आर्थिक 📈

करोड लगानीमा ‘मोर्डन फिजिकल फिटनेस’ सञ्चालनमा

बागलुङ, ९ जेठ । सहरीया युवालाई लक्ष्य गरी जिमखाना खोलिएको छ । व्यवसायी ध्रुव खड्काले ‘मोर्डन फिजिकल फिटनेस’ सञ्चालनमा ल्याएका हुन् । शारीरिक सुगठन र स्वास्थ्यका लागि जिमखानामा युवाको आकर्षण छ । सदरमुकाममा खुलेको जिमखानामा झण्डै रु एक करोड लगानी परेको सञ्चालक खड्काले बताए। “संरचना निर्माण र जिमखानाका सामग्री किन्दा एक करोड जति खर्च भयो”, उनले भने, “यसमा कार्डियो र जिम गरेर दुई कक्ष छन् ।” मोटोपन घटाउने पेटको कसरतका लागि छुट्टै व्यायामशाला छ । शारीरिक सुगठनका खेलाडीदेखि सर्वसाधारणले जिमखानाबाट… पुरा पढौ

डा वाग्लेको ‘अतृप्त अवसर’ पुस्तक सार्वजनिक, नेपालमा नीतिगत र प्रणालीगत सुधारको खाँचो रहेकाे बिज्ञहरूकाे भनाई

काठमाडौं, ८ । मुलुकको पद्धति र प्रणालीगत सुधार नभएसम्म नागरिकले सोचेको जस्तो विकास हुन नसक्ने काठमाडौँमा आयोजित एक कार्यक्रममा औँल्याइएको छ । अर्थविज्ञ डा स्वर्णिम वाग्लेको ‘अतृप्त अवसर’ पुस्तक विमोचन तथा समसामयिक अर्थ राजनीतिक विमर्शमा सहभागी समाजशास्त्री, अर्थविज्ञ तथा राजनीतिज्ञले उक्त कुरामा जोड दिएका हुन्। राष्ट्रिय योजना आयोगका पूर्वसदस्य समाजशास्त्री उषा झाले नेपालमा सबै कुरा ठीक भए पनि ‘प्रणाली’ नरहेको बताइन। मुलुकलाई दीगो विकासतर्फ लैजाने हो भने नागरिकलाई अगाडि राखेर हेर्नुपर्नेमा उनको जोड थियो । पाँच वर्षको काम सोचेर योजना… पुरा पढौ

नेपालकाे विद्युत खरिद गर्न बंगलादेश भयाे सहमत

काठमाडौं, ८ जेठ । नेपालबाट विद्युत खरिद गर्न बंगलादेश तयार भएको छ । नेपाल–बङ्गलादेशबीच   कूटनीतिक   सम्बन्ध   स्थापना भएको ५० वर्ष पुगेको अवसरमा काठमाडौंस्थित बङ्गलादेशी दूतावासमा नेपाल चेम्बर अफ कमर्सका प्रतिनिधिसँगको छलफलमा नेपालका लागि बङ्गलादेशका राजदूत सलाहुद्दिन नोमान चौधरीले नेपालको विद्युत् खरिद गर्न बङ्गलादेश आतुर रहेको समेत बताएका छन् । ऊर्जाबाहेकका    क्षेत्रमा    लगानीका    लागि    नीतिगत सुधारको अपेक्षा गरेको पनि राजदूत चौधरीले जानकारी दिए  । नेपालसँग  लगानी  सुरक्षणसम्बन्धी  छुट्टै  सम्झौता  गर्न  पहल  गरे  पनि  परिणाम  हासिल  हुन  नसकेको  उनले  बताए ।  छलफलमा … पुरा पढौ

बढ्यो सुनको भाउ, चाँदीको स्थिर, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, ८ जेठ । साताको सुनचाँदीको कारोबार हुने पहिलो दिन आईतबार नेपाली सुनचाँदी बजारमा सुनको भाउमा बृद्धि भएको छ । चाँदीको भाउ भने स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा रुपैयाँ ७०० ले बृद्धि भएको छ । चाँदीको स्थिर रहि कारोबार भएको छ । यसदिन छपावाल सुनमा रुपैयाँ ७०० ले बढेर तोलाको ९८ हजार रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि शुक्रबार छापावाल सुनको भाउ तोलाको ९७ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुन ताेलाकाे… पुरा पढौ

डोल्पामा जेठ ११ गतेदेखि यार्सा सङ्कलन खुला गरिने

जाजरकोट, ८ जेठ । डोल्पा जिल्लामा यार्सागुम्बा सङ्कलनका लागि यही जेठ ११ गतेदेखि खुला गरिने भएको छ । सदरमुकाम दुनैमा जिल्ला समन्वय समिति डोल्पाका प्रमुख शेरबहादुर बुढाको अध्यक्षतामा जिल्लाका विभिन्न निकायका प्रमुख प्रतिनिधिको सहभागितामा बसेको बैठकले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जभित्र र विभिन्न सामुदायिक वनमा रहेका यार्सा पाटन आगामी असार १० गतेसम्म सङ्कलन गर्न पाउने निर्णय गरेको हो । स्थानीयवासी यार्सागुम्बा सङ्कलनबाट आम्दानीले लिने गर्दछन् । कोभिड–१९ सङ्क्रमणका कारण लामो समयसम्म सर्वसाधारणले यार्सागुम्बा सङ्कलन गर्न नपाएको जनाउँदै यसपटक विभिन्न तयारीका साथ करिब… पुरा पढौ

