आर्थिक 📈

केन्द्रीय बैंकले १० अर्ब बराबरको निक्षेप सङ्कलन गर्ने

काठमाडौं, २९ मङ्सिर । नेपाल राष्ट्र बैंकले आगामी पुस १ गते रु १० अर्ब बराबरको निक्षेप सङ्कलन गर्ने भएको छ । केन्द्रीय बैंकले निक्षेप सङ्कलन उपकरण प्रयोग गरी उक्त परिमाण बराबरको रकम सङ्कलन गर्न लागेको हो । बैंकले पुस १ गतेदेखि ८ गतेसम्मका लागि निक्षेप सङ्कलन गर्न लागेको जनाएको छ । घटीमा रु १० करोड र बढीमा रु पाँच करोडले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सकिने व्यवस्था गरिएको छ । ब्याजदर पनि बोलकबोलका माध्यमबाट… पुरा पढौ

जोखिम न्यूनीकरणका लागि बीमा सर्भेयरको भूमिका महत्त्वपूर्ण : अर्थमन्त्री डा महत

काठमाडौं, २९ मङ्सिर । अर्थमन्त्री डा प्रकाशशरण महतले बीमा सर्भेयरको भूमिका महत्त्वपूर्ण रहेको बताएका छन् । बीमा सर्भेयर सङ्घ नेपालले आज आयोजना गरेको कार्यक्रममा उनले जोखिम न्यूनीकरण गर्नका लागि यसको आवश्यकता अर्थपूर्ण रहेको बताए। “सुरुआत धेरै अगाडिदेखि भए पनि नेपालका लागि बीमा आम विषय बनिसकेको छैन । जोखिम न्यूनीकरणका लागि यसको आवश्यकता छ भन्ने धारणा अझै विकसित भइसकेको छैन”, डा महतले भने, “मलाई समस्या आउँदैन, किन बीमामा सहभागी हुने भन्ने धारणा अधिकांशमा छ ।” अहिले मानिसमा बीमा गर्नुका फाइदाका बारेमा… पुरा पढौ

नबिल बैंककाे ३ अर्बको ऋणपत्र आजदेखि बिक्रीमा

काठमाडौं, २९ मंसिर । नबिल बैंकले आजदेखि ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्रीमा ल्याएकाे छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा ३० लाख इकाई ऋणपत्र बिक्रीमा ल्याएकाे हाे । बैंकले कुल इकाईबाट १८ लाख इकाई बैंकले व्यक्तिगत रूपमा अन्य संघसंस्थालाई बिक्री गर्ने भएकाे छ । त्यसमा बाँकी रहने १२ लाख इकाईका लागि सर्वसाधारणले आवेदन दिन पाउने भएका छन् । सर्वसाधारणका लागि बाँडफाँड गरिने ऋणपत्रबाट ६० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषका लागि रहेकाे छ । बैंकले ७ वर्ष अवधि रहेकाे… पुरा पढौ

सुनचाँदीको भाउ उकालो लाग्दै, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, २९ मंसिर । साताको सुनचाँदीको कारोबार हुने अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ । छापावाल सुनमा रुपैयाँ ३ सय तथा चाँदीमा रुपैयाँ १५ ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा रुपैयाँ ३ सयले बढेर तोलाको १ लाख १९ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि बिहिबार छापावाल सुन तोलाको १ लाख १८ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुनमा पनि यसदिन तोलामा रुपैयाँ ३ सयले बढेर तोलाको… पुरा पढौ

भूकम्प प्रभावित परिवारका लागि उपलब्ध ८ करोड फिर्ता

बाजुरा, २९ मङ्सिर । बाजुराका भूकम्प प्रभावित परिवारका लागि आएको पहिलो किस्ताको १४ करोडमध्ये ८ करोड फिर्ता गरिएको छ । पहिलो किस्ताको १४ करोडमध्ये १० करोड फिर्ता गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पत्र पठाएपछि सो रकम फिर्ता गरिएको हो । जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलका अनुसार प्राधिकरणले सोमबार जिल्ला प्रशासन कार्यालयलाई रकम फिर्ताका लागि पत्र पठाएको थियो । सो रकम विपद् व्यवस्थापन कोषमा पठाइएको उनले बताए। भूकम्पबाट प्रभावित अन्य जिल्लामा रकम… पुरा पढौ

अमेरिकी डलरको भाउ घट्यो, यूरो बढ्यो, अन्यको कति ?

