आर्थिक 📈

अरुण भ्याली हाइड्रोपावरको ५२ कराेडकाे हकप्रद शेयर निष्काशन

काठमाडौं, ६ वैशाख । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको ५० प्रतिशत हकप्रद शेयर आजदेखि निष्काशन तथा बिक्रीका लागि खुल्ला हुँदैछ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले ५२ करोड ४१ लाख १९ हजार ७ सय रुपैयाँ बराबरको ५२ लाख ४१ हजार ११७ कित्ता हकप्रद शेयर निष्काशन तथा बिक्रीका लागि ल्याउन लागेको हो । यसअघि कमपनीले पहिलो चरणमा ५० प्रतिशत हकप्रद शेयर बिक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति लिएको थियो । गएको असोज २१ गते सेबोनमा आवेदन गरिएकोमा फागुन २५ मा हकप्रद… पुरा पढौ

महासङ्घ र चेम्बर अफ कमर्स साझा मुद्दामा सहकार्य गरेर अगाडि बढ्न सहमत

काठमाडौं, ६ वैशाख । नेपाल उद्योग वाणिज्य महासङ्घ र नेपाल चेम्बर अफ कमर्स साझा मुद्दामा सहकार्य गरेर अगाडि बढ्न सहमत भएका छन् । नेपालका व्यवसायीको दुई वटा संस्थाका पदाधिकारीबीच भएको छलफलमा निजी क्षेत्रका मुद्दामा कार्यगत एकता अपरिहार्य रहेको ठहर गर्दै त्यसका लागि तयार रहेको निष्कर्ष निकालिएको छ । निजी क्षेत्र एक ढिक्का भएर जान सकेमात्र उद्योग व्यवसाय क्षेत्र बलियो हुने, आफूहरूले उठाएका मुद्दा कार्यान्वयन हुने र आर्थिक विकासमा समेत बलियो उपस्थिति जनाउन सकिने उनीहरूको ठहर छ । त्यसका लागि संस्थागत सहकार्य… पुरा पढौ

चन्द्रागिरी हिल्सको तेश्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक, कस्तो छ अवस्था ?

काठमाडौं, ६ वैशाख । चन्द्रागिरी हिल्सको चालु आर्थिक वर्षको तेश्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरिएको छ । यस अवधिमा कम्पनी घाटामा देखिएको छ । कम्पनीको चैत्र १८ गतेसम्मको वित्तीय विवरणलाई हेर्दाखेरी १८ करोड ११ लाख रुपैयाँ घाटा व्यहोरेको छ । गएको आर्थिक वर्षको यहि अवधिमा कम्पनीको घाटा २ करोड १८ लाखे थियो । यो पटक तेश्रो माससम्मको अवधिलाई हेर्दा १५ करोड ९३ लाख रुपैयाँ बढी घाटा देखिएको छ । कम्पनीको सार्वजनिक भएको वित्तीय विवरणका अनुसार संचालन नाफा २३ करोड ७९… पुरा पढौ

राष्ट्र बैंकले आज पाँच अर्ब २० करोडको ट्रेजरी बिल विक्री गर्दै

काठमाडौं, ६ वैशाख  । नेपाल राष्ट्र बैंकले आज रु पाँच अर्ब २० करोड बराबरको ट्रेजरी बिल विक्री गर्ने भएको छ । केन्द्रीय बैंकले एक सूचना मार्फत बोलकबोल प्रक्रिया मार्फत ट्रेजरी बिल विक्री गर्न लागेको जनाएको छ । सूचना अनुसार रु २० करोड बराबरको ट्रेजरी बिल ९१ दिने अवधिका लागि विक्री गर्न लागिएको छ । सो बिल आगामी साउन ५ गते परिपक्व हुनेछ । यस्तै रु पाँच अर्ब बराबरको ट्रेजरी बिल भने कूल १८२ दिनका लागि विक्री गरिने छ । सो… पुरा पढौ

अर्थ समितिद्वारा आगामी बजेट तयारी सम्बन्धमा छलफल

काठमाडौं, ५ वैशाख । प्रतिनिधिसभाको अर्थ समितिले चालु आर्थिक वर्षको बजेट कार्यान्वयन अवस्था र आगामी आवको बजेट तयारी सम्बन्धमा विभिन्न मन्त्रालयसँग छलफल गरेको छ । समितिले आज ऊर्जा, जलस्रोत तथा सिँचाइ र खानेपानी मन्त्रालयसँग सो विषयमा छलफल गरेको हो । बैठकमा मन्त्रालयको ऊर्जातर्फका सचिव दिनेशकुमार घिमिरेले मन्त्रालयको प्रगति विवरण र आगामी बजेटका प्राथमिकताबारे जानकारी गराए। उनले चालु आवमा ५७ मेगावाट जलविद्युत् जडान भएको र राष्ट्रिय प्रसारण प्रणालीबाट विद्युत् पहुँच प्राप्त जनसङ्ख्या तीन प्रतिशत थप भएको बताए। सचिव घिमिरेले आगामी आवमा जलाशयमा… पुरा पढौ