अर्थतन्त्र सङ्कटमा पर्याे भनेर राजनीतिकरण नगरौं : अर्थमन्त्री शर्मा

काठमाडौं, ६ जेठ । अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्रको सबलीकरण गर्ने तथा देशभित्रै उत्पादन हुन सक्ने कृषि उपजको अत्याधिक आयातलाई नियन्त्रण गर्ने विषय सरकारको प्राथमिकतामा रहेको बताएका छन् । कोरोना कहर, बेसौमसी वर्षा र रुस तथा युक्रेनको सङ्घर्षका कारण मूल्य श्रृखलामा परेको प्रभावका कारण मुलुककाे आर्थिक जगतमा दबाव परेको भए पनि त्यसलाई सामान्यीकरण गरेर अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याए। आगामी आवको विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्तबारे सांसदले उठाएको जिज्ञासाको जवाफ दिँदै अर्थमन्त्रीले अर्थतन्त्र समस्यामा प¥यो भनेर त्यसलाई राजनीतिकरण गर्नुभन्दा पनि समाधानका लागि… पुरा पढौ

नेप्सेमा लगातार गिरावट,लगानीकर्ता सुधारका दिन पर्खदै

काठमाडौं, ६ जेठ । सेयरबजार लगातार ओरालोको यात्रामा गएको छ । आज पनि सेयरबजार अघिल्लो दिनको नकारात्मक लयलाई पछ्याउँदै ओरालोतिरै गएको हाे । म्युचुअल फण्डबाहेक सबै उपसूचकहरुमा रातो लागेको छ भने कारोबार रकम अर्बबाट करोडमा झरेको छ । साताको सेयर कारोबार हुने पाँचौ दिन शुक्रबार सेयर बजारमा देखिएको करेक्सनले लगानीकर्ताको मनोवल झन् घटाएको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समिक्षाको कुरा गर्दैगर्दा र संसदमा वजेटसम्बन्धी प्रारम्भिक चरणका छलफल शुरु हुँदा लगानीकर्ताहरुलाई स्पष्ट वजेटको आकार तथा मौद्रिक नीतिको निचोड पर्खिनु… पुरा पढौ

आधारभूत सुविधा सबल बनाउने गरी बजेट ल्याउन सांसदको सुझाव

काठमाडौं, ६ जेठ । सांसदहरुले आगामी बजेटमा जनताका आधारभूत सुविधालाई सबल र सर्वसाधारणको सहज पुहँच पुग्ने गरी कार्यक्रम ल्याउन सुझाव दिएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा उनीहरुले मुलुकको वर्तमान आर्थिक सङ्कटलाई मध्यनजर गरी बजेटमा कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए। छलफलमा सहभागी सांसद देवप्रसाद तिमिल्सिनाले कडा र जटिल रोगका उपचारका लागि सर्वसाधारण जनतालाई सहज सुविधा प्रदान गर्नुपर्ने व्यवस्था गर्न माग गरे। उनले द्रुत मार्ग समयमै निर्माण गरेमात्र देशले फड्को मार्ने बताउँदै किसानलाई दिने… पुरा पढौ

सांसदद्वारा आयमुखी अर्थतन्त्रलाई विस्थापन गर्न औद्योगिक विकासमा जोड

काठमाडाैं, ६ जेठ । प्रतिनिधिसभाको आजको बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्तका बारेमा छलफल जारी रह्यो । छलफलमा सहभागी हुँदै सत्तापक्षका सांसदले अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेको विनियोजन विधेयकको प्राथमिकता र सिद्धान्त व्यावहारिक तथा वैज्ञानिक भएको तर्क गरे। प्रमुख विपक्षी दलका सांसदले भने दिशाहीन र लक्ष्यहीन रहेको आरोप लगाए । आयातमुखी अर्थतन्त्र हुनु, आन्तरिक उत्पादन बढाउने र आयात विस्थापन गर्दै निर्यात बढाउनका लागि पहल गर्नुपर्नेमा सांसदहरुले जोड दिए। विदेशी मुद्राको सञ्चिती कम हुँदै गएको, शोधान्तर घाटा बढिरहेका… पुरा पढौ

एकैदिन रु १००० ले बढ्यो सुनकाे भाउ, चाँदीमा पनि बृद्धि

काठमाडौं, ६ जेठ । साताको सुनचाँदीको कारोबार हुने पाँचौ दिन शुक्रबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ । छापावाल सुनमा रुपैयाँ १००० ले बृद्धि भएको छ । सेतो धातु चाँदीमा रुपैयाँ १५ ले बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार पहेंलो धातु छापावाल सुनमा रुपैयाँ १००० ले बृद्धि भएर तोलाको ९७ हजार ३०० रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि बिहिबार छापावाल सुनको भाउ तोलाको ९६ हजार ३०० रुपैयाँ कायम भइ कारोबार भएको थियो । तेजाबी सुन ९६… पुरा पढौ