आर्थिक 📈

कर्णाली चिसापानी आयोजनाकाे लागत रु ११ खर्ब ४७ अर्ब

काठमाडौं, १३ पुस । हालको मूल्यअनुसार रु ११ खर्ब ४७ अर्ब लागत रहने दक्षिण एशियाकै सबैभन्दा ठूलो कर्णाली चिसापानी जलविद्युत् आयोजनाको अध्ययन प्रक्रिया अगाडि बढाइएको छ । नेपाल विद्युत् प्राधिकरणले कूल १० हजार आठ सय मेगावाट क्षमताको सो आयोजना आफ्नै साधन र स्रोत प्रयोग गरेर अध्ययन प्रक्रिया अगाडि बढाएको हो । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, उर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सुशीलचन्द्र तिवारी, जलस्रोत तथा सिँचाई विभागका महानिर्देशक चूर्णबहादुर ओली, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायतको उच्चस्तरीय टोलीले यही… पुरा पढौ

आज सुन तोलामा १३ सयले घट्यो, चाँदीमा पनि गिरावट

काठमाडौं, १३ पुस । साताको सुनचाँदीको कारोबार हुने अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ । सुनमा रुपैयाँ १३ सय तथा चाँदीमा रुपैयाँ ३५ ले घटेको छ । नेपाल सुनचाँदी व्यवसयाी महासंघका अनुसार छापावाल सुनमा रुपैयाँ १३ सयले घटेर तोलाको १ लाख २० हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि बिहिबार छापावाल सुन तोलाको १ लाख २२ हजार रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुन तोलाको १ लाख २० हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ… पुरा पढौ

कबुलियत वनमा लगाइएको अम्रिसो बेचेर ३ करोड बढी आम्दानी

मध्यविन्दु (नवलपरासी), १३ पुस । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को पहाडी क्षेत्रमा रहेका कबुलियत वनमा लगाइएको अम्रिसोबाट तीन करोडभन्दा बढी आम्दानी भएको छ । गत आर्थिक वर्षमा सो वनमा लगाइएको अम्रिसोबाट दुई सय ५१ मेट्रिक टन अम्रिसोे उत्पादन भएको थियो । यसबाट रु तीन करोड २६ लाख ३५ हजार आठ सय ५० आम्दानी भएको डिभिजन वन कार्यालय नवलपुरका सूचना अधिकारी हरिप्रसाद गौतमले जानकारी दिए। “डिभिजन वन कार्यालयले वनमा आश्रित घरपरिवारलाई आयमूलक पेसामा जोड्न पहाडी क्षेत्रमा अम्रिसो खेतीलाई प्रोत्साहन गर्दै आएको छ”, उनले… पुरा पढौ

यी ६ वटा कम्पनीकाे सेयरमूल्य नेप्सेमा समायाेजन

काठमाडौं, १३ पुस । आज नेपाल स्टक एक्सचेञ्जमा ६ कम्पनीको सेयरमूल्य समायोजन गरिएको छ। नेप्सेका अनुसार हिमालयन डिष्टिलरी, साना किसान विकास लघुवित्त, घोराही सिमेन्ट्स, सपोर्ट लघुवित्त, आत्मनिर्भर लघुवित्त तथा राधी विद्युतको सेयरमूल्य समायोजन गरिएको हो। यी कम्पनीहरुले साधारण सभा तथा लाभांश वितरणकाे प्रयोजनका लागि बुकक्लोज गरेकाेले नेप्सेमा उनीहरुकाे सेयरमूल्य समायोजन गरेर नयाँ सेयरमूल्य कायम गरिएकाे हो। हिमालयन डिष्टिलरीको १० प्रतिशत, साना किसान विकास लघुवित्तको १४.२५ प्रतिशत, घोराही सिमेन्ट्सको १५ प्रतिशत, सपोर्ट लघुवित्तको १३ प्रतिशत सेयरमूल्य समायाेजन भएकाे छ । यस्तै… पुरा पढौ

आज अमेरिकी डलरको भाउ घट्यो, यूरो बढ्यो

काठमाडौं, १३ पुस । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। यसअनुसार आज अमेरिकी डलरको भाउ घटेको छ । यूरो लगायतका अन्य केहि देशको मुद्राको भाउ बढेको छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ७७ पैसा र… पुरा पढौ

बिम्स्टेकजस्ता क्षेत्रीय सङ्गठन नेपालको आर्थिक विकासमा सहयोगी हुने : परराष्ट्र मन्त्री साउद

