आर्थिक 📈

समृद्धि फाइनान्सकाे लिलामी शेयरमा परेका बाेलपत्र शुक्रबार खोलिँदै

काठमाडाैं, २५ मंसिर । समृद्धि फाइनान्सकाे लिलामी शेयरका लागि परेका बाेलपत्रहरू शुक्रबार खाेलिने तयारी गरिएकाे छ । कम्पनीले मंसिर १० देखि १७ गतेसम्म बाेलकबाेल गरी हकप्रद शेयरकाे बिक्री खुल्ला गरेको थियाे । निष्कासन तथा बिक्री प्रबन्धक रहेकाे बिओके क्यापिटल मार्केट लिमिटेड, कमलादी, काठमाडाैँमा उक्त बाेलपत्रहरू शुक्रबार दिउँसाे साढ १ वजे खाेलिने बताइएकाे छ । यसअघि निष्कासन तथा बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदन नपरेको संस्थापक समूहकाे १३ लाख ८५ हजार २ सय ६८ कित्ता र सर्वसाधारण समूहको ४ लाख ६६… पुरा पढौ

३९.६० अंकले घट्यो नेप्से, ४ अर्ब ७४ करोड बढीको कारोबार

काठमाडौं, २४ मंसिर । साताको चौथो दिन नेप्से दोहोरो अंकले घटेको छ । बुधबार नेप्से परिसूचक ३९.६० अंकले घटेर एक हजार ९ सय ५५ दशमलब ७७ विन्दुमा पुगेको छ । नेप्सेका अनुसार आज ४ अर्ब ७४ करोड ५६ लाख ४९ हजार २९२ रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबार भएका कूल १२ उपसमूहमध्ये हाइड्रोपावर बाहेक अन्य सबै समूह घटेका छन् । पुरा पढौ

सुनको मूल्य आज प्रतितोला ७ सयले घट्यो

काठमाडौं, २४ मंसिर । आज नेपाली बजारमा सुनको मूल्य घटेको छ । मंगलबार ९४ हजार १ सयमा कारोबार भएको सुनको मूल्य आज तोलामा ७ सयले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ४ सय र तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १ हजार २१५ रहेको महासंघले जनाएको छ । पुरा पढौ

ज्योति लाइफको ६६ करोडको आईपीओ पाइपलाइनमा, कहिले पाउँला अनुमति ?

काठमाडौं, २४ मंसिर । ज्योति लाइफ इन्स्योरेन्सले सर्वसाधारणको लागि प्राथमिक शेयर (आईपीओ) को निष्काशन गर्न अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड पुगेको छ । कम्पनीले आईपीओ जारी गर्न अनुमति माग्दै बोर्डमा आवेदन दिएको हो । कम्पनी हाल कायम जारी पूँजीको ३० प्रतिशत अर्थात ६६ करोड रूपैयाँ बराबरको ६६ लाख कित्ता शेयर निष्काशन गर्न लागेको हो । चुक्ता पूँजी एक अर्ब ५४ करोड रूपैयाँ रहेको ज्योति लाइफले ६६ करोड रूपैयाँ आईपीओ निष्काशन गर्नेछ । ज्योति लाइफले २०७४ माघ १० गतेको साधारण सभाबाट… पुरा पढौ

इन्फ्रास्टक्चर बैंकले अहिलेसम्मकै ठूलो ८ अर्बकाे शेयर ल्याउँदै, अनुमतिका लागि धितोपत्र बोर्ड पुग्याे

काठमाडौं, २४ मंसिर । नेपाल इन्फ्रास्टक्चर बैंकले अहिलेसम्मकै ठूलो आकारको शेयर निष्काशनका लागि धितोपत्र बोर्ड समक्ष अनुमति मागेको छ । मंसिर ३ गते सम्पन्न भएको कम्पनीको साधारण सभाले शेयर निष्काशनको प्रस्ताव पारित गरेपछि बैंक सर्वसाधारणका लागि शेयर निष्काशनको प्रक्रिया थालनि गर्न धितोपत्र बोर्डमा ८ करोड कित्ता शेयर अर्थात ८ अर्ब बराबरको शेयर निष्काशन गर्नकाे लागि अनुमति मागेकाे हाे । नेपालको पहिलो पूर्वाधार विकास बैंकको रुपमा स्थापना भएको नेपाल इन्फ्रास्टक्चर बैंकमा नेपाल सरकारको पनि लगानी रहेको छ । बैंकद्वारा निष्काशन गर्न… पुरा पढौ

