आर्थिक 📈

आज विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौं, ४ फागुन । बुधबार नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विनिमयदरअनुसार आज अमेरिकी डलर १ को खरिददर १२०.२४ रुपैयाँ र विक्रिदर १२०.८४ रुपैयाँ कायम गरिएको छ । युरोपियन युरोको आज १ को खरिददर १३६.४५ रुपैयाँ र विक्रिदर १३७.१३ रुपैयाँ कायम गरिएको छ भने युके पाउन्ड स्टलिङको १ को खरिददर १६२.९५ रुपैयाँ र विक्रिदर १६३.७६ रुपैयाँ कायम गरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार आज अष्ट्रेलियन डलर १ को खरिददर ८५.८२… पुरा पढौ

नेष्डो समृद्ध लघुवित्तको ८ करोड २८ लाख ७५ हजार रुपैयाँ बराबरको आईपीओ निष्काशन हुँदै

काठमाडौं, ४ फागुन । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले फागुन ११ गतेबाट ८ करोड २८ लाख ७५ हजार रुपैयाँ बराबरको आईपीओ निष्काशन तथा बिक्रीमा ल्याउन लागेकाे छ । संस्थाले ८ लाख २८ हजार ७५० कित्ता सेयर बिक्रीमा ल्याउन लागेको हो । संस्थाले बिक्रीमा ल्याउने कुल ८ लाख २८ हजार ७५० कित्ता सेयरबाट १२ हजार ७५० कित्ता सेयर कर्मचारीका लागि रहेको छ । ४१ हजार कित्ता ४३७ कित्ता सेयर सामूहिक लगानी कोषका लागि रहेको छ । बाँकी रहने ७ लाख ७४… पुरा पढौ

राष्ट्र उत्थान लघुवित्तकाे ८ करोड ५० लाखको आईपीओमा आजदेखि आवेदन खुल्ला

काठमाडौं, ४ फागुन । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले निष्काशन गरेकाे ८ लाख ५० हजार कित्ता आईपीओकाे लागि आजदेखि आवेदन खुल्ला भएकाे छ । लघुवित्तले २६ करोडको ३२.६९ प्रतिशतले हुने ८ करोड ५० लाख रुपैयाँ बराबरको आईपीओ बिक्रीमा ल्याएकाे हो । रु १०० मूल्य अंकित दरको ८ लाख ५० हजार कित्ता आईपीओ जारि हुने भएको हो । कुल कित्ताबाट ४२ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषका लागि रहेको छ । १३ हजार कित्ता सेयर कर्मचारीको लागि छुट्याईएको छ ।… पुरा पढौ

नेपाल लाइफ इन्स्योरेन्सले ल्यायो ‘नेपाल लाइफ आइइन्स्योर’ बिमा योजना

काठमाडौं, ३ फागुन । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ‘नेपाल लाइफ आइइन्स्योर’ जीवन बिमा योजना सार्वजनिक गरेको छ । कम्पनीले न्यून लगानीमा अधिक जोखिम बहन गर्ने र लगानीको पनि सुनिश्चतता हुने भन्दै ‘नेपाल लाइफ आइइन्स्योर’ सार्वजनिक गरेकाे हो । इन्स्योरेन्सले नयाँ सार्वजनिक गरेको बिमा योजना मुनाफामा सरिक नहुने म्यादी जीवन बिमा योजना भएको जनाएको छ । ‘१८ वर्षदेखि ६० वर्ष उमेर समूहका व्यक्ति यो जीवन योजनामा सामेल हुन सक्नेछन् । न्यूनतम ५ वर्षदेखि अधिकतम २५ वर्षसम्मको बिमा अवधि लिन सकिने आइइन्स्योर… पुरा पढौ

नेप्से परिसूचक १.९७ प्रतिशतले बढ्यो, न्यादी हाइड्रोपावरको कारोबारमा सर्किट

काठमाडौं, ३ फागुन । साताको तेस्रो सेयर कारोबार उकालो लागेको छ । लगातार ओरालो लागेको सेयर बजार मंगलबार भने हरियाली देखिएको हो । आज सेयर कारोबार मापक नेप्से परिसूचक ५३.३० अंकले बढेर २ हजार ७५४.२८ अंकमा प्रवेश गरेको छ । नेप्से परिसूचकसँगै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि २.१२ प्रतिशतले बढेको छ । सेन्सेटिभ सूचक १०.८३ अंकले बढेर ५२२.१३ बिन्दुमा प्रवेश गरेको हो । मंगलबार २२४ कम्पनीको ६३ लाख ४३ हजार २२८ कित्ता सेयर ३ अर्ब २३ करोड… पुरा पढौ

