आर्थिक 📈

रिलायन्स फाइनान्सकाे लाभांश सुरक्षित गर्ने आज अन्तिम माैका

काठमाडाैं, ९ वैशाख । रिलायन्स फाइनान्सका शेयरधनीहरुकाे लागि लाभांश सुरक्षित गर्ने समय आजसम्म मात्रै रहेको छ । फाइनान्सले साधारण सभाको प्रयोजनार्थ शुक्रबार बुक क्लोज गर्ने भएको छ । लाभांश प्राप्त गर्नका लागि आजसम्म शेयरधनी कायम हुनुपर्ने भएकोले अन्तिम मौका रहेको छ । फाइनान्सका अनुसार कुल १०.२३ प्रतिशत लाभांश वितरण गरिने भएको छ । वैशाखको २२ गते लैनचौर बैंक्वेट, लैनचाैरमा डाकिएको फाइनान्सको ११ औं साधारण सभाबाट प्रस्ताव पारित भएपछि लाभांश वितरण हुनेछ । साधारण सभामा उपयुक्त लागेका बैंक तथा वित्तीय संस्थासंगको… पुरा पढौ

राष्ट्रिय गौरवको आयोजना : दूधकोशी जलविद्युत्बाट डुबानमा पर्ने जग्गाको स्रेस्ता उतार्ने काम शुरु

खोटाङ, ९ वैशाख । रभुँवाघाटबाट उत्पादन गर्न लागिएको ६३५ मेगावाट क्षमताको दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाबाट डुबानमा पर्ने जग्गाको स्रेस्ता उतार्ने काम शुरु गरिएको छ । राष्ट्रिय गौरवको आयोजनामा पर्ने उक्त जलविद्युत् आयोजनाबाट डुबानमा पर्ने जग्गाधनीलाई मुआब्जा दिएर अधिग्रहण गर्ने उद्देश्यले जग्गाको स्रेस्ता उतार्ने काम शुरु गरिएको हो । खोटाङको रावाबेँसी गाउँपालिका–३ लामीडाँडा र ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–६ भदौरेको सिमानामा पर्ने रभुँवाघाटबाट उत्पादन गर्न लागिएको उक्त जलाशययुक्त जलविद्युत् आयोजनाले ओगट्ने जग्गामध्ये रावाबेँसी गाउँपालिका (खोटाङ)भित्रका जग्गाको स्रेस्ता उतार्ने काम सम्पन्न गरिएको छ ।… पुरा पढौ

सनराइज बैंकका थप दुई शाखारहित बैंकिङ सेवा सञ्चालनमा

काठमाडौं, ९ वैशाख । सनराइजबैंक लिमिटेडले ललितपुरको महाङ्काल गाउँपालिका–६, ठूलादुर्लुङ र सप्तरीको खड्क नगरपालिका–११ बनौलीमा शाखारहित बैंकिङ सेवाको शुरुआत गरेको छ । दुवै शाखारहित बैंकिङ सेवा सञ्चालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ सेवा सङ्ख्या ७६ पुगेको बैंकले जनाएको छ । बैंकिङ सेवाका माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाउँबाट समेत शाखारहित बैंकिङ सेवाअन्तर्गत ग्राहकले एटिएम कार्ड प्रयोग गरी निक्षेप सङ्कलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानीसमेत गर्न सक्नेछन् । कृषि र रेमिट्यान्स प्रमुख आयस्रोत रहेको सो क्षेत्रका बासिन्दामा बैंकिङ… पुरा पढौ

शेयर बजारमा दोहोरो अंकको गिरावट, १२ उपसमूह राताम्मै

काठमाडौं, ८ वैशाख । साताको चौथो दिन बुधबार आज शेयर बजारको लय सकारात्मक देखिएन । कारोबार पनि उत्साह जगाउने खालको भएन । कारोबार रकममा बढोत्तरी हुन नसक्दा लगानीकर्ताहरु शेयर बजारको लय सकारात्मक लयमा आउने दिनकाे पर्खाईमा रहेका छन् । आज नेप्से परिसूचक ३२.४१ अंकले घटेर २६३२.२० विन्दुमा पुगेको छ । नेप्से १.२२ प्रतिशतले घट्दा सेन्सेटिभ इण्डेक्स ६.२१ अंकले घटेर ४७३.३९ विन्दुमा पुगेको छ । आज कुल २१४ कम्पनीको शेयर कारोबार भएको छ । १ करोड ३७ लाख ८७ हजार २१८… पुरा पढौ

सिईडिबि हाइड्रोपावरको आइपीओ वैशाख १७ देखि निष्काशन हुँदै

काठमाडौं, ८ वैशाख । सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले वैशाख १७ गते २५ लाख १८ हजार २३० कित्ता आइपीओ निष्काशन गर्ने तयारी गरेकाे । कम्पनीले सर्वसाधारणको लागि जारी पूँजी ८३ करोड ९४ लाख १० हजार रुपैयाँको ३० प्रतिशतले हुन आउने २५ करोड १८ लाख २३ हजार रुपैयाँ बराबरको शेयर निष्काशन गर्न लागेको हो । कम्पनीका अनुसार निष्काशन हुने आइपीओबाट ५० हजार ३६५ कित्ता शेयर कर्मचारीको लागि र १ लाख २५ हजार ९११ कित्ता शेयर सामुहिक लगानी कोषको लागि छुट्याईएको छ ।… पुरा पढौ

