आर्थिक 📈

बिन्ध्यवासिनी हाइड्रोपावरले गर्यो सेयर बाँडफाँड, जेठ १६ देखि रकम फिर्ता हुने

काठमाडौं, १२ जेठ । बिन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट लिमिटेडको सेयर बाँडफाँड सम्पन्न गरिएको छ । कम्पनीको वैशाख ११ गतेदेखि प्रतिसेयर १०० रुपैयाँ मूल्य अंकित दरमा १० लाख कित्ता सेयर निष्काशन गरिएको थियो । लमजुङको क्वहोलासोथर गाउँपालिकाको वडा नं ५, ६, ७ र कास्कीको मादी गाउँपालिका वडा नं ८ र ९ का जनताका लागि ७ लाख कित्ता सेयर सुरक्षित गरिएको छ । यस्तै बाँकी रहेको तीन लाख कित्ता सेयर क्व्होलासोथर गाउँपालिका र कास्कीको मादी गाउँपालिकाका वडाहरुका जनताका लागि निष्काशन गरिएकोमा सोहि सेयरलाई… पुरा पढौ

फौजी किराले मकैको बिरुवा नष्ट गरेपछि कृषक मर्कामा

उदयपुर, १२ जेठ । उदयपुरको त्रियुगा नगरपालिका क्षेत्रका केही वडामा भर्खरै हुर्कँदै गरेका मकैका पात र बिरुवा फौजी किराले नष्ट गर्न थालेपछि कृषक चिन्तित बनेका छन् । नगरको वडा नं १२ को पुरानो गाईघाट, वडा नं ११ को साकेला टोल तथा वडा नं १३ को असारी क्षेत्रमा अहिले फौजी किराले हुर्कँदै गरेका मकैका पात नष्ट गरेपछि बिरुवा मर्न थालेका छन् । “मकैका बिरुवाका पात सबै फौजी किराले नष्ट बनायो, बिरुवा नै मर्न थाले”, त्रियुगा–१२ साधना टोलका गडुरध्वज धमलाले भने। कृषि… पुरा पढौ

चुनावले बढायो कारोबार, वैशाख मसान्तसम्म ६ खर्ब ३५ अर्बको नोट बजारमा

काठमाडौँ, १२ जेठ । स्थानीय तहको निर्वाचनले बजारमा गएको नगद नोट बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार वैशाख महिनामा मात्र १६ अर्ब रुपैयाँले नगदको नोट बजारमा गएको छ । चैत मसान्तसम्ममा ६ खर्ब १९ अर्ब ६० करोड रुपैयाँको नोट चलनचल्तीमा रहेको थियो । वैशाख महिनामा ६ खर्ब ३५ अर्ब ९० करोड रुपैयाँको नोट चलनचल्तीमा रहेको छ । स्थानीय तह निर्वाचनको लागि उम्मेदवारले गर्ने खर्चको कारण नगद नोटको प्रवाह बढेको हो । वैशाख महिनामा बैंक तथा वित्तीय संस्थामा निक्षेप समेत… पुरा पढौ

कर्णाली प्रदेश प्रमुखद्वारा आर्थिक विधेयक प्रमाणीकरण

कर्णाली, १२ जेठ । कर्णाली प्रदेशका प्रमुख तिलक परियारले ‘कर्णाली प्रदेश आर्थिक कार्यविधि ऐन, २०७४ लाई संशोधन गर्न बनेको विधेयक’ प्रमाणीकरण गरेका छन् । प्रदेश प्रमुख परियारले प्रमाणीकरण गरेको उक्त विधेयक अब ऐनमा परिणत भएको छ । कर्णाली प्रदेशसभाको दशौँ अधिवेशनको तेस्रो बैठकबाट ‘कर्णाली प्रदेश आर्थिक कार्यविधि ऐन, २०७४ लाई संशोधन गर्न बनेको विधेयक’ पारित भएको थियो । उक्त विधेयक उनले जेठ ११ गते नेपालको संविधानको धारा २०१ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरी जारी गरेको कर्णाली प्रदेश प्रमुखको कार्यालय,… पुरा पढौ

कुमारी धनबृद्धि योजनाको इकाईमा आजदेखि आवेदन खुल्ला, कहिलेसम्म दिने ?

काठमाडौं, १२ जेठ । कुमारी क्यापिटल लिमिटेडले बिक्रीमा ल्याएको कुमारी धनबृद्धि योजनाको इकाईमा आजदेखि आवेदन खुल्ला भएको छ । कुमारी बैंकको पूर्ण स्वामित्व भएको सहायक कम्पनी कुमारी क्यापिटलले प्रतिइकाई १० रुपैयाँ मूल्य अंकित दरमा १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड इकाई बिक्रीमा ल्याएको हो । उक्त इकाईको १५ प्रतिशतले १ करोड ८० लाख इकाई कोषको प्रवर्धक रहेको कुमारी बैंकको लागि सुरक्षित गरिएको छ । बाँकी रहेको १० करोड २० लाख इकाई सर्वसाधारणका लागि रहेको छ । लगानीकर्ताले सो… पुरा पढौ