काठमाडौं, १३ पुस । परराष्ट्र मन्त्री नारायणप्रकाश साउदले क्षेत्रीय मञ्चमार्फत राष्ट्रिय हित प्रवद्र्धन गर्ने नेपालको परराष्ट्र नीति रहेको बताएका छन् । नीति अनुसन्धान प्रतिष्ठानले बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक)को भावी कार्यदिशा विषयमा आयोजना गरेको कार्यक्रममा उनले आपसी सहयोग अभिवृद्धि तथा आर्थिक विकास गर्ने उद्देश्यले विश्वका विभिन्न मुलुक आ–आफ्ना क्षेत्रमा सङ्गठित भएका उल्लेख गरे । मन्त्री साउदले भने, “नेपाल पनि एसियामा स्थापना भएका सङ्गठनहरूमा आबद्ध भई संवाद र सहकार्य गर्दै आएको छ । त्यसैअनुरूप नेपाल दक्षिण… पुरा पढौ

युवालक्षित नवप्रवर्तनलाई प्राथमिकता दिन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं, १२ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युवालक्षित नवप्रवर्तनलाई उच्च प्राथमिकता दिएर काम गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएका छन् । सिंहदरबारमा आज भएको उद्योग मन्त्रालयसँग सम्बन्धित छलफलमा उनले नवप्रवर्तनशील सोच र जोश भएका युवामा उद्यमशीलता प्रवद्र्धन गर्न ‘विजनेस इन्कवेसन सेन्टर’का माध्यमबाट सातै प्रदेश केन्द्रित व्यवसाय प्रवद्र्धन अभियान सञ्चालन गर्न निर्देशन दिए। प्रधानमन्त्रीले भने, “नवप्रवर्तन कोष परिचालन गरी कम्तीमा २० हजार युवाको नवीनतम सोचलाई वस्तु र सेवा उत्पादनमा जोड्ने तथा स्वरोजगारी, नवप्रवर्तन र विभिन्न व्यवसायले सिर्जना गर्ने… पुरा पढौ

नेप्सेमा झिनो अंकको गिरावट, ४ अर्ब बढीको कारोबार

काठमाडौं, १२ पुस । साताको सेयर कारोबार हुने अन्तिम दिन बिहिबार नेपाली सेयर बजारमा सामान्य अंकको गिरावट भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १.९३ अंकले घटेर २०६८.९० मा झरेको छ । नेप्सेमा ०.०९ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स १.६२ अंकले घटेर ३८५.४४ विन्दुमा रहेको छ । यसदिन ७ वटा उपसमूहहरुमा हरियो लागेको छ । उनीहरुमा होटल तथा पर्यटन समूह, लगानी समूह, उत्पादन, सामूहिक लगानी कोष, नीर्जिवन बीमा र अन्य रहेका छन् । बाँकी ६ वटामा रातो लागेको… पुरा पढौ

एकको उपहार, अर्काको सरोकार: सहयोगको हात फैलाउँदै सुखावती

गण्डकी, १२ पुस ‘एकको उपहार, अर्काको सरोकार’ भन्ने नाराका साथ पुराना सामान पुनः प्रयोग एवं प्रशोधन गरी त्यसलाई सुपथ मूल्यमा बेच्ने र आम्दानीलाई सामाजिक उपयोगमा लगाउँदै आएको सुखावती फाउन्डेसनले पोखरामा सहयोगको हात फैलाउन सुरु गरेको छ । समाज कल्याण परिषद्मा दर्ता गरी शिक्षा र महिला उद्यमशीलता निर्माणका लागि क्रियाशिल हुँदै आएको सो संस्थाले गत अक्टोबरदेखि पोखरा महानगरपालिका–१७ स्थित पावरहाउस नजिक नयाँ शाखा सञ्चालनमा ल्याएको हो । प्रयोग भइसके पनि पुनःप्रयोग गर्न मिल्ने सामग्री सङ्कलन÷प्रशोधन गरी न्यून मूल्यमा बिक्री गरेर भएको… पुरा पढौ

सुन तोलाको १ लाख २२ हजार पुग्यो, चाँदीमा पनि बृद्धि

काठमाडौं, १२ पुस । आज सुनको भाउ बढेर अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । सुनमा रूपैयाँ १९ सय र चाँदीमा रूपैयाँ १५ ले बढेकाे छ । साताको सुनचाँदीको कारोबार हुने आज पाँचौ दिन हो । बिहिबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेर साे उच्च विन्दुमा पुगेकाे हाे । नेपाल सुनचाँदी व्यवसायी महासंघले यसदिन छापावाल सुनमा रुपैयाँ १९ सयले बढेर तोलाको १ लाख २२ हजार रुपैयाँमा कारोबार भईरहेको जनाएको छ । यसअघि बुधबार छापावाल सुन तोलाको १ लाख २० हजार ७ सय… पुरा पढौ