आर्थिक 📈

व्यवसायी र कालिगढको सम्बन्ध नङ र मासुको जस्तै भए समस्या हुँदैन : सांसद थापा

पोखरा, ४ वैशाख । गण्डकी प्रदेश सभाका सदस्य विन्दुकुमार थापाले सुनचाँदी व्यवसायको क्षेत्रमा काम गर्ने कालिगढ र व्यवसायीबीच नङ र मासुको जस्तो सम्बन्ध भए मात्रै सफलता प्राप्त हुने विश्वास व्यक्त गरेका छन् । पहिला व्यवसाय बाँच्नु पर्यो, व्यवसाय रह्यो भने यस क्षेत्रमा काम गर्ने श्रमिक रहन्छन् । सांसद थापाले भने, हाम्रो उदेश्य व्यवसाय फष्टाउने हुनुपर्छ र त्यसबाट भएको आर्जन श्रमिकलाई चित्त बुझ्दो हुनुपर्छ । यस्तो समन्वय दुबै पक्षबीच भयो भने समस्या पनि आउँदैन । स्वर्णकार कल्याण समिति कास्कीले आज पोखरामा… पुरा पढौ

घाटा न्यूनीकरणमा निगमलाई चुनौती, अझै पाक्षिक ८० करोड नोक्सानी

काठमाडौ, ४ वैशाख । अन्तरराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा आउने उतारचढावले नेपाल आयल निगमको घाटा न्यूनीकरण गर्ने लक्ष्यमा चुनौती थपिएको छ । विश्वबजारमा पेट्रोलियमको मूल्यमा आउने अन्तरले निगम चर्को दबाब पर्ने गरेको छ । पछिल्ला १५ दिनको तुलनामा फेरि भारतीय आयल निगम (आइओसी) बाट पेट्रोलियम पदार्थको मूल्यमा सामान्य थपघट भएर आएको छ । पछिल्लो मूल्यसूचीअनुसार पेट्रोलमा प्रतिलिटर सात रुपैयाँ ५४ पैसा, डिजेलमा एक रुपैयाँ २७ पैसा र एलपी ग्यासमा प्रतिसिलिण्डर करीब ४१८ रुपैयाँ घाटा रहेको निगमले जनाएको छ । आइओसीले… पुरा पढौ

ग्लोबल आइएमई र स्पर्स लघुवित्तको एकिकृत कारोबार वैशाख ८ बाट हुँदै

काठमाडौं, ४ वैशाख । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था र स्पर्स लघुवित्त वित्तीय संस्थाले वैशाख ८ गतेबाट एकिकृत कारोबार गर्ने तयारी गरेका छन् । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले स्पर्स लघुवित्तलाई प्राप्ति गरेपछि उनीहरुको ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको नामबाट एकिकृत कारोबार हुन लागेको हो । दुबै लघुवित्तको गत पुष २९ मा सम्पन्न भएको साधारण सभाले ग्लोबल आइएमई लघुवित्तले स्पर्सलाई प्राप्तिको प्रस्ताव पारित गरेका थिए । साधारण सभापछि ग्लोबल आइएमई लघुवित्तको केन्द्रीय कार्यालय कास्कीको पोखरा महानगरपालिका वडा नं २६ विजयपुरमा… पुरा पढौ

लुम्बिनी जनरल इन्स्योरेन्सले गर्यो लाभांश घोषणा, बोनस कति ?

काठमाडौं, ४ वैशाख । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले १० प्रतिशत लाभांश घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७६/२०७७ को लाभांश प्रस्ताव गरेको हो । कम्पनीको संचालक समितिको २२० औं बैठकले गएको आर्थिक वर्षको मुनाफाबाट चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर तथा ५ प्रतिशत नगद लाभांशसहित १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । समितिले चुक्ता पूँजीको १० प्रतिशतले हुन आउने ११ करोड ४१ लाख ८० हजार लाभांश वितरणको प्रस्ताव गरेको हो । सो मध्ये ५ प्रतिशतले हुन… पुरा पढौ

१ करोड बढी राजश्व छलीको अभियोगमा पाँच जनाविरुद्ध मुद्दा दायर

काठमाडौं, ४ वैशाख । राजश्व अनुसन्धान विभागले राजश्व चुहावट गरेको अभियोगमा जय पशुपति इम्पेक्सका सञ्चालक रेखादेवी दाससहित पाँच जनाविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ । विभागका अनुसार उनीहरुले रु एक करोड १३ लाख पाँच हजार ५१४ बराबरको राजश्व छली गरेको पाइएको छ । उक्त फर्मका सञ्चालक दाससमेत भन्सार प्रतिनिधि सुरेन्द्रबहादुर श्रेष्ठले आपसी मिलेमतोमा भारतीय ट्रकमा शिशाको खाली बोटल लोड गरी बोटलमाथि पोतको भन्सार तिरेको निस्सा बनाएको पाइएको छ । राजश्वमा हानी नोक्सानी पु¥याउने ध्येयका साथ गलत कागजात तयार… पुरा पढौ

