आर्थिक 📈

दुई दिन बन्द भएपनि सेयर बजार पाँचै दिन खुला

काठमाडौं, १४ वैशाख । नेपाल सरकारले हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको छ । बिदा साविकको बिदा दिईदै आएको शनिवार तथा अब आईतबार थपिएर दुई दिन भएको छ । याे जेठ १ गतेबाट लागू हुनेछ । यो बिदाको समयमा सेयर बजारमा के होला ? भन्ने धेरैमा जिज्ञासा उठ्नु स्वाभाविक नै हो । अहिले सेयर बजारमा कारोबार आईतबारदेखि बिहिबारसम्म पाँच दिन हुँदै आएको छ । आईतबार बिदा हुने भएपछि पहिले आईतबार हुँदै आएको सेयरको कारोबार चार दिनमा झर्ने त होईन… पुरा पढौ

३.५६ अंकले बढ्यो नेप्से, कारोबार रकम २ अर्ब पनि नाघेन

काठमाडौं, १४ वैशाख । साताको सेयर कारोबार हुने चौथो दिन बुधबार सेयर बजार सकारात्मक लयमा गएको देखिएको छ । नेप्से सामान्य ढंगले उकालो लागे पनि कारोबार रकम भने सन्तोषजनक भएन । कारोबार रकमले २ अर्बको संकेत दिन सकेन । उसो त नेप्से, बजार बन्द हुनुभन्दा केहिबेर अगाडीसम्म दोहोरो अंकले ओरालो लागेको थियो । नेप्सेमा भईरहने यसप्रकारको बदलिबदलिले लगानीकर्ताको मनोवल अझैं बढ्न सकेको छैन । नेपाली सेयर बजार राजनीतिक घटनाक्रम, विपदको समय, नियामक निकायको नेतृत्वमा हुने रिक्तता, राष्ट्र बैंकले अवलम्बन गर्ने… पुरा पढौ

कुरकुरे, चिजबलदेखि मोबाइलसम्मको आयातमा प्रतिबन्ध

काठमाडौं, १४ वैशाख । के तपाइँ कुरकुरे, चिजबल, लेज जस्ता खानेकुराको सौखिन हुनुुहुन्छ ? यदि हुनुहुन्छ भने अब तपाइँले यी अतिरिक्त स्वादयुक्त खानेकुराको लत त्याग्नुपर्ने भएको छ । किनभने यी खानाले तपाइँको स्वास्थ्य त बिगारेकै छन्, देशको आर्थिक स्वास्थ्यमा समेत धक्का दिएको देखिन आएको छ । त्यसैले नेपाल सरकारले अब यी खाद्यवस्तुहरुको आयातमा प्रतिबन्ध नै लगाउने निर्णय गरेको छ । भन्सार विभागका अनुसार चालु आवको नौ महिनाको अवधिमा मात्रै कूल १२ लाख ९३ हजार ५६ किलो बराबरको कुरकुरे, चिजबल, लेजजस्ता… पुरा पढौ

नेपालको आर्थिक वृद्धिदर ४.१ प्रतिशत पुग्ने आइएमएफको प्रक्षेपण

काठमाडौं, १४ वैशाख । नेपालले ४.१ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले प्रक्षेपण गरेको छ । एसिया तथा प्रशान्त क्षेत्रका मुलुकको आर्थिक प्रक्षेपण सार्वजनिक गर्दै आईएमएफले सन् २०२२ मा नेपालले सोबराबरको आर्थिक वृद्धिदर हासिल गर्ने प्रक्षेपण गरेको हो । आईएमएफका अनुसार सन् २०२३ मा नेपालको आर्थिक वृद्धिदर ६.१ प्रतिशत पुग्ने अनुमान छ । सन् २०२१ म भने नेपालले २.१ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गरेको आईएमएफले जनाएको छ । आईएमएफको प्रक्षेपणअनुसार छिमेकी मुलुक भारतले यस वर्ष ८.२ प्रतिशतको… पुरा पढौ

घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदैंछ कारोबार ?

काठमाडौं, १४ वैशाख । साताको सुनचाँदीको कारोबार हुने चौथो दिन बुधबार नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ ।छापावाल सुनमा रुपैयाँ ३०० तथा चाँदीमा रुपैयाँ १० ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा यसदिन रुपैयाँ ३०० ले घटेर तोलाको ९९ हजार रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि मंगलबार छापावाल सुनको भाउ तोलाको ९९ हजार ३०० रुपैयाँ कायम भई कारोबार भएको थियो । तेजाबी सुन तोलाको ९८ हजार ५०० रुपैयाँ कायम भई कारोबार भईरहेको छ । मंगलबार तेजाबी… पुरा पढौ

बिदेशी मदिरा, गाडी, माेबाइल सहित १० प्रकारका सामाग्री आयातमा सरकारले लगायाे प्रतिबन्ध (सूचीसहित)