काठमाडौं, २९ मंसिर । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलरको भाउ घटेको छ । यूरोसहित अन्य मुलुकको मुद्राको भाउमा केहि घटबढ भएको छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ४ पैसा र… पुरा पढौ

४ महिनामा ४ खर्ब ७७ अर्ब विप्रेषण भित्रियो

काठमाडौं, २९ मङ्सिर । चालु आर्थिक वर्ष २०८०/८१ को ४ महिनामा नेपालमा ४ खर्ब ७७ अर्ब ९६ करोड बराबरको विप्रेषण भित्रिएको छ । नेपाल राष्ट्र बैंकले बिहिवार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीयस्थिति प्रतिवेदन अनुसार साउनदेखि कात्तिकसम्म विप्रेषण आप्रवाह २६ दशमलव ४ प्रतिशतले वृद्धि भएको देखिएकाे हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २० दशमलव ४ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह २३ दशमलब १ प्रतिशतले वृद्धि भई ३ अर्ब ६० करोड पुगेको छ । अघिल्लो… पुरा पढौ

बचत फिर्ता गर्न नसकेपछि कान्तिभैरव सहकारीमा पीडितले दिए धर्ना

काठमाडौं, २९ मङ्सिर । गोकर्णेश्वर नगरपालिका वडा नं. ८ अत्तरखेलमा रहेको कान्तिभैरव बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ता धर्नामा उत्रेका छन् । सहकारीले दुई वर्षदेखि मागेजति बचत फिर्ता गर्न नसकेपछि धर्नामा उत्रन बाध्य भएको सहकारी पीडित सङ्घर्ष समितिले जनाएको छ । समितिका अध्यक्ष सुवास श्रेष्ठका अनुसार सहकारीमा सात हजार ७०० भन्दा बढी बचतकर्ता छन् । सहकारीमा बचतकर्ताको रु एक अर्ब २० करोड ८० लाख ४८० रहेको उहाँले जानकारी दिए। समितिले सहकारी विभाग नयाँबानेश्वरमा सञ्चालक समितिसँग गरेको बैठकका क्रममा रु ६०… पुरा पढौ

नेप्सेमा ६‍‍‍.५५ अङ्ककाे बृद्धि, सवा ३ अर्बकाे काराेबार

काठमाडौं, २८ मंसिर । साताकाे सेयर काराेबार हुने अन्तिम दिन बिहिबार पनि नेपाली सेयरबजार सकारात्मक लयमा गएकाे छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ६ दशमलव ५५ अङ्कले उकालो लागेर एक हजार नौ सय ९४ दशमलब ६० मा पुगेको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव शून्य छ अङ्कले उकालो लागेर तीन सय ७६ दशमव ३६ मा पुगेको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये आज पाँच उपसमूहको शेयर मूल्यमा गिरावट आउँदा आठ उपसमूहको… पुरा पढौ

विदेशी मुद्राको विनिमय सञ्चिती रु १६ खर्ब ९६ अर्ब कायम

काठमाडौं, २८ मङ्सिर । विदेशी मुद्रा सञ्चिति १० दशमलव दुई प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको चार महिनाको विवरणअनुसार गत कात्तिक मसान्तसम्म विदेशी मुद्राको विनिमय सञ्चिति रु १६ खर्ब ९६ अर्ब ७८ करोड पुगेको छ । कूल विदेशी सञ्चितीमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति रु १४ खर्ब ९० अर्ब ८३ करोड बराबर छ । केन्द्रीय बैंकका अनुसार २०८० असार मसान्तमा रु १५ खर्ब ३९ अर्ब ३६ करोड रहेको कुल विदेशी विनिमय सञ्चितिमा १०… पुरा पढौ