आर्थिक 📈

नेप्से ५६.७२ अंकले बढ्यो, ७ अर्ब २० करोड बढीको कारोबार

काठमाडौं, २९ मंसिर । साताको दोस्रो दिन नेप्से ५६.७२ अंकले बढेको छ । सोमबार नेप्से परिसूचक ५६.७२ अंकले बढेर २ हजार ६७ दशमलब १७ विन्दुमा पुगेको छ । नेप्सेका अनुसार आज कूल २०२ कम्पनीको एक करोड २८ लाख ८८ हजार ६६ कित्ता शेयर रु.७ अर्ब २० करोड ४१ लाख ३६ हजार ९२३ मूल्यमा खरिद बिक्री भएको छ । कारोवार भएका कूल १२ उपसमूहमध्ये आज जलविद्युत् उपसमूहको मात्रै शेयर ओरालो लागेको छ । सो उपसूह २१.१५ ले ओरालो लाग्दा बैंकिङ २२.१,… पुरा पढौ

सुनको मूल्य घट्यो, तोलाको कति ?

काठमाडौं, २९ मंसिर । नेपाली बजारमा लगातार तीन दिन स्थिर रहेको सुनको मूल्य आज घटेको छ । आइतबार ९२ हजार ५ सयमा कारोबार भएको सुनको मूल्य आज तोलामा १ सयले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ४ सय र तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदीको मूल्य प्रतितोला १ हजार २०० रहेको महासंघले… पुरा पढौ

प्रभु लाइफको आईपीओमा आजबाट आवेदन दिन सकिने

काठमाडौं, २९ मंसिर । प्रभु लाइफ इन्स्योरेन्सको साधारण शेयर (आईपीओ) मा सर्वसाधारणले आजबाट आवेदन दिन सक्नेछन् । कम्पनीले आजबाट सर्वसाधारणका लागि ५४ लाख कित्ताका लागि आवेदन खुलाएको हो ।कम्पनीको प्रतिशेयर १०० रुपैयाँको दरले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता शेयर निष्काशन हुन लागेको छ । जसमध्ये ३ लाख कित्ता शेयर कर्मचारीका लागि र ३ लाख कित्ता म्युचुअल फण्डहरुका लागि रहेको छ । हिजोआज शेयरमा आकर्षण निकै बढेको देखिएको छ । कतिपय कम्पनीले निष्काशन गरेको आईपीओमा माग भन्दा बढी आवेदन… पुरा पढौ

४६.४३ अंकले बढ्यो नेप्से, ४ अर्ब ८९ करोड बढीको कारोबार

काठमाडौं, २८ मंसिर । साताको पहिलो दिन नेप्से दोहोरो अंकले बढेको छ । आइतबार नेप्से परिसूचक ४६.४३ अंकले बढेर दुई हजार १० दशमलब ४५ विन्दुमा पुगेको हाे । कूल २०३ कम्पनीको ९० लाख ५० हजार १६ कित्ता शेयर रु. चार अर्ब ८९ करोड ९४ लाख ८४ हजार १३१ मा कारोबार भयो । कारोबार भएका कूल १२ उपसमूहमध्ये आज तीन उपसमूहको शेयर ओरालो लाग्दा नौ उपसमूहको शेयर भने उकालो लागेको छ । व्यापार २९.८६, होटल ५.६८, जलविद्युत् २८.९५ बिन्दुले ओरालो लागेको… पुरा पढौ

यस्तो छ आजको सुनचाँदीको मूल्य

काठमाडौं, २८ मंसिर । आज नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ। बिहीबार सुनको मूल्य प्रतितोला ९२ हजार ५ सयमा कारोबार भएकोमा शुक्रबार, शनिबार र आइतबार पनि सोहि मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ५ सय र तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । आज चाँदीको मूल्य प्रतितोला १ हजार २०० रहेको महासंघले… पुरा पढौ

४५० मेगावाट क्षमताको किमाथांका अरुण जलविद्युतको काम शुरु, बाँधका लागि जग्गा अधिग्रहण हुँदै

