आर्थिक 📈

विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्तो छ आजको दर

काठमाडौं, २४ कात्तिक । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलरको भाउ बढेको छ । यूरोसहित अन्य देशहरूको मुद्राको भाउ पनि बढेको छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ९६ पैसा र बिक्रिदर… पुरा पढौ

नेप्सेमा ११.८५ अंकको गिरावट, साढे ८३ करोडको कारोबार

काठमाडौं, २३ कात्तिक । साताको सेयर कारोबार हुने अन्तिम दिन बिहिबार नेपाली सेयर बजार ओरालोको यात्रामा गएको छ । एकदिन बढी टिक्न नसकेको सेयर बजार राताम्मै भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ११.८५ अंकले घटेर १८५२.०८ विन्दुमा झरेको छ । नेप्सेमा ०.६३ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स १.३६ अंकले घटेर ३५७.०४ विन्दुमा रहेको छ । १३ उपसमूहहरु सबै राताम्मै भएका छन् । यसदिन कुल २८२ कम्पनीहरुको सेयरकारोबार भएको छ । उनीहरुको २८ लाख ३३ हजार ७३१ कित्ता… पुरा पढौ

बजार मूल्यभन्दा सस्तोमा सयपत्रीको माला बेच्दै सहकारी

झापा, २३ कात्तिक । गौरादह नगरपालिका–६ स्थित महारानीझोडा साना किसान कृषि सहकारी संस्थामा सयपत्रीको माला खरिद गर्न आउनेको घुइँचो लागेको छ । बजार मूल्यभन्दा ३० प्रतिशत सस्तोमा माला बिक्री सुरु गरेपछि त्यहाँ स्थानीयवासीको घुइँचो लागेको हो । बजारमा सयपत्री फूलको एउटा मालाको मूल्य रु एक सय भए पनि सहकारीले रु ७० मै बिक्री गरिरहेको छ । गौरादह, गौरीगञ्ज, कमल र दमकबाट पनि फूल खरिदका लागि ग्राहक आउने गरेको सहकारीकी अध्यक्ष मीना ढकालले बताइन। बजार मूल्यभन्दा सस्तोमा बेच्दा स्थानीय उपभोक्तालाई लाभ… पुरा पढौ

यस्ताे छ बिहिबार सुनचाँदीको भाउ

काठमाडौं, २३ कात्तिक । साताको सुनचाँदीको कारोबार हुने पाँचौ दिन बिहिबार नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ । छापावाल सनमा रुपैयाँ १ हजारले घटेको छ भने चाँदीमा रुपैयाँ ५ ले घटेको हो । नेपाल स’नचाँदी व्यवसायी महासंघका अन’सार छापावाल सुनमा यसदिन रुपैयाँ १ हजारले घटेर तोलाको १ लाख १३ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि बुधबार छापावाल सुन तोलाको १ लाख १४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुनमा पनि रुपैयाँ १ हजारले घटेर… पुरा पढौ

देउराली सहकारीका निक्षेपकर्तालाई जाहेरी दिन सिआइबीकाे आग्रह

काठमाडौं, २३ कात्तिक । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले ललितपुरको देउराली बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडबाट रकम हिनामिनामा परेका बचतकर्तालाई सम्पर्कमा आएर जाहेरी दिन आग्रह गरेको छ । प्रहरीले उजुरी दिनका लागि शुक्रबारसम्मको समयसीमा तोकेको छ । केही पीडित उजुरी लिएर आएका र उनीहरुको उजुरी दर्ता भएको जानकारी गराउँदै सिआइबीका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले रकम प्राप्त गर्न नसकेका भए जाहेरी दिन बचतकर्तालाई आग्रह गरे। उक्त सहकारीबाट अहिलेसम्म झण्डै रु ५० करोड बिगो बराबरको रकम हिनामिहना भएको भनी जाहेरी परेको… पुरा पढौ

