आर्थिक 📈

साहस उर्जाले माग्यो १ अर्ब ५ करोडको आईपीओ निष्काशनको अनुमति

काठमाडौं, २७ मंसिर । साहस उर्जा लिमिटेडले १ अर्ब ५ करोड रुपैयाँ बराबरको ५ लाख कित्ता शेयर निष्काशन गर्नका लागि नेपाल धितोपत्र बोर्डसंग अनुमति माग गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय तथा सर्वसाधारणका लागि १ अर्ब ५ करोड रुपैयाँ बराबरको १ करोड ५ लाख कित्ता शेयर निष्काशनको लागि आवेदन पेश गरेको हो । कम्पनीले सोलुखुम्बुमा ८६ मेगावाट क्षमता भएको जलविद्युत आयोजना निर्माण गरिरहेको छ । ८ हजार शेयरधनीहरुले लगानी गरेको साहस उर्जा लिमिटेडमा नेपाल इन्भेष्टमेन्ट बैंसहित ५ बैंकको… पुरा पढौ

प्रभु लाइफकाे ६० करोड बराबरको आईपीओ सोमबारदेखि निष्काशन हुँदै

काठमाडौं, २७ मंसिर । प्रभु लाइफ इन्स्योरेन्सले सर्वसाधारणका लागि मंसिर २९ गतेदेखि शेयर निष्काशन गर्न लागेको छ । सर्वसाधारणले ५४ लाख कित्तामा आवेदन गर्न सक्ने भएका छन् । कम्पनीको प्रतिशेयर १०० रुपैयाँको दरले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता शेयर निष्काशन हुन लागेको छ । जस्मध्ये ३ लाख कित्ता शेयर कर्मचारीका लागि र ३ लाख कित्ता म्युचुअल फण्डहरुका लागि रहेको छ । हिजोआज शेयरमा आकर्षण निकै बढेको देखिएको छ । कतिपय कम्पनीले निष्काशन गरेको आईपीओमा माग भन्दा बढी आवेदन… पुरा पढौ

नेपालकाे विद्युत् अन्तर्राष्ट्रिय बजारमा पुर्याउन भारत सहमत

काठमाडौं, २७ मङ्सिर । कूटनीतिक पहलमार्फत नेपालमा उत्पादित विद्युत् अन्तर्राष्ट्रिय बजारमा पुर्याउन नेपाल र भारत सहमत भएका छन् । दुई देशका ऊर्जा सचिवको अध्यक्षतामा सम्पन्न ऊर्जा क्षेत्रमा सहकार्य विषयक नेपाल–भारत संयुक्त सञ्चालक समितिको आठौँ बैठकले उक्त निर्णय गरेको हो । सहमतिअनुसार नेपालमा उत्पादित विद्युत् भारत र बङ्गलादेशसम्म पु¥याउनका लागि अत्यावश्यक सबै पहल गरिने भएको छ । त्यसका लागि बङ्गलादेशसँग समन्वयय गरेर शीघ्र परराष्ट्र मन्त्रालयमार्फत संयुक्त बैठकको आयोजना गरिने भएको छ । गत वर्षको असोजमा भएको नेपाल र भारतका ऊर्जा सचिवस्तरीय… पुरा पढौ

आज सुनचाँदीको मूल्य स्थिर

काठमाडौं, २६ मंसिर । आज नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । आज सुनको मूल्य बिहीबारकै मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ५ सय र तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १ हजार २०० रहेको महासंघले जनाएको छ । पुरा पढौ

अरुणभ्याली हाईड्रोपावरको शेयर कारोबार आईतबारबाट

काठमाडौं, २६ मंसिर । अरुणभ्याली हाईड्रोपावर कम्पनीको शेयर कारोबार आईतबारबाट खुला हुँदैछ । नेप्सेमा कम्पनीको शेयर मूल्य समायोजन भएपछि शेयर कारोबार खुला हुन लागेको हो । नेप्सेमा अरुण भ्याली हाईड्रोपावरको ५ प्रतिशत बोनस शेयरपछिको मूल्य समायोजन भएको छ । समायोजनपछिको मूल्य २३४ रुपैयाँ कायम गरिएकाे छ । साधारण सभाको प्रयोजनार्थ आजबाट बुक क्लोज भएको छ । अरुणभ्याली हाईड्रोपावर डेभलपमेन्ट कम्पनीको २३ औं साधारण सभा पुस ८ गते डाकिएको छ । कोभिड १९ को संक्रमणको कारण साधारण सभा भर्चुअल हुने भएको… पुरा पढौ