बागलुङ-पर्वत जोड्ने झोलुङ्गे पुल तरेको २० रुपैयाँ कर

गलकोट, ८ वैशाख । सङ्घीय सरकारद्वारा हालै निर्माण सम्पन्न भएपछि सञ्चालनमा आएको बागलुङ–पर्वत जोड्ने बाङ्गेचौर–अदुवाबारी झोलुङ्गे (५६७ मिटर लामो) पुलमा तरेपछि रु २० कर तिर्नुपर्ने भएको छ । सो पुल विश्वकै लामो दावी गरिँदै आएको छ । बागलुङ नगरपालिकाले पूर्वाधार कर भनी मङ्गलबारदेखि कर सङ्कलन शुरु गरेको छ । प्रतिव्यक्ति रु २० कर लिने कामको सामाजिक सञ्जालमा चर्को आलोचना भएको छ । अबदेखि पुलमार्फत ओहरदोहर गर्नेले प्रतिव्यक्ति रु २० कर बुझाउनुपर्ने हुन्छ । नगरपालिकाका प्रमुख जनकराज पौडेलले पुलकै पूर्वाधारमा खर्च… पुरा पढौ

कागजको ग्लास उद्योग सञ्चालनमा

वाग्मती, ८ वैशाख । मकवानपुरको हेटौँडामा कागजको ग्लास उद्योग स्थापना भई सञ्चालनमा आएको छ । चिनियाँ प्रविधिका यन्त्र र आवश्यक सामग्रीसहित रु ३० लाखको लागतमा हेटौँडा उपमहानगरपालिका–५ मा डाँफेमा पेपर कप उद्योग सञ्चालनमा आएको हो । पछिल्लो समय अत्यधिक प्रयोगमा आएको कागजको ग्लासको माग बजारमा धेरै रहेकाले उद्योग सञ्चालनमा ल्याइएको सञ्चालक जनकराज न्यौपाने बताए । उद्योगलाई १२ घण्टा सञ्चालनमा ल्याउँदा दैनिक ३२ हजार थान कप उत्पादन गर्ने लक्ष्य रहेको बताइएको छ । एक सय ५० मिलिलिटरको कप उत्पादन गर्ने सो उद्योगबाट… पुरा पढौ

ह्वात्तै बढ्यो सुनचाँदीको मूल्य, कारोबार कतिमा हुँदैछ ?

काठमाडौं, ८ वैशाख । साताको चौथाे दिन बुधबार आज सुनचाँदीको मूल्य ह्वात्तै बढेको छ । सुनमा रुपैयाँ १३०० तथा चाँदीमा १० रुपैयाँले बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला रुपैयाँ १ हजार ३०० ले बृद्धि भएर ९२ हजार रुपैयाँमा कारोबार भएको छ । मंगलबार छापावाला सुनको मूल्य प्रतितोला ९० हजा र ७०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै तेजाबी सुनको मूल्य आज ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको छ । मंगलबार तेजाबी सुनको… पुरा पढौ

किसानकाे गहुँ सरकारले खरिद गर्दै

वीरगञ्ज, ८ वैशाख । प्रत्येक वर्ष धान खरिद गर्दै आएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय वीरगञ्जले मङ्गलबारदेखि किसानसँग समर्थन मूल्यमा गहुँ खरिद शुरु गरेको छ । संस्थानले नगदमै किसानसँग गहुँ खरिद शुरु गरेको हो । यसअघि सरकारी स्वामित्वमा रहेको संस्थानलाई धान बेच्दा राम्रो मूल्य पाएका किसान अहिले गहुँ बेच्नका लागि आकर्षित हुन थालेका छन् । सरकारले गहुँको समर्थन मूल्य प्रतिक्विन्टल रु तीन हजार १११ निर्धारण गरेपछि किसानले सरकारलाई गहुँ बिक्री गर्न थालेको किसान विजय पण्डितले बताए ।… पुरा पढौ

पूँजीगत खर्च र पूर्वाधार निर्माणमा लक्ष्य भेटिएन : अर्थ समिति

काठमाडौं, ८ वैशाख । प्रतितिनिधिसभा, अर्थ समितिले बजेट कार्यान्वयन, पूँजीगत खर्च, विकास लक्ष्य, कर्मचारी व्यवस्थापन र सार्वजनिक खरिद प्रक्रियालगायतका विषयमा उठ्दै आएका प्रश्नबारे सबै मन्त्रालय र सम्बन्धित निकायसँग जानकारी लिइरहेको छ । बजेट कार्यान्वयन भएन, पूँजीगत खर्च बढाउन सकिएन, विकास निर्माणले तीव्रता पाएन भनी सधैँभर सुन्नुपर्ने मात्र होइन, पूर्वाधार निर्माणमा लक्ष्यअनुरूप प्रगति हात नपर्ने अवस्थालाई सदाका लागि अन्त्य गर्ने हेतुले समितिले यसपटक सबै मन्त्रालयका नेतृत्वसँग बजेट कार्यान्वयनको अवस्था र चुनौतीबारे जानकारी माग गरेको हो । संसदीय समिति र सरकारले निर्देशन… पुरा पढौ