आर्थिक 📈

मुख्यसचिवले भने : अर्थतन्त्र सहज अवस्थामा छैन, मौद्रिक नीतिबाट सबैकाे माग सम्बोधन नहुन सक्छ

काठमाडौं, २८ असार । नेपाल सरकारका मुख्य सचिव शंकरदास बैरागीले अर्थतन्त्र असहज अवस्थामा रहेको भन्दैं नेपाल राष्ट्र बैंकले ल्याउने मौद्रिक नीतिबाट सबैका माग सम्बोधन हुन नसक्ने बताएका छन् । नबिल बैंक र नेपाल बंगलादेश बैंकबीचको एकीकृत कारोबार शुरुवात कार्यक्रममा सोमवार साँझ बोल्दै बैरागीले अर्थतन्त्रको अवस्था असहज भएको सत्य भए पनि बजारमा हल्ला चले जस्तो आत्तिनु पर्ने नभएको समेत दाबी गरे। ‘हामी सचेत रहनु पर्नेछ। मौद्रिक नीतिमा तपाईं हामी सबैले चाहेको कुरा नअट्न सक्छ,’ बैरागीले भने, ‘अहिलेको मुख्य चूनौती आर्थिक स्थायित्व… पुरा पढौ

एक्सेल डेभलपमेन्ट बैंकको सेयरमूल्य नेप्सेमा समायोजन

काठमाडाैं, २८ असार । एक्सेल डेभलपमेन्ट बैंकको सेयरमूल्य आजदेखि नेप्सेमा समायोजन भएको छ। बैंकले साधारण सभा तथा लाभांश वितरणकाे प्रयोजनका लागि बुकक्लोज गरेपछि नेपाल स्टक एक्सचेन्जले सेयरमूल्य समायाेजन गरेर नयाँ मूल्य कायम गरेकाे हो एक्सेल डेभलपमेन्ट बैंकको ८.५० प्रतिशत बोनस सेयर नेप्सेमा समायोजन भएकाे हो। समायोजन भएपछि बैंकको सेयरमूल्य प्रतिकित्ता ३२० रुपैयाँ ७४ पैसा ताेकिएकाे छ। अघिल्लो कारोबार भएकाे दिनको अन्तिम मूल्यका आधारमा बैंकको सेयरमूल्य समायोजन गरिएकाे हो। सोमबार सेयरमूल्य प्रतिकित्ता ३४८ रुपैयाँ रहि काराेबार भएकाे थियो। यसैबीच बैंकले लाभांश… पुरा पढौ

विप्रेषण आप्रवाह ३.८ प्रतिशतले वृद्धि, ११ महिनामा भित्रियो ९ खर्ब ४ अर्ब

काठमाडौं, २७ असार । चालु आर्थिक वर्षको ११ महिनामा ९ खर्ब ४ अर्ब १८ करोड बराबरको विप्रेषण आप्रवाह भएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आवको ११ महिनाको विवरणअनुसार विप्रेषण आप्रवाहमा ३.८ प्रतिशतले वृद्धि भएको हो । केन्द्रीय बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १२.६ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा भएको विप्रेषण आप्रवाह १.५ प्रशितले बृद्धि भई ७ अर्ब ५१ करोड बराबर पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १०.५ प्रतिशतले बढेको थियो ।… पुरा पढौ

मौद्रिक नीति मुलुकको आवश्यकताअनुसार आउनेछ : गभर्नर अधिकारी

काठमाडौं, २७ असार । नेपाल राष्ट्र बैंक आगामी आर्थिक वर्षको मौद्रिक नीतिको तयारीमा छ । त्यसका लागि बैकले विभिन्न सरोकार भएका निकाय, व्यक्ति, संस्था वा समूहसँग निरन्तर सम्वाद गरिरहेकाे छ । अन्तर्राष्ट्रिय रुपमा उत्पन्न घटनाक्रमको प्रभाव मुलुकको अर्थतन्त्रमा परेको छ । विशेष गरी रसिया र युक्रेनको सङ्घर्षका कारण विश्वव्यापी रुपमा इन्धनको मूल्यबृद्धि भएको छ । त्यसले हरेक क्षेत्रमा प्रभाव परेको छ । वैदेशिक मुद्राको सञ्चिती पनि क्रमशः ओरालो लागेको छ । सरकारले गत जेठ १५ गते प्रस्तुत गरेको आगामी आवको… पुरा पढौ

आयातकाे वृद्धिले ११ महिनामा कूल व्यापार घाटा रु १५ खर्ब ७७ अर्ब ३९ करोड बराबर

काठमाडौं, २७ असार । निर्यातको तुलनामा आयातको मात्रामा उल्लेख्य वृद्धि हुँदा मुलुकको व्यापार घाटा चुलिएको छ । नेपाल राष्ट्र बैंकले आज प्रतिनिधिसभाको अर्थ समितिमा पेश गरेको विवरणअनुसार चालु आवको ११ महिनामा कूल व्यापार घाटा रु १५ खर्ब ७७ अर्ब ३९ करोड बराबर पुगेको छ । यस अवधिमा कूल वस्तु आयात २७.५ प्रतिशतले वृद्धि भएको छ । यस आधारमा कूल वस्तु आयात रु १७ खर्ब ६३ अर्ब २२ करोड बराबर भएको छ । पछिल्ला केही महिनायता निर्यातमा उत्साहजनक वृद्धि भए पनि… पुरा पढौ

