आर्थिक 📈

शिक्षण अवकाशपछि सुन्तलाबाट बर्सेनि ५ लाख कमाउदै ७१ वर्षिय अनन्त

गलकोट (बागलुङ), ३ पुस । धेरै जागिरेहरू अवकाशपछि आराम गरेका हुन्छन् तर एक शिक्षक ३७ वर्ष शिक्षण पेसामा बिताउँदासमेत थाकनन्। एकहत्तर वर्षको उमेरमा उत्तिकै जोश जाँगरका साथ उनी सुन्तलाखेतीमा रमाउँदै आएका छन्। शिक्षक पेसाबाट अवकाश भएका बागलुङ नगरपालिका–८ सिगानाका किसान अनन्तबहादुर खड्काले अवकाशपछिको समय सुन्तला खेतीमा लगाएको १० वर्ष भयो । उनी सुन्तलाखेतीबाटै वार्षिक रु पाँच लाख आम्दानी गर्न सफल भएका छन्। शिक्षक, प्रधानाध्यापक हुँदै स्रोत व्यक्तिबाट अवकाशप्राप्त भएका खड्काले मासिक रु ३५ हजार पेन्सन बुझ्दै आएका छन्। आफू अहिले… पुरा पढौ

नबिल बैंककाे डिबेन्चरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं, ३ पुस । नबिल बैंकले जारी गरेकाे ३० लाख इकाई ऋणपत्रमा आजसम्म आवेदन दिन सकिने भएकाे छ । लगानीकर्ताले आज कार्यालय समयभित्र आवेदन दिन पाउनेछन्। बैंकले मंसिर २९ गते देखि प्रतिइकाई १ हजार रुपैयाँको दरकाे ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्रकाे बिक्रीका लागि खुल्ला गरेको थियाे ।   यसमा बैंकले १८ लाख इकाई व्यक्तिगत रुपमा विभन्न संघसंस्थालाई बिक्री गर्ने भएकाे छ। बाँकी रहने १२ लाख इकाई सर्वसाधारणका लागि रहेकाे छ । यसबाट ६० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि रहेकाे… पुरा पढौ

मंगलबार अमेरिकी डलर र यूरोको भाउ बढ्यो, अन्यको कति ?

काठमाडौं, ३ पुस । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलरको भाउ बढेको छ । साथै यूरोको भउा पनि बढेको छ । यसका साथै अन्य देशको मुद्राको भाउमा पनि घटबढ भएको राष्ट्र बैंकले जनाएको को छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको… पुरा पढौ

हस्तकला व्यापार मेलामा दुई करोडको कारोबार

काठमाडौ, ३ पुस । मङ्सिर २८ गतेदेखि सञ्चालन भएको हस्तकला व्यापार मेलामा रु दुई करोडको कारोबार भएको नेपाल हस्तकला महासङ्घले जनाएको छ । स्वदेशी उत्पादनलाई प्रोत्साहन गरी ती वस्तुलाई अन्तर्राष्ट्रिय बजार प्रवर्द्धन गर्र्ने उद्देश्यले आयोजित मेलामा महासङ्घका सदस्य तथा विभिन्न भौगोलिक क्षेत्रबाट प्रतिनिधित्व गर्ने प्रदेश, जिल्ला हस्तकला सङ्घ र वस्तुगत सङ्घहरूसमेतको सहभागिता थियो । मेलामा धातुकला, सुनचाँदीका गरगहना, सुती एवं ढाकाका लुगा, पश्मिना, छालाजन्य सामग्री, प्राकृतिक रेसा, बाँसका सामानलगायत अन्य हस्तकलाका सामग्री प्रदर्शनी तथा बिक्री गरिएको थियो । हस्तकलाका वस्तुका… पुरा पढौ

भूकम्प प्रभावितलाई १ अर्ब निकासा, ९३ करोड पठाइयाे

काठमाडौं, ३ पुस । भूकम्प प्रभावितका लागि अस्थायी आवास निर्माणमा उच्च प्राथमिकता दिएको सरकारले रु एक अर्ब रुपैयाँ निकासा गरेको छ । राष्ट्रिय विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार अर्थ मन्त्रालयबाट निकासा भएको सो रकम मध्ये रु ९३ करोड सम्बन्धीत जिल्लामा पठाइएको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले भने, “अर्थ मन्त्रालयले एक अर्ब निकासा गरेको थियो, हामीले तत्कालै ९३ करोड रुकम पठाएका छौँ, प्रभावितका लागि सरकारको प्राथमिकताअनुसार नै रकम पठाएका हौँ ।” उनले यसअघि पनि सकेसम्म छिटो… पुरा पढौ