राष्ट्र उत्थान लघुवित्तले बुधबारदेखि ८ करोड ५० लाखको आईपीओ निष्काशन गर्दै

rastra utthan laghubitta
काठमाडौं, ३ फागुन । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले बुधबार फागुन ४ गतेदेखि ८ लाख ५० हजार कित्ता आईपीओ निष्काशन गर्न लागेको जनाएको छ । लघुवित्तले २६ करोडको ३२.६९ प्रतिशतले हुने ८ करोड ५० लाख रुपैयाँ बराबरको आईपीओ बिक्रीमा ल्याउन लागेको हो । रु १०० मूल्य अंकित दरको ८ लाख ५० हजार कित्ता आईपीओ जारि हुने भएको हो । कुल कित्ताबाट ४२ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषका लागि रहेको छ । १३ हजार कित्ता सेयर कर्मचारीको लागि छुटयाईएको… पुरा पढौ

७ करोड ६६ लाख लगानीमा निर्माण भएकाे बागलुङकाे आधुनिक बसपार्क छिटै सञ्चालनमा आउदैं

काठमाडौं, ३ फागुन । निर्माण सम्पन्न भएर प्रयोगविहीन रहेको बागलुङकाे आधुनिक बसपार्कको सञ्चालनका लागि बागलुङ नगरपालिकाले छलफल थालेको छ । बागलुङ नगरपालिका–४ उपल्लाचौरको दावगह्रामा निर्माण भएको आधुनिक बसपार्क सञ्चालनका लागि नगरपालिकाले सरोकारवालासँग छलफल गरेको हो । सोमबार जिल्ला प्रशासन, प्रहरी, ट्राफिक प्रहरी, यातायात व्यवस्था कार्यालय, उद्योग वाणिज्य सङ्घ, जनप्रतिनिधि र यातायात व्यवसायी समेतको छलफलमा बसपार्क सञ्चालनका लागि आवश्यक राय मागिएको थियो । बसपार्क सञ्चालन हुँदा प्रयोगविहीन हुने चिप्लेटी बसपार्कको उपयोग, बागलुङ बजारमा ट्राफिक व्यवस्थापन र साना तथा ठूला सवारी साधनको… पुरा पढौ

धितोपत्र बोर्ड अध्यक्षको लागि ३ जनाको नाम सिफारिस

काठमाडौं, ३ फागुन । नेपाल धितोपत्र बोर्डको अध्यक्षको लागि ३ जनाको नाम सिफारिस भएको छ । छनोटका लागि गठित सिफारिस समितिले कृष्णराज पोखरेल, गोपालप्रसाद भट्ट र रमेशकुमार हमालको नाम सिफारिस गरेको हो । समितिले ५ जनाको अन्तर्वार्ता र प्रस्तुतीकरणपछि ३ जनाको नाम सिफारिस गरेको थियो । अन्तिम ५ मा परेका मध्येबाट निरज गिरी र खगेन्द्र कटुवालको नाम छनौटमा नपरेपछि पछि ३ जनाको नाम सिफारिस गरेको हो । अब मन्त्रिपरिषद्को बैठकले यी ३ जना मध्येबाट १ जनालाई बोर्ड अध्यक्ष नियुक्त गर्ने… पुरा पढौ

फेरि बढ्यो सुनचाँदीको भाउ, तोलाको कति पुग्यो ?

काठमाडौं, ३ फागुन । साताको सुनचाँदीको कारोबार हुने तेश्रो दिन मंगलबार आज नेपाली बजारमा सुनचाँदीको भाउ फेरि बढेको छ । एकदिन बिश्राम लिएको सुनको भाउमा यसदिन रुपैयाँ १२०० ले बृद्धि भएको छ । चाँदीमा रुपैयाँ २० ले बढेको छ । आईतबार एकैदिन तोलामा रुपैयाँ १५०० ले बृद्धि भएको सुनचाँदीको भाउ सोमबार स्थिर भएर कारोबार भएकोमा आज रुपैयाँ १२०० ले बढेर तोलाको ९६ हजार ७०० रुपैयाँ पुगेको छ । साेमबार छापावाला सुन ताेलाकाे ९५ हजार ५०० रपैयाँमा काराेबार भएकाे थियाे ।… पुरा पढौ

प्रि-ओपन सेसनमा २ अंकले बढ्यो नेप्से, १६ लाखको कारोबार

काठमाडौं, ३ फागुन । साताको तेस्रो कारोबारको प्रि-ओपन सेसनमा नेप्से परिसूचक २ अंकले बढेको छ । सेयर कारोबार मापक नेप्से परिसूचक २.३६ अंकले बढेर २ हजार ७०३.३४ अंकमा प्रवेश गरेको हो । नेप्सेसँगै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि झिनो अंकले बढेको छ । प्रि-ओपन सेसनमा सेन्सेटिभ परिसूचक ०.०५ अंकले बढेर ५११.३५ अंकमा प्रवेश गरेको हो । सो सेसनमा १२ कम्पनीको सेयर उकालो लागेको हो भने २ कम्पनीको सेयर माइनसमा गएका छन् । प्रि-ओपन सेसनमा १५ कम्पनीको २… पुरा पढौ