आर्थिक 📈

समता घरेलु लघुवित्तकाे एकिकृत कारोबार वैशाख २ गतेबाट शुरु हुने

काठमाडौं, ३० चैत । घरेलु लघुवित्त वित्तीय संस्था र समता लघुवित्त वित्तीय संस्थाको एकिकृत कारोबार वैशाख २ गतेबाट शुरु हुने भएको छ । बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नं २ मा रजिष्टर्ड कार्यालय रहेको 'घ' श्रेणीको समता लघुवित्त र काभ्रे जिल्लाको बनेपा नगरपालिका वडा नं ८ मा रजिष्टर्ड कार्यालय रहेको 'घ' श्रेणीको घरेलु लघुवित्त एकआपसमा मर्जर भएपछि समता लघुवित्त वित्तीय संस्थाको नामबाट एकिकृत कारोबार शुरु गर्न लागिएको हो । गएको पुस १४ मा घरेलु र समता लघुवित्तको साधारण सभाबाट दुबै… पुरा पढौ

१० अर्ब २५ कराेडकाे ट्रेजरी बिल बिक्री गर्दै केन्द्रीय बैंक

काठमाडाैं, ३० चैत । नेपाल राष्ट्र बैंकले आज रु १० अर्ब २५ करोड बराबरको ट्रेजरी बिल विक्री गर्न लागेकाे बताएकाे छ । बैंकले एक सूचना मार्फत आज उक्त परिमाणको ट्रेजरी बिल बिक्री गर्न लागेकाे जानकारी दिएकाे हाे । त्यसमा रु आठ अर्ब बराबरको ट्रेजरी बिल भने ९१ दिने अवधिको रहेको छ । सो बिल आगामी असार २९ गते परिपक्व हुनेछ । यस्तै रु दुई अर्ब २५ करोडको ट्रेजरी बिल भने १८२ दिनका लागि रहेकाे छ । सो बिल भने आगामी… पुरा पढौ

महामारीबीच वसन्त आरोहणले व्यवसायी उत्साहित, ३४ करोड रोयल्टी सङ्कलन

काठमाडौं, २९ चैत । कोभिड-१९ महामारीकाबीच उत्साहवर्धक रुपमा चलिरहेको वसन्त यामको हिमाल आरोहणबाट पर्यटन व्यवसायी निकै उत्साहित देखिएका छन् । सर्वोच्च शिखर सगरमाथासहितका विभिन्न हिमाल आरोहणमा आरोहीको आकर्षणले महामारीले शिथिल बनेको पर्यटन क्षेत्र चलायमान हुने उनीहरुको अपेक्षा छ । एकातर्फ प्रतिकूल परिस्थितिका बावजुद पनि पर्वतारोहणका लागि बाक्लो सङ्ख्यामा विदेशीको आगमन अर्कोतफ विशिष्ठ पाहुनाको आरोहणले नेपालको पर्वतीय पर्यटन तथा साहकिय पर्यटकीय गतिविधि सुरक्षित रहेको सन्देश विश्वभर फैलाउन मद्दत पुगेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागले हालसम्म वसन्त… पुरा पढौ

यो साता ३ दिन शेयर बजार बन्द

काठमाडौं, २९ चैत । याे साता दुई दिन बिदा परेको कारण शेयर बजार तीन दिन मात्र खुल्ने भएको छ । साताको पहिलो दिन आज आईतबार उपत्यकामा घाेडे जात्राकाे सार्वजनिक बिदा परेको कारण शेयर बजार बन्द रहेको छ । बुधबार नयाँ वर्षको सार्वजनिक बिदाका कारण शेयर बजार बन्द रहने भएको छ । आइतबारदेखि बिहिबारसम्म पाँच दिन अपरान्ह ३ वजेसम्म खुल्दै आएको शेयर बजार यो साता तीन दिन सोमबार, मंगलबार र बिहिबार मात्रै खुल्ने भएको हो । पुरा पढौ

आईतबार घट्यो सुनचाँदीको मूल्य, कतिमा भयो कारोबार ?

काठमाडौं, २९ चैत । साताको पहिलो दिन आईतबार आज सुनचाँदीकाे मूल्य घटेकाे छ । सुनमा रूपैयाँ ४०० र चाँदीमा ५ रूपैयाँले गिरावट भएकाे हाे । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ४०० रुपैयाँले घटेर ८९ हजार ५०० रुपैयाँमा कारोबार भएको छ । शुक्रबार छापावाला सुन प्रतितोला ८९ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै तेजाबी सुन आज प्रतितोला ८९ हजार ५० रुपैयाँमा कारोबार भएको छ । शुक्रबार तेजाबी सुन प्रतितोला ८९ हजार ४५० रुपैयाँमा काराेबार भएको… पुरा पढौ

