आर्थिक 📈

वैशाख २७ भित्रै कतारी रियाल साट्न राष्ट्र बैंककाे आग्रह

काठमाडौं, ७ वैशाख । नेपाल राष्ट्र बैंकले यही वैशाख २७ गतेदेखि कतारी रियालको कारोवार बन्द हुने जनाएको छ । केन्द्रीय बैंकले आज एक सूचना प्रकाशित गर्दै सो अवधिभित्रै कतारी रियाल सटही गर्न भनेको छ । त्यसपछि कारोवार बन्द हुने सूचनामा उल्लेख छ । कतारको केन्द्रीय बैंकले चलनचल्तीमा रहेका बैंक नोट आगामी असार १७ देखि नयाँ नोट प्रकाशनमा ल्याउने भएकाले पुराना नोट नचल्ने निर्णय गरेको छ । सो अवधिभन्दा अगावै सटहीका लागि समयसीमा तोकिएको हो । वैदेशिक रोजगारीका लागि कतार गएका नेपालीले… पुरा पढौ

नेप्से २.६८ अंकले बढ्यो, ५ अर्ब ५३ करोड बढीको कारोबार

काठमाडौं, ७ वैशाख । साताको तेश्रो दिन मंगलबार आज शेयर बजारको लय सकारात्मक देखिएको छ । तर आज कारोबार अन्य दिनहरुको तुलनामा कम नै देखिएकाे छ । नेप्से परिसूचक आज २.६८ अंकले बढेर २६६४.६१ विन्दुमा पुगेको छ । नेप्से आज ०.१० प्रतिशतले बढेको हो भने सेन्सेटिभ इण्डेक्स ०.५० अंकले बढेर ४७९.६० विन्दुमा पुगेको छ । आज कुल २१६ कम्पनीको शेयर कारोबार भएको छ । १ करोड २३ लाख ६९ हजार ५०१ कित्ता शेयरको खरिदबिक्री हुँदा ५ अर्ब ५३ करोड ८६… पुरा पढौ

तिनाउ मिसन गाभेको सिटिजन्सकाे ९ महिनाकाे मुनाफा डेढ अर्ब बढी

काठमाडौं, ७ वैशाख । तिनाउ मिसन डेभलपमेन्ट बैंकलाई गाभेको सिटिजन्स बैंक इन्टरनेसनले मुनाफा आर्जनमा राम्रो सुधार गरेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमास अर्थात चैत मसान्तसम्म यस बैंकले १ अर्ब ५४ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले अघिल्लो आर्थिक वर्षको तेस्रो त्रैमासको अवधिको तुलनामा ४१.६१ प्रतिशत नाफा बढाएको हो । बैंकको वितरणयोग्य मुनाफा २२७.५८ प्रतिशत बढेर १ अर्ब ३४ करोड ६२ लाख रुपैयाँ पुगेको छ । चैत मसान्तसम्म बैंकको खुद ब्याज आम्दानी १३.१९ प्रतिशत बढेको छ… पुरा पढौ

फेरि घट्यो सुनको मूल्य, चाँदीको स्थिर

काठमाडौं, ७ वैशाख । साताको तेश्रो दिन मंगलबार छापावाला सुनको मूल्य ओरालो लागेको छ । चाँदीको मूल्य भने स्थिर रहेको छ । आज छापावाला सुनमा रुपैयाँ ३०० ले गिरावट भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९० हजार ७०० रुपैयाँमा कारोबार भएको छ । सोमबार छापावाला सुनको मूल्य प्रतितोला ९१ हजार कायम भएको थियो । आज तेजाबी सुनको मूल्य प्रतितोला ९० हजार २०० रुपैयाँ कायम भएको छ । सोमबार तेजाबी सुनको मूल्य प्रतितोला ९० हजार… पुरा पढौ

मूनाफामा मुक्तिनाथ विकास बैंक अव्वल, ९ महिनामा कमायो अर्ब बढी नाफा

काठमाडौं, ७ वैशाख । मुक्तिनाथ विकास बैंकको मूनाफा अर्ब नाघेको छ । मंगलबार मुक्तिनाथले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार चालु आर्थिक वर्षको तेस्रो त्रैमास अर्थात चैत मसान्तसम्म बैंकले १ अर्ब ५६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो मूनाफा अघिल्लो आर्थिक वर्षमा मुक्तिनाथले कमाएको भन्दा करिब ४६ प्रतिशतले धेरै हो । बैंकको खुद ब्याज आम्दानी ११.८२ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ४७.३० प्रतिशत बढेको छ । बैंकको निस्कृय कर्जा भने थोरै बढेको छ । बैंकको प्रतिशेयर आम्दानी… पुरा पढौ

