आर्थिक 📈

सुनको मूल्य तोलामा सय रुपैयाँ बढ्यो, चाँदी ५ रुपैयाँ घट्यो

काठमाडौं, २६ जेठ। बुधबार सुनको मूल्य तोलामा एक सय रुपैयाँ बढेको छ। बुधबार सुन तोलाको ९४ हजार २ सय रुपैँया निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यसअघि मंगलबार तोलामा ३ सय रुपैयाँ बढेर सुन तोलाको ९४ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो। सुनको मूल्य बढेपनि चाँदीको मूल्य भने घटेको छ। तोलामा ५ रुपैयाँ घटेर बुधबार चाँदी तोलाको १३ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। पुरा पढौ

बजेट, नीति तथा कार्यक्रम तर्जुमा स्थानीय तह

दमौली, २६ जेठ । असार १५ गते स्थानीय तहले बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था छ । सोही व्यवस्थाबमोजिम जिल्लाका स्थानीय तह आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट, नीति तथा कार्यक्रम तर्जुमाको तयारीमा जुटेका छन् । बजेट, नीति तथा कार्यक्रमको तयारी शुरु हुँदै गर्दा तनहुँका स्थानीय तहले सुझाव माग गर्न शुरु गरेका छन् । आगामी वर्षको बजेट, नीति तथा कार्यक्रममा समेट्न सकिने विषयलाई इमेलमार्फत सुझाव माग गरिएको सदरमुकामस्थित व्यास नगरपालिकाका प्रवक्ता मोहनकुमार श्रेष्ठले बताए। श्रेष्ठका अनुसार सम्पूर्ण नगरवासी,… पुरा पढौ

जोखिम ख्याल गरेर लगानी गर्न धितोपत्र बोर्डको अनुरोध

काठमाडौं, २६ जेठ। नेपाल धितोपत्र बोर्डले जोखिम ख्याल गरेरमात्र लगानी गर्न अनुरोध गरेको छ। पछिल्लो समय धितोपत्रको प्राथमिक र दोस्रो बजारमा लगानी गर्ने लगानीकर्ताको संख्या बढिरहेको तथा कारोबार रकम र कारोबार संख्या समेत बढेको भन्दै बोर्डले जोखिम बहन गर्नसक्ने गरी मात्र लगानी गर्न अनुरोध गरेको हो। धितोपत्रमा लगानी गर्ने लगानीकर्तालाई धितोपत्र खरिद बिक्री सम्बन्धी निर्णय गर्दा सम्बन्धित क्षेत्र, उद्योग तथा कम्पनीको हरेक पक्षको जानकारी लिन पनि बोर्डले अनुरोध गरेको छ। पछिल्लो समय धितोपत्रको दोस्रो बजारमा कारोबार वृद्धिसँगै शेयर कर्नरिङ्ग, सर्कुलर… पुरा पढौ

प्रभु बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं, २६ जेठ । प्रभु बैंकले जारी गरेको ऋणपत्रमा बुधबार बेलुकीसम्म आवेदन दिन सकिनेछ । १० वर्ष अवधिको ‘८.५० प्रभु बैंक डिबेन्चर २०८७’ मा बुधबार बेलुकीसम्म आवेदन दिन सकिनेछ । वार्षिक ८ दशमलव ५० प्रतिशत ब्याजदर रहेको ऋणपत्रमा आवेदन दिने समय बुधबार (जेठ २६) अन्तिम दिन तोकिएकाले बुधबार बेलुकीसम्म आवेदन दिन सकिने भएको हो । ऋणपत्रमा आज कार्यालय समयभित्र आवेदन दिन सकिनेछ । बैंकले जेठ ११ गतेदेखि जेठ २६ सम्मका लागि ४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री खुला गरेको हो… पुरा पढौ

बुधबारको विनिमय दर : कुनको कति ?

काठमाडौं, २६ जेठ। नेपाल राष्ट्र बैंकले बुधबारको लागि विदेशी विनिमय दर तोकेको छ। राष्ट्र बैंकले बुधबार अमेरिकी डलर १ को खरिद दर ११६ रुपैयाँ ३३ पैसा र बिक्री दर ११६ रुपैयाँ ९३ पैसा तोकेको छ। यस्तै यूरोपियन यूरो १ को खरिद दर १४१ रुपैयाँ ६२ पैसा र बिक्री दर १४२ रुपैयाँ २५ पैसा, यूके पाउण्ड स्टर्लिङ १ को खरिद दर १६४ रुपैयाँ ४५ पैसा र बिक्री दर १६५ रुपैयाँ ३० पैसा तोकेको छ। यसैगरी बहराइन दिनार १ को खरिद दर… पुरा पढौ

