आर्थिक 📈

कोरियाबाट फर्केपछि कागती खेतीमा रमाउँदै राजु

तनहुँ, २८ मङ्सिर । पैसा कमाउन बिदेशिने क्रम बढ्दै गएको अवस्थामा तनहुँका एक युवक कोरियाबाट फर्केपछि पुनः त्यहाँ जानुको साटो यहीँ कागती खेतीमा रमेका छन् । नौ वर्षसम्म कोरियामा रहेका व्यास नगरपालिका–१३ आसपानीका राजु रेग्मी स्वदेश फर्किएर व्यावसायिक कागती खेतीतर्फ लागेका हुन्। मासिक रु तीन लाखको नोकरी छाडेर कृषि पेसा अगाँलेका उनले वैदेशिक रोजगारीमा विदेशिने युवायुवतीका लागि यहीँ नै लगनशिल भएर काम गरे प्रशस्त आम्दानी गर्न सकिने उद्धारण प्रस्तुत गरे । स्वदेशमा बसेर पनि केही उद्यम गर्न सकिन्छ भन्ने सोचले… पुरा पढौ

अर्थतन्त्रका सूचकमा सुधार हुँदैछ : अर्थमन्त्री डा महत

पाटन (ललितपुर), २८ मङ्सिर । अर्थमन्त्री डा प्रकाशशरण महतले अर्थतन्त्रका सूचकहरुमा सुधार हुँदै गएको जानकारी गराएका छन् । नेपाल ट्रेड युनियन कांग्रेसद्वारा आज ललितपुरमा आयोजित ओैद्योगिक नीति तथा श्रम सम्बन्ध विषयक कार्यक्रममा उनले पर्यटकहरुको वृद्धि हुँदै गएको, बैंक तथा वित्तीय संस्थाहरुको ब्याजदर घट्दै गएको, रेमिट्यान्स बढ्दै गएको जानकारी गराउँदै अहिले अर्थतन्त्रका सबै सुचकहरुमा सुधार हुँदै गएको बताए। “अहिले अर्थतन्त्रका सूचकहरुमा सुधार हुँदै गएको छ, पर्यटकको वृद्धि हुँदै गएको छ, ब्याजदर घट्दै छ, रेमिट्यान्स पनि बढ्दैछ, हामीले छलफल गरेर मौद्रिक नीतिमा… पुरा पढौ

कर्णालीका ३० प्रतिशत परिवार मात्रै कृषिमा आत्मनिर्भर

भेरीगङ्गा (सुर्खेत), २८ मङ्सिर । कर्णाली प्रदेशका ३० प्रतिशत परिवार मात्रै आफ्नै उत्पादनमा आत्मनिर्भर रहेको पाइएको छ । राष्ट्रिय कृषि गणना, २०७८ का अनुसार प्रदेशका ७० प्रतिशत परिवारलाई कृषिको उत्पादनले वर्षभरि खाना नपुग्ने अवस्था छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्बजनिक गरेको राष्ट्रिय कृषि गणना, २०७८ को प्रदेशस्तरीय नतिजाअनुसार कर्णालीमा तीन लाख दुई हजार परिवारले कृषि पेसा गर्दै आएकामा जम्मा ३० प्रतिशत अर्थात् ९० हजार छ सय मात्रै कृषिमा आत्मनिर्भर छन् । अधिकांश परिवारलाई भने वर्षभरि खाना नपुग्ने गरेको तथ्याङ्कमा उल्लेख… पुरा पढौ

सुन एकैदिन २ हजार ८ सयले बढ्याे, चाँदीमा पनि बृद्धि

काठमाडाैं, २८ मंसिर । सुनको भाउ एकैदिन २ हजार ८ सयले बढेको छ । सुनसँगै चाँदीको भाउ पनि बढेको छ । याे दिन साताको सुनचाँदीको कारोबार हुने पाँचौ दिन हो । यसदिन नेपाली बजारमा सुनचाँदीको भाउ रूपैयाँ २ हजार ८ सयले बढको र चाँदी रूपैयाँ ५५ ले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । छापावाल सुनमा रूपैयाँ २ हजार ८ सयले बढेर तोलाको १ लाख १८ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको छ । यसअघि बुधबार छापावाल सुन तोलाको… पुरा पढौ