मूल्यवृद्धिपछि व्यवसायीले गरे सम्पूर्ण ढुवानी सेवा बन्द

वीरगञ्ज, १२ जेठ । पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएपछि पर्साको वीरगञ्जका खुद्रा ढुवानी व्यवसायीले सम्पूर्ण ढुवानी सेवा बन्द गरेका छन् । ढुवानी व्यवसायी सङ्घ वीरगञ्जका अनुसार पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको प्रत्यक्ष प्रभाव ढुवानी व्यवसायीलाई परेको भन्दै उनीहरुले ढुवानी सेवा बन्द गरेका हुन् । पेट्रोलियम पदार्थमा अत्यधिक मूल्य वृद्धि भए पनि ढुवानी भाडामा वृद्धि नभएकाले तत्कालका लागि सबै प्रकारका ढुवानी सेवा बन्द गरिएको सङ्घका उपाध्यक्ष प्रविनकुमार कर्णले जानकारी दिए। वीरगञ्जबाट दैनिक कम्तीमा ४० देखि ६० व्यवसायीले खुद्रा सामग्री लिएर पूर्व–पश्चिमका विभिन्न सहरमा जाने… पुरा पढौ

हिमालयन बैंकले २५ लाख कित्ता ऋणपत्र जारी गर्ने, बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट नियुक्त

काठमाडौं, ११ जेठ । हिमालयन बैंक लिमिटेडले २ अर्ब पचास करोड रकम बराबरको ऋणपत्र जारी गर्ने भएको छ । बैंकले १ हजार अंकित दरको २५ लाख कित्ता ऋणपत्र जारी गर्न लागेको हो । बैंकले हिमालयन बैंक लिमिटेड बण्ड २०८६ जारी गर्न नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेडलाई बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ । उक्त ऋणपत्रको अवधि ७ वर्ष रहेको र ब्याजदर १०.५० प्रतिशत रहेको छ । उक्त सम्झौता पत्रमा हिमालयन बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक सम्शेर ज.ब.रा. र नबिल… पुरा पढौ

सरकारले नीति र कार्यक्रममा पूँजी बजारलाई सम्बोधन गरेकाे भाेलिपल्टै सेयर बजारमा छायाे हरियाली

काठमाडौं, ११ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारकाे नीति तथा कार्यक्रममा पूँजी बजारलाई उत्पादनसंग जाेडेर लैजाने कुरा प्राथमिकतामा रहेकाे बताएकाे भाेलिपल्टै आज सेयर बजारमा त्यसको सकारात्मक प्रभाव परेकाे आकलन गरिएकाे छ । राष्ट्रपति भण्डारीले पूँजीबजारलाई उत्पादनमूलक उद्याेगसँग जाेड्ने कुरामा जाेड दिएकी थिईन । उनले पूँजीबजारका नियामक निकायहरूलाई सबल र सक्षम् बनाउने सरकारकाे नीति रहेकाे बताएकि थिइन । सरकारकाे नीति तथा कार्यक्रममा पूँजी बजारलाई संवोधन गरेपछि यसदिन सेयरबजारमा त्यसकाे सकारात्मक प्रभाव परेकाे छ ।   अर्काेतिर स्थानिय निर्वाचनको व्यवस्थापनको लागि दलहरुले केहि न केहि… पुरा पढौ

‘स्वदेशी वस्तु उत्पादन र उपभोगको दशक’को घोषणा सकारात्मक : परिसंघ

काठमाडाैं, ११ जेठ । आगामी दशकलाई ‘स्वदेशी वस्तु उत्पादन र उपभोगको दशक’का रूपमा अघि बढाउने सरकारको घोषणालाई निजी क्षेत्रले स्वागत गरेको छ । नेपाल उद्योग परिसङ्घले स्वदेशी वस्तु उत्पादन र उपभोग वृद्धि दशक घोषणा गर्ने र ‘मेक इन नेपाल’ अभियान कार्यान्वयनमा सहयोग गर्ने सरकारको घोषणाप्रति आभार प्रकट गरेको हो । आगामी आर्थिक वर्षका लागि सरकारले ल्याएको नीति तथा कार्यक्रममा आगामी दशकलाई उत्पादन र उपभोगको दशक घोषणा गर्ने उल्लेख छ । नेपाली वस्तु उत्पादन र उपभोग दशक कार्यान्वयनका लागि कर तथा… पुरा पढौ

नीति तथा कार्यक्रमबारे के छ निजी क्षेत्रको धारणा ?

काठमाडौं, ११ जेठ । सरकारले मंगलबार संसदबाट सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम सन्तुलित आएको निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाले प्रतिकृया दिएका छन् । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले सरकारको नीति तथा कार्यक्रम सन्तुलित भएको प्रतिक्रिया दिए । गोल्छाले भने, ‘निजी क्षेत्रले दिएका सुझाव बजेटमा समावेश हुने संकेत यस पटकको नीति तथा कार्यक्रमले गरेको छ । निजी क्षेत्रको महत्वलाई बढावा दिने गरी नीति तथा कार्यक्रम आएको छ ।’ कार्यक्रमले पूर्वाधार विकास र कृषिलाई प्राथमिकता दिएको… पुरा पढौ