आर्थिक 📈

१ लाख ऋणबाट ११ होटलको मालिक

चितवन, २४ फागुन । आफन्तसँग ढाँटेर १ लाख ऋण लिएर व्यवसाय सुरु गरेका एक युवा १५ वर्षमा ११ होटल र रेष्टुराँको मालिक बनेका छन् । नेपालमै व्यवसाय गर्छु भन्दा ऋण नपत्याइएपछि विदेश जान भन्दै ऋण लिएका गुल्मीका शङ्कर भण्डारीको नेतृत्वमा अहिले ११ होटल र रेष्टुराँ छन् । विसं २०३९ मा गुल्मीको तत्कालीन रुपाकोटमा जन्मिएका भण्डारीले विसं २०५९ मा आफन्तसँग १ लाख ऋण लिएर साझेदारीमा काठमाडौँको सुन्धारामा होटल सुरु गरे । मान्यजन आफन्तसँग काम गर्दा आफू होचिएको महसुस गरेसँगै उनले नजिकै… पुरा पढौ

नबिल इन्भेष्टमेन्टले ल्यायो नारी दिवसको अवसरमा वार्षिक छुटको योजना

काठमाडौं, २४ फागुन । नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले नेपाली महिला दिदि बहिनीहरुलाई शेयर बजारमा आकर्षण गराउन लगानी व्यवस्थापन सेवा लिएवापत लाग्ने शुल्क पहिलो वर्षको लागि छुट गरेको बताएको छ । कम्पनीले शेयर बजारमा लगानी गर्न चाहने र प्रवेशको चाहना राखेका महिला लगानीकर्तालाई २०७७ सालको नारी दिवसको अवसरमा महिलालाई लक्षित गरेर लगानी व्यवस्थापनको सबै सेवा लिएवापतको सेवा शुल्क पहिलो वर्षका लागि छुट गरेको घोषणा गरेको हो । कम्पनीका अनुसार यो याेजना यही मार्च महिनाभरि कायम रहने भएको छ । विशेषगरी कम्पनीले… पुरा पढौ

लैङ्गिक समानताकाे उद्देश्य पूरा गर्न शिक्षा, स्वास्थ्य, रोजगारीमा महिलाकाे समान पहुँच हुनुपर्नेः राष्ट्रपति

काठमाडौं, २४ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले लैङ्गिक समानताको उद्देश्य पूरा गर्न शिक्षा, स्वास्थ्य, रोजगारीलगायत सार्वजनिक सेवा, सुविधा र अवसरमा महिलाको समान पहुँच सुनिश्चित हुनुपर्ने बताएकी छन् । एक सय ११औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उनले नेपालको संविधानले व्यवस्था गरेअनुसार राजनीतिक तथा हरेक सार्वजनिक निकायमा महिलाको समानुपातिक सहभागिता प्राप्तिका लागि कार्यान्वयन तहमा थप प्रयत्नको खाँचो महसुस गरेको उल्लेख गरेकी छन् । अन्तर्राष्ट्रिय महिला दिवस (८ मार्च) काे अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनीलाई हार्दिक बधाई… पुरा पढौ

मुक्तिनाथका ग्राहकलाई होटल सबरीनामा छुट

काठमाडौं, २३ फागुन । मुक्तिनाथ विकास बैंक लि.ले आफ्ना भिषा डेविट कार्डवाहक ग्राहकहरुलाई थप सेवा दिन बुढानिलकण्ठ स्थित होटल सबरीनासँग विभिन्न सेवामा विशेष छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ । सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिषा डेविट कार्डवाहक ग्राहकहरुले होटल सबरीना बाट होटल बसाई, खाना, बेबरेज, बेकरी तथा साउनाको सेवा लिदा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । विकास बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न भिसा नेटकर्व अन्तर्गतको जुन सुकै बैंकको एटिएमबाट विना कुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरिएको… पुरा पढौ

हाइड्रो र होटल समूह बाहेक सबै राताम्मै, कारोबारमा निफ्रा सबैभन्दा अगाडी

काठमाडौं, २३ फागुन । आज शेयर बजार ओरालो लागेको छ । आज शेयर बजार दोहोरो अंकले घटेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । नेप्से परिसूचक आज २१.५८ अंकले घटेको छ । यसरी घटेको नेप्से २४८५.०९ विन्दुमा पुगेर रोकिएको छ । आज नेप्से ०.८६ प्रतिशतले घट्दा सेन्सेटिभ परिसूचक भने १.७८ अंकले घटेको छ । यसरी घटेको सेन्सेटिभ परिसूचक ४४९.६८ विन्दुमा गएर रोकिएको छ । नेप्सेका अनुसार आज जम्मा २११ कम्पनीको शेयर कारोबार भएको छ । १ करोड १७ लाख ७८ हजार… पुरा पढौ

आईतबार बढ्यो सुनको मूल्य, चाँदीको स्थिर, कारोबार कतिमा ?