निजी क्षेत्र विकासको साझेदार बन्न तयार : अध्यक्ष कोइराला

गण्डकी, ४ वैशाख । पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष नारायण कोइरालाले निजी क्षेत्र विकासको साझेदार बन्न तयार रहेको बताएका छन् । अध्ययन अवलोकन भ्रमणको क्रममा पोखरा आएको नवलपुरको देवचुली उद्योग वाणिज्य सङ्घको प्रतिनिधिमण्डलसँग आयोजित अन्तरक्रियामा उनले देशव्यापी सञ्जाल रहेको निजी क्षेत्रको मानमर्दन गर्ने गतिविधि नगर्न तीनवटै तहका सरकारसँग आग्रह गरे। पोखरा उद्योग वाणिज्य सङ्घ स्थापना कालदेखि नै पोखराको विकास साझेदार भएको उल्लेख गर्दै उनले व्यवसायीले सामाजिक उत्तरदायित्व निर्वाह गर्न कञ्जुस्याइँ गर्न नहुनेमा जोड दिए । नवलपुरको समृृद्धिसँग सिङ्गो गण्डकीको समृद्धि जोडिएको… पुरा पढौ

रुरुकाे आइपीओ बाँडफाँट, भाग्यमानी ३८ हजारले पाए १० कित्ता

काठमाडौं, ३ बैशाख । रुरु जलविद्युत् परियोजनाको आईपीओ बाँडफाँट भएको छ । कम्पनीको बिक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालयमा सो आईपीओ बाँडफाँट भएको हो। कम्पनीले निष्काशन गरेको आईपीओमा कुल १६ लाख ८३ हजार १२१ आवेदनबाट २ करोड ३५ लाख ४६ हजार ४४० कित्ता शेयर खरिद आवेदन परेको थियो । जसमध्ये ८ हजार ५३५ आवेदन रद्द भएका छन् भने बाँकी १५ लाख ९० हजार ८९६ आवेदन स्वीकृत भएका छन् । स्वीकृत आवेदनमध्ये न्यूनतम १० कित्ताका दरले ३७ हजार ९१६ जनालाई शेयर बाँडफाँट… पुरा पढौ

सुनचाँदीको मूल्य उकालो, शुक्रबार सुन तोलामा ७ सय वृद्धि

काठमाडौं, ३ वैशाख । सुनको मूल्य तोलामा ७ सय रुपैयाँले वृद्धि भएको नयाँ वर्ष लागेसँगै सुनचाँदीको मूल्यमा लगातार उकालो लाग्दै आएको हो । शुक्रबार छापावाल सुन प्रतितोला ९० हजार ५ सय रुपैयाँ, तेजावी सुन प्रतितोला ९० हजार रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार सुन प्रतितोला ३ सय रुपैयाँ बढेर प्रतितोला ८९ हजार ८ सय रुपैयाँमा खरिद बिक्री भइरहेको छ । गत साताको शुक्रबार सुन प्रतितोला ८९ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । महासंघको… पुरा पढौ

४ वस्तुको आयातमा लगाइएको कोटा प्रणाली स्थगन

काठमाडौं, ३ वैशाख । केराउ, सुपारी, छोकडा र नधुल्याइएको मरिच आयातमा लगाइएको कोटा प्रणाली स्थगन भएको छ । कोटाभन्दा तीन गुणासम्म माग आएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ताहित संरक्षण समितिले कोटा प्रणाली स्थगन गरेको हो । आयातमा एक वर्षको प्रतिबन्धपछि गत चैत ९ गते बसेको मन्त्रिपरिषद्को बैठकले उक्त प्रतिबन्धमा परिमाणमा कोटा तोक्ने आयात खुला गरेको थियो । कोटा प्रणाली लागू भएपछि विभागमा आएका आवेदनको समीक्षा गर्न तत्काल उक्त प्रणाली स्थगन गरिएकोे विभागका प्रवक्ता शिवराज सेढाइले जानकारी दिए । उनका अनुसार विभागले स्थायी… पुरा पढौ

भारतीय बजारबाट विद्युत् खरिद गर्न प्राधिकरणले पायो स्वीकृति

काठमाडौं, ३ वैशाख । नेपाल विद्युत् प्राधिकरणले आवश्यकताका आधारमा भारतीय ऊर्जा बजारबाट विद्युत् खरिद गरी आयात गर्न स्वीकृति पाएको छ । भारतको ऊर्जा मन्त्रालयले ऊर्जा एक्सचेञ्ज मार्केटबाट विद्युत खरिद गरी आयात गर्न सक्ने गरी स्वीकृति दिइएको जानकारी प्राधिकरणलाई प्राप्त भएको छ । उक्त स्वीकृतिपछि प्राधिकरण भारतीय पावर एक्सचेञ्ज मार्केटको सदस्य बनेकाले यो नेपालको ऊर्जा विकासका लागि एउटा महत्वपूर्ण कोशेढुङ्गा भएको कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले जानकारी दिए । “कसैको हस्तक्षेपविना बजारले निर्धारण गरेको प्रतिष्पर्धी दरमा आवश्यकताअनुसार विद्युत् खरिद गरी आयात गर्न… पुरा पढौ