जनउत्थान सामुदायिक लघुवित्तको ११ औं वार्षिकोत्सव

पोखरा, २८ चैत । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले शुक्रबार ११ औं वार्षिकोत्सव मनाएको छ । संस्थाका अध्यक्ष बाबुराम विश्वकर्माले निरन्तर यात्रामा विभिन्न चुनौती, आरोह अवरोहबीच पनि सेवा प्रभावकारी बनाउन, गरिबी घटाउन, आयस्तर बढाउन, सीपको परिचालनबाट जीवनस्तर उकास्न,संस्थाले महत्वपूर्ण भूमिका खेल्दै आएको बताए । सो अवसरमा उत्कृष्ट बैंकिङ समुदाय र उत्कृष्ट शाखालाई विभिन्न विधामा पुरस्कृत गरिएको थियो । कार्यक्रममा सञ्चालक, संस्थापक, कर्मचारी, विभिन्न समुहमा आवद्ध समुह सदस्य र भर्चुअल माध्यमबाट संस्थापक तथा विभिन्न शाखाका कर्मचारीको सहभागिता थियो । वार्षिकोत्सवको सन्दर्भमा… पुरा पढौ

ग्रीन डेभलपमेण्ट बैंकको लाभांश पारित

पोखरा, २८ चैत । आज पोखरामा सम्पन्न ग्रीन डेभलमपमेण्ट बैंकको आठौं वार्षिक साधारण सभाबाट ३.८ प्रतिशत वोनस शेयर र कर प्रयोजनार्थ ०.२० प्रतिशत नगद लाभाशं पारित भएको छ । होटल वाराहीमा सम्पन्न वार्षिक साधारण सभाले आ.व. २०७६/७७ को वित्तीय विवरण पारित गर्नुका साथै सर्वसाधारण शेयरधनीहरुको प्रतिनिधित्व गर्ने दुई जना संचालकहरु निर्वाचित गरेको छ । साधारण सभावाट प्रकाश कुमार श्रेष्ठ र विश्व मोहन अधिकारी संचालक पदमा निर्विरोध निर्वाचित भएका छन । संचालक अधिकारी लेकसिटी होल्डिङस् प्रा.लिको प्रतिनिधिको रुपमा निर्वाचित भएका हुन… पुरा पढौ

हिमाली दृश्य अवलोकन गर्न पर्यटकको चहलपहल बढ्याे

रसुवा, २८ चैत । वसन्तऋतुको आगमनसँगै हिमाली प्राकृतिक छटाको अवलोकनका लागि यस क्षेत्रमा पर्यटक आउन थालेका छन् । लाङ्टाङ, गोसाइँकुण्ड एवं तामाङ सम्पदा मार्गबाट नजिकै देखिने हिमाल, प्राकृतिक छटा, लालिगुराँसका फुल, परम्परागत भेषभूषा तथा पदमार्गकै छेउमा पाइने चराचुरूङ्गी अवलोकनको उपयुक्त समय भएकाले पर्यटकको आगमन बढ्न थालेको हो । प दयात्राको लागि दैनिकजसो सरदरमा २०, २५ जना आन्तरिक पर्यटकको आगमन भइरहेको र आगन्तुकमा प्रायजसो युवा देखिएको प्रहरीले जनाएको छ । चिसोले पुस तथा माघ महिनामा जमेको पवित्र तीर्थ गोसाइँकुण्ड दहको पानी… पुरा पढौ

सप्तकोशी, ग्रीन डेभलपमेन्ट बैंक र जानकी फाइनान्सको साधारण सभा आज

काठमाडौं, २८ चैत । दुई विकास बैंक तथा एक फाइनान्सकाे साधारण सभा आज हुदैछ । सप्तकाेशी डेभलपमेन्ट बैंक, ग्रीन डेभलपमेन्ट बैंक र जानकी फाइनान्सकाे साधारण सभा हुने भएकाे हाे । सप्तकोशी डेभलपमेन्ट बैंक : सप्तकोशी डेभलपमेन्ट बैंकको १३औं वार्षिक साधारण सभा आयोजना गरिएको छ । साधारण सभा जीवन विकास समाज, कटहरी मोरङमा बिहान साढे १० बजेदेखि हुँदैछ । सभामा बैंकको वार्षिक प्रतिवेदन, लेखापरक्षिकको प्रतिवेदन, नाफा नोक्सान हिसाब, वित्तीय विवरण, नगद प्रवाह लगायतका विषयहरुमाथि छलफल गरेर पारित गर्ने कार्यक्रम रहेको छ… पुरा पढौ

इमर्जिङ नेपालले साधारण शेयर बिक्री गर्ने

काठमाडौं, २८ चैत । इमर्जिङ नेपाल लिमिटेडले साधारण शेयर बिक्रीका लागि निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ । कम्पनीले एक विज्ञप्ति प्रकाशन गरेर रुपैयाँ १०० अङ्कित दरका पाँच लाख ५५ हजार ६०० कित्ता साधारण शेयर बिक्री गर्न लागेको जानकारी दिएकाे हाे । शेयर बिक्रीका लागि एनआइसी एशिया क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धक नियुक्ति गरिएको छ । सो सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको र छिट्टै साधारण शेयर बिक्री गरिने जनाइएको छ । पुरा पढौ