आर्थिक 📈

आगामी बजेटमा सहुलियतपूर्ण कर्जाका लागि १५ अर्बको सिलिङ, चालु वर्षमा कसले कति पाए ?

काठमाडौं, १० जेठ । सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट ल्याउने तयारी अन्तिम चरणमा पुर्‍याएको छ । नयाँ बजेटमा सरकारले सहुलियतपूर्ण कर्जाको लागि १५ अर्ब रुपैयाँको सिलिङ बनाएको अर्थमन्त्रालय स्रोतले जानकारी दिएको छ । अर्थमन्त्रालय स्रोतका अनुसार आगामी आर्थिक वर्षको लागि २० अर्ब रुपैयाँ बराबरको सहुलियतपूर्ण कर्जा बजेटमार्फत ल्याउनुपर्ने प्रस्ताव आएको थियो। उक्त प्रस्तावलाई सरकारले घटाएर १५ अर्ब रुपैयाँ बराबरको यस्तो कर्जा ल्याउन लागिएको अर्थमन्त्रालय स्रोतले बतायो। ती स्रोतका अनुसार, अहिले सरकारले सहुलियतपूर्ण कर्जाको लागि १५ अर्बको सिलिङ बनाएको… पुरा पढौ

२८ पटकसम्म कागजात सच्याएर राजश्व छली, विभिन्न फर्मका सञ्चालकविरुद्ध १९ करोड ६९ लाख रुपैयाँको मुद्दा

काठमाडौं, १० जेठ । पछिल्लो समय राजश्व छल्नेविरुद्धको कारबाहीलाई सरकारले तीव्र बनाएको छ । राजश्व छल्नेविरुद्धको कारबाहीलाई राजश्व अनुसन्धान विभागले तीव्रता दिएसँगै राजश्व छलीको श्रृंखला धमाधम बाहिरिन थालेको छ । सोमबार मात्र राजश्व अनुसन्धान विभागले राजश्व छलीमा संलग्न विभिन्न फर्मका सञ्चालक तथा व्यक्तिविरुद्ध बिगो र जरिवानासहित कुल १९ करोड ६९ लाख ६३ हजार १६८ रुपैयाँ असुलको माग दाबीसहित उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ । विभागले विभिन्न गलत उपाय अपनाएर राजश्व छलीमा संलग्न भएका राजकिशोर सिंह कुशवाहा, पुष्करकुमार सिंह,… पुरा पढौ

लगातार तीन दिनसम्म सुनचाँदीकाे भाउ स्थिर

काठमाडौं, १० जेठ । लगातार तीन दिनसम्म सुनचाँदीकाे भाउमा कुनै अदलिबदलि भएन । साताको सुनचाँदीको कारोबार हुने तेश्रो दिन मंगलबार पनि सुनचाँदीको भाउमा कुनै फेरबदल नभइ पुरानै भाउ यतावत् रहेकाे छ । अर्थात यसदिन सुनचाँदीको भाउ स्थिर रहेर करोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ। यसदिन छापावाल सुन तोलाको ९८ हजार रुपैयाँमा कारोबार भईरहेको छ । आईतबार र साेमबार पनि छापावाल सुन तोलाको ९८ हजार रुपैयाँमा नै कारोबार भएको थियो । तेजाबी सुन तोलाको ९७ हजार ५०० रुपैयाँमा कारोबार… पुरा पढौ

आयोजना क्षेत्रका जनताका लागि अपर हेवाखोला हाइड्रोपावरको आईपीओ आजबाट खुल्ला

काठमाडौं, १० जेठ । अपर हेवाखोला हाइड्रोपावर लिमिटेडले बिक्रीमा ल्याएको आईपीओमा आजदेखि आवेदन दिन सकिने भएको छ । कम्पनीले आयोजना क्षेत्रका जनताका लागि आईपीओ बिक्रीमा ल्याएको हो । कम्पनीले बिक्रीमा ल्याएको ५ करोड रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ मूल्य अंकित दरको ५ लाख कित्ता सेयर आयोजना प्रभावित संखुवासभा जिल्लाका जनताका लागि हो । सेयरमा लगानी गर्न चाहने लगानीकर्ताले घटिमा १० कित्ता र बढीमा १ लाख कित्ता सेयरका लागि आवेदन दिन पाउने छन् । यसका लागि लगानीकर्ताले जेठको २४ गतेसम्म आवेदन… पुरा पढौ

सरकारको नीति तथा कार्यक्रम आज : राष्ट्रपति विद्यादेवी भण्डारीले दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने

काठमाडौं, १० जेठ । आयात प्रतिस्थापन, आन्तरिक उत्पादन वृद्धि तथा प्रगतिशील विकासलाई अगाडि बढाउने लक्ष्यका साथ सरकारको नीति तथा कार्यक्रम आज सङ्घीय संसद्को संयुक्त बैठकमा पेश हुने भएको छ । नीति तथा कार्यक्रम पेश गर्ने प्रयोजनका लागि सङ्घीय संसद्को बैठक अपराह्न ४ बजेका लागि बोलाइएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले गठबन्धन सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची तय गरिएको सङ्घीय संसद् सचिवालयका महासचिव डा भरतराज गौतमले जानकारी दिए। सङ्घीय संसद् सचिवालयले तयार पारेको कार्यसूचीअनुसार ‘राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को… पुरा पढौ

