आर्थिक 📈

नेपाल एग्रो लघुवित्तको प्रदेश विपद् व्यवस्थापन कोषमा १ लाख सहयोग

पोखरा, २५ असार । नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडले गण्डकी प्रदेशअन्तर्गतको प्रदेश विपद व्यवस्थापन कोषमा झण्डै १ लाख रुपैयाँ सहयोग गरेको छ । संस्थाका अध्यक्ष रमेशकुमार कर्माचार्यले शुक्रबार मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई ९८ हजार ६ सय ८२ रुपैयाँ बरावरको चेक हस्तान्तरण गरेका हुन् । विपदबाट सर्वसाधारणको जीउज्यान र सार्वजनिक निजी तथा व्यक्तिगत सम्पत्ति प्रकृतिक एवम् साँस्कृतिक सम्पदा र भौतिक संरचना संरक्षण गर्न विपद जोखिम न्युनिकरण गर्नका लागि गण्डकी सरकारले प्रदेश विपद् व्यवस्थापन कोष संचालनमा ल्याएको छ । सो अवसरमा… पुरा पढौ

मेचीनगरलाई ‘तोरी जोन’ बनाउन सहकारी अभियान

झापा, २५ असार । कृषिमा उर्वर जिल्लाको मेचीनगरलाई तोरी जोनका रुपमा विकास गर्न स्थानीय सहज महिला समृद्धि बहुउद्देश्यीय सहकारी संस्थाले तोरीको उत्पादन, प्रशोधन र खेती प्रवद्र्धन कार्यक्रम अघि बढाएको छ । मेचीनगर–१० खयरडाँगीमा सो सहकारीले रु २० लाख ७० हजारको लगानीमा तोरी पेल्ने आधुनिक मेसिन स्थापना गरेको छ । संस्थाले वडा नं १०, १३ र १५ का किसानलाई तोरीखेतीमा लाग्न प्रोत्साहित गर्ने विभिन्न प्रवद्र्धनात्मक कार्यक्रम गरिरहेको छ । “भूवनोटका आधारमा मेचीनगर तोरीखेतीका लागि अत्यन्तै उर्वर क्षेत्र हो, परम्परागतरुपमा किसानले गर्दै… पुरा पढौ

सुनको मूल्यमा सामान्य बृद्धि, चाँदीको घट्यो

काठमाडौं, २५ असार । साताको छैटौं दिन शुक्रबार सुनको मूल्यमा सामान्य बृद्धि भएको छ । चाँदीको मूल्य घटेको छ । छापावाला सुनमा १०० रुपैयाँ बृद्धि भएको छ चाँदीमा ५ रुपैयाँ घटेको छ नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनमा रुपैयाँ १०० ले बृद्धि भएर प्रतितोला ९२ हजार ४०० रुपैयाँमा कारोबार भईरहेको छ । बिहिबार छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ३०० रुपैयाँ कायम भएको थियो । तेजाबी सुन प्रतितोला ९१ हजार ९०० रुपैयाँमा कारोबार भईरहेको छ । बिहिबार तेजाबी सुन… पुरा पढौ

प्रिमियर इन्स्योरेन्सको संस्थापक शेयर लिलामीमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं, २५ असार । प्रिमियर इन्स्योरेन्स कम्पनीको संस्थापक शेयर लिलामीका लागि आवेदन दिने शुक्रबार अन्तिम मौका हो । कम्पनीको ५ लाख ४८ हजार २५ कित्ता संस्थापक शेयर लिलामीका लागि आवेदन दिनका लागि कार्यालय खुला रहने समयसम्म मात्रै रहेको छ । प्रतिकित्ता शेयरको मूल्य ६०० रहेको छ । लगानीकर्ताहरुले यसैलाई आधार मानेर यसभन्दा बढी मूल्य राखि आवेदन दिन सक्नेछन् । लिलामी शेयरका लागि संस्थापक शेयरधनीहरु, व्यक्ति, कम्पनी र विभिन्न संघ संस्थाले बोलपत्र दिन सक्नेछन् । शेयरको बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल… पुरा पढौ

युनियन लाइफमा पहिलो दिनमै करिब डेढ गुणा माग

काठमाडौं, २५ असार । युनियन लाइफ इन्स्योरेन्सको आईपीओ बिक्री खुला गरेको पहिलो दिनमै करिब डेढ गुणा माग भएको छ। कम्पनीको ६४ लाख ५० हजार कित्ता आईपीओ मध्ये सामुहिक लगानी कोष र कर्मचारीलाई ५/५ प्रतिशत छुट्ट्याएर बाँकी रहेको ५८ लाख ५ हजार कित्ता सेयर सर्वसाधारणको लागि बिक्रि खुला गरेको छ। असार २४ गतेदेखि २८ गते सम्म आवेदन दिन सकिने आईपीओमा पहिलो दिननै ९१ लाख ६ सय कित्ता सेयरको लागि आवेदन परेको बिक्रि प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ। उक्त माग गरेको सेयर… पुरा पढौ