बैंक तथा वित्तीय संस्थामा सुरक्षाका मापदण्ड अपनाउन राष्ट्र बैंकको निर्देशन

काठमाडौं, ७ वैशाख । राष्ट्र बैंकले कोरोना भाइरसको दोश्रो लहरको कहरलाई मध्येनजर गर्दै बैंक तथा वित्तीय संस्थाहरुलाई काम गर्न निर्देशन दिएको छ । बैंक तथा वित्तीय संस्थाहरुलाई स्वास्थ्य सुरक्षाका सम्पूर्ण उपायहरु अपनाई सजगताकासाथ वित्तीय कारोबार गर्न निर्देशन दिएको हो । वित्तीय कारोबार गर्दा बैंक तथा वित्तीय संस्थाहरुमा भीडभाड हुन नदिने, भौतिक दूरीलाई कायम गरेर सेवा पर्वाह गर्न आग्रह गरेको छ । राष्ट्र बैंकले संभव भएसम्म विद्युतीय माध्यमबाट सेवा लिन दिन, एटिएम बुथहरुको निसंक्रमण गर्न, सेनेटाईजर र टिस्सु पेपरको व्यवस्था गर्न… पुरा पढौ

हुलासको हट डिप गाल्भानाइजिङ फ्यासिलिटी र वेस्ट ट्रिटमेन्ट प्लान्टसहितको ट्युब मिल सञ्चालन

काठमाडौं, ६ वैशाख । मुलुकको प्रतिष्ठित ब्यावसायिक घराना दिवाकर गोल्छा कर्पोरेसन अन्र्तगतको हुलास स्टिल इन्डस्ट्रिजले अझ परिस्कृत अत्याधुनिक हट डिप गाल्भानाइजिङ फ्यासिलिटी र वेस्ट ट्रिटमेन्ट प्लान्टसहितको नयाँ ८ इन्च सम्मको ट्युब मिल सुरु गरेको छ । कम्पनीले हट डिप गाल्भानाइजिङ सन् १९८६ मा र ८ इन्च ट्युब मिल सन् १९९९ मा सुरु गरेको थियो । हुलास स्टिल नेपालमा यी दुवै वस्तुको उत्पादन सुरु गर्ने पहिलो कम्पनी हो ।गाल्भानाइज्ड पाइपका हिप्को ब्रान्डका गुणस्तरीय ब्ल्याक पाइप उत्पादन गर्दै आइरहेको हुलास स्टील इन्डस्ट्रिज… पुरा पढौ

नेप्से ३७.५८ अंकले घट्याे, ११ उपसमूह राताम्मै

काठमाडौं, ६ वैशाख । साताको दोश्रो दिन सोमबार आज पनि शेयर बजारमा सकारात्मक संकेत देखिएन । नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक ३७.५८ अंकले घटेर २६६१.९३ विन्दुमा पुगेको छ । आज अघिल्ला दिनहरुको तुलनामा कारोबार पनि घटेको छ । नेप्से १.३९ प्रतिशतले घट्दा सेन्सेटिभ इण्डेक्स ७.०६ अंकले घटेर ४७९.१० विन्दुमा पुगेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । आज कुल २१३ कम्पनीको शेयर कारोबार भएको छ । १ करोड ४१ लाख ९० हजार ६६१ कित्ता शेयर खरिदबिक्री हुँदा… पुरा पढौ

सुनको मूल्य उकालो लाग्यो, चाँदीको स्थिर

काठमाडौं, ६ वैशाख । साताकाे दाेश्राे दिन साेमबार आज पनि बजारमा छापावाला सुनको मूल्यमा बृद्धि भएको छ । चाँदीको मूल्य भने स्थिर रहेर आईतबारकै मूल्यमा कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला रुपैयाँ ३०० ले बढेर ९१ हजार रुपैयाँमा कारोबार भएको छ । आईतबार छापावाला सुन रुपैयाँ २०० ले बढेर प्रतितोला ९० हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । आज तेजाबी सुनको मूल्य प्रतितोला ९० हजार ५०० रुपैयाँमा कारोबार भएको छ । आईतबार तेजाबी… पुरा पढौ

काभ्रे भ्याली स्मार्ट सिटीले पायाे १ अर्ब बजेट

काभ्रे, ६ वैशाख । जिल्लाको पुराना ३ नगर बनेपा, धुलिखेल र पनौती समेटिएको ‘काभ्रे भ्याली’ स्मार्ट सिटीका लागि १ अर्ब बजेट विनियोजन भएको छ । सरकारले हालै बजेट सुनिश्चिततासहित काभ्रे उपत्यका स्मार्ट सिटीका लागि थप बजेट विनियोजन गरेको हो । गत चैत २५ गतेको मन्त्रिपरिषद् बैठकले काभ्रेपलाञ्चोकसहित १२ स्थानमा स्मार्ट सिटीका लागि तत्काल वातावरण मूल्याङ्कनसहित खरिद प्रक्रिया अघि बढाउने निर्णय गरेको थियो । काभ्रे उपत्यकासहित झापाको गौरीगञ्ज, रौतहटको चन्द्रपुर र मौलापुर, भक्तपुरको गुण्डु–बालकोट क्षेत्र, स्याङ्जाको वालिङ, रुपन्देहीको लुम्बिनी, धनकुटा, दाङको… पुरा पढौ