स्वीजरल्याण्डले दिएको ८६ कराेड अनुदान सरकारले स्वीकार गर्ने, विश्व बैंककाे ३३ अर्ब ऋण सहायताबारे वार्ता टोली गठन गर्दै

काठमाडाैं, १० जेठ । सरकारले स्थानीय तह सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न भएकामा निर्वाचन आयोग, राजनीतिक दल, मतदातालगायत सबैमा धन्यवाद ज्ञापन गरेको छ । यही जेठ ६ गते बसेको मन्त्रिपरिषद् बैठकले निर्वाचन सम्पन्न गर्न सहयोग गर्ने राष्ट्र सेवक कर्मचारी, सुरक्षा निकाय तथा सुरक्षाकर्मी, सञ्चार माध्यम तथा सञ्चारकर्मी, नागरिक समाजलगायत निर्वाचन कार्यमा प्रत्यक्ष वा परोक्षरुपमा सहयोग पु¥याउने सबैलाई धन्यवाद दिएको हो । बैठकले यही जेठ ९ देखि १३ गतेसम्म थाइल्याण्डको बैंककमा आयोजना हुने संयुक्त राष्ट्र सङ्घीय एसिया प्रशान्त आर्थिक तथा सामाजिक आयोग… पुरा पढौ

रिभर फल्स पावरको आइपिओ बाँडफाड सम्पन्न

काठमाडौं, ९ जेष्ठ । रिभर फल्स पावर लिमिटेडको प्राथमिक शेयर बाँडाफाँड आज सोमबार सम्पन्न भएको छ । रिभर फल्स पावर लिमिटेडको प्राथमिक शेयरमा आवेदन दिने १८,५९,२४२ वटा आवेदनहरुबाट २,१३,९४,६३० कित्ताको लागि आवेदन परेको थियाे । सि–आश्वा सेवामा सहभागी बैंक तथा वित्तिय संस्थाहरुबाट विभिन्न कारणबाट ४९,९८३ जना आवेदकहरुबाट ११,५१,१२० कित्ता सेयरलाई परेको आवेदन रद्ध गरेपश्चात बाँकी रहेको १८,०९,२५९ जना आवेदकहरुबाट प्राप्त २,०२,४३,५१० कित्ता सेयर मध्ये १,७०९ जना आवेदकहरुबाट प्राप्त १९,५०० कित्ता सेयरहरु दोहोरो आवेदन परेको र स्थानीयबासीहरुले सर्वसाधारण शेयरमा २,११० जना… पुरा पढौ

३४.२१ अंकले घट्यो नेप्से, १ अर्ब ३६ करोड बढीको कारोबार

काठमाडौं, ९ जेठ। साताको सेयर कारोबार हुने दोश्रो दिन सोमबार नेपाली सेयर बजार सकारात्मक लयमा जान सकेन । नेप्सेमा आईरहेको लगातारको गिरावटले लगानीकर्ताको मनोवल बढ्न सकेको छैन । कारोबार रकममा पनि उल्लेखनिय सुधार हुन सकेन । सरकारले यतिबेला नीति तथा कार्यक्रम ल्याउने तयारी गरिरहेको छ । संसदमा आर्थिक वर्ष २०७९/२०८० को वजेटका बारेमा छलफल पनि भएकाे । अर्कोतिर नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समिक्षापछि कस्तो रणनीति बनाउने हो लगानीकर्ताले त्यसलाइ पर्खिएको अवश्था रहेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से… पुरा पढौ

वैशाखमा एक वर्षयताकै कम आयात, पेट्रोलियम आयात भने सबैभन्दा बढी

काठमाडौं, ९ जेठ । चालु आर्थिक वर्ष २०७८/७९ को वैशाख महिनामा आयातमा सबैभन्दा कम आयात भएको छ । मासिक डेढ खर्ब बढीको वस्तु आयात हुँदै आएकोमा वैशाखमा सबैभन्दा कम आयात भएको हो । नेपालले वैशाख महिनामा १ खर्ब ३७ अर्ब ९९ करोड ११ लाख रुपैयाँको वस्तु आयात गरेको छ । जुन चालु आर्थिक वर्षको सबैभन्दा कम हो । यसअघि चैत महिनामा नेपालले १ खर्ब ५७ अर्ब ९२ करो ७१ लाख रुपैयाँको वस्तु आयात गरेको थियो । जसमा चैतको तुलनामा वैशाखमा… पुरा पढौ

सोमबार सुनचाँदी दरभाउमा भएन फेरबदल

काठमाडौं, ९ जेठ । साताको सुनचाँदीको कारोबार हुने दोश्रो दिन साेमबार सुनचाँदीको भाउमा कुनै फेरबदल भएको छैन । अर्थात यसदिन सुनचाँदीको भाउ स्थिर रहि करोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनचाँदीको भाउ स्थिर रहेको जनाएको छ । यसअनुसार छापावाल सुन तोलाको ९८ हजार रुपैयाँमा कारोबार भईरहेको छ । आईतबार पनि छापावाल सुन तोलाको ९८ हजार रुपैयाँमा नै कारोबार भएको थियो । तेजाबी सुन तोलाको ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको छ । आईतबार पनि तेजाबी सुन… पुरा पढौ