आर्थिक 📈

नेप्से परिसूचक ३ हजार विन्दुमा उक्लियाे, करिब ३० अर्बको कारोबार

काठमाडौं, ३१ साउन । सेयर बजारको अन्तिम कारोबार हुने दिन बिहिबार नेपाली सेयर बजारमा अर्को नयाँ रकेर्ड कायम भएको छ । आज नेप्से परिसूचक ३ हजार विन्दुमा उक्लेकाे छ । नेप्सेमा देखिएको उकालोको दृश्यले लगानीकर्ताहरुलाई हौसला थपेको छ । यदाकदाका करेक्सन बाहेकका दिनहरुमा नेप्सेको अधिक हरियाली वातावरणले लगानीकर्ताको मनोवल उच्च बनाएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ४३.०५ अंकले बढेर ३,०००.८१ विन्दुमा उक्लिएको छ । नेप्सेमा १.४५ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स १६.०१ अंकले बढेर ५३५.५१ विन्दुमा पुगेको… पुरा पढौ

राष्ट्र बैंकद्वारा २ वटा मनी एक्सचेञ्जको लाइसेन्स खारेज

काठमाडौं, ३१ साउन । नेपाल राष्ट्र बैंकले दुईवटा मनी एक्सचेञ्ज कम्पनीको लाइसेन्स खारेज गरेको जनाएकाे छ । राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले आज एक सूचना जारि गरेर दुई मनी एक्सचेञ्ज कम्पनीको इजाजत खारेज गरेको जनाएको हाे । राष्ट्र बैंकका अनुसार काठमाडौंकाे ठमेलमा रहेको रेन्बो मनी एक्स्चेन्ज र ललितपुरको पुल्चोकमा रहेको कसा मनी एक्स्चेन्जको इजाजतपत्र खारेज गरिएकाे हाे । दुबै कम्पनी मनी एक्स्चेन्ज कम्पनीले इजाजतपत्र नवीकरण नगरेकोले उनीहरुकाे इजाजतपत्र खारेज गरेको राष्ट्र बैंकले सूचनामा जनाएकाे छ। पुरा पढौ

नेप्से अपडेट-३०१५.४५ विन्दुमा उक्लिदा साढे ४ अर्बकाे कारोबार

काठमाडौं, ३१ साउन । साताको सेयर कारोबार हुने अन्तिम दिन बिहिबार नेपाली सेयर बजार सुरुआत सकारात्मक बन्दै उकालोतिर लागेको छ । तीन हजारको विन्दु छुदै पछि सर्दै गरेको नेप्से साढे ११ बजेसम्म ३ हजारको विन्दु पार गरेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ५७.६९ अंकले बढेर ३०१५.४५ विन्दुमा उक्लिएको छ । नेप्सेमा १.९५ प्रतिशतले बृद्धि भएको छ । सेन्सेटिभ इण्डेक्स १४.३२ अंकले बढेर ५३३.८२ विन्दुमा पुगेको छ । हालसम्मको सूचकांकलाई हेर्दा ३ वटा उपसमूहहरुमा रातो लागेको छ ।… पुरा पढौ

बिहिबार सुनको भाउ स्थिर, चाँदीमा सामान्य बृद्धि

काठमाडौं, ३१ साउन । साताको सुनचाँदीको कारोबार हुने पाँचौ दिन बिहिबार नेपाली सुनचाँदी बजारमा सुनको भाउ स्थिर रहेको छ । चाँदीको भाउमा सामान्य बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनको भाउ स्थिर रहेको र चाँदीमा रुपैयाँ ५ ले बढेको जानकारी गराएको छ । छापावाल सुनको भाउ स्थिर रहेर तोलाको १ लाख ५० हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि बुधबार पनि छापावाल सुन तोलाको १ लाख ५० हजार ५ सय रुपैयाँमा नै कारोबार भएको थियो… पुरा पढौ

आज अमेरिकी डलरको भाउ घट्यो, यूराे बढ्यो

काठमाडौं, ३१ साउन । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । यसदिन अमेरिकी डलरको भाउ घटेको छ । यूरोको भाउ भने बढेको छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १ सय ६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । अमेरिकी डलर १ को खरिददर १ सय ३४ रुपैयाँ २ पैसा र बिक्रिदर… पुरा पढौ

