आर्थिक 📈

नेप्सेको उकालोको यात्रा जारी, ७ अर्ब बढीको कारोबार

काठमाडौं, ४ पुस । नेप्सेको उकालोको यात्रा जारी रहेको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समिक्षा सार्वजनिक गरेपछि सेयर बजार सकारात्मक लयमा फर्किएको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ३५.३९ अंकले बढेर २१४१.८७ विन्दुमा उक्लिएको छ । नेप्सेमा १.६८ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स ४.९३ अंकले बढेर ४०२.६३ विन्दुमा पुगेको छ । १३ उपसमूहहरुमध्ये २ वटामा रातो लागेको छ । बाँकी रहेका ११ वटामा हरियो लागेको छ । कुल ३०६ वटा कम्पनीहरुको सेयर खरिदबिक्री भएको छ ।… पुरा पढौ

काठमाडाैं उपत्यकामा डलर साट्ने बहानामा लुटपाट गर्ने ८ जना पक्राउ

काठमाडाैं, ४ पुस । काठमाडौं उपत्यकामा डलर साटिदिने बहानामा लुटपाटका घटना हुन थालेको पाइएको छ । काठमाडौं जिल्ला प्रहरी परिसरका अनुसार यसरी लुटपाटमा गिरोहको समूह नै परिचालन हुने गरेको पाइएको हो । उनीहरुले विभिन्न स्थानबाट अमेरिकन डलर साट्ने भनी प्रलोभनमा पारेर डलर देखाई पैसा लुटपाट गर्ने गरेको पाइएको परिसरका प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले जानकारी दिए । उनका अनुसार यसरी डलर साट्ने नाममा लुटपाटका घटना भएको प्रहरीमा जानकारी आएपछि केही दिनअघिदेखि टोली परिचालन गरिएको पनि उनले बताए। यस्ता गिरोह सक्रिय रहेको… पुरा पढौ

कुमारी बैंकले ल्यायाे आर्कषक छुट सहितकाे फेस्टिभ अफर

काठमाडौं, ४ पुस । कुमारी बैंक लिमिटेडले आउदै गरेको क्रिस्मस, यःमरि पुन्हि तथा तमु ल्होसारलाई लक्षित गरि नागरिक बचत खातामा आफ्ना ग्राहक महानुभावहरूको सेवा–सुविधालाई मध्यनजर गर्दै चाड पर्वको अवसरमा आर्कषक छुट तथा अफरहरु प्रदान गर्ने निर्णय गरेको छ । आउँदो पुस ८ गते देखी २० गते सम्म नयाँ खोलिने खातामा पहिलो एक बर्षसम्म डेबिट कार्ड, मोबाईल बैंकिङ्ग तथा ईन्टरनेट बैंकिङ्ग सुविधाहरु निःशुल्क प्रदान गर्नेछ भने सो खातामा न्युनतम रकम १ हजार हुनुपर्नेछ । उत्त सुविधाहरु नागरिक बचत खातामा मात्र लागु… पुरा पढौ

सुन ताेलाको १ लाख १९ हजार पुग्यो, चाँदीमा पनि बृद्धि

काठमाडौं, ४ पुस । साताको सुनचाँदीको कारोबार हुने चौथो दिन बुधबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ । छापावाल सुनमा रुपैयाँ १ हजार तथा चाँदीमा रुपैयाँ १५ ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा रुपैयाँ १ हजारले बढेर तोलाको १ लाख १९ हजार रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि मंगलबार छापावाल सुन तोलाको १ लाख १८ हजार रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुनमा पनि तोलामा रुपैयाँ १ हजारले बढेर तोलाको १ लाख १८ हजार ४… पुरा पढौ

बुधबार अमेरिकी डलर र यूरोको भाउ बढ्यो

काठमाडौं, ४ पुस । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलरको भाउ बढेको छ । यसिदन यूरो लगायतका अन्कोय देशहरूकाे मुद्राकाे भाउ पनि बढेको छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ८० पैसा… पुरा पढौ

