आर्थिक 📈

प्रतिनिधि सभामा आजदेखि प्रि-बजेट छलफल, उत्पादन वृद्धि र पूर्वधार विकास बजेटकाे मुख्य प्राथमिकता

काठमाडौं, ४ वैशाख । प्रतिनिधि सभामा बजेट अधिवेशन शुरू भएको छ । बजेट अधिवेशन शुरू भएसँगै प्रतिनिधि सभामा आज (बुधवार)बाट प्री बजेट माथिको छलफल शुरू हुँदैछ । संसदमा आज र भोलि प्रिबजेट छलफल हुने कार्यसूची तय गरिएको छ । मंगलवार बजेट अधिवेशन शुरू गर्दै अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/८० को बजेटको सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका छन् । संसदमा अर्थमन्त्री शर्माले उत्पादन वृद्धि र पूर्वाधार विकासलाई बजेटको प्राथमिकता हुने बताएका छन् । बजेट पेश गर्नुभन्दा १५ दिन अगावै… पुरा पढौ

रु ९०० ले घट्यो सुनको भाउ, चाँदीमा पनि गिरावट

काठमाडौं, ४ जेठ । साताको सुनचाँदीको कारोबार हुने चौथो दिन बुधबार नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन तोलामा रुपैयाँ ९०० तथा चाँदीमा रुपैयाँ १० ले गिरावट भएको छ ।यसदिन छापावाल सुनमा रुपैयाँ ९०० ले घटेर तोलाको ९५ हजार ८०० रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि मंगलबार छापावाल सुनको भाउ तोलाको ९६ हजार ७०० रुपैयाँ कायम भइ कारोबार भएको थियो । तेजाबी सुन तोलाको ९५ हजार ३०० रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार… पुरा पढौ

रिभर फल्स पावरको आइपीओ आवेदन आजसम्म

काठमाडौं, ४ जेठ । रिभर फल्स पावर लिमिटेडले निष्काशन तथा बिक्रीमा ल्याएको आईपीओमा लगानीकर्ताले आजसम्म मात्रै आवेदन दिन पाउने भएका छन् । कम्पनीले वैशाख २८ गतेदेखि सर्वसाधारणका लागि बिक्रीमा ल्याएको सो आईपीओको लागि आवेदन पेश गर्ने आज अन्तिम दिन बाँकी रहेको हाे। कम्पनीले प्रतिसेयर १०० मूल्य अंकित दरको २७ लाख ३० हजार कित्ता सेयर बिक्रीमा ल्याएको हो । जसबाट ५४ हजार ६०० कित्ता सेयर कर्मचारीका लागि रहेको छ । १ लाख ३६ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषका लागि… पुरा पढौ

एनएमबि उर्जा ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं, ४ जेठ । एनएमबि बैंकले बिक्रीमा ल्याएको ‘एनएमबि उर्जा ऋणपत्र ४ प्रतिशत २०९३/९४’ नामको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन बाँकी रहेको छ । बैंकले वार्षिक ४ प्रतिशत ब्याजदर प्रदान गर्नेगरी ‘एनएमबि उर्जा ऋणपत्र ४ प्रतिशत २०९३/९४’ नामको ऋणपत्रकाे बिक्री खुला गरेको हो। बैंकले वैशाख २१ गतेदेखि बिक्री खुला गरेकाे १५ वर्षे समयावधि रहेको ३ अर्ब ५० करोड रुपैयाँ बराबरको सो ऋणपत्रमध्ये प्रतिकित्ता १ हजारको दरले ३५ लाख कित्ता ऋणपत्रबाट २१ लाख कित्ता व्यक्तिगत तवरले बाँडिने भएको छ ।… पुरा पढौ

बढ्यो सार्वजनिक यातायातका साधनमा ५ प्रतिशत भाडा, कुन रुटकाे कति ?(सूचीसहित)

काठमाडौं, ३ जेठ । सरकारले बुधबारबाट राष्ट्रियस्तरका रुटमा चल्ने सार्वजनिक यातायातका सवारीसाधन भाडामा बृद्धि गरेको छ । सरकारले केहिदिन अघि पेट्रोलियम पदार्थमा प्रतिलिटिर रुपैयाँ १० बृद्धि गरेको थियो भने अब केहि दिनमै पुनः मूल्यबृद्धि हुने कुरा आयल निगमले बाहिर ल्याईसकेको छ । यातायात क्षेत्रबाट बेला बेलामा भाडा बृद्धि वा भाडा समायोजनका माग गर्दै आएपनि व्यवसायीहरुले अझैं पूर्ण सन्तुष्टि लिन नसकिरहेको बेलामा सरकारले भाडा बृद्धिलाई पेट्रोलियम पदार्थमा भईरहेको निरन्तरको बृद्धि र त्यसबाट परिरहेको असरलाई संवोधन हुनेगरी स्वचालित प्रणाली अनुसार सार्वजनिक सवारीको… पुरा पढौ