महुली लघुवित्तको शेयर काराेबार आइतबारदेखि शुरू हुने

काठमाडौं, २६ मंसिर । महुली लघुवित्तको ६ लाख ४२ हजार २०० कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ । अब आइतबारदेखि शेयरकाे काराेबार पनि शुरू हुने भएकाे छ । नवकिरण लघुवित्त र महुली लघुवित्त एकापसमा गाभिएपछि नवकिरण लघुवित्तकाे शेयर महुलीको नामबाट सूचीकृत भएको हो । शेयर नेप्सेमा सुचिकृत भएपछि अब नवकिरणका शेयरधनीले महुली लघुवित्तको नामबाट शेयरकाे कारोबार गर्नेछन् । दुवै लघुवित्त एकापसमा गाभिएपछि उनीहरूकाे एकिकृत काराेबार मंसिर ८ बाट शुरू भएको थियाे । मर्जकाे कारण राेकिएकाे महुलीकाे शेयर काराेबार आइतबारदेखि खुला… पुरा पढौ

कोरोना बीमा : १७ हजार बढीको कागजात पूरा

काठमाडाैं, २६ मंसिर । कोरोना बीमामा बीमकले रकम नपाएको भन्दै गुनासो आएपछि सरकारको निर्देशनअनुसार नै बीमा समितिले थप सहजीकरण गरिरहेको छ । समितिले पछिल्लो विवरणबारे जानकारी दिँदै कूल १७ हजार २३५ बराबरको दाबीमा कागजात पूरा भएको जनाएको छ । यस्तै भेरीफिकेशनका लागि स्वास्थ्य सेवा विभागमा चार हजार १५२ दाबी पठाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट भेरिफिकेशन भएर आएका सङ्ख्या भने दुई हजार ४९३ रहेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोरोना बीमामा व्यापक गुनासो आएपछि दुईपटक समितिलाई सहजीकरणका लागि निर्देशन… पुरा पढौ

८.२७ अंकले बढ्यो नेप्से, ४ अर्ब बढीको कारोबार

काठमाडौं, २५ मंसिर । साताको अन्तिम दिन नेप्से झिनो अंकले बढेको छ । बिहीबार नेप्से परिसूचक ८.२७ अंकले बढेर १ हजार ९ सय ६४ दशमलब २ विन्दुमा पुगेको छ । नेप्सेका अनुसार आज ४ अर्ब १४ करोड ६३ लाख २१ हजार ५० रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबार भएका कूल १२ उपसमूहमध्ये दुई समूहबाहेक अन्य सबै समूह घटेका छन् । पुरा पढौ

सडक मर्मतका लागि विभागले माग्यो डेढ अर्ब रकम

काठमाडौँ, २५ मंसिर । सडक विभागले वर्षाका कारण क्षतिग्रस्त भएका सडक मर्मतका लागि सरकारसँग रु. एक अर्ब ५० करोड माग गरेको छ । वर्षाका कारण आएको बाढी र पहिरोले क्षतिग्रस्त भएका राष्ट्रिय राजमार्ग मर्मतका लागि सरकारसँग रु. एक अर्ब ५० करोड माग गरिएको विभागले जनाएको छ । यो वर्ष गत वर्षभन्दा बढी वर्षा भएका कारण सडकमा बढी क्षति पुगेको विभागका उपमहानिर्देशक भीमार्जुन अधिकारीले बताए । उनका अनुसार अरनिको राजमार्गका विभिन्न खण्ड, बेनी जोमसोम सडक र साँफेबगर मार्तडी सडकमा बढी क्षति… पुरा पढौ

सुनको मूल्य प्रतितोला ९०० ले घट्यो

काठमाडाैं, २५ मंसिर । आज बजारमा सुनकाे मूल्य प्रतितोला रु ९०० ले ओरालो लागेको छ । आज छापावाला सुनको मूल्य प्रतितोला रु ९२ हजार ५०० तोकिएको छ । बुधबार छापावाला सुन प्रतितोला रु ९३ हजार ४०० मा कारोवार भएको थियो । यस्तै तेजाबी सुनसमेत प्रतितोला रु ९०० ले ओरालो लागेको छ । बुधबार प्रतितोला रु ९२ हजार ९५० मा कारोवार भएको तेजाबी सुन आज भने प्रतितोला रु ९२ हजार ५० मा कारोवार गर्ने गरी मूल्य निर्धारण गरिएको छ । चाँदीको… पुरा पढौ