यी दुई कम्पनीकाे लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडाैं, ४ पुस । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र सोल्टी होटलले साधारण सभा डाकेका छन् । यसअनुसार दुबै कम्पनीहरूकाे लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन बाँकी रहेकाे छ । दुबै कम्पनीले साधारण सभाकाे प्रयाेजनका लागि भाेलि पुस ५ गते बुकक्लाेज हुने जनाएका छन्। लगानीकर्ता सेयरधनीहरूले साधारण सभामा भाग लिन र लाभांश पाउनका लागि आजसम्म नेप्सेमा सेयरकाे कारोबार गरेर कायम भएकाे हुनुपर्नेछ । यसरी कायम भएकाहरू मात्रै लाभांश पाउन र सभामा भाग लिन याेग्य हुनेछन् । भगवती हाइड्रोपावर भगवती हाइड्रोपावरले यही… पुरा पढौ

वन्यजन्तुबाट बाली जोगाउन नसकेपछि विकल्पमा माछापालन

त्रिवेणी (नवलपरासी), ४ पुस । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको मध्यवर्ती क्षेत्रका बासिन्दा वन्यजन्तुले बाली नोक्सान गर्दा समस्यामा पर्ने गरेका छन् । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा सधैँजसो वन्यजन्तुले बाली नोक्सान गर्न थालेपछि कतिपयले विकल्पमा माछा पोखरी निर्माण गर्न थालेका छन् । माछापालन गर्दा क्षति पनि नपुग्ने र आम्दानी पनि हुने भएपछि यस्तो विकल्पमा आफूहरू लागेको कावासोती–७ का किसान देवराज सुब्बाले बताए। वनको सीमासँग जोडिएका यहाँका बासिन्दाको प्रायः घरैपिच्छे माछापोखरी रहेको उनले बताए। “यहाँ करिब ७० घरपरिवार सबैजसोको पोखरी छ, वनसँग… पुरा पढौ

प्रतिफल ल्याउने गरी काम गरिरहेका छौं: अर्थमन्त्री डा महत

कटारी (उदयपुर) ४ पुस । अर्थमन्त्री डा प्रकाशशरण महतले बढीभन्दा बढी प्रतिफल ल्याउने गरी काम गरिरहेको बताएका छन् । अर्थतन्त्रलाई लयमा फर्काउन सुधारका प्रयास क्रमशः कार्यान्वयन भइरहेका उनले उल्लेख गरे। उदयपुरको कटारी नगरपालिकामा आज स्थानीय जनप्रतिनिधिसँगको भेटघाटमा मन्त्री महतले विस्तारै समस्या न्यून हुँदै गएका बताए। मौद्रिक नीतिमा समस्या भएको उल्लेख गर्दै उनले राष्ट बैंकसँग छलफल गरेपछि अहिले ब्याज घट्ने क्रममा रहेको बताए। “नेपालमा केही भएकै छैन, भविष्य छैन । सबै खराब छ, अवसर नै छैन भन्ने नकारात्मक हल्ला फैलाउने काम… पुरा पढौ

२१०६.४८ विन्दुमा नेप्से परिसूचक, करिब ६ करोडकाे कारोबार

काठमाडौं, ३ पुस । नेपाल राष्ट्र बैंकले माैद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा ल्याएपछि उकालाे लाग्न थालेकाे नेप्सेकाे यात्रा यथावत रहेकाे छ । मंगलबार सम्पूर्ण सूचकहरुमा हरियाली छाएको छ । साताको सेयर कारोबार हुने तेश्रो दिन आज बुधबार नेप्सेमा उछाल आउँदा लगानीकर्ताहरु पनि उत्साहित भएका छन् । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ४५.९८ अंकले बढेर २१०६.४८ विन्दुमा उक्लिएको छ । नेप्सेमा २.२३ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स ७.०५ अंकले बढेर ३९७.६९ विन्दुमा पुगेको छ । यसदिन सबै उपसमूहहरु १३ वटैमा… पुरा पढौ

मंगलबार सुनको भाउ बढ्यो, चाँदीमा सामान्य गिरावट

काठमाडौं, ३ पुस । साताको सुनचाँदीको कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली बजारमा सुनचाँदीको भाउमा घटबढ भएको छ । यसदिन सुनको भाउ बढेको छ । चाँदीको भाउ भने घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यसदिन छापावाल सुनमा रुपैयाँ २ सयले बढेको जनाएको छ । चाँदीमा रुपैयाँ ५ ले घटेको छ । छापावाल सुनमा रुपैयाँ २ सयले बढेर तोलाको १ लाख १८ हजार रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि सोमबार छापावाल सुन तोलाको १ लाख १७ हजार ८ सय रुपैयाँमा… पुरा पढौ