जेठको पहिलो कारोबार भएकै दिन नेप्सेमा ८४.९० अंकको गिरावट

काठमाडौं, ३ जेठ । अन्तिम कारोबार भएको दिन वैशाख २९ गते ओरालो लागेको सेयर बजारको यात्राले साताको सेयर कारोबार भएकाे पहिलाे दिन आज पनि ओरालोतिर नै गएको छ । सेयर बजार राताम्मै हुँदा लगानीकर्ताको मनोवल घटाएको छ । काराेबार रकममा पनि कमि भएकाे छ । यहिबीचमा स्थानिय तहको निर्वाचन भएको र निर्वाचनको माहौलसंगै बजारमा सकारात्मक रौनक छाउला भन्ने अपेक्षा भने पूरा हुन सकेन । नेप्से परिसूचक ८४.९० अंकले घटेर २२६५.५२ विन्दुमा झरेको छ । नेप्सेमा ३.६१ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ… पुरा पढौ

नयाँ बजेटका लागी अर्थ मन्त्रालयलाई के–के आयो सुझाव ? (सूचीसहित)

काठमाडौं, ३ जेठ । अर्थमन्त्री जनार्दन शर्मालाई बजेटमा जनताले पुँजीगत लाभकर १० देखि १५ प्रतिशत बनाउनुपर्ने तथा उत्पादनमुलक उद्योगलाई करमा छुट दिनुपर्ने सुझाव दिएका छन् । अर्थमन्त्री शर्माले आगामी आर्थिक वर्षको लागि जनताको सुझाव टोल फ्रि नम्बरबाट लिएका थिए । अर्थमन्त्री शर्मालाई आएको सुझाव पुँजीगत लाभकर बढाउनुपर्ने तथा उद्योगमा कर घटाउनुपर्ने सुझाव छ । यसबाहेक आइपिओ निस्कासन र जारी गर्ने कम्पनीलाइ सामान्य सहुलियत दिदाँ अरु कम्पनी पनि पब्लिक कम्पनीमा जान उत्साही हुने उल्लेख छ । अर्थमन्त्रीलाई बजेटमा बैंकहरुले आइपीओमा लिने… पुरा पढौ

एकैदिन सुन तोलामा रु ११०० ले घट्यो, चाँदीमा बृद्धि

काठमाडौं, ३ जेठ । अघिल्लो महिना वैशाख २९ गते सुनचाँदीको भाउ बढेर अन्तिम कारोबार भएको थियो । सो दिन छापावाला सुन रुपैयाँ ८०० तथा चाँदीमा रुपैयाँ ५ ले बढेर कारोबार भएकोमा लगातार चार दिनको बिदापछि पाँचौ दिनमा आज नेपाली सुनचाँदी बजारमा सुनको भाउ घटेको छ । चाँदीको सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसदिन छापावाला सुनमा रुपैयाँ ११०० ले गिरावट भएको छ । सेतो धातु चाँदीमा रुपैयाँ १० ले बृद्धि भएको छ । छापावाल सुन तोलामा १… पुरा पढौ

आईओसीले पेट्रोलमा रु ८ र डिजेलमा रु ४ बढाएर पठायो नयाँ मूल्यसूची

काठमाडौं, २ जेठ । नेपालमा पेट्रोलियम पदार्थमा १० रुपैयाँ बृद्धि भएको २ दिपछि भारतीय आयल कर्पोेरेशन आइओसीले पेट्रोलमा प्रतिलिटिर रु ८ बढाएर मूल्यसूची पठाएको छ । आइओसीले हरेक १५ दिनमा नयाँ मूल्यसूची पठाउने गरेकोमा आज सोमबार पेट्रोलमा प्रतिलिटर रु ८ ले बृद्धि भएको जनाउ दिदैं नेपाल आयल निगमलाई नयाँ मूल्य सूची पठाएको हो । अहिले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेकोले नेपालमा पठाउने प्रशोधित तेलको मूल्य बढेको आयल निगमले जनाएको छ । आईओसीको नयाँ मूल्य अनुसार नेपालमा पेट्रोलको भाउमा प्रतिलिटर… पुरा पढौ

नयाँ बजेटका लागि राजश्व परामर्श समितिको सुझाव : आयात निरुत्साहनदेखि आयकर सीमा बढाउनेसम्म

काठमाडौं, २ जेठ । राजस्व परामर्श समितिले आगामी बजेट २०७९/८० का लागि राजस्व प्रतिवेदन पेश गरेको छ। आइतबार अर्थमन्त्रालयमा समितिका अध्यक्ष महेश दहाल समितिले अर्थमन्त्री जनार्दन शर्मालाई बुझाएका हुन्। समितिले बुझाएको सुझाव मन्त्रालयले ७० प्रतिशत लागू गर्ने गरेको समितिको भनाई छ। यो पटक समितिले करको दायरा विस्तार, आन्तरिक राजस्व वृद्धि गर्ने उपाय, आयात निरुत्साहनका लागि दिइने सुझाव लगायत विषय समेटिएको छ। समितिले यो पटक व्यक्तिगत आयकरको सीमा बढाउन सुझाव दिएको छ। आर्थिक वर्ष २०७५/०७६ मा आयकरको सीमा बढाइएको थियो। जसमा… पुरा पढौ