काठमाडौं, २८ मंसिर । किमाथांका अरुण जलविद्युत आयोजना निर्माणको काम शुरु भएको छ । ४५० मेगावाट क्षमताको नेपाल सरकारको स्वामित्वको विद्युत उत्पादन कम्पनीको प्रवर्धन रहेको आयोजना बाँधस्थलमा अहिले अवासिय भवन तथा कार्यालय भवन निर्माणका लागि जग्गा अधिग्रहण गर्ने प्रक्रिया शुरु भएको छ । आयोजनास्थल भोटेखोला गाउँपालिका वडा नं २ ह्योगोकका स्थानियको जग्गा अधिग्रहण गर्न लागिएको हो । जहाँ ८३ घरपरिवारको जग्गा रहेको छ । उक्त स्थानमा आयाोजनाको बाँध निर्माण गर्नका लागि जग्गा अधिग्रहण गर्नका लागि आयोजननाले सूचना निकालेको छ ।… पुरा पढौ

देशको आर्थिक अवस्था सुधारोन्मुख छः गभर्नर अधिकारी

काठमाडौं, २८ मंसिर । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले देशको आर्थिक अवस्था सुधारोन्मुख रहेको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को पाँचौँ महासभालाई सम्बोधन गर्दै गभर्नर अधिकारीले कोरोनाका कारण अर्थव्यवस्थामा निकै ठूलो असर परेको र अहिले त्यो सुधार हुँदै गएको बताएका हुन् । नेपालको आर्थिक वृद्धिदर कस्तो रहन्छ भन्नेबारे अहिले नै केहि बोल्न नसकिने गभर्नर अधिकारीले बताए । गत वर्षको तुलनामा आयात घटेको पनि उनले बताए । आयात घटेकोले पनि सहज भएको भन्दै उनले जुनखालेको त्रास थियो त्योभन्दा… पुरा पढौ

‘कोरोनाबाट नेपाली र नेपालको अर्थतन्त्र जोगाउने तर्फ नै सरकारको ध्यान केन्द्रित छ’

काठमाडौं, २८ मंसिर । अर्थमन्त्री विष्णु पौडेलले कोरोनाबाट नेपाली र नेपालको अर्थतन्त्र जोगाउने तर्फ नै सरकारको ध्यान केन्द्रित भएको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को पाँचौ महासभा तथा अधिवेशनको उद्घाटन गर्दै अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् । उनले चाडै नै सबै नेपालीलाई कोरोना विरुद्धको गुणस्तरिय खोप उपलब्ध गराउने बताएका छन् । उनले भने, ‘हामी बिना बिलम्ब गुणस्तरिय भ्याक्सिन तुलनात्मक रुपमा सस्तो मूल्यमा आयात गछौँ । सबै नेपालीलाई प्राथमिकताका आधारमा खोप लगाउने व्यावस्थापन गर्ने सरकारले तयारी गरिरहेको छ… पुरा पढौ

आयल निगमले बढायो पेट्रोल र डिजेलको मूल्य

काठमाडौं, २८ मंसिर । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पेट्रोल, डिजेल र मटितेलको मूल्य बढेको हो । शनिबार निगमले गरेको निर्णय अनुसार पेट्रोलमा एक रुपैयाँ र डिजेल तथा मटितेलमा दुई रुपैयाँले मूल्य बढाइएको आयल निगमका प्रवक्ता बिनितमणि उपाध्ययले विज्ञप्तिमार्फत जानकारी दिएका छन् । बढेको मूल्यपछि पेट्रोलको खुद्रा बिक्री मूल्य १०८ रुपैयाँ र डिजेल तथा मटितेलको मूल्य ९१ रुपैयाँ प्रतिलिटर पुगेको निगमले जनाएको छ । भारतीय आयल कर्पोरेसनबाट नयाँ मूल्य बढेर आएकाले मूल्य समायोजन गरिएको निगमले जनाएको… पुरा पढौ

चिलिमे हाईड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं, २८ मंसिर । चिलिमे हाईड्रोपावर कम्पनीको लभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । कम्पनीको २४ औं साधारण सभाबाट २० प्रतिशत लाभांस पारित गरिने भएको छ । यसका लागि कम्पनीको साधारण सभा पुस १२ गते आव्हान गरिएको छ । कम्पनीका शेयरधनीले आफ्नो लाभांश प्राप्तिका लागि आजसम्म मात्रै लाभांश सुरक्षित गर्न सक्ने भएका छन् । साधारण सभा तथा लाभांश प्रयोजनार्थ मंसिर २९ बाट पुस २ गतेसम्म बुक क्लोज गरिने भएको छ । नेप्सेमा कायम भएका शेयरधनीहरुले साधारण सभामा भाग लिन… पुरा पढौ