साना वैदेशिक लगानीका लागि केन्द्रीय बैंकबाट स्वीकृति लिनु नपर्ने

काठमाडौं, २६ जेठ । अबदेखि स–साना विदेशी लगानी नेपालमा ल्याउनका लागि नेपाल राष्ट्र बैंकबाट स्वीकृति लिनु नपर्ने भएको छ । विदेशी ऋणका लागि भने अनुमति लिनुपर्नेछ । नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको ‘ नेपाल राष्ट्र बैंक विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७८’ मा यहाँ स्थापना हुने उद्योग तथा कम्पनीको दर्तालगायतका सम्भाव्यता अध्ययन खर्च र पूर्वसञ्चालन खर्चबापतको विदेशी मुद्रा इच्छुक विदेशी लगानीकर्ताले बैंकिङ प्रणालीमार्फत् नेपाल पठाउन÷भित्र्याउन स्वीकृति लिनु नपर्ने व्यवस्था गरेको छ । विदेशी लगानीको पूर्वस्वीकृति वा राष्ट्र बैंकको… पुरा पढौ

निरन्तर नेप्सेमा नयाँ कीर्तिमान, विकास बैंक र फाइनान्समा झुम्मिए लगानीकर्ता

काठमाडौं, २५ जेठ । साताको तेश्रो दिन मंगलबार शेयर बजारमा फेरि नयाँ कीर्तिमान थपिएको छ । अघिल्लो आईतबार नेप्से २९०६.९१ विन्दुमा पुगेर रेकर्ड कायम गरेकोमा आज सोहि रेकर्ड तोडिएर नयाँ रेकर्ड कायम भएको छ । नेप्से २९६०.१४ विन्दुमा पुगेको छ । जो अहिलेसम्मकै उच्च विन्दु बनेकाे हो । आज विकास बैंक तथा फाइनान्स उपसमूहमा उछाल आएको छ । विकास बैंक उपसमूहतर्फ परिसूचक ९.०४ प्रतिशतले बृद्धि भएको छ । यस्तै फाइनान्स उपसमूहतर्फ परिसूचक ८.७१ प्रतिशतले बढेको छ । म्युचुअल फण्ड २.२५,… पुरा पढौ

साल्ट ट्रेडिङले २० प्रतिशत छुट बिहान मात्र दिने

काठमाडाैं, २५ जेठ । सरकारी स्वामित्वमा सञ्चालित साल्ट ट्रेडिङ कर्पोरेसनले सरकारले दिएको २० प्रतिशत छुट बिहान मात्र दिने भएको छ । शुक्रबारदेखि सिमित वस्तुमा मात्र २० प्रतिशत छुट दिएको कम्पनीले आजदेखि बिहान ७ बजेदेखि ९ बजेसम्म खाद्यान्नमा छुट दिन लागेको हो । छुटमा खाद्य पदार्थ खरिद गर्न धेरै सेवाग्राहीको भिड बढेपछि कम्पनीले बिहान दुई घण्टा मात्र बिक्री काउन्टर खुला गरेर सहुलियतको खाद्य पदार्थ बिक्री गर्ने निर्णय गरेको हो । ‘काठमाडौं जिल्ला प्रशासनबाट जारी निषेधाज्ञासम्बन्धी आदेशअनुसार आज जेठ २५ गतेदेखि बिहान… पुरा पढौ

६ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट

काठमाडौं, २५ जेठ । मंगलवार ६ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सांग्रिला डेभलपमेन्ट र ग्रिन डेभलपमेन्ट बैंकसहित ६ कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको हो । सांग्रिला, ग्रिन डेभलपमेन्ट बैंक, समृद्धि फाइनान्स, गोखार्ज फाइनान्स, श्री इन्भेष्टमेन्ट फाइनान्स र जानकी फाइनान्सको शेयरमूल्यमा सर्किट लागेको हो । सांग्रिला डेभलपमेन्टको शेयरमूल्य ४५१ र ग्रिन डेभलपमेन्टको ३७४, बैंकगोखार्ज फाइनान्सको शेयरमूल्य १२७६ रुपैयाँ, समृद्धि फाइनान्सको ४४०, श्री इन्भेष्टमेन्ट फाइनान्सको शेयरमूल्य ४७३ रुपैयाँ र जानकी फाइनान्सको शेयरमूल्य ४६२ रुपैयाँ पुगेको छ । पुरा पढौ

साल्ट ट्रेडिङको बिक्री कक्ष दुई घण्टामात्र खुल्ने

काठमाडौं, २५ जेठ । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले मंगलबारदेखि बिहान दुई घण्टामात्र बिक्री कक्ष खोल्न थालेको छ । साल्ट ट्रेडिङले अघिल्लो मंगलबार निषेधाज्ञाभर खाना पकाउने एसटीसी ग्यास, भटमासको तेल, नुन, चिनी र पिठोमा २० प्रतिशत छुट दिने घोषण गर्दै बिक्री कक्ष खुला गरेको थियो । यो घोषणासँगै बिक्री कक्षमा पुग्नेको भिड बढेपछि कोरोनाको जोखिम बढेको भन्दै साल्ट ट्रेडिङले आजदेखि बिहान दुई घण्टामात्रै कक्ष खोल्ने निर्णय गरेको हो । अब बिहान ७ देखि ९ बजेसम्म मात्र साल्ट ट्रेडिङको बिक्री कक्ष खुला… पुरा पढौ