आर्थिक 📈

तोलामा १०० रुपैयाँ बढ्यो सुनको मूल्य, चाँदीको कति ?

काठमाडौं, १२ पुस । साताको दोस्रो दिन सोमबार सुनको मूल्य एक सय रुपैयाँले बढेको छ । दुई दिनसम्म स्थिर मूल्य रहेको सुन सोमबार उकालो चढेको छ । शुक्रबार नै कायम भएको मूल्य आइतबारसमेत यथावत थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलाको ९३ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुनको मूल्य आज ९२ हजार सात सयमा कारोबार भइरहेको छ । आइतबार भने छापावाला सुनको भाउ शुक्रबारकै भाउ प्रतितोला ९३ हजार १०० रुपैयाँ र… पुरा पढौ

आज अमेरिकी डलरको भाउ १२० रुपैयाँ कायम

साताको दोस्रो दिन सोमबार एक अमेरिकी डलरको भाउ १२० रुपैयाँ कायम भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार सोमबार अमेरिकी डलर एकको खरिददर ११९.७४ रुपैयाँ र विक्रीदर १२०.३४ पैसा कायम भएको छ । त्यस्तै आज युरोपियन युरोको एकको १३५.५३ रुपैयाँ खरिद र १३६.२१ रुपैयाँमा बिक्रीदर कायम भएको छ । त्यस्तै युके पाउण्ड एकको खरिददर १६०.३० र बिक्रीदर १६१.१० रुपैयाँ कायम भएको छ । राष्ट्र बैंकको तथ्यांकअनुसार आज अष्ट्रेलियन डलर एकको खरिददर ८६.५१ र बिक्रीदर ८६.९५ कायम भएको छ । त्यस्तै… पुरा पढौ

व्यवसायीहरु भन्छन् – सुनचाँदी खरिदबिक्रीमै झमेला हुन थाल्यो

काठमाडौं, ११ पुस । नेपालमा बहुमूल्य गरगहनाहरुको किनबेचमै झमेला हुने गरेको व्यवसायीले बताएका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रमका सहभागीले बहुमूल्य गरगहनाहरुको किनबेच गर्न कानुनी रुपमा नै झन्झटिलो हुने गरेको बताएका हुन् । काठमाडौं सुनचाँदी व्यवसायी संघद्वारा आयोजित आयकर शिक्षा अन्तरक्रिया कार्यक्रममा नेपाल सुनचाँदी व्यवसायी महासंघका संस्थापक मणिरत्न शाक्यले व्यापारीहरु करको दायरामा आउन चाहे पनि अडिटमै खरिद बिक्रीमा झमेला हुने गरेको बताए । उनले भने, ‘व्यापारीहरु करको दायरामा आएका छन् । तर, त्यसमा नगद र चेक भुक्तानीबाट हुने कारोबारले गर्दा… पुरा पढौ

नेप्सेमा छायो हरियाली, कारोबारमा नबिल बैंक अब्बल

काठमाडौं, ११ पुस । साताको सेयर कारोबार हुने पहिलो दिन आईतबार सेयर बजार सकारात्मक लयमा देखिएको छ । दुई उपसमूह बाहेक सबैमा हरियो लागेको छ । उनीहरुको सेयर बढेको छ । अन्य दिनहरुकाे तुलनामा कारोबार रकममा पनि निकै सुधार भएको छ । लगानीकर्ताले अब नेप्सेकाे यात्रा उकालाेतिर लागेकाे हाेकि भन्ने महसुश गरेका छन् । यसले उनीहरुलाइ उत्साही बनाएकाे छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार नेप्से परिसूचक यसदिन ७१.२० अंकले बढेर २५९१.४२ विन्दुमा उक्लिएको छ । नेप्सेमा २.८२ प्रतिशतको बृद्धि… पुरा पढौ

पुँजीबजारको विकासमा प्रदेश सरकार सधैं सकारात्मक : मुख्यमन्त्री राई

विराटनगर, ११ पुस । प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्र राईले पुँजीबजारको विकासमा प्रदेश सरकार सकारात्मक भएको बताएका छन् ।नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आयोजना गरेको प्रदेश स्तरीय पुँजीबजार सचेतना कार्यक्रममा मुख्यमन्त्री राईले पुँजीबजारको विकासमा जहिल्यै सघाउने बताएका हुन् । विराटनगरमा आयोजित कार्यक्रम नेपाल मर्चेन्ट बैकर्स एशोसिएनशनको सहकार्यमा सञ्चालित भएको हो । कार्यक्रममा मुख्यमन्त्री राइले पुँजीबजारले छरिएर रहेको पैसालाई समेट्ने र त्यसले व्यवसाय र अर्थतन्त्र विकासमा सहयोग हुने हुँदा पुँजीबजारको बिरुद्धमा सरकार नरहेको बताए । ‘नेपालमा अहिलेको पुँजीबजारले विश्वास आर्जन… पुरा पढौ