स्वास्थ्य बीमाका बिरामीले १० प्रतिशत आफैं तिर्नुपर्छ : बोर्ड

चितवन, २ पुस । स्वास्थ्य बीमाका बिरामीले लागत साझेदारी (कोपेमेन्ट) गर्नुपर्ने भएको छ । स्वास्थ्य बीमा बोर्डले आगामी माघ १ गतेदेखि १० प्रतिशत बिरामीबाट उपचार खर्च लिने गरी कोपेमेन्ट गर्न लागेको हो । बोर्डका अध्यक्ष डा गुणराज लोहनीका अनुसार बीमा लागू भएका सबै अस्पतालमा कोपेमेन्ट लागू गरिँदैछ । सरकारी, सामुदायिक र निजी सबैखाले अस्पतालमा यो व्यवस्था लागू हुनेछ । लोहोनीले भने, “यसले राज्यलाई आर्थिक भार कम गर्छ ।” उनका अनुसार सबै स्वास्थ्य बीमाले समेट्दै गर्दा अनावश्यक प्रभावमा उपचार हुने गरेको… पुरा पढौ

नेप्सेमा ३८.१४ अंककाे बृद्धि, करिब ७ अर्बकाे काराेबार

काठमाडौं, २ पुस । लगातार नेप्से उकालोको यात्रामा गएको छ । यसले अर्थबजार सकारात्मक लयमा जान लागेको आकलन गरिएको छ भने लगानीकर्ताहरुमा उत्साहित बनाएकाे छ । साताको सेयर कारोबार हुने आज सोमबार दोश्रो दिन हो । एउटा उपसमूह बाहेक बाँकी १२ वटैमा हरियो लाग्नुले लगानीकर्ताहरुको मनोबल उच्च बनाएकाे सहजै थाहा पाउन सकिन्छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ३८.१४ अंकले बढेर २०६०.४९ विन्दुमा उक्लिएको छ । नेप्सेमा १.८८ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स ९.५६ अंकले बढेर ३९०.६३ विन्दुमा रहेको… पुरा पढौ

लाभांश पारित गर्न तारागाउँ रिजेन्सीले डाक्याे साधारण सभा

काठमाडाैं, २ पुस । तारागाउँ रिजेन्सी होटल लिमिटेडले लाभांश प्रस्ताव पारित गर्नका लागि पुस २४ गते साधारण सभा डाकेकाे छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गर्न घाेषणा गरिएकाे लाभांश प्रस्ताव लगायतका प्रस्तावहरू अनुमाेदन गर्न साधारण सभा डाकेकाे हाे। होटलकाे २७ औँ साधारण सभा पुस २४ गते, नेपाल पर्यटन बोर्ड, भृकुटीमण्डप, काठमाडौँमा डाकिएकाे छ । साे सभा पूर्वान्ह ११ बजे सुरू हुने जनाइएकाे छ। सभाबाट ११ प्रतिशत नगद लाभांश वितरणकाे प्रस्ताव तथा ४ प्रतिशत बोनससहित १५ प्रतिशत… पुरा पढौ

सोमबार सुनचाँदी स्थिर भाउमा खरिदबिक्री हुँदै

काठमाडौं, २ पुस । साताको सुनचाँदीको कारोबार हुने दोश्रो दिन सोमबार आज नेपाली बजारमा सुनचाँदीको भाउ स्थिर रहेको छ । यसरी भाउ स्थिर रहेको सुनचाँदी आईतबारकै भाउमा खरिदबिक्री भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ स्थिर रहि तोलाको १ लाख १७ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ । आईतबार पनि छापावाल सुन तोलाको १ लाख १७ हजार ८ सय रुपैयाँमा नै कारोबार भएको थियो । तेजाबी सुन तोलाको १ लाख १७ हजार २ सय ५०… पुरा पढौ

अमेरिकी डलरको भाउ स्थिर, यूरो घट्यो, अन्यको कति ?

काठमाडौं, २ पुस । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलरको भाउ स्थिर रहेको छ । यूरो र अन्य देशको मुद्राको भाउमा घटबढ भएको राष्ट्र बैंकले जनाएको को छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । अमेरिकी डलर १ को खरिददर… पुरा पढौ