काठमाडौं, १६ माघ । आर्थिक इतिहासका अध्येता कृष्ण पौडेलको ‘विश्व आर्थिक क्रान्ति : सुमेरदेखि सिलिकन भ्यालीसम्म’ पुस्तक प्रकाशित भएको छ । बुकहिल पब्लिकेशनले प्रकाशन गरेको सो पुस्तकमा मानव जातिका संघर्ष, परिकल्पना र उपलब्धिहरूको विराट अभिलेखलाई समेटेको छ । ढुंगे युगदेखि आधुनिक विद्युतीय चामत्कारिक युगसम्ममा मानव जातिले हासिल गरेका उन्नति, प्रगति, उपलब्धि र वैभवका अन्तरकथाहरू साथै सामना गरेका चुनौती, विपत्ति र असफलताका गाथाहरू समेतलाई सरल र कौतुहलपूर्ण ढंगले व्याख्या गरिएको लेखक पौडेलले बताए । पुस्तकबारे उनले भने, ‘पुस्तकमा मूलतस् सुमेर सभ्यताको…
पुरा पढौ