नेपालगञ्ज औद्योगिक क्षेत्रमा ८ सय जनालाई रोजगारी

बाँके, ३१ साउन । नेपालगञ्ज औद्योगिक क्षेत्रमा रहेका उद्योग र प्रतिष्ठानमा आठ सय जनाले रोजगारी पाएका छन् । औद्योगिक क्षेत्रमा सञ्चालित ३४ उद्योगमा उनीहरुले रोजगारी पाएका हुन्। औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख इञ्जिनियर प्रकाश केसीका अनुसार रोजगारी पाउनेमा ९५ प्रतिशत पुरुष छन् । विगतको तुलनामा हाल उत्पादनमा कमी भए पनि यहाँका सबै उद्योग सञ्चालनमा छन् । ती उद्योगमा विगतमा एक हजारभन्दा बढीले रोजगारी पाएका थिए । औद्योगिक क्षेत्रमा अधिकांश कामदार भारतीय नागरिक छन् । नेपालीलाई रोजगारीमा प्राथमिकता दिन माग गर्दै… पुरा पढौ

सर्वोत्तम सिमेन्टको आम्दानी बढेपनि खुद नाफा घट्याे

काठमाडौं, ३१ साउन । सर्वोत्तम सिमेन्टको आम्दानी बढेकाे छ । तर आम्दानी बढेकाे भएपनि खुद नाफा भने घटेको छ । कम्पनीकाे सार्वजनिक भएकाे गत आर्थिक वर्षको चौथो त्रैमाससम्मकाे वित्तीय विवरण अनुसार खुद नाफा १८.५१ प्रतिशतले घटेकाे छ । यसरी घटेर रूपैयाँ १७ करोड ४२ लाख ८६ हजार रहेकाे छ । अघिल्लो वर्षको साेहि अवधिमा कम्पनीले रूपैयाँ २१ करोड ३८ लाख ६७ हजार खुद नाफा गरेकाे थियो ।  सञ्चालन आम्दानी १८.४७ प्रतिशतले बढेर रूपैयाँ ६ अर्ब ३७ करोड ३७ लाख ६७… पुरा पढौ

नेपाल टेलिकमकाे नाफा १६.४४ प्रतिशतले घट्याे

काठमाडाैं, ३१ साउन । नेपाल टेलिकमकाे खुद नाफामा कमी भएकाे छ । कम्पनीकाे सार्वजनिक भएकाे गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिकोभन्दा घटेको छ। गत आर्थिक वर्षको असारसम्ममा कम्पनीले रूपैयाँ ६ अर्ब ६१ करोड ७७ लाख खुद नाफा गरेकाे छ। जाे अघिल्लो आर्थिक वर्षको सोही अवधिकोभन्दा १६.४४ प्रतिशतले थाेरै हो। अघिल्लो आर्थिक वर्ष कम्पनीको खुद नाफा रूपैयाँ ७ अर्ब ९२ करोड १ लाख थियो। कम्पनीको आम्दानी ४.९९ प्रतिशतले घटेको छ ।… पुरा पढौ

नेप्सेमा ३४.२९ अंकको बृद्धि, २३ अर्ब ४३ करोडको कारोबार

काठमाडौं, ३० साउन । मंगलबार करेक्सन भएको सेयर बजारमा बुधबार लयमा फर्किएको छ । साताको सेयर कारोबार हुने चौथो दिन आज नेपाली बजार पुनः लयका फर्किनु लगानीकर्ताहरु सक्रिय हुनुले नै हो । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ३४.२९ अंकले बढेर २९५७.७५ विन्दुमा पुगेर रोकिएको छ । नेप्सेमा १.१७ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स ८.३४ अंकले बढेर ५१९.४९ विन्दुमा रहेको छ । १३ उपसमूहहरुमध्ये ३ वटामा मात्रै रातो लागेको छ । उनीहरुमा लाइफ इन्स्योरेन्स उपसमूह, फाइक्रोफाइनान्स र म्युचुअल फण्ड रहेका… पुरा पढौ

आइएमई र जिएमई रेमिट गाभिएर एकीकृत कारोबार सुरु

काठमाडौं, ३० साउन । आइएमई र जिएमई रेमिट गाभिएर आजदेखि आइएमई लिमिटेडका रुपमा एकीकृत कारोबार सुरु भएको छ । आयोजित एक औपचारिक कार्यक्रमकाबीच दुईवटा कम्पनी गाभिई संयुक्त कारोबार सुरु भएको जानकारी दिइएको हो । आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले कम्पनी गाभिएपछि आगामी दिनमा सेवा थप सहज तथा सुरक्षित बन्दै जाने र चाँडै सार्वजनिक निष्कासनमा जाने बताए। “हामीले आइएमईलाई चाँडै नै नागरिकमाझ लैजाँदैछौँ । जनतालाई नै मालिक बनाउने हाम्रो यो अर्को पहल हो,” उनले भने, “राज्यको प्राथमिकतामा रहेको, आमजनतालाई सेवा दिन… पुरा पढौ