नेप्से परिसूचक ओरालो लाग्यो

काठमाडौं, २३ मंसिर । साताको तेस्रो दिन नेप्से ९.४ अंकले घटेको छ । मंगलबार नेप्से परिसूचक ९.४ अंकले घटेर १ हजार ९ सय ९५ दशमलब ३५ विन्दुमा पुगेको छ । नेप्सेका अनुसार आज ५ अर्ब ६७ करोड ७ लाख ३९ हजार ९५८ रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबार भएका कूल १२ उपसमूहमध्ये हाइड्रोपावर र म्यूचुअल फण्ड बाहेक अन्य सबै समूह घटेका छन् । पुरा पढौ

सुनको मूल्य बढ्यो, तोलाको कति ?

काठमाडौं, २३ मंसिर । आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । सोमबार ९२ हजार ६०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज तोलामा  १५ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आज छापवाला सुन प्रतितोला ९४ हजार १०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९३ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १ हजार २३५ रुपैयाँ रहेको महासंघले जनाएको छ । पुरा पढौ

बाख्रापालनबाट एउटै गाउँमा वार्षिक ९० लाख आम्दानी

पोखरा, २३ मंसिर । पोखरा महानगरपालिका–२० मौजागाउँका किसानले बाख्रापालनबाट मनग्य आम्दानी गर्दै आएका छन् । जिल्लामा बाख्राको पकेट क्षेत्रसमेत घोषणा गरिएको मौजाका कृषकले बाख्रापालनबाट वर्षमा सबै खर्च कटाएर ९० लाख कमाइ गरेका छन्। मौजामा विसं २०६२ देखि व्यावसायिक बाख्रापालन शुरु गरिएको थियो । पछि विसं २०६७ मा बाख्रापालन समूह गठन गरियो । विसं २०७१ मा मौजा बाख्रापालक कृषि सहकारीमार्फत अधिकांश गाउँलेले व्यावसायिक बाख्रापालन शुरु गरे । सहकारीअन्तर्गत यहाँका ४० कृषकले बाख्रापालन गर्दै आएको मौजा बाख्रापालक कृषि सहकारी संस्थाका अध्यक्ष दुर्गाबहादुर… पुरा पढौ

मन्त्रालयहरुले प्रस्तुत गरे पहिलो चौमासिक प्रगति

काठमाडौं, २३ मंसिर । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको वित्तीय प्रगति ४० दशमलव ९४ र भौतिक प्रगति ४२ दशमलव ६६ प्रतिशत रहेको छ । राष्ट्रिय विकास समस्या समाधान समितिअन्तर्गतको राष्ट्रिय विकास समस्या समाधान उपसमितिको मङ्गलबारदेखि शुरु भएको बैठकमा सो मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठले सडक विभागको वित्तीय प्रगति ४३ र भौतिक प्रगति ४६ दशमलव चार प्रतिशत भएको बताए। उनका अनुसार रेल विभागको वित्तीय प्रगति २७ दशमलव ६३ र भौतिक प्रगति २७ दशमलव ६३ प्रतिशत रहेको छ भने यातायात व्यवस्था विभागको वित्तीय… पुरा पढौ

नेप्से ७२.२८ अंकले बढ्यो, साढे ६ अर्ब बढीको कारोबार

काठमाडौं, २२ मंसिर । साताको दोस्रो दिन नेप्से ७२.२८ अंकले बढेको छ । सोमबार नेप्से परिसूचक ७२.२८ अंकले बढेर २ हजार ४ दशमलब ३९ विन्दुमा पुगेको छ । नेप्सेका अनुसार आज ६ अर्ब ६६ करोड ७९ लाख ५६ हजार ८३१ रुपैयाँ बराबरको कारोबार भएको छ ।आज कारोबार भएका कूल १२ उपसमूहमध्ये सबै समूहमा हरियाली छाएको छ । पुरा पढौ