काठमाडौं, १४ वैशाख । सरकारले १० प्रकारका सामानहरु नेपाल भित्र्याउन प्रतिबन्ध गरेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले १० प्रकारका विलासी उपभोग्य सामान नेपाल भित्र्याउन रोक लगाएको हो । मन्त्रालयले राजपत्रमा सूचना प्रकाशन गरी ती सामानहरू नेपाल भित्र्याउन प्रतिबन्ध गरिएको जानकारी दिएको छ । यस्ता सामानहरू असार मसान्तसम्मका लागि आयातमा रोक लगाइएको राजपत्रमा उल्लेख गरिएको छ । मन्त्रालयले कूटनीतिक नियोगका अधिकारीहरुलाई भने यी सामान ल्याउन बन्देज लागू नहुने जनाएको छ । यसैगरी वैशाख १३ गतेअघि बैंकिङ प्रक्रिया पूरा गरेकाहरुको… पुरा पढौ

आयमा कर छुटको सीमा परिमार्जन गर्न उद्योगी व्यवसायीको माग

काठमाडौं, १४ वैशाख । आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमा आयमा कर छुटको सीमा व्यक्तिको लागि ७ लाख र दम्पतिको लागि ८ लाख बनाउन उद्योग व्यवसायीले माग गरेका छन् । नेपाल उद्योग बाणिज्य महासंघलले आगामी आव २०७९/८० को बजेट पुर्वको छलफल कार्यक्रममा महासंघका राजस्व अनुसन्धान समितिले यस्तो माग गरेको हो । समितिका अध्यक्ष सन्दिप अग्रवालले सरकारले रेमिट्यान्स पठाउनेलाई इन्सेटिभ दिनुपर्ने र पासपोर्ट बनाउदा लाग्ने खर्च घटाउनु पर्ने समेत समितिको माग रहेको बताए । नेपालको खाद्य सुरक्षा र आयात घटाउन गहुँ,… पुरा पढौ

बैंक तथा वित्तीय संस्थाहरुमा २ अर्ब लगानी गर्दै राष्ट्र बैंक

काठमाडौं, १४ वैशाख । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुमा २ अर्ब रुपैयाँ लगानी गर्ने जानकारी गराएको छ । राष्ट्र बैंकले बैंकको विभिन्न कोषमा जम्मा भएको रकम २ अर्ब ५ लाख रुपैयाँ मुद्धती निक्षेप शिर्षकमा बैंक तथा वित्तीय संस्थाहरुमा लगानी गर्न लागेको हो । केन्द्रीय बैंकका अनुसार वाणिज्य बैंकहरुको लागि मात्र १ अर्ब ६० करोड ५ लाख लगानी गरिने भएको छ । राष्ट्रिय स्तरका विकास बैंकहरुमा ३० करोड रुपैयाँ र फाइनान्सका लागि १० करोड रुपैयाँ मुद्धति निक्षेपमा राखिने भएको… पुरा पढौ

माेडल हस्पिटल र सुरक्षा पालुवा सहकारीबीच सम्झौता

पाेखरा १३ वैशाख । माेडल हस्पिटल र सुरक्षा पालुवा बचत तथा ऋण सहकारी संस्था बीच सहकार्य गर्ने सम्बन्धको सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा माेडल हस्पिटलको तर्फबाट अस्पतालका एमडी भाेगेन्द्र बहादुर के सी तथा सुरक्षा पालुवा बचत तथा सहकारी संस्था लि का अध्यक्ष टुल्कनाथ आचार्यले हस्ताक्षर गरेका छन् । यो सम्झौतापछि सुरक्षा पालुवा सहकारीका सम्पूर्ण सेयर सदस्य तथा सदस्यका परिवार र सहकारीका कर्मचारीले माेडल हस्पिटलबाट प्रदान गर्ने सबै किसिमका स्वास्थ्य सेवामा न्यूनतम ५ प्रतिशतदेखि अधिकतम १५ प्रतिशत सम्म छुट… पुरा पढौ

नेप्से परिसूचकमा दोहोरो अङ्ककाे गिरावट

काठमाडौं, १३ वैशाख । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । आइतबार उच्च अङ्कले बढेको नेप्से परिसूचक सोमबार पनि ओरालो लागेको थियो । सोमबारकै लय पछ्याउँदै नेप्सेमा मङ्गलबार पनि गिरावट देखिएको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार १५.०२ अङ्कले ओरालो लागेको नेप्से परिसूचक दुई हजार ३७०.९९ मा थामिएको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.७४ अङ्कले घटेर ४५२.९५ मा ओर्लेको छ । नेप्सेको ओरालो यात्रासँगै कारोबार रकमसमेत घटेको… पुरा पढौ