हकप्रद शेयर निष्काशन प्रस्ताव पारित गर्न बुद्धभूमि हाइड्रोले डाक्याे साधारण सभा

काठमाडौं, २८ मंसिर । बुद्धभूमि नेपाल हाइड्रोपावरले पुस २० गते साधारण सभा बोलाएको छ । साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस ६ गते बुक क्लोज गर्ने बताएकाे छ । सभामा भाग लिनका लागि सेयरलगानीकर्ताहरूले पुस ५ गतेसम्म नेप्सेमा सेयर काराेबार गरी कायम भएकाे हुनुपर्नेछ। हाइड्रोपावरले १५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्नका लागि गरिएकाे प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको हाे । साधारण सभा अम्रपाली ब्यांकेट, थिरबम सडक, भाटभटेनी काठमाडौंमा पूर्वान्ह ११ बजेदेखि डाकिएकाे छ ।  कम्पनीले यस वर्ष लाभांश वितरण… पुरा पढौ

अमेरिकी डलरको भाउ बढ्यो, यूरोसहित अन्यको घट्यो

काठमाडौं, २८ मंसिर । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज पनि अमेरिकी डलरको भाउ बढेको छ । यूरोसहित अन्य मुलुकको मुद्राको भाउमा केहि घटबढ भएको छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ १५ पैसा… पुरा पढौ

नेप्सेमा दोहोरो अंकको बृद्धि, करिब ४ अर्बको कारोबार

काठमाडौं, २७ मंसिर । साताको सेयर कारोबार हुने चौथो दिन बुधबार पनि नेपाली सेयर उकालो लागेको छ । यसदिन नेप्से सामान्य ढंगले बढेको हो । नेप्सेले लिएको सकारात्मक लयले लगानीतर्काहरुको मनोबल बढाएको छ । यहि समयमा बैंकहरुमा ब्याजदर घटाईएको तथा यसपटकको मौद्रिक नीतिको समिक्षाले सकारात्मक बन्न सहज बनाएको अर्थबजारका जानकारहरु बताउछन् । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक २.६० अंकले बढेर १९८८.०४ विन्दुमा चढेको छ । नेप्सेमा ०.१३ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स ०.९३ अंकले बढेर ३७५.३० विन्दुमा रहेको छ… पुरा पढौ

२८ हजारमध्ये ५ हजार मिटरब्याज पीडितका समस्या समाधान

काठमाडौं, २७ मङ्सिर । सरकारद्वारा गठित अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोगले निवेदन परेका २८ हजारमध्ये पाँच हजार एक सय ५५ उजुरीमा मिलापत्र गरेको छ । आयोगका सदस्य पूर्वअतिरिक्त प्रहरी महानिरीक्षक उत्तमराज सुवेदीका अनुसार आयोग गठन भएपछि यसरी मिलापत्र गरी दुई सय १८ बिघा १० कट्टा सात धुर जग्गा (७९३ कित्ता) साहुबाट पीडितलाई फिर्ता गराइएको छ । अध्ययनका क्रममा पीडित र साहुबीच रू पाँच अर्ब ५७ करोड १९ लाखको लिखत कारोबार भएको पाइएको तर साहुहरूले रू सात अर्ब ६२ करोड… पुरा पढौ

दिनदिनै घट्दै सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, २७ मंसिर । लगातार सुनचाँदीको भाउ घटिरहेको छ । साताको सुनचाँदीको कारोबार हुने चौथो दिन बुधबार पनि नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ । मंगलबार छापावाल सुनमा रुपैयाँ ३ सय तथा चाँदीमा रुपैयाँ १० ले गिरावट भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएकाे छ । छापावाल सुनमा रुपैयाँ ३ सयले घटेर तोलाको १ लाख १६ हजार रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि मंगलबार छापावाल सुन तोलाको १ लाख १६ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुनमा… पुरा पढौ

बुधबार अमेरिकी डलरको भाउ घट्यो, यूरो बढ्याे

काठमाडौं, २७ मंसिर । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज पनि अमेरिकी डलरको भाउ सामान्य घटेको छ । साथै यूरोसहित अन्य मुलुकको मुद्राको भाउमा केहि घटबढ भएको छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ… पुरा पढौ