नेप्से दोहोरो अंकले घट्यो, १२ उपसमूह राताम्मै, ८ अर्ब ८० करोड बढीकाे कारोबार

काठमाडौं, ५ वैशाख । साताको पहिलो दिन आज नेप्से उल्टो यात्रामा लागेको छ । नयाँ वर्षको अघिको दिन र पछि दुई दिन सकारात्मक लयमा देखिएको नेप्से परिसूचक आज लगानीकर्ताले आशा गरेअनुरुप सकारात्मक लयमा देखिएन । नेप्से आज दोहोरो अंकले घटेको छ । नेप्से १.३१ प्रतिशतले घटेको हो । आज ३५.८९ अंकले घटेको नेप्से २६९९.५१ विन्दुमा पुगेको छ । सेन्सेटिभ इण्डेक्स ६.२९ अंकले घटेर ४८६.१६ विन्दुमा पुगेको छ । आज कुल २०७ वटा कम्पनीको शेयर कारोबार भएको छ । १ करोड… पुरा पढौ

दाङमा ३१ हजार २४८ मेट्रिक टन तोरी उत्पादन

देउखुरी, ५ वैशाख  । गत वर्षकाे तुलनामा दाङमा यस वर्ष तोरीको उत्पादन बढेको छ । जिल्लामा यसवर्ष ५४.८६ प्रतिशत बढी तोरी उत्पादन भएको हो । कृषि ज्ञान केन्द्रका अनुसार सरकारले तेलहन बालीलाई प्रवद्र्धन गर्न थालेपछि तोरी खेतीतर्फ किसानको आकर्षण हुँदा उत्पादन समेत बढेको हो । गत वर्ष २० हजार १७८ मेट्रिक टन तोरी उत्पादन भएको थियो भने यस वर्ष १८ हजार ६०० हेक्टर जमीनमा लगाइएको तोरी ३१ हजार २४८ मेट्रिक टन उत्पादन भएको केन्द्रले जनाएको छ । गत वर्षभन्दा यस… पुरा पढौ

आइतबार बढ्यो सुनको मूल्य, चाँदीको स्थिर

काठमाडौं, ५ वैशाख । साताको पहिलो दिन आइतबार आज सुनको मूल्यमा बृद्धि भएको छ । छापावाला सुनमा आज २०० ले बृद्धि भएको छ । चाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसयी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९० हजार ७०० रुपैयाँमा कारोबार भएको छ । शुक्रबार छापावाला सुन प्रतितोला ९० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । आज तेजाबी सुनको मूल्य प्रतितोला ९० हजार २०० रुपैयाँ कायम भई कारोबार भएको छ । शुक्रबार तेजाबी सुन प्रतितोला ९० हजार… पुरा पढौ

घरेलु तथा साना उद्योग महासंघको राष्ट्रिय महाअधिवेशन जेठमा

काठमाडौं, ५ वैशाख । नेपाल घरेलु तथा साना उद्योग महासंघको २५औँ राष्ट्रिय महाअधिवेशन आगामी जेठ तेस्रो साता हुने गरी तय भएको छ । महासंघको केन्द्रीय कार्यसमितिको बैठकले आगामी जेठ २४ देखि २६ गतेसम्म २५औँ महाधिवेशन तथा २२औँ महिला उद्यमी सम्मेलन सम्पन्न गर्ने निर्णय गरेको हो । बैठकले त्यसभन्दा अगाडि प्रदेश सम्मेलन, ७७ वटै जिल्लामा अधिवेशन पनि सम्पन्न गर्ने निर्णय गरेको छ । महाधिवेशनले आगामी तीन वर्षका लागि नयाँ कार्यसमिति चयन गर्ने छ । बैठकमा महासंघका महासचिव डम्बरप्रसाद रेग्मीले महासंघको प्रगति प्रतिवेदन… पुरा पढौ

फेरी पेट्रोलियम पदार्थको मूल्य वृद्धि

काठमाडौं, ५ वैशाख । नेपाल आयल निगमले पुनः पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । इण्डियन आयल कर्पोरेशनबाट शुक्रबार प्राप्त मूल्य सूचीअनुसार १५ दिनमा रु ८१ करोड घाटा हुने अवस्था आएकाले मूल्य वृद्धि गरिएको हो । निगमका अनुसार पेट्रोल, डिजल, मट्टीतेल र हवाई इन्धनको मूल्य वृद्धि भएको छ । शनिबार मध्यरातदेखि लागू हुने गरी पेट्रोल, डिजल, मट्टीतेलमा प्रतिलिटर रु एकका दरले वृद्धि गरिएको छ । नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर रु १२१ पुगेको छ । डिजल र मट्टीतेलको मूल्य प्रतिलिटर रु… पुरा पढौ