित्रका चार सहकारीमार्फत उक्त अनुदान वितरण गरिएको शाखा प्रमुख पौडेलले बताए… पुरा पढौ

लकडाउनको अवधिमा ६३ प्रतिशत उद्योग बन्द, ६० प्रतिशत कामदार बिना तलब निष्काशित

काठमाडौं, २६ असार । कोरोना महामारीका सिर्जित लकडाउनको अवधिमा ६३ प्रतिशत उद्योग तथा प्रतिष्ठान बन्द भएको पाइएको छ । केन्द्रीय तंथ्यांक विभागले सार्वजनिक गरेको राष्ट्रिय औद्योगिक सर्वेक्षण २०७६ मा १३ हजार १४५ उद्योग तथा प्रतिष्ठान समेटिएको छ । विभागका अनुसार कोभिड–१९ को महामारीको समयमा सरकारले गरेको करिब महिनाको लकडाउन अवधिमा करिब ६३ प्रतिशत उद्योग प्रतिष्ठानहरु पूर्णरुपमा बन्द भएको सर्वेक्षणले देखाएको छ । यसैगरी २४ प्रतिशत उद्योग प्रतिष्ठानहरु आंशिकरुपमा संचालनमा रहेको र बाँकी १३ प्रतिशत उद्योग प्रतिष्ठानहरु पूर्णरुपमा संचालनमा रहेको सर्वेक्षणले… पुरा पढौ

ऋण नलिएरै व्यवसाय गर्नेको संख्या बढी : औद्योगिक सर्वेक्षण

तस्वीर : गूगल
काठमाडौं, २६ असार । बैंकबाट ऋण लिएरभन्दा नलिएर व्यवसाय गर्नेको संख्या बढी भएको पाइएको छ । केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको राष्ट्रिय औद्योगिक सर्वेक्षणमा साना उत्पादन मुलक उद्योग प्रतिष्ठान (१० जनाभन्दा कम काम गर्ने)मा ३४ प्रतिशतले मात्र बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएको देखिएको छ । जसमा १ प्रतिशतले बैंकबाट ऋणको प्रतिबद्धता पाएको तथा ५ प्रतिशत प्रक्रियामा रहेको उल्लेख गरिएको छ । ६० प्रतिशत साना उद्योग प्रतिष्ठानले बैंकको ऋण नलिएको देखिएको छ । २०६९ सालमा भएको सर्वेक्षणमा उद्योगीहरुले श्रम सम्बन्ध… पुरा पढौ