आईतबार सुनचाँदीको भाउ स्थिर

काठमाडौं, ११ पुस । साताको सुनचाँदीको कारोबार हुने पहिलो दिन आईतबार नेपाली बजारमा सुनचाँदीको भाउमा कुनै परिवर्तन भएकाे छैन । सुनचाँदीको अन्तर्राष्ट्रिय बजारको भाउमा हुने परिवर्तनको प्रभाव नेपाली बजारमा पनि पर्दै आएको नेपाल सुनचाँँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार यसदिन छापावाला सुनको भाउ शुक्रबारकै भाउ प्रतितोला ९३ हजार १०० रुपैयाँ तोकिएको छ । तेजाबी सुन प्रतितोला ९२ हजार ६०० रुपैयाँमा कारोबार भईरहेको छ । शुक्रबार पनि तेजाबी सुन सोहि मूल्यमा कारोबार भएको थियो । चाँदी प्रतितोला १ हजार… पुरा पढौ

२.८३ प्रतिशतले घट्यो विद्युत चुहावट

काठमाडौं, ११ पुस । नेपाल विद्युत प्राधिकरणले चार महिनाको अवधीमा विद्युत चुहावट २.८३ प्रतिशतले घटाएको छ । चालू आर्थिक वर्ष २०७८/७९ को पहिलो चार महिनामा विद्युत चुहावटलाई घटाएर १४/३५ प्रतिशतमा झारेको हो । प्राधिकरण गत आवमा प्रणालीको १७.१८ प्रतिशतको चुहावटलाई चालू आवको चार महिनामा २.८३ प्रतिशत विन्दुले घटाएर १४.३५ प्रतिशतमा झारेको हो । कात्तिकसम्ममा प्रणालीमा रहेको चुहावटमध्ये वितरणतर्फ ९.२४ प्रतिशत छ भने बाँकी प्रसारण तथा उत्पादनतर्फको रहेको प्राधिकरणको तथ्यांकले देखाएको छ । पुरा पढौ

बिजुलीको अन्तर्राष्ट्रिय व्यापारमा नयाँ फड्को : विद्युत् व्यापार कम्पनीले पायो अनुमति

काठमाडौं, १० पुस । सरकारले अन्तर्राष्ट्रिय रुपमा विद्युत् व्यापारका लागि पहिलो पटक नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनीलाई अनुमति दिएको छ । मन्त्रिपरिषद्को बैठकले विद्युत् व्यापार कम्पनीलाई अनुमति दिएको हो । प्राधिकरणले झण्डै तीन वर्ष पहिले सो कम्पनी स्थापना गरी अनुमतिका लागि माग गर्दै आएको थियो । “विद्युत् व्यापारका लागि सरकारले प्राधिकरणको सहायक कम्पनीलाई अनुमति दिएको छ । अब सबै प्रक्रिया अगाडि बढ्छन्” ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले भनिन्, “विद्युत् व्यापारका लागि आवश्यक कामका लागि कम्पनीले अब प्रक्रिया अगाडि बढाउँछ… पुरा पढौ

अभिकर्ता किरणद्वारा श्रीमानको जन्मदिनमा बीमा पोलेसी उपहार

bima
पोखरा, ९ पुस । गास, बास, कपास र शिक्षासंगै अर्को महत्वपूर्ण आबश्यकताको रुपमा स्थापित हुँदै गरेको जीवन बीमा नेपालमा पनि क्रमश: आम जनताले अबलम्बन गर्न थालेका छ्न्। आफ्नो र परिवारको वित्तीय, स्वास्थ्यसंगै सुरक्षित जीवन यापनको महत्त्वपूर्ण आधार बन्दै गएको जीवन बीमा संस्कृतिलाइ पोखराकि एक अभिकर्ताले आफ्नो आफन्तलाई जन्मदिनमा जीवन बीमा पोलिसी उपहार प्रदान गरेर अबिस्मरणिय बनाएकी छन्। महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड पोखरामा कार्यरत अभिकर्ता किरण भाट क्षेत्रीले आफ्नो श्रीमान राजन कार्कीको ४५ औं जन्मदिनको अबसरमा पोलिसी उपहार प्रदान गरेकी हुन्।… पुरा पढौ

प्राधिकरणका ६ वर्ष : पुनर्निर्माण कति भए, कति छुटे ?

काठमाडौं, ७ पुस । नेपालमा दोस्रो ठूलो भूकम्प गएको सात वर्ष पुग्दैछ । २०७२ साल वैशाख १२ गते आएको भयानक विपदले हजारौंको ज्यान लियो भने लाखौं निजी तथा सार्वजनिक भवनहरुमा क्षति पुग्यो । विपदपछि सबै पूर्वाधारहरुको नवनिर्माण गर्ने भनेर गठन भएको पुनर्निर्माण प्राधिकरणले समयावधि सकिएको भन्दै सरकारलाई जिम्मेवारी हस्तान्तरण गरेको छ । भूकम्प गएको ९ महिनापछि सरकारले २०७२ पुस १० गते पुनर्निर्माण प्राधिकरणलाई पुनर्निर्माणका जिम्मेवारी दिएको थियो । सुरुमा प्राधिकरणले क्षति भएको ठाउँमा सर्वे गर्दा लाभग्राहीको सूचीमा करिब ९ लाख… पुरा पढौ