काठमाडौं, २३ फागुन । साताको पहिलो दिन आईतबार आज सुनको मूल्यमा बृद्धि भएको छ । चाँदीको मूल्य भने आज स्थिर रहेको छ । आज छापावाला सुन प्रतितोला रुपैयाँ ५०० ले बृद्धि भएको छ । चाँदी शुक्रबारको झैं प्रतितोला १ हजार २५० नै कायम भएको छ अर्थात चाँदी आज स्थिर रहेको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज छापावाला सुन ५०० रुपैयाँले बढेर ८६ हजार १०० रुपैयाँमा कारोबार भएको छ । शुक्रबार छापावाला सुन प्रतितोला ८५ हजार ६०० रुपैयाँमा कारोबार… पुरा पढौ

ग्लोबल आइएमई बैंकको ३० लाख कित्ता ऋणपत्र चैत्र १ गतेबाट निष्काशन हुँदै

काठमाडौं, २३ फागुन । ग्लोबल आइएमई बैंकले चैत्र १ गतेबाट ऋणपत्र निष्काशन गर्न लागेको छ । बैंकले '८.५० प्रतिशत ग्लोबल आइएमई बैंक डिबेन्चर २०८६/८७' नाममा ऋणपत्र निष्काशन तथा बिक्रीका लागि खुल्ला गर्न लागेको हो । १ हजार अंकित मूल्यको ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन तथा बिक्रीका लागि खुल्ला गर्ने भएको हो । उक्त ऋणपत्रमध्ये १ अर्ब ८० करोड बराबरको १८ लाख कित्ता ऋणपत्र व्यक्तिगत किसिमले बिक्री गरिने भएकाे छ । सर्वसाधारणका लागि १ अर्ब २० करोड… पुरा पढौ

१२ दिनमा ७० हजार बढ्दा, अनलाइन प्रयोगकर्ताकाे संख्या साढे ४ लाख पुग्याे

काठमाडौं, २२ फागुन । पछिल्ला दिनहरुमा शेयर लगानीकर्ताहरु तथा यसमा रुची राख्नेको संख्यामा बृद्धि भएसंगै अनलाईन प्रयोगकर्ताहरुको संख्यामा पनि बृद्धि भईरहेको नेपाल स्टक एक्सचेन्जको तथ्यांकले देखाएको छ । नेप्सेका अनुसार गएकाे १२ दिनमा ७० हजार अनलाईन प्रयोगकर्ता बढेका हुन । अनलाइन कारोबार गर्नको लागि १२ दिनको अवधिमा यूजर नेम र पासवर्ड लिनेहरुको संख्या ६९ हजार ९२ पुगेको छ । नेप्सेका अनुसार फागुन ९ सम्म ३ लाख ७६ हजार २६१ अनलाईन प्रयोगकर्ता थिए । फागुन २० गतेसम्म यो संख्या ४ लाख… पुरा पढौ

रसुवागढी नाका पुनः शुरु, ७ कन्टेनर नेपाल भित्रिए

रसुवा, २२ फागुन । ल्होछार पर्वका कारण बन्द नेपाल–चीनबीचको उत्तरी रसुवागढी नाका पुनः शुरु भएको छ । गत माघ २९ गतेदेखि आयात निर्यात बन्द व्यापारिक नाका खुले लगत्तै शुक्रबार पहिलो दिन चिनियाँ ठूलो सात वटा कन्टेनरले ल्याएका सामग्री नेपाल भित्रियाे । रसुवागढी भन्सार कार्यालय टिमुरेका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीका अनुसार चिनियाँ सात वटा सवारी साधनले मितेरी पुलमा पु¥याएका सामग्री नेपाली १५ वटा कन्टेनरमा राख्ने काम सम्पन्न भई भन्सार प्रक्रिया अगाडि बढेको हो । मेशिनरी औजार तथा काठका फर्निचर, जुत्ता,… पुरा पढौ

७ अर्ब दुई करोडमा हेटौंडामा मयुरधाप औद्योगिक क्षेत्र स्थापनाको काम अघि बढ्याे

बागमती, २१ फागुन । सङ्घीय सरकारले बागमती प्रदेशको राजधानी मकवानपुरको हेटौँडामा मयुरधाप औद्योगिक क्षेत्र स्थापनाको काम अघि बढाएको छ । सङ्घीय सरकारले करिब रु सात अर्ब दुई करोड ३४ लाखको अनुमानित लागतमा औद्योगिक क्षेत्र स्थापनाको काम अघि बढाएको हो । सरकारले हेटौँडा उपमहानगरपालिका वडा १३ र १४ मा पर्ने औद्योगिक क्षेत्र स्थापनाको काम अघि बढाएको छ । नयाँ औद्योगिक क्षेत्रको पूर्वमा मयुरधाप, पश्चिममा कालापानी, उत्तरमा रातोमाटे डाँडा र दक्षिण उत्तरपानी चुरे वन क्षेत्र पर्दछ । यो औद्योगिक क्षेत्र हेटौँडा बजारभन्दा… पुरा पढौ