अर्थतन्त्रको आत्मविश्वास बढाउने मौद्रिक नीतिको तयारीमा छौं : गभर्नर अधिकारी

काठमाडाैं, २५ असार । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आगामी मौद्रिक नीतिका विषयमा नेपाल राष्ट्र बैंकलाई सुझाव दिएको छ । सेजनका तर्फबाट गभर्नर महाप्रसाद अधिकारीलाई ३५बुँदे सुझाव दिइएको छ । सेजनले चालू आर्थिक वर्षको मौद्रिक नीति कार्यान्वयनको चरणमै कोभिड–१९ को दोस्रो लहरले अर्थतन्त्रलाई जटिल मोडको पु¥याएको भन्दै अर्थतन्त्रको पुनरत्थानलाई नै ध्यानमा राखेर नीति ल्याउन आग्रह गरेको छ । “चालू आवको मौद्रिक नीतिले कोरोना भाइरसबाट थलिएको अर्थतन्त्रलाई पुर्नजीवित गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । राष्ट्र बैंकले लिएको नीतिका कारण… पुरा पढौ

फ्रान्सेली लगानीकर्तालाई नेपालमा लगानी गर्न महासङ्घका अध्यक्ष गोल्छाकाे आग्रह

काठमाडाैं, २५ असार । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले फ्रान्सेली लगानीकर्तालाई नेपालमा लगानी गरी अधिकतम लाभ उठाउन आग्रह गरेका छन् । नेपाल फ्रान्स व्यावसायिक मञ्चको भर्चुअल बैठकलाई सम्बोधन गर्दै अध्यक्ष गोल्छाले नेपाल लगानी भित्र्याउन तयार रहेको बताए । अध्यक्ष गोल्छाले नेपाल आर्थिक विकास र समृद्धिको मार्गमा अगाडि बढिसकेकाले नेपालमा पूर्वाधार विकास, पर्यटन, अर्थतन्त्रको डिजिटलाईजेसन, कृषि प्रशोधन उद्योगमा सम्भावना रहेको बताउदै फ्रान्सेली लगानीकर्तालाई आग्रह गरे । अध्यक्ष गोल्छाले महासङ्घले अगाडि बढाएको राष्ट्रिय आर्थिक रूपान्तरण रणनीति २०३० (नेट २०३०) का… पुरा पढौ

युनियन लाइफको आइपीओमा पहिलो दिनमै ९१ लाख ६०० आवेदन

काठमाडौं, २४ असार । युनियन लाइफ इन्स्योरेन्सको आजदेखि निष्काशन तथा बिक्रीमा ल्याईएको आइपीओमा पहिलो दिनमै उल्लेखनिय आवेदन परेकाे छ । सर्वसाधारणका लागि जारी गरिएको आइपीओमा पहिलो दिनमै १.४१ गुणा बढी आवेदन परेको निष्काशन तथा बिक्री प्रबन्धक रहेकाे प्रभु क्यापिटलले जनाएको छ । बिहिबार बेलुकी ५ बजेको समयसम्म ५ लाख १० हजार ९ सय ४५ जना सर्वसाधारण लगानीकर्ताहरुबाट ९१ करोड ६० हजार रकम बराबरको ९१ लाख ६०० कित्ता शेयरको लागि आवेदन परेको छ । यो कम्पनीले माग गरेभन्दा १.४१ गुणा बढी… पुरा पढौ

पाचौं दिनपछि बिहिबार छायाे शेयर बजारमा हरियाली

काठमाडौं, २४ असार । साताको पाँचौ दिन बिहिबार काराेबार हुने अन्तिम दिन शेयर बजारले सकारात्मक लय पकडेको छ । चार दिन लागातार ओरालो लागेको नेप्से उकालो लागेको छ । यसले लगानीकर्तामा उत्साह जगाएकाे छ । नेप्से परिसूचक २३.७६ अंकले बढेर २८२४.८९ विन्दुमा पुगेको छ । नेप्से ०.८५ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स ४.४१ अंकले बढेर ५२९.६६ विन्दुमा पुगेको छ । कुल २२३ कम्पनीको शेयर कारोबार भएको छ । १ करोड ३१ लाख ४३ हजार २४० कित्ता शेयरको खरिदबिक्रीबाट ४ अर्ब… पुरा पढौ

मैलुङ खोला जलविद्युतले पायो आइपीओ निष्काशनको अनुमति

काठमाडौं, २४ असार । मैलुङ खोला जलविद्युत कम्पनीले आइपीओ निष्काशनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई ७ लाख ३६ हजार २८६ कित्ता शेयर निष्काशनका लागि अनुमति दिएको हो । बोर्डबाट अनुमति पाएपछि कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ७ करोड ३६ लाख अठ्ठाईस हजार ६०० रुपैयाँ बराबरको ७ लाख ३६ हजार २८६ कित्ता शेयर निष्काशनको लागि तयारी शुरु गरेको छ । कम्पनीले यसअघि पहिलो चरणमा स्थानियका लागि १० प्रतिशत शेयर बिक्री गरेको थियो । बाँकी २० प्रतिशत सर्वसाधारणका… पुरा पढौ