आरम्भ चौतारी लघुवित्तकाे नाफा र इपीएस दुबै घट्याे

काठमाडाैं, २३ कात्तिक । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाकाे खुद नाफा घटेको छ। संस्थाकाे सार्वजनिक भएकाे यस आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण अनुसार लघुवित्तको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिकोभन्दा घटेको हाे। चालु आर्थिक वर्षको असोजसम्ममा लघुवित्तले २५ लाख ४४ हजार रुपैयाँ खुद नाफा कमाएकाे हाे । गएकाे वर्ष याे नाफा ११.३० प्रतिशतले कम भएकाे छ। गएकाे वर्ष याे नाफा साेहि अवधिमा रूपैयाँ २८ लाख ६८ हजार रहेकाे थियो। संस्थाकाे खुद ब्याज आम्दानीमा सामान्य सुधार भएकाे छ ।… पुरा पढौ

अमेरिकी डलरको भाउ बढ्यो, यूरो घट्यो, अन्यको कति ?

काठमाडौं, २३ कात्तिक । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलरको भाउ बढेको छ । यूरोसहित अन्य देशहरूको मुद्राको भाउ घटेको छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ९४ पैसा र बिक्रिदर १३३… पुरा पढौ

उन्नति सहकार्य लघुवित्तकाे एफपीओमा ३९.५९ गुणा बढी आवेदन पेश

काठमाडौं, २३ कात्तिक । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको एफपीओमा दोस्रो दिनसम्म आउदा मागभन्दा बढी आवेदन परेकाे छ । याे आवेदन माग गरेकाेभन्दा ३९.५९ गुणा बढी हाे । आज बुधबार साँझ ५ः०८ बजेसम्म रूपैयाँ ७० करोड ६६ लाख ५६ हजार बराबरको आवेदन परेको छ । सेयरमा ६ लाख २६ हजार १५७ जना आवेदकबाट ७० लाख ६६ हजार ५६० कित्ता माग गरिएकाे छ ।  एफपीओमा कात्तिक २४ गतेसम्म आवेदन दिने मिति ताेकिएकाे छ । संस्थाले कात्तिक २१ गतेबाट रूपैयाँ १ करोड… पुरा पढौ

व्यापार सन्तुलन गर्न नेपालमा कोरियाली लगानी आवश्यक छ : अध्यक्ष ढकाल

काठमाडौं, २२ कात्तिक । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल र दक्षिण कोरियाबीचको बढ्दो व्यापार असन्तुलन कम गर्न द्विपक्षीय लगानीसम्बन्धी साझेदारीमा जोड दिएका छन् । आज आयोजित नेपाल कोरिया लगानी सम्मेलनलाई सम्बोधन गर्दै उनले कोरियाबाट नेपालतर्फ हुने आयातको तुलनामा नेपालको निर्यात निकै कम रहेकाले व्यापार सन्तुलनका लागि नेपालमा कोरियाली लगानी आवश्यक भएकाे बताए । ऊर्जा, पर्यटन, कृषि प्रशोधन र आइसिटीजस्ता क्षेत्रमा लगानी साझेदारी बढाउन सकिने भन्दै अध्यक्ष ढकालले यी क्षेत्रहरू नेपाली अर्थतन्त्रको मेरुदण्ड रहेको पनि उल्लेख गरे। नेपालमा… पुरा पढौ

नेप्सेमा ५.१७ अंकको बृद्धि, कारोबार ७८ करोडमा सिमित

काठमाडौं, २२ कात्तिक । लागातार दाेश्राे दिन पनि सेयर बजार उकालोको यात्रामा गएको छ । साताको सेयर कारोबार हुने चौथो दिन बुधबार आज नेपाली सेयर बजारमा ५.१७ अंकको बृद्धि भएको छ । यसरी बढेको नेप्से १८६३.९४ विन्दुमा उक्लिएको छ । नेप्सेमा ०.२७ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स ०.२१ अंकले बढेर ३५८.४० विन्दुमा रहेको छ । १३ उपसमूहहरुमध्ये चार वटामा रातो लागेको छ । बाँकी ९ वटा उपसमूहहरुमा भने हरियो लागेको छ । कुल २८८ कम्पनीहरुको सेयर कारोबार भएको छ ।… पुरा पढौ