आर्थिक 📈

सेती जलाशययुक्त आयोजनाले नौ सय घरधुरीमा असर पर्ने

डोटी, २१ फागुन । बोगटान फुड्सिल गाउँपालिकामा निर्माण गरिन लागेको जलाशययुक्त सेती आयोजनाले डोटी र अछामका गरी कम्तीमा पनि ८८४ घरधुरीमा असर पर्ने भएको छ । नेपाल सरकार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, विद्युत् विकास विभाग सानोगौचरण काठमाडौँले जिल्लाको बोगटान फुड्सिलमा गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा सो कुराको जानकारी दिइएको हो । कूल ३०८ मेगावाट विद्युत् उत्पादन हुने अनुमान गरिएको उक्त आयोजना पूर्णरूपमा सम्पन्न गर्नका लागि रु ९१ अर्ब लगानी लाग्ने भएको छ । आयोजनाबाट सबैभन्दा बढी डोटीकोे बोगटान फुड्सिलमा क्षति हुने… पुरा पढौ

आज पनि घट्यो सुनचाँदीको मूल्य, कारोबार कतिमा ?

काठमाडौं, २१ फागुन । आज पनि सुनचाँदीको मूल्य घट्ने क्रम रोकिएन । साताको छैटौं दिन शुक्रबार आज पनि सुनचाँदीको मूल्यमा गिरावट आएको छ । बिहिबार प्रतितोला ८६ हजार ५०० रुपैयाँमा कारोबार भएको सुन आज तोलामा रुपैयाँ ९०० ले घटेर ८५ हजार ६०० रुपैयाँमा कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुन प्रतितोला ८५ हजार १५० रुपैयाँमा कारोबार भएको छ । बिहिबार तेजाबी सुनको मूल्य प्रतितोला ८६ हजार ५० रुपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार आज… पुरा पढौ

ज्योति लाइफको आईपीओ आजबाट खुल्यो

काठमाडौं, २१ फागुन । आजदेखि ६६ करोड रुपैयाँ बराबरको साधारण सेयर (आईपीओ) निष्काशन हुने भएको छ । सर्वसाधारणका ज्योति लाइफ इन्स्योरेन्सले आजदेखि आईपीओ जारी गर्न लागेको हो । आज १० बजेदेखि लगानीकर्ताहरुले आवेदन दिन सक्नेछन् । यस अघि आइतबारदेखि निष्काशन हुने भनिए पछि मंगलबार मिति परिवर्तन गर्दै शुक्रबारदेखि आईपीओ जारी हुने जानकारी गराइएको थियो ।। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल रहेको छ । कम्पनीले ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता आईपीओ जारी गर्न लागेको छ ।लगानीकर्ताले… पुरा पढौ

चैत ६ देखि २९ करोड बराबरको आईपीओ जारी गर्दै सिंगटी हाइड्रो

काठमाडौं, २१ फागुन । सिंगटी हाइड्रो इनर्जी लिमिटेडको आईपीओ जारी गर्ने मिति तय भएको छ । कम्पनीको आईपीओ आगामी ६ चैतदेखि निष्काशन हुने भएको हो । कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका २९ लाख कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो । निष्काशन गरिने कुल शेयरमध्ये ५ प्रतिशत अर्थात १ लाख ५४ हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि बाँडफाँट गरिएको छ भने २ प्रतिशत अर्थात ५८ हजार कित्ता शेयर कर्मचारीहरुका लागि बाँडफाँट गरिएको छ। सर्वसाधारण लगानीकर्ताहरुले बाँकी २६ लाख ९७… पुरा पढौ

नागरिक लगानी कोषले आजदेखि लिलामी शेयर बिक्री खुला गर्दै

काठमाडौं, २१ फागुन । नागरिक लगानी कोषले आजदेखि लिलामी शेयर बिक्री खुला गर्दैछ । कोषले शेयर लिलाम बढाबढ गरी बिक्री खुल्ला गर्न लागेको हो । कोषका अनुसार यसअघि बिक्री नभएको ३ लाख ५४ हजार २५० कित्ता शेयर लिलाम बढाबढ गरी बिक्री गरिने भएको हो । कोषले गएको पुस २८ गतेदेखि माघ १९ गतेसम्म हकप्रद शेयरको निष्काशन तथा बिक्री खुला गरेको थियो । शेयर लगानीकर्ताहरुले आजदेखि चैत्र महिनाको २ गतेसम्म लिलामी शेयर खरिदका लागि शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । शेयरको न्यूनतम… पुरा पढौ