७७.०१ अंकले घट्यो नेप्से, २ अर्ब ३२ करोड बढीको कारोबार

काठमाडौं, २७ असार । साताको कारोबार हुने दोश्रो दिन साेमबार सेयर बजार राताम्मै भएको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक नगरेसम्म सेयर बजारले सकारात्मक लय लिनेमा ढुक्क हुने अवस्था देखिएकाे छैन । साेमबार सेयर बजार राताम्मै भएपछि बजार कहिले उकालो लाग्ने हाे यो भने पखाईको विषय भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ७७.०१ अंकले घटेर १९१५.६१ विन्दुमा झरेको छ । नेप्से ३.८६ प्रतिशतले घट्दा सेन्सेटिभ इण्डेक्स १३.०३ अंकले घटेर ३६६.८६ विन्दुमा रहेको छ । कुल… पुरा पढौ

४ अर्ब लागतकाे माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजनाले साउनदेखि बिजुली उत्पादन गर्ने

लमजुङ, २७ असार । लिवर्टी इनर्जी हाइड्रोपावरद्वारा दोर्दी गाउँपालिका–६ ढोडेनीमा निर्माणाधीन माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजनाको बिजुली उत्पादन आगामी साउन महिनादेखि गर्ने लक्ष्य राखेको छ । कूल २५ मेगावाट क्षमताको यस आयोजनाको अधिकांश काम सम्पन्न भइसकेको र अब साउन महिनाभित्रै बिजुली उत्पादन हुने आयोजनाका प्रवद्र्धक राजेन्द्र वस्तीले बताए। आयोजनाले पटक–पटक म्याद थप गर्दै थपिएको अन्तिम म्याद आगामी साउन महिनासम्म रहेको र सो भित्रै जसरी पनि बिजुली उत्पादन हुने उनको भनाइ छ । आयोजनाको अधिकांश काम सम्पन्न भइसकेको छ । गतवर्ष… पुरा पढौ

धौलागिरी लघुवित्तले पायो साधारण शेयर निष्काशन अनुमति

काठमाडाैं, २७ असार । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपिओ निष्काशन अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्डले असार २४ गते शुक्रबार वित्तीय संस्था लिमिटेडलाई शेयर निष्काशन अनुमति प्रदान गरेको हो । बोर्डको अनुमति पाएसंगै लघुवित्तले ३ करोड ३१ लाख रुपैयाँ बराबरको ३ लाख ३१ हजार कित्ता साधारण शेयर निष्काशन गर्ने भएकोछ । साधारण शेयर निष्काशनको लागि लघुवित्तले सन्राइज क्यापिटल लिमिटेड, कमलपोखरी, काठमाडौंलाई धितोपत्र निष्काशन तथा बिक्रि प्रबन्धकको रुपमा यस अघि नै तोकि सकेको बताएकाे छ । वित्तीय संस्थाको जारी पूँजी… पुरा पढौ

सुनको भाउमा गिरावट, चाँदीको स्थिर

काठमाडौं, २७ असार । साताको सुनचाँदीको कारोबार हुने दोश्रो दिन सोमबार नेपाली बजारमा सुनको भाउ सामान्य घटेको छ । चाँदीको भने स्थिर रहेको छ । सुन ताेृलामा यसदिन रुपैयाँ १०० ले घटेको हो भने चाँदी आईतबारकै भाउमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन ताेलामा मा रुपैयाँ १०० ले घटेर तोलाकाे ९४ हजार ७०० रुपैयाँमा कारोबार भईरहेको छ । आईतबार छापावाल सुन तोलाको ९४ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुन तोलाको ९४ हजार… पुरा पढौ

एक्सेल डेभलपमेन्ट बैंकको लाभांश आजसम्म सुरक्षित गर्न सकिने

काठमाडाैं, २७ असार। एक्सेल डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन बाँकि रहेको छ। बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि मंगबार बुकक्लोज गर्ने भएकाे छ । बैंककाे १६औं साधारण सभा सिद्धार्थ होटल, बिर्तामोडमा साउन ९ गते पूर्वान्ह ११ बजे बाेलाइएकाे छ । बैंकका अनुसार आजसम्म नेपाल स्टक एक्सचेन्ज नेप्सेमा कारोबार गरी कायम भएका सेयरधनीहरुले साधारण सभामा भाग लिन पाउनेछन् । साथै उनीहरू लाभांश प्राप्त गर्न याेग्य मानिनेछन् । सभाबाट ८.५० प्रतिशत बोनस सेयर र त्यसको कर प्रयोजनका… पुरा पढौ