बजारमा कच्चा सुनको अभाव, आपूर्ति बढाउन पहल गरिने

काठमाडौं, २१ फागुन । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले सुनको आपूर्ति बढाउन पहल गर्ने प्रतिबद्धता जनाएका छन् । बजारमा कच्चा सुनको अभाव देखिएपछि तत्काल आपूर्ति वृद्धि गर्न सुनचाँदी व्यवसायीले गरेको आग्रहपछि मन्त्री भट्टले समस्या समाधानका लागि पहल गर्ने बताएका हुन् । महासङ्घका अध्यक्ष माणिक रत्न शाक्यको नेतृत्वमा गएको सुनचाँदी व्यवसायी महासङ्घको प्रतिनिधिमण्डलसँग मन्त्री भट्टले बजारमा देखिएको सुनको अभावबारे आफू पनि जानकार रहेको उल्लेख गरे । बजारको आवश्यकताअनुसार कच्चा सुन आपूर्ति नभए त्यसले कालोबजारीलाई समेत प्रोत्साहन गर्न सक्नेतर्फ सचेत रहनुपर्नेमा उनले… पुरा पढौ

नयाँ आधार वर्षअनुसार अर्थतन्त्रको आकार रु ३९.४३ खर्ब

काठमाडौं, २० फागुन । नयाँ आधार वर्ष लागू भएपछि हालको अर्थतन्त्रको आकार केही बढ्ने अनुमान गरिएको छ । केन्द्रीय तथ्याङ्क विभागले कूल गार्हस्थ उत्पादन गणनाको आधार वर्ष परिवर्तन भएको बताएकाे हाे । नयाँ आधार वर्षअनुसार नेपालको अर्थतन्त्रको आकार रु ३९.४३ खर्ब पुगेको विभागले आज सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख गिरएकाे छ । विभागमा आज आयोजित कार्यक्रममा हालको राष्ट्रिय लेखा तथ्याङ्कको गणना गर्दाको आधार वर्ष सन् २०००-०१ प्रतिस्थापन गरी नयाँ आधार वर्ष कायम गरेको जानकारी दिइएको हो । अबदेखि सन् २०१०-११ को… पुरा पढौ

बुद्ध एयरले जनकपुरबाट भारतकाे अयोध्यामा सिधा उडान गर्ने

काठमाडौं, २० फागुन । निजी क्षेत्रको अग्रणी हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरले धार्मिक पर्यटन प्रवद्र्धनार्थ नेपालको जनकपुरबाट भारतको अयोध्यामा सिधा उडान सञ्चालन गर्ने भएको छ । पौराणिक, धार्मिक सम्बन्ध रहिआएको जनकपुरधाम र अयोध्याको महत्वलाई दर्शाइ धार्मिक पर्यटकलाई आकर्षण गर्ने उद्देश्यले यो गन्तव्यमा उडान विस्तार गर्न लागिएको कम्पनीले जनाएको छ । ‘सीताराम’ सम्बन्ध त्रेतायुगदेखि नै चलिआएको छ । यस पौराणिक, धार्मिक सम्बन्धको साक्षी जनकपुरधाम र अयोध्या शहरलाई जोड्नका लागि उडान सञ्चालनको तयारी गरिएको हो । बुद्धले जनकपुरबाट अयोध्यामा विस्तार भइरहेको… पुरा पढौ

शेयर बजारमा छायो हरियाली, परिसूचक ९०.६७ अंकले बढ्यो

काठमाडौं, २० फागुन । बिहीबार शेयर कारोबार मापक नेप्से परिसूचक ९० दशमलव ६७ अंकले उकालो लागेर २ हजार ५ सय ६ दशमलव ६८ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १४ दशमलव ६७ अंकले उकालो लागेको छ । यस अघि बुधबारको कारोबारमा नेप्से परिसूचक ३९ अंक भन्दा धेरैले गिरावट आएको थियो । पछिल्लो केहि दिन यता निरन्तर जसो घटेको बजार बिहीबार भने ठूलो अंकले उकालो लाग्दा लगानीकर्तामा सकारात्मक संदेश गएको छ । नेप्से परिसूचक… पुरा पढौ

सुदूरपश्चिम प्रदेश जलविद्युत् आयोजनाको हब बन्दै

बझाङ, २० फागुन । सुदूरपश्चिम प्रदेश जलविद्युत् आयोजनाको हब बन्दै गएको छ । प्रदेशका पहाडी जिल्लामा दर्जनौं आयोजना निर्माणधीन अवस्थामा छन् भने कतिपय आयोजना निमार्ण सम्पन्न भई विद्युत् उत्पादनसमेत भइरहेको छ । जलविद्युत्को अपार सम्भावना भए पनि राज्यले सुदूरपश्चिमलाई चिन्न नसकेको प्रदेशवासीको गुनासो छ । बाह्रैमहिना अटुट रुपमा बगिरहने सेती, महाकाली, चमेलिया र कालङ्गा, बूढीगङ्गालगायत अन्य साना नदीबाट हजाराँै मेघावाट विद्युत् उत्पादन गर्न सकिने सम्भावना छ । बझाङ, बैतडी, दार्चुला, अछाम, डोटी, बाजुरामा केही जलविद्युत् आयोजना निर्माणाधीन अवस्थामा छन् ।… पुरा पढौ